August 6, 2021, Fri, 50:08:36
By उत्तम उप्रेती, बिर्तामोड, झापा(SND), (SND)
नेपालमा श्रीकृष्ण प्रणामी ड्तिंहास

2021-08-06
श्रीकृष्ण प्रणामी धर्मका संस्थापक सद्गुरु श्री देवचन्द्रजी महाराजले अक्षरातीत परब्रह्म परमात्मा,
श्रीराजजीको साक्षात् दर्शन गरेर षोडाक्षरी तारतम मन्त्र प्राप्तगरी वि.सं. १६७० मा भारतको गुजरात
प्रान्तको जामनगर शहरमा रहेको पावन एवं पुण्य भूमिमा श्रीनिजानन्द सम्प्रदायको स्थापना गर्नुभयो ।
त्यसपछि उहाँको शिष्य महामति श्री प्राणनाथजी महाराजले श्रीकृष्ण प्रणामी धर्मको ज्योति विश्वका धेरै
भागमा पुन्याउनु भयो । क्रमशः नेपालमा समेत यो धर्मको प्रवेश भयो ।
श्रीकृष्ण प्रणामी धर्मको इतिहासलाई केलाउँदै जाँदा नेपालमा धर्मको प्रवेश कुन क्षेत्रबाट र को द्वारा आएको हो ? कुन क्षेत्रबाट के कसरी प्रवेश भयो भनेर प्रामाणिक जानकारी हुनु महत्वपूर्ण हुन्छ । हाल सम्मको शोध र खोजबाट प्राप्त आधारमा श्रीकृष्ण प्रणामी धर्म नेपालमा, पश्चिम नेपालको दैलेख जिल्लाबाट वि.सं. १७३५ मा प्रवेश भएको पाईन्छ । हिमालयको देश नेपाल यहाँ विभिन्न क्रषिमुनिहरूको तपोभूमि भएको र धर्मप्रति प्रगाढ विश्वास राख्ने सन्त स्वभाव भएका प्रशस्तै धार्मिक मानिसहरू भएको पाइन्छ । ऐतिहासिक कालदेखिनै हरिद्वार, ग्रषिकेश, बद्रीनाथ, केदारनाथ, धामहरूलाई प्राचीन तीर्थको रूपमा मानिन्छ । अहिलेको जस्तो राम्रो आधुनिक भौतिक सुविधा त्यसबेला नभएको हुनाले कहिँकतै यात्रा गर्नु पर्दा महिनौं लगाएर पैदलबाट नै यात्रा गर्नु पर्दथ्यो । ती प्राचीन धार्मिक ठाउँहरूको यात्रा गर्न पूर्वी नेपालबाट दूरीको हिसाबले अत्यन्तै कठिन थियो । हरिद्वार, बद्ठीनाथ, केदारनाथ धामहरू पूर्वका भन्दा पश्चिम नेपालका मानिसहरूलाई नजिक : पर्ने भएकोले समय समयमा पश्चिम नेपालबासी श्रद्धालु भक्तहरू ती प्राचीन धामहरूको दर्शन गर्न जाने गर्दथे । तीर्थयात्रा गर्दा महिनौं लगाएर पैदलै जानुपर्ने हुँदा आफ्ना छरछिमेकी वा आफन्तहरूको समूह बनाएर यात्रा गर्नुपर्नेहुन्थ्यो । वि.सं. १७३५ मा हरिद्वारमा कुम्भ मेला लागेको थियो । उक्त कुम्भ मेलामा हिन्दू धर्मका योगी, सन्यासी, साधु सन्त महन्तहरू तथा विभिन्न सम्प्रदायका विद्वान विदुषीहरू कुम्भमेलाको दर्शन गर्न र कुम्भको स्नान गर्न गएका थिए। यही मेला भर्न भनी पश्चिम नेपालबाट पनि कतिपय व्यक्तिहरू हरिद्वार गएका थिए । ती मध्ये केही व्यक्तिहरू नेपालको दैलेख जिल्लाबाट पनि गएका रहेछन् । दैलेखबाट गएका ती व्यक्तिहरू मध्ये एक कृष्ण प्रसाद भण्डारी थिए । उनको साथमा लच्छी प्रसाद र पुरुषोत्तम पनि रहेको खोजबाट बुझिन्छ।
अर्कोतिर, महामति स्वामी श्री प्राणनाथजी महाराज पनि सुरतबाट मेरता हुँदै दिल्ली र दिल्लीबाटकुम्भ मेलामा सरिक हुन आफ्ना विशेष शिष्यहरूकासाथमा हरिद्वार जानु भएको थियो । महामति श्रीप्राणनाथजी महाराजले उक्त कुम्भ मेलामा सबै विद्वानहरूको ज्ञान, सत्संग चर्चा, प्रवचन श्रवण गर्नुभयो । उहाँले त्यहाँ उपस्थित भएका विभिन्न पंथ र सम्प्रदायहरूका साघु, सन्त, महन्त, सन्यासी, विद्वान,विदुषी सबैको क्रा सुनिसकेपछि उनीहरूसँग धार्मिक संवाद गर्ने विचार गर्नुभयो । उहाँले हिन्दू धर्मकापौराणिक शास्त्रहरूबाट नै हालसम्म कोही कसैले खुलाउन नसकेका शास्त्रहरू भित्र रहेका विभिन्नभेदहरू सबैलाई खुलाई स्पष्ट गरिदिनुभयो । उहाँले तीन पुरुषको विषयमा अरु सबैलाई परेको गाँठो पनिविभिन्न शास्त्रहरूको प्रमाणहरू दिएर चित्तबुझ्दो पाराले सबैलाई प्रष्ट पारिदिनु भयो । तीन पुरुषको म विषयमा अगाडि नै निजानन्द दर्शनमा उल्लेख भईसकेको छ। त्यहाँ उपस्थित सबै विद्वानहरूलाई स्वामी श्री प्राणनाथजी महाराजको कुरा सबै चित्त बुझ्यो । कतिपय साधुसन्त, विद्वान मण्डलीहरूले त्यसैसमयमानै महामति श्री प्राणनाथजी महाराजबाट शिष्यत्व ग्रहण गरे । भविष्य पुराण लगायत विभिन्न शास्त्रहरूमा त्यो समयमा बुद्धनिष्कलंक अवतार हुनेछ भनेर पहिला नै बताएको हुनाले, उक्त कुरालाईस्वीकार्दै उहाँको अलौकिक ज्ञानबाट प्रभावित भई महामति स्वामी श्री प्राणनाथजी महाराजलाई त्यहाँकोविद्ृत मण्डलीले उच्च सम्मान गस्यो । उहाँलाई उक्त कुम्भ मेलामा हिन्दू धर्मको विभिन्न शास्त्रहरूले भविष्यवाणी गरेको “विजयाभिनन्द बुद्ध निष्कलंक अवतार” पदद्वारा सम्मान गरियो ।
महामति श्री प्राणनाथजी महाराजको त्यो अलौकिक दिव्य ज्ञानले वि.सं.१७३५ मा भएको त्यो कुम्भमेलामा अत्यन्तै ठूलो चर्चा पायो । स्वामी श्री प्राणनाथजी महाराजको त्यो दिव्य ज्ञानबाट प्रभावित भएरनेपालको दैलेख जिल्लाबाट गएका ती व्यक्तिहरूले त्यही समयमानै स्वामी श्री प्राणनाथजी महाराजबाटशिष्यत्व ग्रहण गरे। ती नेपालीहरूले तारतम महामन्त्रको दिव्य ज्ञान वा श्रीकृष्ण प्रणामी धर्मलाई सर्वप्रथमनेपालको दैलेख जिल्लामा भित्र्याए । ती भण्डारी परिवारका कृष्णदास लगायत अन्य व्यक्तिहरू केहीसमय स्वामी श्री प्राणनाथजी महाराजसँगै रही आध्यात्मिक ज्ञान चर्चाबाट आलोकित भए । उक्त दिव्यज्ञानको ज्योति लिएर उनीहरू नेपाल फर्किए । लच्छी प्रसादचाहिँ महामति प्राणनाथजीका साथमा रही जीवनयापन गर्दै जानुभयो । पछि उहाँ लच्छीदासको नामले प्रशिद्ध बन्नुभयो । साथमा गएका कृष्णदासलगायत अरु सन्तहरू नेपालको दैलेख जिल्लामा आएर उनीहरूले श्रीकृष्ण प्रणामी धर्मको प्रचार गरे ।यसरी श्रीकृष्ण प्रणामी धर्म पश्चिम नेपालको दैलेख जिल्लाबाट वि.सं. १७३५ मा नै प्रवेश भएको भन्नेहाल सम्मको खोजबाट पाईन्छ ।
कृष्ण प्रसाद भण्डारीले स्वामी श्री प्राणनाथजी महाराशजा/ वको त मर पि सै कृष्ण प्रसादबाट कृष्णदास हुनुभयो । उहाँले दैलेखमा स्वामी श्री प्राणना कि (देव्य एव अलौकिक ज्ञानलाई यत्रतत्र फैलाउंदै धर्मको विकास र विस्तार गर्नुभयो । त्यो समयमा श्रीकृष्ण प्रणामी धर्मका तीर्थहरूमा श्री ५ नवतनपुरीधामको मात्र स्थापना भएको थियो । कृष्णदास र स्वामीजीको समय समयमा सम्पर्क भइ नै रहन्थ्यो । स्वामी श्री प्राणनाथजी महाराजले पन्नामा मुक्तिपीठको स्थापना गर्दा कृष्णदासजी पनि नेपालबाट पन्ना जानुभएको थियो ।
धेरै जसो स्वामीजीका शिष्यहरू उहाँसँगै हिँड्ने र आवश्यक परेको वेला विभिन्न सेवामा सरिक हुने भएकोले स्वामीजीको साथमा रही सेवादि गर्ने सुन्दरसाथहरूको संख्या निकै भएको थियो। ती सबै सुन्दरसाथहरूले (अनुयायीहरू) श्री बंगलाजी दरवार र गुमटजी मन्दिरको निर्माणमा रेखदेख गरी मन्दिरको वरिपरि आफूहरू बस्न ठूला ठूला ढुंगाको प्रयोग गरी आफ्नो निवास बनाएका थिए ।
यता कृष्णदासले हरिद्वारको कुम्भ मेलाबाट वि.सं. १७३५ मा आएर दैलेखमा फैलाएको श्रीकृष्ण प्रणामी धर्मका अन्य अनुयायीहरूले धर्मलाई फैलाउँदै नेपालीहरूमा श्रीकृष्ण प्रणामी धर्मको दिव्यवाणीको चेतना छर्दै गएका थिए । पछिल्ला दिनहरूमा यो धर्मको प्रचार नेपालमा चार क्षेत्रहरूबाट विभिन्न चरणमा भएको पाईन्छ।
१. पश्चिम नेपालको दैलेख जिल्लाबाट करिब वि.सं. १७३० को दशकमा
२. पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको आठराई फुँगुवाबाट करीब वि.सं. १८०० मा
३. मध्य नेपालको तराई भागको भारतसँग सम्पर्क रहेको जिल्लाबाट वि.सं. १८१० को दशकमा
४. मध्य नेपाल स्थित काठमाण्डौं जिल्लाबाट करिब वि.सं. १५३० को दशकमा ।
श्रीकृष्ण प्रणामी धर्मको यसरी प्रवेश भएको विषयमा प्रायः सबै विद्धानहरूका विचारहरू पूर्ण रूपमा एक मत भएपनि कतिपय नाम र तिथि मिति प्रामाणिक ग्रन्थ वा इतिहास हालसम्म नलेखिएकोले सामान्य फरक पनि पाईन्छ। तर पनि, शोध र खोज कार्य जारी भएकोले सामान्य फरक कुरालाई संशोधन गरिदै लगिने छ।
१. पश्चिम नेपालमा भएको श्रीकृष्ण प्रणामी धर्म प्रचार
(वि.सं. १७३०को दशकमा पहिलो चरणको धर्म प्रवेश क्षेत्र)
श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार हाल यत्रतत्रबाट भइरहेको भए पनि यस धर्मको नेपालमा भएको पहिलो प्रवेश पश्चिम नेपालको दैलेखलाई लिईने कुरामा सबैको एक मत छ। हुनत पश्चिम। ढक नखनबनन्रङ सन्त दर्शन छर कममकरकाकवनकनरक नेपालमा, मध्य र पूर्वी नेपालमा भएजसरी श्रीकृष्ण प्रणामी धर्मको विकास भएको पाईदैन । श्रीकृष्ण प्रणामी धर्म नेपालमा सर्वप्रथम दैलेखमा कृष्णदास भण्डारीले प्रवेश गराए पनि हाल सम्म दैलेखमा कुनैपनि ठाउँमा श्रीकृष्ण प्रणामी मन्दिर छैन । कति पय अग्रज व्यक्तिहरूको कृष्णदासले दैलेखमा श्रीकृष्णप्रणामी मन्दिर बनाएर भारतको पन्नातर्फ जानु भयो भन्ने भनाई छ । तर खोज गर्दा कृष्णदास भण्डारी दैलेख पाङकोटका थिए । उनी हरिद्वारको कुम्भ मेलाबाट श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएर फर्कपछि दैलेखको दुल्लु भन्ने ठाउँमा बसाई सर्नुभयो र आफ्नै घरमा आफना गुरुजीको प्रतीक बनाई पूजागर्न थाल्नुभयो । त्यो बेला अष्टप्रहरको सेवा पद्धतिको त्यति विकास नभएकोले उहाँले आफ्नै तरिकाले। सेवापूजा गर्नुभयो भन्ने भनाई प्रायः धेरैको छ।
शुरुका दिनहरूमा पश्चिम नेपालमा श्रीकृष्ण प्रणामी धर्मको ठूलो विकास नभए पनि हाल आएर धर्मको व्यापक प्रचार भएको पाईन्छ। धेरै स्थानहरूमा ठूलो संख्यामा जागनी भएको छ। विभिन्न स्थानमाश्रीकृष्ण प्रणामी धर्मका मन्दिरहरू बनेका छन् । दैलेखमा श्रीकृष्ण प्रणामी मन्दिर नभएकाले वर्दियाजिल्लाको ठाकुरद्वारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई हालसम्म बनेका मन्दिरहरू मध्ये पश्चिम नेपालको सबैभन्दा पुरानो मन्दिर मानिन्छ ।
श्रीकृष्ण प्रणामी धर्म सबै भन्दा पहिला प्रवेश भएको क्षेत्र पश्चिम नेपालको दैलेख जिल्लामाकिन शुरुमै धर्मको उल्लेख्य प्रचार भएन ? यो प्रश्न निकै सान्दर्भिक छ। यो विषयमा खोज र शोध गर्दास्वामीजीबाट शिष्यत्व ग्रहण गरी वि.सं. १७३५ मा नेपाल प्रवेश गरेका कृष्णदासले धर्मको व्यापक प्रचार प्रसार गर्न नपाउँदै कृष्णदास भारतको पन्नामा पद्यावतीपुरी धामको स्थापना हुने खबर सुनेर त्यस तफ। लाग्नु भएको प्रमाण पाईन्छ। त्यहाँ नै उहाँ धर्मका विभिन्न प्रकारका सेवा गरी बस्नु भयो र पछि पन्नामानैउहाँको धामगमन भयो ।
श्रीकृष्ण प्रणामी धर्म स्वामीजीकै समयमा नेपालमा प्रवेश गरेको भएता पनि कोहीकसैले पनिम नेपालमा भएको श्रीकृष्ण प्रणामी धर्मको विकास र बिस्तारको बारेमा कुनै पनि ग्रन्थ त्यो बेला नलेखिएकोतर स्वामीजीले भारतमा गरेको धर्म जागनीको विषयमा स्वामीजीको प्रमुख शिष्य लालदासजी महाराजले वीतकमा (श्रीकृष्ण प्रणामी धर्मको इतिहास ग्रन्थ) सबै घटना विवरणहरू लेखेको पाईन्छ। तर उक्त ग्रन्थमानेपालमा भएको जागनी अभियान बारे कुनै पनि कुरा पाईदैन । भारतमा धर्म जागनीबारे लालदासजी महाराजको वीतक बाहेक अन्य धेरै ग्रन्थकारहरूले पनि इतिहासहरू लेखेका छन् । तर श्रीकृष्ण प्रणामी धर्मको इतिहास बुभन स्वामीजीको सबै भन्दा प्रमुख विश्वासी शिष्य लालदासजी महाराजद्वारा लेखिएको वीतकलाई नै सबै भन्दा सत्य तथ्य इतिहासको रूपमा लिईइन्छ।
करीब वि.सं. १७४० को दशकमा प्रथम नेपाली सुन्दरसाथ कृ्ष्णदासजी पनि नेपालबाट गएर पन्नामा स्वामीजीसँग सामेल हुनुभयो । त्यस पछि सम्पूर्ण बाँकी जीवन उहाँले पन्नामा नै विताएको पाइन्छ। सेवा भावी कृष्णदासको महामति स्वामी श्री प्राणनाथजी महाराजसँग अगाढ प्रेम थियो । उहाँसेवा पूजामा दिनहुँ सरिक हुनुहुन्थ्यो । उहाँले गर्नुभएको सेवा र प्रेमको विषयमा श्रीकृष्ण प्रणामी धर्मकोइतिहास पाइने सबै भन्दा प्रामाणिक ग्रन्थ लालदास कृत वीतकमा उहाँको नाम सहितका चौपाईहरू उल्लेख भएको पाईन्छ।
“टटिया बाँधनेको, एक ओका गंगाराम
सेवा कृ्ष्णदास दयाल, रहे महम्मद खाँ इन काम”
श्रीकृष्ण प्रणामी धर्ममा सेवा पूजाको परम्परालाई हेर्दा श्री तारतम सागरका १४ ग्रन्थहरू मध्ये- । रास, प्रकास, षसम्रतु र कलशका दुई प्रकरण प्रबोधपूरी हब्सामा अवतरित भएपछि ती सबै हस्तलिखित ग्रन्थहरूलाई परमात्माको वाङ्मय स्वरूपको रूपमा सेवापूजाको परम्परा सुभारम्भ गरिएको इतिहास छ। पछि महामति स्वामी श्री प्राणनाथजी महाराजलाई सूरतको महामंगलपुरीधाममा बाइजु महारानीले आरती शुरुगरी त्यस पछि सम्पूर्ण सुन्दरसाथहरूले युगल जोडी (स्वामीजी र बाइजु महारानी) दुवैलाई आसनमा राखी फेरि त्यही आरती पुनः उतारेका थिए । तर अष्टप्रहरको सेवा पूजा पद्मावतीपुरी धाममा नै पूर्ण विकास भएको इतिहास रहेको छ । स्वामी श्री प्राणणाथजी महाराजको धामगमन भएपछि उहाँलाई गुमटजीमा समाधिस्थ गरियो अनि ब्रह्यवाणी श्री तारतम सागर ग्रन्थलाई सिंहासनमा पधराएर सुन्दर श्रृंगारका साथ अष्रप्रहरको सेवा पूजा पद्धतिको परम्परा कायम गरियो एवं रीतले परमात्माको सेवापूजाको परम्परालाई विकास र विस्तार गर्दै जाँदा उक्त धाममा त्यो समयमा रहनु भएका अग्रज सन्तहरू छत्रशाल (वुन्देल खण्डका राजा), मुकुन्ददास, परमानन्द, आशादास, कृष्णदास (नेपाली सुन्दरसाथ) सहितका ब्रह्यात्माहरूले सेवा पूजामा गाइने भजन, प्रार्थना, गौरी, पौढावनी (शयनभजन) जस्ता विभिन्न कृतिहरूको रचना गरेर गाउँन थाले । यसरी पद्मावतीपुरी धामको भौतिक, आर्थिक, सामाजिक र आध्यात्मिक सबै पक्षहरूमा ठूलो विकास भएर गयो तर यता नेपालको दैलेखमा सन्त र प्रचारकको अभावले धर्मको विकास ओभेलमा फ्य्यो।
शुरुका दिनहरूमा कृष्णदास पनि भारतको पन्नातर्फनै गएको र अन्य सन्तहरू पनि उल्लेख्यरूपमा दैलेखमा नभएको हुनाले त्यहाँ धर्मको प्रचार प्रसारमा कमी भएको बुझिन्छ। श्रीकृष्ण प्रणामी धर्म क्षर भन्दा पर अक्षर र अक्षर भन्दा पर अक्षरातीत पुरुषको आराधना गर्ने, एकेश्वरवादको सिद्धान्तमा आधारित अनेकतामा एकता भन्दा एकतामा अनेकता सिद्धान्त भएको ब्रह्मसनातन हिन्दू धर्म हो। यो धर्मको आचार विचार पूजा पद्दति अन्य परम्परावादीहरू भन्दा विशिष्ट एवं भावपूर्ण छ। त्यो समयमा कतिपय धर्मको नामबाट कमाइखाने गरेका परम्परावादीहरूले आफ्नो रोजगारी खोसिएको महशुस गरेर अस्वस्थ्य तरिकाले प्रशासनिक व्यक्तिहरूलाई उकासेर श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूलाई झूटो आरोप लगाउन थाले । उनीहरूले पीडादायक चुक्लीबाजी गरी विभिन्न हतकण्डा मच्चाएको कारणले पनि दैलेखमा त्यो समयमा धर्मको उल्लेख्य प्रगति र विकास हुन सकेन । धर्मप्रचारमा गरिएका भ्रामक प्रचारबाजी र व्यवधानहरू बारे पछि चर्चा गरिनेछ ।
पश्चिम नेपालमा कतिपय यस्ता सन्त तथा प्रचारकहरू हुनुहुन्छ, उहाँहरूको धर्म जागरणमा अति महत्वपूर्ण योगदान रहेको पाइन्छ। फलारी बाबा प्रेमदास साधु, पं. कृष्ण प्र. सापकोटा (जुरेली पण्डित), सन्त पूर्णब्रह्म शास्त्री, श्यामदासजी महाराज, मोहनानन्द शास्त्रीजी (हाल माईधाम), ज्ञानदास पुजारी, अम्मरदास, हरि प्रसाद, जोखनदास, पं. कृष्णमणि दाहाल, पं. नवलकिशोर आचार्य (हाल ईमाडोल), पं. कलाधर गौली, पं. लालदासजी महाराज, विदुषी मीरामाता लगायत अन्य धेरै सुन्दरसाथहरूको देन पश्चिम नेपालमा अति महत्वपूर्ण रहेको पाइन्छ । पछिल्ला दिनहरूमा धर्मको ठूलो प्रचार भएकोले हालआएर विभिन्न स्थानहरूमा श्रीकृष्ण प्रणामी धर्मका मन्दिरहरू जताततै बन्दै गएका छन् ।
हालसम्म पश्चिम नेपालमा बनिसकेका मन्दिरहरूको विवरण यस प्रकार छन् । ठाकुरद्वार (दैलेखको श्रीकृष्ण प्रणामी मन्दिर प्रामाणिक नभएकाले पश्चिम नेपालको हाल सम्मको पुरानो मन्दिर), ढोडरी (प्रायः चौधरी सुन्दरसाथहरू जागनी भएको ठाउँ), वगही (प्रायः यस क्षेत्रमा पनि चौधरी जातिका सुन्दरसाथहरू हुनुहुन्छ), भुरीगाउँ (भौतिक रूपमा ठूलो विकास भएको र ठूलो समाज भएको मन्दिर), सुर्खेत (जहाँ श्रीकृष्ण प्रणामी धर्मको १०८ पारायण मिति २०६९ फागुन २१-२७ सम्म सु-सम्पन्न भइसकेको छ), गुलेरीय, टकिया, सिंहवाहनी, औरी, मग्रागरी, बेचैपुर, मसुरिया, लम्की, तकिया, मोहनाटट (श्रीकृष्ण प्रणामी सेवा धाम), बुटवल, पाल्पार पोखरामा श्रीकृष्ण प्रणामी धर्मको प्रचारबाट जागनी भएर मन्दिरहरू स्थापना भएका छन् ।
हाल आएर पश्चिम नेपालको अन्य धेरै ठाउँहरूमा पनि द्रुतगतिमा श्रीकृष्ण प्रणामी मन्दिरहरू निर्माण हुने तयारीमा छन् ।
२. पूर्वी नेपालमा भएको श्रीकृष्ण प्रणामी धर्मको प्रचार (
वि.सं.१८००को दशकमा दोम्रो चरणको धर्म प्रवेश क्षेत्र)
श्रीकृष्ण प्रणामी धर्मका प्रथम नेपाली सुन्दरसाथ (कृष्णदास भण्डारी) पनि छोटो समय मात्र दैलेखमा बसी पन्ना तर्फ नै जानुभएको, यता दैलेखमा अन्य सन्तहरू पनि उल्लेख्य संख्यामा नभएको र धर्म प्रचारकहरूको अभावले गर्दा अत्यन्तै मन्द गतिमा धर्म प्रचार भएको हुनाले देशका अन्य भागहरूमा त्यो बेला श्रीकृष्ण प्रणामी धर्मको प्रचार उल्लेख्य मात्रामा हुन सकेन ।
पश्चिम नेपालमा श्रीकृष्ण प्रणामी धर्म प्रवेश गरेको करीब छ दशक पछि मात्र पूर्वी नेपालमा यो धर्म प्रवेश गरेको पाइन्छ। वि.सं. १८०० मा तेह्रथुम जिल्ला आठराईको इवा गा.वि.स:को सिम्लेमा माता लक्ष्मीबाईले पूर्वी नेपालमा सर्वप्रथम श्रीकृष्ण प्रणामी धर्मको जागनी कार्य शुरु गर्नुभएको पाइन्छ। उहाँले सिम्लेमा वि.सं. १८०० मा नै श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभएको थियो । श्रीकृष्ण प्रणामी धर्मको यो नेपालकै संभवत: सबैभन्दा पहिलो मन्दिर हो । (कतिपय विद्वानहरूले पश्चिम नेपालको दैलेखमा पहिलेनै श्रीकृष्ण प्रणामी मन्दिर बनेको थियो भनेका छन् तर हालसम्मको खोजमा त्यहाँ कुनै पनि मन्दिर भएको इतिहास छैन)
ऐतिहासिक कथन अनुसार लक्ष्मी मैनाली (लक्ष्मी बाई) नामको ती महिलाको जगनाथ पाण्डेसँग विवाह भएको थियो । लक्ष्मी पाण्डेले एक दिन एउट बाघमा चढेर मन्दिरमा दर्शन गर्न गएको विचित्र खालको सपना देख्नुभएछ। त्यो सपनाले उहाँलाई लामो समयसम्म सा यन ननाएछ। सपनामा देखेजस्तै मन्दिरको खोजी गर्ने क्रममा उहाँ घर छोडेर हिड्नुभएछ । उहाँले धेरै हरूको पैदलबाट नै दर्शन गर्नुभएछ। सपनामा देखे अनुसारको मन्दिरहरूको खोजी गर्ने क्रममा उहाँले विभिन्न तीर्थस्थलहरूको दर्शन गर्दै श्री ५ नवतनपुरी धाममा पुग्नुभएछ । त्यहाँको सेवापूजा, रहनसहन तथा मन्दिरको बनावट आदि हेर्दा उहाँलाई आफूले सपनामा देखे अनुसारको धाम यहीनै हो जस्तो लागेछ र धर्मको विभिन्न सेवाहरू गर्दै श्री ५ नवतनपुरी धाममा नै बस्नुभएछ । माता लक्ष्मीबाईले श्रीकृष्ण प्रणामी धर्मको यस धर्तीको उद्गम स्थल श्री ५ नवतनपुरी धाममा तत्कालिन धमाचार्य श्री १०८ ब्रह्मचारीजी महाराज (आचार्य श्री १०८ ब्रह्मचारीजी महाराज वि.सं. १७९७-१८३५ सम्म श्रीकृष्ण प्रणामी धर्मको आचार्य गादीमा आसिन हुनुहुन्थ्यो) बाट श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भई केही वर्ष श्री ५ नवतनपुरी धाममा नै वाणी तथा वीतकको राम्रो अध्ययन गर्नुभएछ । उहाँ श्री ५ नवतनपुरी धाममा करिब १४ वर्ष जति बस्नुभयो ।
धर्म जागनी गर्ने क्रमलाई निरन्तरता दिदैजाने क्रममा उहाँ भारतको विहार राज्यको गंगापुर स्थित चेतनधाममा आइपुग्नुभयो । श्रीकृष्ण प्रणामी मन्दिर चेतन धामको वि.सं. १७७५ मा नै परमृहस श्री चेतनदासजी महाराजद्वारा स्थापना भएको थियो । त्यो धामको प्रभाव र प्रतापबाट नेपालको तराईमूलका धेरै मानिसहरू श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुहुन्छ । केही समयपछि ती दम्पति पूर्वी नेपालको इलाम जिल्लाको चुलाचुलीमा आएर सेवापूजा पधरावनी गरी बसेका थिए। त्यहाँ लक्ष्मीपाण्डेको श्रीमान् धामगमन हुनुभएछ।
लक्ष्मीबाईको धर्ममा अत्यन्तै गाढा लगाव भएको र अर्कोतर्फ पति वियोगको पीडा भएकोले छट्पटाहटुहुँदै आफूसँग भएको एक मात्र सम्पत्ति हस्तलिखित स्वरूप साहेब (पूज्य ग्रन्थ) बोकेर उहाँ धरानको पश्चिम उत्तरमा रहेको तीर्थस्थल बराहक्षेत्र पुग्नुभएछ। बराहक्षेत्र पूर्वको एक प्रसिद्ध तीर्थस्थल भएकोले त्यहाँ मेला भर्न भनी धेरै क्षेत्रबाट श्रद्धालु भक्तजनहरू पनि आएका थिए । सोही मेलामा मेलाभर्न आएका मध्ये संयोगबस तेह्रथुम फुँगुवाका लक्ष्मीबाई माताका माइतीहरू पनि आएका रहेछन् । यता पति वियोगको पीडामा रहेकी लक्ष्मीबाईसँग माइतीहरूको भलाकुसारी भएपछि उनलाई माइतीहरूले आठटराईको इवा सिम्ले लिएर गएका थिए । तेह्रथुमको त्यो माइती गाउँमा उनले श्री ५ नवतनपुरी धाममा आर्जन गरेको आफ्नो दिव्य ज्ञानको प्रचार प्रसार सबैलाई गरिन् । उनले फुँगुवामा धर्मजागरणको लागि एक श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना पनि गरिन् ।
पल्लो किराँत आठराईमा फुँगुवा एउटा खोलाको नाम हो । त्यो खोलाको छेउमा उनले बाँस र सेउलाको एउय सानो छाप्रो हाली श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरिन् । यसै छाप्रोबाट उनले श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्न थालिन् । त्यो समयमा त्यहाँका शक्तिशाली रजौटा पञ्चवीर सुब्बा थिए । उनको आदेश वेगर गरिएको त्यो मन्दिर बनाउने काम उनलाई मनपरेनछ । त्यो धर्म जागरणको पवित्र छाप्रो (मन्दिर) पञ्चवीर सुब्बाद्वारा पठाइएका मानिसहरूले जलाई दिएछन्। माता लक्ष्मीवाईले स्थापना गरेको त्यो धर्म जागरणको पहिलो मन्दिर जलाए पछि उनले धर्म विरोधी ती व्यक्तिहरूलाई निसन्तान हुने श्राप दिइछन्। उनको श्रापको असर यत्र तत्र देखा पर्न थाल्यो । समाजमा ठूलो हलचल मच्चियो । त्यो मन्दिर जलाएको जमीन भोग गर्दा पनि ठूला-ठूला व्यवधान भएछन् । पछि पञ्चवीर सुब्बाले मन्दिर जलाएको प्रायश्चित गर्दै त्यो जमीनको सबै आम्दानी कृष्णार्पण गरिदिएछन् ।
अर्को तर्फ लक्ष्मीबाईले बनाएको त्यो छाप्रे मन्दिर जलाएपछि उनका पिताले उनलाई माथि सिम्ले ल्याउनु भयो । उनको इच्छा अनुसार श्री ५ नवतनपुरी धामको स्वरूपसँग मिल्दो जुल्दो गरी छ पाटा भएको एउटा मन्दिर बनाउनु भयो । यो मन्दिर बनाउनु पूर्व माता लक्ष्मीबाईले घट्टेडाँडादेखि उत्तर, तत्कालिन अमिनी जानेबाटो दक्षिण, धरापे खोला पूर्व, आम्बोटे खोला पश्चिम चारकिल्ला भित्र कुनै पनि पशुवध गर्न नपाउने शर्त राख्नु भएको थियो । उहाँले राखेका सबै शर्तहरू मन्जुर भए मात्र मन्दिर बनाउने वाचा गर्नुभयो । उनको शर्तलाई सबैले मन्जुर गरेपछि त्यस ठाउँमा उहाँले श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नु भएको थियो । यो करिब वि.सं. १८०० सालको कुरा हो। यही मन्दिर पूर्वी नेपालको श्रीकृष्ण प्रणामी धर्म जागनीको संभवतः पहिलो मन्दिर हुन पुग्यो । इतिहासलाई केलाउँदा नेपालको सबै मन्दिर भन्दा पुरानो र पहिलो श्रीकृष्ण प्रणामी मन्दिर पनि यही नै हुन गएको छ।
आठराई इवा (सिम्ले) को यो मन्दिर स्थापना गर्नुभन्दा पूर्व लक्ष्मीबाईले आफ्ना माइती मैनाली परिवारलाई जागनी गरिसक्नु भएको थियो । ती मैनाली परिवारले पनि आफ्नो वंशहरूलाई श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित गराएका थिए । उनीहरूले पछि आठराई र धनकुव तर्फ पनि श्रीकृष्ण प्रणामी धर्मको ज्ञान फैलाएको पाइन्छ। रामेछाप जिल्लाको पकरवासमा जन्मनुभएका पीताम्बरदासजी ढुंगेलले पनि ईलाम जिल्लाको तोरीबारीमा आएर वि.सं.१९५० तिर श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार गर्नुभएको थियो। पीताम्बरदासजी
रामेछापमा जन्मिएको भएपनि विभिन्न कारणले काठमाडौको नरदेवीमा केही समय बसी शिक्षा लिने क्रममा २२ वर्षको उमेरमा भारततर्फ लाग्नुभएको थियो । उहाँले पन्नाधामका पूजारी गुलाबदासजीसँग भेट गरेर श्रीकृष्ण प्रणामी धर्मको विभिन्न धर्मग्रन्थहरूको अध्ययन गर्ने मौका पाउनु भएको थियो । उहाँले कलिलै उमेरमा पण्डित दयालदास शर्माद्वारा श्रीकृष्ण प्रणामी धर्मको दीक्षा लिनु भएको थियो । उहाँलाई तारतमवाणीको राम्रो ज्ञान प्राप्त भए पछि धर्म प्रचारको लागि पन्नाबाट हिँड्नुभयो । त्यो बेला उहाँको उमेर ३६ वर्षको थियो । भारतको पन्नाबाट धर्म प्रचार गर्ने क्रममा पूर्वी नेपालको ईलाम जिल्लाको तोरीबारी आउनुभएको थियो । त्यसपछि दार्जीलिङ्क, कालिम्पोङ्ग हुँदै आसाम तफ लाग्नुभयो । उहाँ पछि श्री ५ महामंगलपुरीधामको ११ औं गादीपति पनि बन्नुभयो ।
त्यो समयमा पूर्वी तराईमा घना जंगल थियो । तराईका जिल्लाहरूमा औलोको व्यापक प्रकोप हुन्थ्यो । विस्तारै वनजंगल फँडानी हुँदैगयो बाटो घाटो सुविधाहरू तराईमा बढ्दै गए। तराईको उर्वर भूमिमा खेतीपाती पनि राम्रो हुने भएकोले पहाडका धेरै मानिसहरूले तराईमा (झापा, मोरङ्ग, सुनसरी) खेतीपाती गर्न जग्गा जमिन लिनथाले । खेतीपाती र बाटोघाटो लगायत अन्य सुविधाको कारणले तेह्रथुम आठराई, धनकुटा र अन्य पहाडी क्षेत्रका श्रीकृष्ण प्रणामी धर्मावलम्वीहरू पनि तराईतिर झनथाले । उनीहरूले पूर्वी तराईमा पनि श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार गर्नथाले र धर्म जागनी कार्य पूर्वी तराईतर्फ पनि बढ्न थाल्यो ।
धर्मको प्रचार प्रसार र जागनी कार्यमा नेपालीहरूको प्रगति र चेतनालाई स्थिर रूपमा राख्न खोज्ने राणाहरूले आफूना शासनकालमा विभिन्न प्रकारका व्यवधानहरू गर्नथाले । पछि प्रजातन्त्रको उदय भएपछि धर्मको प्रचार प्रसारमा अलिक सजिलो भएकोथियो। तर पनि पुरातनवादीहरूले निजानन्द सम्प्रदाय (श्रीकृष्ण प्रणामी धर्म) लाई गलत नियत राख्दै हिन्दूत्व माथि प्रश्न उठाउँदै विभिन्न प्रकारका व्यवधानहरू खडा गरिरहन्थे। ती सबै व्यवधानको विषयमा पछि अन्य शीर्षकहरूमा विस्तारसँग जानकारी गराईन्छ।
वि.सं. २००७ सालको जनक्रान्तिबाट नेपालमा प्रजातान्त्रिक व्यवस्था शुरु भयो । धर्म प्रचारको कार्य पहिला भन्दा व्यापक भएर गयो। झापा शरणामतीका जमिन्दार देवी प्रसाद उप्रेतीको बाइस मौजा जमीन थियो। उक्त जमीनमा नेपालको पहाडी जिल्ला र प्रवासमा गएका श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरू बसाई आउने क्रममा उल्लेख्य वृद्धि भयो । यसै समयमा भारत पश्चिम बंगालको कालिम्पोङ्गबाट दयालदास पौडेल नाम गरेका एक सुन्दरसाथ झापाको शरणामती आउनुभयो । दयालदासको धर्म प्रति अत्यन्तै ठूलो लगाव थियो । उहाँले शरणामतीमा केही मानिसहरूलाई श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित गर्नुभयो । गुरुजी दयालदास पौडेल र जमिन्दार देवी प्रसाद उप्रेती दुवै जनाको सल्लाहबाट जमिन्दारको लगानीमा वि.सं. २०१६ सालमा झापाको शरणामतीमा एक मन्दिरको स्थापना भयो । त्यसपछिका दिनहरूमा झापाका अन्य ठाउँहरूमा पनि श्रीकृष्ण प्रणामी मन्दिरहरू बन्दै गए । शरणामतीमा बनेको यही मन्दिरनै झापा जिल्लाको सबै भन्दा पुरानो श्रीकृष्ण प्रणामी मन्दिर हो । जहाँ वि.सं. २०६६ सालमा १०८ पारायण सु-सम्पन्न भइसकेको छ।
वि.सं. २०१८ सालमा पूर्व नेपालको ईलाम जिल्लाको शान्तिपुरबाट आउनुहुने कपिलमुनि भट्टराईले झापा जिल्लाको शनिश्चरेमा आएर श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो । कपिलमुनि भट्टराईको आमा बेनबाई भट्टराई सन्त प्रवृत्तिको हुनुहुन्थ्यो । उहाँकै आज्ञाले कपिलमुनि भट्टराईले श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरेलाई तीन बिघा जग्गा साथै मन्दिर निमार्णाथ उहाँका कान्छा सुपुत्र सोमकान्त भट्टराईले १७ कट्ठा जग्गा दान दिनुभएको थियो । माता बेनबाईलाई ‘कोकु’ आमै नामले पनि जानिन्छ । उहाँले पनि धेरै आत्माहरूको जागनी गर्नु भयो । उहाँका धेरै शिष्यहरू मध्ये नवतनधाम काठमाण्डौ नेपालका वर्तमान गादीपति श्री १०० अमृतराज महाराज पनि हुनुहुन्छ । शनिश्चरेको यो श्रीकृष्ण प्रणामी मन्दिरमा पनि वि.सं. २०६१ साल फाल्गुन १६-२२ मा १०८ पारायण सुसम्पन्न भइसकेको छ।
वि.सं. २०१८ सालमा गुरु दिवाकर प्याकुरेलले मादरी (पश्चिम बंगाल) बाट झापा जिल्लाको दुवागढीमा आएर पं.गोपिलाल प्याक्रेलसँग सहयोग लिँदै एउटा सानो छाप्रो बनाई श्रीकृष्ण प्रणामी मन्दिरको शुभारम्भ गर्नुभयो । पछि यो मन्दिर नजिकै अर्को ठाउँमा सारियो । यो मन्दिर हाल चन्द्रगढी गा.वि.स. वडा नं. ३ मा पर्दछ । तर पनि प्रणामी आलममा यो मन्दिरलाई दुवागढीको श्रीकृष्ण प्रणामी मन्दिर भनेर जानिन्छ । यस दुवागढी मन्दिरमा पनि वि.सं. २०६० सालमा भव्य रूपमा ३१३ पारायण सु-सम्पन्न भइसकेको छ। वि.सं. २०२५ साल पछि पूर्वी नेपालको श्रीकृष्ण प्रणामी धर्म जागनी अभियानमा ईलाम जिल्लाको मेलबोटेमा जन्मिनु भएका गुरुजी श्रीमंगलदासजीको अत्यन्तै ठूलो योगदान रहेको छ । उहाँ नेपालमा नै जन्मिनु भए तापनि विभिन्न कारणले प्रवास जानुभएको थियो । वि.सं. २०२५ सालमा उहाँ पुनः नेपाल आउनुभयो । उहाँले सुन्दरसाथहरूको ठूलो जनघनत्व भएको दुवागढी/चन्द्रगढी, धुलाबारी, बुधबारे र शनिश्चरे चार गाउँको भ्रमण गरी सुन्दरसाथहरूलाई संगठित गर्नुभयो । गुरुजी श्रीमंगलदासजी सँग धर्मको गहिरो ज्ञान भएको हुँदा उहाँले समाजका धेरै बुद्धिजीवी मानिसहरूलाई पनि विभिन्न माध्यमद्वारा धर्ममा आउने प्रभावकारी भूमिका खेल्नुभयो । उहाँले सम्पूर्ण सुन्दरसाथहरूलाई धर्म र सेवा दुवैपक्षहरू एक सिक्काका दुई पाय जस्तै हुन् भन्दै संगठनको प्रारूप विधानको अवधारणा दिनुभयो । उहाँले समय समयमा सुन्दरसाथहरूको घनाबस्ती भएका विभिन्न ठाउँहरूको अवलोकन गर्दै सबैलाई चेतना प्रवाह गर्नुभयो । उहाँ वि.सं. २०२६ सालमा धर्म जागनीको क्रममा पुनः धुलाबारी आउनुभयो । वि.सं. २०२७ सालमा पुनः बुधबारे, वि.सं. २०२५ सालमा पुनः शनिश्चरे आउने कार्यक्रम थियो तर त्यो साल नेपाल नरेश महेन्द्रको स्वर्गारोहण भएकोले उहाँ शनिश्चरे आउन सक्नु भएन । वि.सं. २०२९ सालमा उहाँ पुनः दुवागडी/चन्द्रगढी आउनुभयो । यसरी गुरुजी श्री मंगलदासजी महाराजले पूर्वी नेपालको विभिन्न मन्दिर तथा सुन्दरसाथहरू भएको गाउँको भ्रमण गरी धर्म जागरण गर्दै जानुभयो । श्रीकृष्ण प्रणामी धर्मको बलियो शास्त्रीय दर्शन भएको र धार्मिक आचरण पनि सात्विक, शुद्ध र अनुकरणीय भएकोले श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुने क्रम पछिल्ला दिनहरूमा बढेर गयो ।
यसरी श्रीकृष्ण प्रणामी धर्मको व्यापक प्रचार प्रसार भएको र उल्लेख्य संख्यामा यस धर्मका अनुयायीहरू बढ्न थालेको देखेर पुरातनवादीहरूले विभिन्न प्रकारका मिथ्या आरोप लगाउन थाले । उनीहरूले श्रीकृष्ण प्रणामी धर्मको दर्शन र दिव्य ज्ञानको अध्ययन नै नगरी भ्रामक, कपोलकल्पित, हुँदैनभएका अफवाहहरू श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरू नभएको ठाउँमा फैलाउन थाले । कतिपय नगन्य संख्यामा श्रीकृष्ण प्रणामी धर्मावलम्वीहरू भएको ठाउँमा सामाजिक व्यवधानहरू खडागरेर दुःख दिन थाले । (वि.सं. २०३२ सालमा नरहरिनाथ योगीद्वारा झापा जिल्लाको शनिश्चरे स्थित कालिस्थानको थापा थापा कालिकापीठमा भएको धार्मिक गोष्ठी श्रीकृष्ण प्रणामी धर्मावलम्बी विरुद्ध आयोजित दुःखद घटनाहरू मध्ये एउटा उदाहरण हो) वि.सं. २०३२ साल कार्तिक ९,१० र ११ गते वैदिक सनातन धर्मद्वारा धरानको गीता भवनमा आयोजना भएको कार्यक्रममा विभिन्न पक्षका विद्वानहरू बसेर व्यापक आध्यात्मिक विषयको छलफल गरिएको थियो । त्यो समयमा श्रीकृष्ण प्रणामी धर्मका विद्वानहरूले विभिन्न शास्त्रीयप्रमाणहरू दिएर धर्मको सबै दर्शनको व्याख्या गरी विभिन्न निर्णयहरूकासाथमा कार्यक्रमको समापन भएको थियो । उक्त सभामा “हामी सबै वैदिक सनातन धर्मावलम्बी हौं । हिन्दू धर्मका विभिन्न शास्त्रहरू वेद तथा भागवतमा उल्लेखित सबै देवी देवताहरू साथै तीर्थहरूको मर्यादा र मान्यतामा हामी दुबै पक्षको समान विश्वास रहेको छ” भनी निर्णय भएको थियो । तत् पश्चात आयोजक पक्षले ‘विवरण पत्र’ नामक पुस्तक प्रकाशन गरी त्यो सभामा भएको सहमति विपरित श्रीकृष्ण प्रणामी धर्मको सिद्धान्तमा भएका विभिन्न शब्दहरूको अपव्याख्या गर्दै गलत अफवाहहरू फैल्याइएको थियो | (विवरण पत्रमा आयोजकद्वारा फेल्याइएको गलत अफवाहरूको एक/एक प्रश्नको समीक्षा पं दीनदयाल शर्माद्वारा लिखित तथा श्री ५ नवतनपुरी धामबाट प्रकाशित विवरण पत्रको समीक्षा नामक पुस्तकद्वारा खण्डनगर्दै सबै शंकाहरूको स्पष्ट निवारण गरिएको छ)
श्रीकृष्ण प्रणामी धर्मको जागनी कार्य जतिसुकै व्यवधान भएपनि निरन्तर चलिनै रहयो । त्यसै बीचमा वि.सं. २०३३ सालको अन्त्यतिर तत्कालिन श्री ५ को सरकारको तफबाट सि.आइ.डी.को रूपमा अचुसन्धान विभागबाट भोज विक्रम ज्ञवाली नामक एक कर्मचारी झापाको शनिश्चरे आए । शनिश्चरेको प्रहरी चौकीमा श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूलाई बोलाएर पुरातनवादीहरूले सुनाएका विभिन्न प्रकारका गलत प्रश्नहरू गर्न थाले । उक्त समयमा शनिश्चरेको त्यो प्रहरी चौकीमा श्रीकृष्ण प्रणामी धर्मको प्रतिनिधि स्वरूप सुन्दरसाथ रामप्रसाद भट्टराई जानु भएको थियो । अनुसन्धान गर्ने ती कर्मचारी प्रहरी चौकीबाट नजिकै रहेको श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरे आए । त्यो समयमा मन्दिरमा पं. बलिदास बस्नेतज्यूद्वारा गीतादिको पाठ सहित धार्मिक प्रवचन भइरहेको थियो । पछि त्यो अनुसन्धान गर्ने क्रम बढेर भारत पश्चिम बंगालको कालिम्पोङ्ग सम्म पुग्यो । सबै मिथ्या आरोप भएको हुनाले ती अनुसन्धान कर्ताले पनि श्रीकृष्ण प्रणामी धर्मको विषयमा सबै सकारात्मक रिर्पो पेश गरेको पाईयो । त्यो समय सम्म श्रीकृष्ण प्रणामी धर्मको आधिकारिक रूपमा पूर्वमा कुनैपनि संस्था दर्ता थिएन तर नेपालको राजधानी काठमाण्डौमा श्रीकृष्ण प्रणामी सेवा समिति नामक एक संस्था सन्त श्रीयुगलदास महाराजको पहलमा दर्ता भइसकेको थियो ।
यस्ता प्रकारका विभिन्न व्यवधानले गर्दा त्यो समयका केही अग्रज सुन्दरसाथहरूलाई श्रीकृष्ण प्रणामी धर्मको नामबाट वैधानिक संस्था दर्ता गराउने प्रेरणा मिल्यो । वि.सं. २०३४ सालमा सुन्दरसाथहरू राम प्रसाद भट्टराई, लीला प्रसाद सापकोटा र प्रजापति कोइरालाहरूले अन्य सुन्दरसाथहरूको सहयोग लिएर एक वैधानिक संस्था झापा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गराएका थिए । त्यो दर्ता भएको संस्थाको नाम “श्रीकृष्ण प्रणामी सत्संग सेवा समिति” थियो । तर संस्था दर्ता गरेर वर्षेनी नवीकरण गर्नु पर्ने सरकारको नियम अनुसार विभिन्न कारणले यो संस्थाको नवीकरण हुन नसकेकोले सरकारी नियम अनुसार दर्ता भएको संस्था खारिजी भएको थियो । वैधानिक रूपमा सरकारी स्तरमा दर्ता भएको पूर्वी नेपालको एक मात्र यो संस्था खारिजी भएपछि पुनः दर्ता गराउन धेरै कठिनाई परेको थियो । पुनः दर्ता गर्नु भन्दा पूर्व केही सुन्दरसाथहरूले झापा जिल्लाका धेरै संस्थाहरूको वैधानिकता दिएको यो संस्थाको नवीकरण नगरिएका कारण खारिजी भएपछि सुनसरी जिल्लामा दर्ता भएको अर्को संस्था श्रीकृष्ण प्रणामी प्रतिष्ठानको शाखाको रूपमा यस संस्थालाई बनाएका थिए। उक्त काम प्रति झापाका सुन्दरसाथहरू सकारात्मक नभएपछि खारिजीभएको यो संस्था फेरि दर्ता गराउन एक अस्थायी समिति बनेको थियो । उक्त समितिमा शान्तिप्रसाद सापकोय (दुहागढी, चन्द्रगढी), प्रजापति कोइराला (बुधबारे)र शारदा प्रसाद थपलिया (बिर्तामोड) बासी हुनुहुन्थ्यो । यो समितिले पहिला दर्ता भएको संस्थाको नाम र विधानको थोरै शब्द र बुँदाहरू परिवर्तन गरी पुनः वि.सं. २०४० सालमा “श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद” नामक अर्को नयाँ संस्था दर्ता गराएका थिए । हाल यो संस्था क्रियाशील रहेको छ र यसले काठमाडौमा दर्ता भएको “श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल” नामक केन्द्रीय संस्थाको जिल्ला समिति भएर पनि काम गरिरहेको छ । यस संस्थाको जिल्ला कार्यालयको रूपमा हाल माईधाम स्थित श्रीकृष्ण प्रणामी मन्दिर रहेको छ।
श्रीकृष्ण प्रणामी मन्दिर माइधाममा शुरुका दिनदेखिनै अत्यन्तै ठूलो योगदान दिनुहुने बाबा बालकृष्ण निरौला र उहाँका अनन्य सहयोगी परशुराम अधिकारीको अत्यन्तै ठूलो योगदान रहेकोछ । यो मन्दिरलाई हाल जिल्लाकै केन्द्रीय मन्दिरको रूपमा लिईदै आएको छ। वि.स. २०६२ सालमा नेपालमा श्रीकृष्ण प्रणामी धर्म प्रवेश गरेको ३२७ वर्ष पुगेको हुनाले, त्यो समयमा यस मन्दिरमा ३२७ पारायण सु-सम्पन्न भइसकेको छ।
पूर्वी नेपालको जागनी अभियानमा गुरुजी श्री १०० मंगलदासजी महाराज पछि उल्लेख्य योगदान दिने बाबा गोपिदासजी महाराज हुनुहुन्छ । उहाँ मुक्तिपीठ पन्ना स्थित क्षेत्रमा केही समय क्षेत्राधीश रहेर पुनः नेपाल आउनुभई धरानको भोटेपुलमा एक राधाकृष्ण नामक सुन्दर श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो । धरान स्थित वि.पि. अस्पतालमा स्वास्थ्य उपचारको क्रममा आउनुहुने सुन्दरसाथहरूलाई यो मन्दिरले ठूलो सेवा दिँदै आएको छ । यो मन्दिर स्थापना गर्नु पूर्व बाबा गोपिदासजीले गुरुमाता पवित्राबाई लगायत आचार्य परिवारद्वारा वि.सं. २०२० सालमा धरानको जिरोप्वाइन्टमा स्थापना गर्नुभएको मन्दिरमा रहेर ठूलो योगदान दिनु भएको थियो । उहाँले नेपालमा सर्वप्रथम गोटा पारायणको परम्परालाई शुभारम्भ गर्नुभएको थियो । पछि उहाँले भोटेपुलमा एक सुन्दर राधाकृष्ण प्रणामी मन्दिर बनाई व्यवस्थित रूपमा रेखदेख गर्दै झापा जिल्लाको चारपानेमा पं. टहलदासजीले उहाँको चेली लक्ष्मीबाईको सहयोगमा स्थापना गरेको श्रीकृष्ण प्रणामी मन्दिरलाई पनि ठूलो प्रगति र विकास गराएर मिति २०७१ साल भाद्र ११ गते ४:४० बजे आफ्नो साँसारिक शरीर त्यागी परमधामवासी हुनुभयो । उहाँले सम्हाल्दै आउनुभएको न हाल युवा सन्त श्रीजगतनन्दन महाराजले लिनुभएकोछ । उहाँ यस मन्दिरको महन्तको रूपमा पनि रहनुभएको छ । बाबा गोपिदास महाराजको पाञ्चभौतिक शरीरलाई यसै मन्दिरको पश्चिम-दक्षिण भागमा समाधिस्थ गरिएको छ। उहाँलाई पूर्वी नेपालको गुरुजी श्री १०८ मंगलदासजी महाराज र मध्य नेपालको सन्त श्रीयुगलदासजी महाराज पछिको नेपालको “प्रणामी रत्न” को रूपमा लिइन्छ।
गुरुजी श्री १०० मंगलदासजी महाराजलाई नेपालमा एक ठूलो धाम बनाउने इच्छा थियो उहाँ वि.सं. २०३५ सालमा इटहरी स्थित पदमा कुमारी बस्नेतको घरमा एक पारायणमा आउनुभएको थियो । उहाँले त्यसै समयमा बुढीखोलाको नजिकै हिन्दू मात्रको तीर्थ बनाउने अठोट गर्नुभयो र भूमिदान प्राप्तहुनासाथै वि.सं. २०३५ सालमा नै श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको स्थापना गर्नुभयो । उक्त मन्दिर स्थापना गर्न माता जमुनाबाई र मोहनबाईले भूमिदान गर्नुभएको थियो । यहाँ हाल भव्य श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम बनेको छ । बुढीगंगा जमुना मुक्तिघाटको निर्माण कार्य पनि सम्पन्न भएको छ। जसको निर्माण कार्यले प्रणामी समाजलाई बाहिरी जगतमा ठूलो परिचय दिएको छ।
पूर्वी नेपालको जागनी अभियानमा पं.हिमकर सापकोटाको पनि धेरै ठूलो देन रहेको छ। उहाँले मोरङ्ग जिल्लाको इन्द्रपुरमा गुरुजीले शुरु गरेको अनाथ बालबालिकाहरूको आश्रमलाई ठूलो प्रगति गराई धर्म जागनीको काम पनि गर्दै जानुभयो । उहाँले बैगुनधुरा, बाहुण्डाँगी, सिक्किम जस्ता विभिन्न ठाउँहरूमा ठूलो संख्यामा जागनी गर्नुभयो । उहाँलाई श्रीकृष्ण प्रणामी धर्ममा शास्त्रार्थ महारथी भनेर पनि जानिन्छ ।
पूर्वी नेपालको धर्म प्रचार अभियानमा गुरुजी श्री लक्ष्मीदास खतिवडाको पनि उल्लेख्य योगदान रहेको छ। उहाँले धेरै ठूलो संख्यामा जागनी गर्नु भएको छ। उहाँ श्रीकृष्ण प्रणामी मन्दिर पायगाडाको संस्थापक पनि हुनुहुन्छ। उहाँले पायगाडाका धेरै सुन्दरसथहरूलाई वाणी तथा वीतकको तालिम पनि दिनुभयो । उहाँ आफ् ना चेलाचेलीहरूको घरमा समय समयमा पुग्ने र उनीहरूको धार्मिक चेतनालाई जागृत गर्नुहुन्थ्यो । उहाँको चेलाचेलीहरू प्रायः ज्यामीरगढी, दुवागढी, बिर्तामोड र सिविकममा ठूलो संख्यामा रहेका छन्।
पूर्वी नेपालको धर्म जागरण अभियानमा कति यस्ता सन्तहरू हुनुहुन्छ, उहाँहरूको श्रीकृष्ण प्रणामी धर्ममा अति ठूलो योगदान पाइन्छ । महाराज श्यामदास मैनाली (इवा,सिम्ले), सन्त कृष्णदास महाराज (भट्टराई), प्रभुदास ओझा, पं.भवानी शंकर, सन्त टिकादास, सन्त कृष्णदास (दाहाल), प्रो.पं.लक्ष्मीकान्त शर्मा, पं.मुक्तिनाथ खनाल र पं,टिका प्रसाद तिम्सिना (दुबैले मणिपुरमा सर्वप्रथम जागनी गर्नुभएको थियो वर्तमानमा त्यहाँ हजारौ संख्यामा सुन्दरसाथ हुनुहुन्थ्यो), पं.लोकनाथ पोख्रेल, सन्त श्यामदास खतिवडा(दढुवागढी), पं.गोपिलाल प्याक्रेल, डा.तिलक चैतन्य, टहलकिशोर महाराज, मोहनानँन्द शास्त्री, प-चरणदास सिवाकोटी, पं.भक्तिभूषणजी, पं.इश्वरदास ओभर, पं.तुलाराम बराल, पं.प्रेमदास उप्रेती, पं.रमनदास ओझा, पं.भीम प्रसाद खतिवडा, पं.राजदास ढुंगेल, पं.हरि प्रसाद प्याकुरेल, पं.राधेश्याम सापकोटा लगायत अन्य धेरै सन्त तथा प्रचारकहरूले पूर्वी नेपालको श्रीकृष्ण प्रणामी धर्ममा धर्म जागरणको लागि उल्लेख्य योगदान दिनु भएको छ।
मेची अञ्चलको प्रायः सबै जिल्लाहरूमा हाल आएर श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरू ठूलो संख्यामा रहेका छन् । कतिपय जिल्लामा सुन्दरसाथहरू संख्याको हिसाबले केही थोरै भएपनि धर्म जागनी राम्रै भएको नै पाईन्छ । मेची अञ्चलको ताप्लेजुङ्ग जिल्लामा धेरै पहिलेनै धर्म प्रचार भएकोले मन्दिरहरू पनि बनेका छन् । यो जिल्लाको अमेगुदिनमा श्रीकृष्ण प्रणामी मन्दिर बनेको छ । मेची अञ्चलको पाँचथरमा श्रीकृष्ण प्रणामी धर्मका थोरै संख्यामा अनुयायीहरू भएकोले हालसम्म श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना भएको छैन । ईलाममा धर्मको प्रचार प्रसार राम्रो भएको मान्नु पर्छ। यस जिल्लामा मन्दिरहरू पनि राम्रै संख्यामा बनेका छन् । ईलाम जिल्लाको फिक्कल बजारको मन्दिर, ओखरे मन्दिर, आरुबोटेको मन्दिर, गुरुजी श्रीमंगलदासजी महाराजको जन्म स्थलमा बनेको मेलबोटेको मन्दिरद्वारा धर्मको प्रचार राम्रो भएको पाईन्छ। ईलाम जिल्लाको ग्रामीण र शहरी दुवै क्षेत्रमा ठूलो संख्यामा सुन्दरसाथहरू पाईन्छन् । ईलाम जिल्लाको मल्लीम र लक्ष्मीपुर गाउँमा अन्य क्षेत्रहरूभन्दा अलिक ठूलो संख्यामा सुन्दरसाथहरू छन् ।
श्रीकृष्ण प्रणामी धर्मका वर्तमान धर्माचार्य जगत्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज, गुरुजी श्री १०५ मंगलदासजी महाराज, गुरुजी श्री मोहन प्रीयचार्यजी महाराज, सन्त श्री अमृतराजजी महाराज जस्ता विशिष्ठ सन्तहरूको जन्मथलो पनि ईलाम जिल्लानै भएकोले यो जिल्लालाई धर्म प्रचार भएको जिल्लाको रूपमा मात्र नहेरी सन्त महन्तहरूको उर्वर भूमि पनि मान्न सकिन्छ।
फापा जिल्लाको सबै भन्दा पुरानो मन्दिर शणामतीको दयालधाम बाहेक शनिश्चरे, ढुवागढी/चन्द्रगढी, धुलाबारी, बुधबारे (यहाँ पनि वि.सं. २०६५ सालमा १०५ पारायण सु-सम्पन्न भइसकेको छ), चारआली, ज्यामीरगढी (यहाँ पनि वि.सं. २०६७ सालमा १०० पारायण सु-सम्पन्न भइसकेको छ), पृथ्वीनगर, शन्तिनगर, गरामनी/गोलधाप, जलथल, बनियानी, पथरिया, बालुवाडी, बत्तीसविघा, माइधाम, सुरुङ्गा(टप्पु), शिवगंज, चारपाने, महाभारा, घैलाडुब्बा, बैगुनधुरा, सतासीधाम, भझिलभझिले, पायगाडा, सितापुरी, दमक, घोडामारा जस्ता ठाउँहरूमा मन्दिर तथा सत्संग भवन बनेका छन्। ती सबै मन्दिरहरूले श्रीकृष्ण प्रणामी धर्मको दिव्य ज्ञान यत्र-तत्र छरिरहेको पाईन्छ।
मेची अञ्चलकै व्यापारिक केन्द्रको रूपमा रहेको विर्तामोड नगरमा ठूलो संख्यामा श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरू रहेका छन् । बिर्तामोड नगरीमा वि.सं. २०७० साल सम्म मन्दिर बनाउन कहिँ पनि जमीन नभएकोले लामो समयसम्म बिना मन्दिर सुन्दरसाथहरू निजी भवनमा धर्म जागरणको काम गर्दै आएका थिए । तर हाल सक्रिय सुन्दरसाथहरू उत्तम उप्रेती, कृष्ण प्र. बजगाई, विष्णु प्र. शर्मा (कट्टेल),शारदा प्र. थपलिया, हरि कंडरिया, टहलदास ओली, चन्द्र डाँगी, वृहस्पति घिमिरे, दिपक दाहाल, इन्द्र कु. अधिकारी लगायत अन्य जागरुक सुन्दरसाथ तथा केन्द्रीय संस्था श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको सहयोगमा करीब १२ कट्ठा जमीन खरिद गरिएको छ। उक्त जमीनमा करिब २६ दिनमा नै एक भव्य भवन बनाएर वि.सं.२०७१ सालको वीतक कथा पहिलोपटक सु-सम्पन्न भएको छ। तीर्थको शक्ति अपरम्पार हुँदो रहेछ भन्ने वि.सं. २०७१ सालमा बि्तामे, नगरीमा भएको वीतक कथाले देखाएको छ । बिर्तामोडमा श्रीकृष्ण प्रणामी धर्मको कुनै पनि मन्दिर नभएकोले २०७१ सालको वीतक कथा पंण्डाल लगाएर संस्थाको आफ्नै जमीनमा आयोजना गर्ने बिर्तामोड समितिको सोचाई थियो । आचार्य श्री १०० कृष्णमणिजी महाराजबाट आशीर्वचन लिएर वीतककार (कथाकार) को अनुरोध गरिएको थियो । पण्डाल लगाएर वीतक कथा गरिने भनिएकोमा २६ दिनको छोटो अवधिमा नै एक आधुनिक सुन्दर भवन बनाएर विर्तामोडबासी सुन्दरसाथहरू वीतक कथा गर्न सफल भएका थिए । भविष्यमा विर्तामोडमा आधुनिक शैलीको ‘सद्गुरु श्री देवचन्द्र सदन’ बन्ने योजना रहेकोछ। यसको निर्माण कार्य सम्पन्न भएपछि नेपालमा श्रीकृष्ण प्रणामी धर्मको एउटा ठूलो परिचय बन्नेछ । यति छोटो अवधिमा सुन्दर भवन बनाएर भव्य कार्यक्रम सम्पन्न भएको सम्भवतः नेपालको मात्र नभएर प्रणामी समाजमै यो पहिलो इतिहास हो ।
हाल आएर भद्रपुर, चन्द्रगढी बासी सुन्दरसाथहरूले पनि करीब ४ कट्ठा जमीन खरीद गरी श्रीकृष्ण प्रणामी मन्दिरको चन्द्रगढी (भद्रपुर) विमान स्थलको नजिकमा विभिन्न सेवामूलक लक्ष्य राखेर निर्माण कार्यको थालनी गरेकाछन् । मन्दिर निर्माणको प्रारम्भमानै जगतगुरु आर्चाय श्री १०८ कृष्णमणिजी महाराजलाई निर्माणधीन क्षेत्रमा चरण स्पर्श गराइएको छ । उक्त मन्दिरले काठमाण्डौबाट हवाई मार्ग हुँदै पूर्वी नेपाल तर्फ आउनुहुने सुन्दरसाथहरूलाई राम्रो सेवा पुन्याउने लक्ष्य रहेको छ। साथै धर्मजागरणको काम पनि यस क्षेत्रमा अभधेरै राम्रो हुने भएको छ।
पूर्वमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार अभियानमा कोशी अञ्चलको पनि उल्लेख्य योगदान रहेको पाईन्छ । कोशी अञ्चलको मोरङ्ग, सुनसरी, धनकुटा, तेह्रथुम जस्ता जिल्लाहरूमा ठूलो संख्यामा सुन्दरसाथहरू भएको पाईन्छ । विराटनगरबाट साहित्य र संस्कृति प्रचार परिषद्ले राम्रै धर्मको प्रचार गरेको छ । इटहरी मन्दिर जसलाई गुरुजी श्री १०५ मंगलदासजी महाराजले “मुक्तिधाम भनी नामकरण गर्नु भएको छ। यसलाई पूर्वी नेपालको धर्मजागरण गर्ने महत्वपूर्ण धामको रूपमा लिइन्छ (यहाँ १०० पारायण सु-सम्पन्न भईसकेको छ), विराटनगर, हरकपुर, लक्ष्मी मार्ग, रमाइलो, मंलबारे, लेयङ्ग, सिजुवा, पानवारी, धरान (जिरोपईन्ट), धरान (पुतलीबजार- यहाँ ४० ९ पारायण सु-सम्पन्न भईसकेको छ), मादी, धनकुटा, इवा (सिम्ले) जस्ता स्थानहरूमा श्रीकृष्ण प्रणामी मन्दिरहरू बनिसकेका छन् । कोशी अञ्चल तेह्रथुम जिल्ला इवा गा.वि.स.को सिम्लेमा बनेको यो श्रीकृष्ण प्रणामी मन्दिर फुँगुवा नेपालकै सबैभन्दा पुरानो र पहिलो मन्दिरमा पर्दछ ।
यसरी पूर्वी नेपालको श्रीकृष्ण प्रणामी धर्ममा भएको प्रचारलाई हेर्दा ज्यादै उल्लेख्य देखिन्छ र एव तरिकाले धर्म जागनी हुने हो भने भविष्यमा पूर्वी नेपालको श्रीकृष्ण प्रणामी धर्म जागनी अभियान स्तुत्य रहने हामी सबैलाई विश्वास छ।
३. मध्य नेपालको तराई भागको भारतसँग सम्पर्क रहेका जिल्लाहरू (वि.सं. १८१० को दशकमा तेम्रो चरणको धर्म प्रवेश क्षेत्र) नेपालको पश्चिम र पूर्वी जिल्लाहरूमा श्रीकृष्ण प्रणामी धर्म प्रवेश गरिसकेपछि मध्य नेपालको तराईका केही जिल्लाहरूमा श्रीकृष्ण प्रणामी धर्म भारतको बिहार प्रान्तबाट प्रवेश गरेको पाईन्छ। समाजका अग्रज व्यक्तिहरूले हालसम्म तराईमूलका मानिसहरूमा भएको धर्म जागनी बारे सन्तोषजनक ढंगले खोजगरेको पाइदैन । मध्य तराईका तराईबासीहरू पनि ठूलो संख्यामा जागनी भएको खोज र अनुसन्धानले जनाउँछ।
भारतको बिहार प्रान्तको गंगापुरमा वि.सं. १७७५ मा चेतनदासजी महाराजले भव्य एवं सुन्दर श्रीकृष्ण प्रणामी मन्दिर आजभन्दा करिब ३०० वर्ष पहिलेनै स्थापना गर्नुभएको थियो । जसलाई चेतनधाम भनेर भनिन्छ। यो मन्दिर भारतको बिहार प्रान्तको धेरै पुरानो मन्दिर भएकोले यो धामको प्रतापले कोशी पश्चिमका तराईका धेरै जिल्लाहरूमा र भारतको बिहार तथा उत्तर प्रदेशमा ठूलो संख्यामा करीब ३०० वर्ष अगाडि नै श्रीकृष्ण प्रणामी धर्मको प्रचार भएको स्पष्ट प्रमाण पाईन्छ । यसरी बिहार र उत्तर प्रदेशमा श्रीकृष्ण प्रणामी धर्मको व्यापक प्रचार भएकोले ती प्रान्तहरूको सीमाना जोडिएको नेपालको तराईका जिल्लाहरूमा श्रीकृष्ण प्रणामी धर्मको व्यापक प्रभाव परेको पाईन्छ । नेपालको तराई क्षेत्रमा बस्ने तराई मूलका मानिसहरूको प्रायः नाता सम्बन्ध, विहेवारी, किनमेल तथा आवतजावत भारतका ती प्रदेशहरूमा धेरै पहिले देखिनै चलिआएको पाइन्छ। बिहार स्थित चेतनधाम यति भव्य र विशाल छ कि, यहाँ कैयौं साधुसन्तहरू यस धाममा (विहारको चेतनधाम) आउने जाने गर्दछन् । अतिथि साधु सन्तहरूको अखडाकै रूपमा यो धाम रहेको छ। यो धामको अगाडि एक सुन्दर बगैंचा र एक विशाल जलकुण्ड रहेको छ। यो मन्दिरमा आवत जावत गर्ने तराई मूलका सुन्दरसाथहरूले सुगम र सजिलोको कारणले यही मन्दिरलाई आफ्नो धामको रूपमा लिएको सबैको अनुमान रहेको पाईन्छ। नेपालको सप्तरी जिल्लामा वि.सं. १८०६ मा स्थापना भएको मन्दिरले नेपालको मध्य तराई भागमा दुई सय सत्तरी वर्ष अगाडि नै श्रीकृष्ण प्रणामी धर्मको जागनी भएको स्पष्ट प्रमाण पाईन्छ ।
हाल तराई बासी सुन्दरसाथहरूको पनि लेखा जोखा र तथ्यांक संकलन हुन थालेको छ। तराईका विभिन्न जिल्लाहरूमा श्रीकृष्ण प्रणामी धर्मका मन्दिरहरू बनेका छन् । हाल सम्मको खोजमा सप्तरी जिल्लाको पातो भन्ने ठाउँमा वि.सं. १८०६ मा बनेको मन्दिर मध्य तराइको सबैभन्दा पुरानो श्रीकृष्ण प्रणामी मन्दिर हो । यो मन्दिर बाहेक मध्य तराईको अन्य ठाउँहरूमा पनि धेरै मन्दिरहरू बनेर श्रीकृष्ण प्रणामी धर्मको धर्म प्रचार गरिरहेको पाईन्छ । अन्य मन्दिरहरूमा सप्तरी जिल्लाको चकदहमा (वि.सं. १०११ ), सिराहाको बस्तिपुर, सिराहाको महादेवापोताहमा (वि.सं.१९६० ), सिराहाको गोबिन्दपुर, धनुषाको सिंहाइमराइनमा(वि.सं.१५६७), धनुषाको ढल्केबर, सर्लाहीको बरहथवा, सर्लाहीको गौरीशंकर, सर्लाहीको रुजघार, कृष्णदत्त शास्त्रीद्वारा जागनी भएको रौतहटको मिठुअवा (वि.सं.१९5०), बाराको कलैया (वि.सं. १५७०) जस्ता स्थानहरूमा प्रायः तराई मूलका सुन्दरसाथहरू हुनुहुन्छ। ती सबै तराईमूलका सुन्दरसाथहरू भएको स्थानहरूमा श्रीकृष्ण प्रणामी धर्मका मन्दिरहरू धेरै अगाडि नै स्थापना भएको पाईन्छ। यसरी नेपालको मध्य तराई भागमा धेरै अगाडि नै जागनी कार्यले प्रवेश गरेको पाईन्छ। त्यो प्रायः सबै विहारको गंगापुर स्थित चेतनधामको प्रभाव मान्न सकिन्छ ।
मध्य तराईको ती जिल्लाहरूमा पहाडी मूलका नेपाली सुन्दरसाथहरूले पनि धेरै मन्दिरहरू स्थापना गरेका छन् । तर ती मन्दिरहरूको स्थापना काल तराईमूलका सुन्दरसाथहरूको भन्दा धेरै कम रहेको पाईन्छ। भौतिक सुविधाको खोजमा कतिपय ती मानिसहरू पहाडबाट तराई झरेका थिए । उनीहरू कतिपय पहाडमा नै श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित थिए । उनीहरू जब तराईमा बसाई सरेर गए तब त्यहाँ धर्म जागरणको काम पनि गर्न थाले । जनसंख्या वृद्धि भयो र बाल बच्चा छोराछोरीहरूलाई संस्कार सिकाउने क्रममा मन्दिरहरूको स्थापना गरे । ती पहाडी मूलका मानिसहरूको सम्पर्क पहाड तर्फ पनि भएको हुँदा ती मन्दिरहरूको व्यापक ठूलो प्रचार भयो । मध्य तराईमा पहाडबाट झरेर पहाडी मूलका मानिसहरूले स्थापना गरेका मन्दिरहरू – नजरपुरको श्रीकृष्ण प्रणामी मन्दिर (यहाँ भव्य र सुन्दर मन्दिर बनेको छ, जहाँ २०७१ सालमा १० पारायण भव्य रूपमा सु-सम्पन्न भएको छ), वृन्दावन स्थित श्रीकृष्ण प्रणामी मन्दिर, सन्तपुर स्थित श्रीकृष्ण प्रणामी मन्दिर, रौतहटको रंगपुर स्थित श्रीकृष्ण प्रणामी मन्दिर, चन्द्रनिगाहपुर स्थित श्रीकृष्ण प्रणामी मन्दिर, निजगढ स्थित श्रीकृष्ण प्रणामी मन्दिर, सिमरा स्थित श्रीकृष्ण प्रणामी मन्दिर (यहाँ पनि १०८ पारायण सु-सम्पन्न भइसकेको छ), पर्साको सुवर्णपुर स्थित श्रीकृष्ण प्रणामी मन्दिर, हेटौँडा बजार स्थित श्रीकृष्ण प्रणामी मन्दिर (यहाँ पनि १०८ पारायण सु-सम्पन्न भइसकेको छ), सामरी स्थित श्रीकृष्ण प्रणामी मन्दिर, गुर्दुमडाँडा स्थित श्रीकृष्ण प्रणामी मन्दिर, गौरीवर स्थित श्रीकृष्ण प्रणामी मन्दिर, बुढौली स्थित श्रीकृष्ण प्रणामी मन्दिर, टिकौली स्थित श्रीकृष्ण प्रणामी मन्दिर (यहाँ पनि १०० पारायण सु-सम्पन्न भइसकेको छ), जिरौना स्थित श्रीकृष्ण प्रणामी मन्दिर, आबुखेरेनी स्थित श्रीकृष्ण प्रणामी मन्दिर, आदि मन्दिरहरूले मध्य तराई तथा पहाडमा धर्म जागनी अभियानमा ठूलो देन दिएका छन्।
मध्य नेपालको धर्म जागनीमा उल्लेख्य योगदान दिनुहुने कतिपय यस्ता सन्त तथा प्रचारकहरू पनि हुनुहुन्छ, उहाँहरूले श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा ठूलो देन दिएको पाइन्छ। सन्त पूर्णब्रह्मा शास्त्री, सन्त मोहनमुकुन्द महाराज, सन्त राजदास लम्साल, पं:कृष्ण प्र. सापकोय, सन्त श्री राजकिशोरदास, पं,कमल कृष्ण शर्मा (बजगाँई), पं.ढुण्डीराज ढकाल, पं.कमलदास सुवेदी, पं. रमनदास अधिकारी, पं. धनीदासजी, पं.वृन्दावन सुवेदी, सन्त लीलादास अर्याल, पं:चन्द्रकिशोर ढकाल, पं.टहलदास न्यौपाने, सन्त प्रेमदासजी महाराज, पं.देवकृष्ण शर्मा, पं.देवीदत्त उपाध्याय, पं. गंगा प्रसाद अधिकारी, पं. धर्मराज शास्त्री, लगायत अन्य धेरै सन्त तथा प्रचारकहरूको देन महत्वपूर्ण रहेको छ।
मध्य नेपालको तनहुँ जिल्लाको प्रशिद्ध तीर्थस्थल देवघाटमा वि.सं. २०६४ सालमा नेपालकै प्रथम महिला भागवत कथाकार विदुषी सुश्री तारा घिमिरेको प्रमुख संरक्षकत्वमा श्रीप्राणनाथ अनाथ सेवा आश्रम स्थापना भएको छ। उक्त आश्रमको संस्थापना काल देखिकै संरक्षक द्वय कृष्णराज शास्त्री, सुश्री जमुना घिमिरे, संस्थापक अध्यक्ष श्यामजी अतिथि शर्मा, सचिव ताराप्रसाद अधिकारी, कोषाध्यक्ष अन्जनीप्रसाद रिजाल, सदस्य लालप्रताप अधिकारी लगायत अन्य धेरै सुन्दरसाथहरूको योगदान रहि आएको छ। श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्दै अनाथ र बृद्धाआश्रम समेत संचालन गर्दै आउनुभएको छ । देवधाट धाम देशकै प्रशिद्ध तीर्थस्थल भएकोले यस ठाउँमा स्थापना भएको “श्रीप्राणनाथ सेवा आश्रम’ लाई धेरै महत्वकासाथ हेरिएको छ। धर्माचार्य जगत्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजका करकमलबाट वि.सं. २०७१ साल फाल्गुणमा सन्त निवासको समुदघाटन र श्रीकृष्ण प्रणामी मन्दिरको शिलान्यास भएको छ । एवं रीतले धर्मको प्रचार हुने हो भने मध्य नेपालको श्रीकृष्ण प्रणामी धर्म प्रचारलाई अति द्रुत गतिको धर्म प्रचारको रूपमा लिनुपर्दछ ।
४. मध्य नेपाल स्थित काठमाण्डौ जिल्ला
(वि.सं. १८३० को दशकमा चौथो चरणको धर्म प्रवेश क्षेत्र)
मध्य नेपालको पहाडी क्षेत्रमा (काठमाण्डौ तथा पोखरा) श्रीकृष्ण प्रणामी धर्मको जागनी अभियान पूर्व र पश्चिम नेपालको भन्दा केही पछि भएको पाइन्छ। नेपालको पश्चिम र पूर्व क्षेत्रबाट मात्र नभएर मध्य तराईका केही जिल्लाहरूमा समेत श्रीकृष्ण प्रणामी धर्मको जागनी भएपछि मात्र नेपालको राजधानी काठमाण्डौमा धर्मको प्रचार भएको पाइन्छ।
हालसम्म प्राप्त इतिहास केलाउँदा काठमाडौं नरदेवी निवासी श्री रामदास श्रेष्ठ र् भवानीदास श्रेष्ठ परमात्माको कृपाले संयोगवस तीर्थयात्रा गर्ने क्रममा काठमाण्डौबाट भारतको मध्य प्रदेश स्थित पन्ना धाम गएका थिए । भवानीदास अत्यन्तै सेवाभावी र धार्मिक स्वभावका थिए । भवानीदास पद्मावतीपुरी धाममा नै श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएका थिए । पछि उहाँले पद्मावतीपुरी धाममा रहेको बंगलाजीमा (जहाँ स्वामी श्रीप्राणनाथजी महाराज वाणीको चर्चा गर्ने गर्नुहुन्थ्यो) नेपाली शैलीमा तामाको पाताले छाउने अठोट गरेकोले रूपैया पैसा बन्दोवस्त गर्न काठमाण्डौ आएर रूपैया पैसा लिएर पुनः पन्ना गएका थिए । उहाँले कलकत्ताबाट वयलगाडामा तामाको पाता लदाएर पद्मावतीपुरी धाम पन्नामा लानुभयो। बंगलाजीमा नेपाली शैलीमा तामाको पाताले छाउनु भयो र सबै नेपालीहरूको शिरलाई उच्च बनाउनु भयो । प्रेम र सेवाका प्रतिमूर्ति भवानीदासले वि.सं. १5३७ मा आफूनो निजी घरलाई सार्वजनिक मन्दिरको रूप दिनुभयो । काठमाण्डौ उपत्यकाको पहिलो श्रीकृष्ण प्रणामी मन्दिर यही नै भन्न सकिन्छ। यस मन्दिरमा रहेर परमहंस दयालदास महाराजले पनि मध्य पहाडमा धर्म जागरणको काम गर्नुभयो । आचार्य श्री १०८ पीताम्बरदासजी महाराजको बाल्य जीवन पनि यसै मन्दिरमा बितेको थियो । श्रीकृष्ण प्रणामी धर्मको जागनी अभियान मध्य नेपालको काठमाण्डौ जिल्लामा वि.सं. १5३० को दशकबाट नै प्रारम्भ भएको पाइन्छ।
वि.सं. १५६० को दशकताका पोखराका सनन्ध बराल जागीरको क्रममा दैलेख गएका थिए । त्यो बेला सुवेदारको जागीर हुने गर्दथ्यो । उनी दैलेखमा नै श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएका थिए । उनले पहिलो पटक पोखरामा श्रीकृष्ण प्रणामी धर्म प्रवेश गराएका रहन भए उनले पा तको गन्धविसी बहुमारामा श्रीकृष्ण प्रणामी मन्दिर वि.सं. १५७५ मा नै स्थापना को ज्यम नाँउको गाँउमा महाराजले कास्कीको त्यो श्रीकृष्ण प्रणामी मन्दिरलाई वि.सं. १९४५ मा कि नर काठमाडौंको सारेका थिए। यो मन्दिर मध्य नेपालको पहाडी जिल्लाको पुरानो श्रीकृष्ण प्रणामी मन्दिरमा ( नरदेवी छोडेर) पर्दछ ।
काठमाण्डौ जिल्लाको गोठायर गाविसका पं. गोवर्धन सञ्जेलले वि.सं. त ९४० देखि जागनी अभियान प्रारम्भ गरेको पाइन्छ। उहाँले काठमाण्डौको किलागल, नरदेवी, काभ्रे, , टुंगुन, रामेछाप जस्ता धेरै ठाउँहरूमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार करीब वि.सं. १९४० को दशकबाट गरेको पाइन्छ । पं. गोवर्धन सञ्जेलले श्रीकृष्ण प्रणामी धर्मको प्रचार तथा जागनी अभियान नेपालको मध्य पहाडी भाग हुँदै पूर्व नेपालको सिमाना पारी दार्जीलिङ्गसम्म पुत्याएका थिए । दार्जीलिङ्गको सिंग्रिताम भन्ने ठाउँमा उनले एक सुन्दर श्रीकृष्ण प्रणामी मन्दिर पनि बनाएका छन् ।
यता काठमाण्डौको गोठाटार गा.वि.स.को भैंमालमा हाल पनि ठूलो संख्यामा सञ्जेल थरभएका धेरै सुन्दरसाथहरूको बसोबास रहेको पाइन्छ। त्यहाँ एउय सुन्दर श्रीकृष्ण प्रणामी मन्दिर पनि रहेको छ।
हाल सम्मको इतिहासलाई केलाउँदा बागमती अञ्चलको सबै भन्दा पुरानो श्रीकृष्ण प्रणामी मन्दिर नरदेवी (हाल भग्नावशेष मात्र बाँकी छ) बाहेक अन्य धेरै ठाउँमा श्रीकृष्ण प्रणामी मन्दिरहरू बनेर मध्य पहाडमा धर्म जागनी कार्य द्रुतगतिमा भइरहेको पाइन्छ । श्रीकृष्ण प्रणामी धर्म जागनीको काम सबै प्रचारक र मन्दिरहरूमा भएका विभिन्न धार्मिक कार्यक्रमहरूबाट निरन्तर भइरहेको पाइन्छ। हाल सम्म ढोडेनी, चाखोला, बनेपा, होक्से, इमाडोल, दुवाकोट, पुलचोक, चुनीखेल, पुलचोक (दमकल छेउ), हरिसिद्धि, सुनाकोठी, डिल्लीबजार, सिनामंगल, दहचोक, भैंमाल, तीनगाउँ, दाङ्मै, इनारपाटी, फागुयर, रामेछापको धुसाल जस्ता स्थानहरूमा श्रीकृष्ण प्रणामी मन्दिरहरू बनेर धर्म जागरण कार्यहरूमा ठूलो योगदान पुन्याएको पाईन्छ ।
मध्य पहाडको श्रीकृष्ण प्रणामी धर्मको जागनी अभियानमा परमहंस युगलदास महाराजले पुन्याउनु भएको योगदान अतुलनीय छ । धर्म प्रचारको क्रममा उहाँ नेपाल आउँदा त्यसबेला नेपालमा राणाहरूको हुकुमी शासन थियो । पुरातनवादी पण्डित र कर्मकाण्डी पुरोहित तथा समाजमा रहेका विभिन्न छुल्याहाहरूको उजुरीलाई आधार बनाएर राणाहरूले धेरै दुःख दिने गर्दथे । वि.सं. १९५८ र १९८१ सालमा गुरुजी परमहंस दयालदास महाराजले धर्म प्रचार गर्दै रहँदा क्रुर शासकहरूले धर्मका दिव्य ग्रन्थहरू खोसेर लगेका थिए । श्रीकृष्ण प्रणामी धर्म प्रचार गरेवापत तोपले उडाउने, नजरबन्दमा राखी मुद्दा लगाउने, कुटपीट गर्ने, बाल वृद्धवृद्धा र नरनारी सबैलाई अमानवीय यातना दिने काम भए ।
राणाशासन प्रारम्भ भएको केही समयपछिको घटना हो, काठमाण्डौमा राजगुरुका छिमेकमा केही श्रीकृष्ण प्रणामी धर्मावलम्वीको घर थियो । राजगुरुलाई छिमेकीका नाताले प्रणामी बालबालिकाहरूले राम्ररी चिन्दथे । बालबालिकाहरू राजगुरुकहाँ जाने आउने पनि गर्दथे । एक दिन राजगुरुले मासु पकाएर खाएको ती प्रणामी नानीहरूले थाहापाएछन् । ती बालबालिकाहरूले गुरुजी ! हजुर गुरु भएर पनि मासु खानुहुन्छ ? छिः – छिः, भन्दै हल्ला गरेछन् । बालबालिकाहरूका यस्ता शब्दहरू सुनेर ती राजगुरुलाई सुनिनसक्नु भएछ । त्यसपछि तुरुन्तै राजगुरुले त्यो कुरा नकारात्मक तरिकाले राजासमक्ष पुन्याएछन् । राजगुरु र शासकवर्ग बसेर परामर्श गरी निष्कर्ष निकाल्दै तिनीहरूलाई सितिमिति सजायले पुग्दैन, देशैबाट निकाला गर्नुपर्छ भनी कानून बनाए र पास गरे । उक्त कुरा भक्ष्याभक्ष्य दपर्ण पुस्तिकामा उल्लेख भएको छ। यो कुरालाई पं. मुक्तिनाथ खनालद्वारा लिखित परमार्थ-चिन्तन पुस्तकमा पनि उल्लेख गर्नुभएकोछ।
त्यो समयमा दयालदास महाराजले ती सबै व्यवधानहरूलाई ठूलो दुःखका साथ डटेर सामना गर्नुभयो । यी सबै दुःखद् घटनाहरू युगलदास महाराजले प्रत्यक्ष देख्नु भएकोले उहाँले गुरु दयालदासजीको कदमलाई आफु अग्रसर भई अगाडि बढाउने र महामतिका सन्देशलाई देशभरी छर्न प्रण पनि गर्नुभयो । उहाँले देशको राजधानी काठमाण्डौमा केन्द्रीय रूपमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गर्न कहिले नरदेवी, कहिले बाँसबारी त कहिले चावहिल जस्ता ठाउँहरूमा सेवा पूजा, ज्ञान सत्संग, चर्चा गर्दै श्रीकृष्ण प्रणामी धर्मको जागनी अभियानमा निरन्तर लाग्नु भयो । उहाँको ठूलो त्याग र संर्घषका साथ विभिन्न व्यवधान हुँदा पनि कामहरू सफल हुँदै गए । (उहाँले भोगेको व्यवधानहरू यसै कितावको युगलदास महाराज परिचयमा विस्तृत लेखिएको छ) उहाँले श्रीकृष्ण प्रणामी मन्दिर डिल्ल( बजारको स्थापना गर्नुभयो । वि.सं. २००७ साल पछि नेपालमा विभिन्न संघसंस्थाहरू धमाधम खुल्न थाले । श्रीकृष्ण प्रणामी समाजलाई संगठित रूपमा सरकारी मान्यता प्राप्त केन्द्रीय संस्थाको महसुस गरेर वि.सं. २०२३ सालमा श्रीकृष्ण प्रणामी सेवा समिति दर्ता गर्नुभयो । वि.सं. २०३७ सालमा उहाँले निजानन्दआश्रमको पुलचोकमा स्थापना गर्नुभयो ।
हाल आएर अन्य ठाउँहरूमा पनि धमाधम मन्दिरहरू बनिरहेका छन् । जागनी अभियानले गति लिएको छ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका शाखा तथा मन्दिरहरू हाल व्यापक रूपमा देशभरी विस्तार हुँदै गईरहेका छन् । उहाँलाई गुरुजी श्री १०० मंगलदासजी महाराज पछिको नेपालको “प्रणामी रत्न” को रूपमा लिइन्छ।
मध्य पहाडी क्षेत्रको दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा जन्मिनु भएको पं. प्रेम प्रसाद सुवेदीको पनि श्रीकृष्ण प्रणामी धर्मको विकासमा महत्वपूर्ण योगदान रहेको छ। उहाँले धर्म रक्षाका लागि धेरै व्यवधानहरूको सामना गर्नुभएको छ । उहाँलाई श्रीकृष्ण प्रणामी धर्म लिएका कारण अन्य स्थानीय पण्डितहरू र आफूलाई बुद्धिजीवी ठान्नेहरूले अदालत र प्र:जि.अ. कार्यलयमा धेरै पल्ट धाउन बाध्य बनाएका थिए । उहाँको आचार विचार, व्यवहार र खानपिन पनि अनुकरणीय भएकोले जतिनै दुःख दिए पनि उहाँकै पक्षमा जित हुने गर्दथ्यो । धर्मको नामबाट रोजी रोटीको गुजारा गर्नेहरूले जतिसुकै दुःख दिए पनि उहाँले डटेर सामना गर्नुभयो । यसरी धेरै व्यवधानको सामना गर्दै धर्मको रक्षा गरेर विरोधिहरूको डटेर सामना गर्नुहुने पं. सुवेदीका अहिले सयौं चेलाचेलीहरू छन् । उहाँले २०६५ साल मंसिर ३ गते धर्माचाय जगतगुरु श्री १०८ कृष्णमणिजी महाराजको स्थानीय क्षेत्रमाने भेट दर्शन पाउनु भएको थियो|
मध्य नेपालमा कतिपय यस्ता धेरै सन्त तथा प्रचारकहरू हुनुहुन्छ, उहाँहरूको श्रीकृष्ण प्रणाम धर्मको प्रचार र विकासमा अति ठूलो योगदान रहेको पाईन्छ । सन्त रतनदास महाराज, पं.राजीदार अछामी, बाबाजी प्रेमदास बजगाँई, पं.देवकृष्ण शर्मा तिम्सिना, पं.शञानदास खतिवडा, पं.हेम प्रसाद दाहाल लगायत अन्य धरै सन्त तथा प्रचारकहरू हुनुहुन्छ, उहाँहरूको श्रीकृष्ण प्रणामी धर्मको विकासमा अति ठूलो देनरहेको पाईन्छ।
निजानन्द सम्प्रदायका विश्वभरी रहेका सम्पूर्ण श्रीकृष्ण प्रणामी मन्दिरहरूको अविभावक तथा प्रमुख संरक्षक वर्तमान धर्माचार्य जगत्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजद्वारा नेपाली सुन्दरसथहरूको लागि नेपालमा केन्द्रीय धामको रूपमा गोठायर काठमाण्डौमा एक भव्य एवं सुन्दर धामको स्थापना भएको छ। जसलाई श्रीकृष्ण प्रणामी धर्मको आद्यपीठ श्री ५ नवतनपुरी धामको नामसँग मिल्दो जुल्दो गरी “नवतनधाम” भनि नामकरण गरिएको छ । यस धामलाई नेपालमा श्रीकृष्ण प्रणामी धर्मको एक गौरवकै रूपमा लिइन्छ। यहाँ वि.सं. २०६६ सालमा भव्य रूपमा १२०० पारायण सु-सम्पन्न भइसकेको छ। श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य जगत्गुरु आचार्यश्रीको गरिमामय समुपस्थितिमा नेपाल राष्ट्रका प्रथम सम्माननीय राष्ट्रपति डा.रामवरण यादवद्वारा उक्त ऐतिहासिक कार्यक्रमको समुद्घाटन भएको थियो । नेपाल भरिका श्रीकृष्ण प्रणामी धर्मका सम्पूर्ण मन्दिरहरू तथा विभिन्न समितिहरूको अभिभावकको रूपमा रहेको केन्द्रीय छाता संगठन, श्रीकष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय कार्यालयको रूपमा पनि हाल यही धामनै रहेको छ । यस धाममा समय समयमा आद्यपीठ श्री १ नवतनपुरीधाम जामनगर गुजरात भारतबाट श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य जगतूगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजको आगमन भइरहने गर्दछ ।
हाल यस धाममा गादीपति महाराजको रूपमा वाणी विशारद सन्त श्री १०८ अमृतराजजी महाराज रहनु भएको छ। उहाँले तारतम वाणीको गहिरो र प्रभावकारी व्याख्या गर्दै धर्म जागरण कार्यलाई उल्लेख्य योगदान दिनु भएको छ।
यसरी मध्य नेपालको पहाडी क्षेत्रको श्रीकृष्ण प्रणामी धर्ममा भएको प्रचारलाई हेर्दा ज्यादै नै कार्य भएको उल्लेख्य देखिन्छ एवं तरिकाले धर्म जागनी हुने हो भने भविष्यमा मध्य नेपालको श्रीकृष्ण प्रणामी धर्म जागनी अभियानले धेरै ठूलो उचाई लिने छ।