August 28, 2021, Sat, 55:08:40
By विशाल सापकोटा, (SND)
कृष्णमणिं महाराज
कृष्णमणिं महाराज
कृष्णमणिं महाराज
By विशाल सापकोटा, (SND)
2021-08-28
Shree Navatan Dham (SND)
पिता प्रेमदास उप्रेती र माता राधाबाईका जेष्ठ पुत्रका
रूपमा कृष्णमणि महाराजको जन्म वि.सं. १९७२ श्रावण
शुक्ल त्रयोदशीको रातमा आसाम विहालीको दलिनी गाउँमा
भएको हो । माता पिता श्री कृष्ण प्रणामी धर्म परम्परामा रहनु
भएकाले बाल्यकालमै उहाँले तारतम मन्त्र पाउनुभएको हो ।
पिता प्रेमदास स्वरूप साहेब लेखनमा सिद्धहस्त हुनुहुन्थ्यो ।
उहाँको हस्ताक्षरका स्वरूप साहेबहरू पुराना सुन्दरसाथहरूका
घरमा पाइन सक्दछन् । पिताको धार्मिक व्यवहारबाट बालक
कृष्णमणिमा पनि वाणी सिक्ने रहर चल्नु स्वाभाविक थियो ।
कक्षा ७ सम्म बिहालीमै अध्ययन गर्नु भएपछि उहाँ वाणी सिक्ने
क्रममा खम्भात, कच्छ, जामनगर, बम्बईसम्म पुग्नुभयो ।
परमहंस दयालदास महाराजबाट उहाँले वाणी, बीतक, विराट
र वृत्त (चर्चनी) सिक्नुभयो ।
कृष्णमणि आफ्नो जीवनको युवाकालमा बोल्न-चल्न, गाँउन-बजाउन, खेल्न-कुदन र मौजमस्ती गर्न अग्रसर हुनुहुन्थ्यो । खम्भातमा रहँदा उहाँले गुजरातीमा छन्दोबद्ध कविता रच्न सिक्नु भएको हो। वि.सं. १९९० सालतिर परमहंस दयालदास महाराजले फूलबागको नक्सा तयार गर्दै गर्दा १३-१४ वर्षका कृष्णमणि बम्बईबाट उहाँकहाँ पुग्नुभएको हो । कृष्णमणिले त्यसै ताका पाल्पा, पोखरा र काठमाडौँको यात्रा गर्नुभएको थियो । कृष्णमणि महाराज नेपाली, हिन्दी, संस्कृत, गुजराती भाषाका ज्ञाता हुनुहुन्थ्यो रसामान्य अंग्रेजी पनि लेख्न र बोल्न सक्नु हुन्थ्यो ।
पन्ना जाँदा बायेमा सतना रेल्वे स्टेशन पर्दछ । त्यो तत्कालको रीवा रजौटा अन्तर्गत थियो । राजा रघुवीरले त्यहाँ रेल्वे स्टेशन बनेपछि आफ्ना नाममा गाउँ बसाएका हुन् तर नजिकको सतना नदी र रेल्वे स्टेशनको नामले त्यो गाउँ (जुन अहिले सहर बनेको छ)को नाम सतना नै रहन गयो । पछि सिमेन्टको ठूलो उत्पादक क्षेत्र भएको कारणले यो स्थान प्रसिद्ध भएको हो । यसै स्थानमा वि.सं. १९३० अघि नेपालपोखराकी सेनबाईले रीवा नरेशसँग जमिन मागी श्री कृष्ण प्रणामी मन्दिरको स्थापना गर्नु भएको थियो । सेनबाईपछि यस मन्दिरको निर्माण र संरक्षण क्रमशः माल्बाई, अगरदास, सेवादास र तेजधारीदास आदि महात्माहरूले गरी आउनुभएको थियो ।
तेजधारीदासले सतनाको उक्त मन्दिर २१ वर्षसम्म चलाउनु भयो र आफ्नो उत्तराधिकारी राख्ने क्रममा उहाँले कृष्णमणि महाराजलाई रुचाउनु भयो । श्रीकृष्ण प्रणामी धर्मको आद्यपीठ श्री ५ नवतनपुरी धाम जामनगरबाट धर्माचार्य श्री १०८ धनीदास महाराजले कृष्णमणिलाई सतनाको मन्दिर सम्हाल्ने प्रेरणा दिइरहनु भएको थियो । त्यसताका कृष्णमणि पन्नामा हुनुहुन्थ्यो । पन्नाबाट उहाँलाई सतना बोलाइयो । तेजधारी दास महाराज र कृ्ष्णमणिका बीचमा कुराकानी भएपछि उक्त मन्दिरको जिम्मेवारी कृष्णमणिलाई दिने कागज पत्र तयार भयो । हतारमा कागजपत्र तयार गर्दा कानूनी त्रुटि रहन गएछ । तेजधारीदास महाराजको वि.सं. २००५ मा धामगमन भएपछि सतना नदीमा अन्त्येष्टि गरी फर्कदा मन्दिरमा पुलिस आएका भेटिए । मन्दिरको कागजी त्रुटी थाहा पाएका स्थानीय वासिन्दाले अधिकार पाउन रीवामा मुद्दा दिएका रहेछन् । कृष्णमणि महाराजले तीन वर्ष मुद्दा लडेर मन्दिर आफ्नो अधिकारमा लिनुभयो ।
कृष्णमणि महाराज गोरो, अग्लो शारीरिक व्यक्तित्वका धनी हुनुका साथै वाणी, विराट, बीतक, वृत्त, साहित्य र संगीतमा पारंगत रहेका कारण कतिपय व्यक्तिले उहाँको ईर्ष्या गर्दथे तर उहाँ आफ्नो काम र प्रचारमा लागी नै रहनुभयो । यसै अवधिमा उहाँले वायोकेमिक उपचार पद्धतिका साथै आयुर्वेदिक उपचारमा दक्षता हाशिल गर्नुभयो । उहाँ सतनाको मन्दिरमा रहँदा मन्दिरमा विकास र संरक्षणमा लाग्नुका अतिरिक्त कैयौँ युवा विद्यार्थीहरूलाई वाणी र संगीत आदिको प्रशिक्षण दिने गर्नुहुन्थ्यो। उहाँका शिष्यहरूको संख्या र विशेषतालाई कतिपयले आरिस पनि गर्दथे ।
धाम मोहल्ला पन्नाका केही मानिस उक्त मन्दिरलाई आफ्नो अधिकारमा पार्न प्रयत्न गरिरहन्थे । कृष्णमणि महाराजले लामो समय मुद्दा मामिलामा बिताउनु पन्यो । यस्तो परिस्थितिमा पनि उहाँले मन्दिरको नामको प्रचार र उन्नतिमा कमि आउन दिनु भएन । मन्दिरको शिखर (गजुर) को जीर्णोद्धार, पुरानो खपडाको घरको मर्मत, बिजुली पंखाको व्यवस्था, पाकशाला तथा वाथरूम लेट्रिनको निर्माण, पानीको व्यवस्था, मन्दिरको आयका निम्ति मन्दिरका अगाडि पसल राख्न ठूलो भवन आदि उहाँको पालामा निर्माण भएका हुन् ।
उहाँले तारतमवाणी अन्तर्गत प्रकखाणी, धामवर्णन, मूलमिलावा, मंगलाचरण आदिको नेपालीमा पद्यानुवाद गर्नुभएको थियो । स्वतन्त्र सभाले २०१६ सालतिर प्रकाशन गरेको पूजापाठमा उक्त अनुवाद संग्रहित छन् । उहाँले तारतम वाणीको रास कितावको नेपाली पद्यानुवाद गर्नुभएको र नेपाली पद्यमा तयार गर्नुभएको बीतक निकट भविष्यमा प्रकाशित हुन लागेको जानकारी पं. लक्ष्मीकान्त शर्मा दाहालले निकाल्नु भएको धार्मिक पत्रिकामा दिइएको थियो तर कृष्णमणि महाराजको जीवनकालमा ती रचना प्रकाशित भएनन् ।
कृष्णमणि महाराजलाई मधुमेह र उच्च रक्तचापले सताएपछि उहाँ ओछ्यान पर्नुभयो । आफूले ‘ जानेको उपचार विधि अरूलाई काम लाग्यो तर उहाँलाई काम लागेन । लामो समय थलिएर वहुआयामिक व्यक्तित्वका धनी कृष्णमणि महाराजको २०२९ साल भाद्र शुक्ल सप्तमीको रात ११ बजे धामगमन भयो। ब्रह्मसृष्टिको पवित्र हृदय नै परमधाम हो । उहाँले त्यस्तो पवित्र हृदयमा बसेर उक्त पद्यानुवाद दोहोप्याउनु भएको आभास पाइन्छ।
गर्छू बयान अब चित्त दिएर वाणी ।
हाम्रो सबै दिवसको रसिलो कहानी ।।
हे साथ लेउ दृढ चित्त तिमी गरेर ।
आफ्नो अखण्ड नवजीवनलाई हेर ।|
(पूर्णब्रह् शास्त्रीकृत श्रीकृष्ण प्रणामीय मन्दिर नामक ग्रन्थका आधारमा)