August 6, 2021, Fri, 48:08:53
By मोहनलाल बजगाँई, काभ्रे, (SND)
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान
काभ्रे घटनाको यथार्थ विवरण
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान
काभ्रे घटनाको यथार्थ विवरण
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान
काभ्रे घटनाको यथार्थ विवरण
By मोहनलाल बजगाँई, काभ्रे, (SND)
2021-08-06
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान <br>काभ्रे घटनाको यथार्थ विवरण

Shree Navatan Dham (SND)

पिताश्री गोपीलाल बजगाँई पुत्र म मोहनलाल बजगाँई वि.सं. १९९५ साल आषाढमा जन्मेको व्यक्ति वि.सं. २००२ साल श्रावण आइपुग्दा ७ वर्षको उमेर पूरा गरी ८ वर्षमा टेकेको मात्र थिएँ । मलाई यो सानो छ, यसले ठूलो भएपछि धर्मको पालन गर्छ कि गर्दैन भनेर युगलदास महाराजले तारतम मन्त्र सुनाउनु भएको थिएन । गलामा तुलसीको माला लगाइ दिनुभएको थियो । मेरो पिताजी भने पहिलेदेखि नै प्रणामी धर्ममा दीक्षित हुनुहुन्थ्यो । काभ्रेमा हाम्रो घर नजिकै युगलदास महाराजले काँचो इटाले बनेको, खरको छाना भएको, बाहिर दलान निकालेको, माथि बार्दली भएको श्रीकृष्ण प्रणामी मन्दिर (घर) बनाउनु भएको थियो । त्यस मन्दिरमा गाउँका बुढाबुढी, बालबालिका, स्थानीय किसान एवं श्रमजीवी नारी, पुरुष सबै मेला, पर्वमा जम्मा भइ भजन कीर्तन, आरती, पूजा, पाठ, प्रवचन आदिमा सरीक हुन्थे । त्यस मन्दिरमा तल १०० जनार माथि १०० जना जति अदडाउँथै ।

त्यस मन्दिरमा प्रतिवर्ष श्रावण महिनामा बीतक कथा हुन्थ्यो । त्यो २००२ सालको श्रावण महिनामा पनि महामति प्राणनाथको धाम गमनको दिन त्यहाँ आरती र भजन कीर्तन भइरहेको थियो । रातको १२ बजेको आरती गरेर भक्तजन भजन गाउँदै थिए। तिनताका मुकुन्ददास महाराजका भजन गाइन्थ्यो। भजन गाउँदै जाँदा रातको दुई बज्यो । मुकुन्ददासको– “परदेशी भाइ हो, घरकी सुद्धी बिसरी…’ नामको निम्न भजन गाइँदै थियो |

परदेशी भाई हो घरकी सुद्धी बिसरी ।
दशमास गर्भ ज्वाला भितर, रक्षाकरत हरी ।।
कबूल करार कियो, प्रभु नाम सुमिरनको
सुन्दर देह धरी ।।१।।
आये परे भवके सागरमे, मोहके कृप परी ।
दोय फिरस्ते संग रहत है,
देह चले नगरी ।।२।।
परे आई जमराजकी गटरी,
जोर करे जवरी ।
क्या तुम ल्याए क्या लैजावै ।
रोवत नयन भरी ।।३।|
मात पिता भाई बन्धु सबजुरे
कोई न करे खबरी,
कहत मुकुन्द मुर्ख कव चेते, गली परे सकरी ।।४।।

अकस्मात्‌ पुलिसले मन्दिरलाई घेरा हाल्यो । त्यतिखेर फूलवारीबाट पक्रेर ल्याएका प्रणामीलाई तलै छिंडीमा थुनेर केही पुलिस माथि उक्ले । उनीहरूले हप्काउँदै प्रणामीलाई यहाँ के हुँदैछ ? तिमीहरू के गर्दैछौ भनि सोधे। हामी कृष्णको भजन गर्दैछौं भनेर आत्तिएका प्रणामीले जवाफ दिए । तिमीहरूका कृष्ण हेरौं त भन्दै पुलिसले मन्दिरमा पुगेर राजश्यामाजीका दुईवटा मुकुट प्रतिस्थापन गरेको श्रृंगारलाई लडाइ दिए । श्रृगारमा दुईवटा सुनका मुकुट थिए । ती मुकुट दयालदास महाराजले आफ्ना शिष्य पं. कमलदास आचार्यलाई दिनुभएको थियो । कमलदास आचार्य मार्फत नै ती मुकुट त्यहाँ श्रृंगारमा राखिएका थिए । यो भोटेको घ्याङ्‌ हो भन्दै मन्दिर लडाएर सुनका मुकुट अलप पारे । त्यहाँ रुवावासी र हाहाकार मच्चियो ।

रातको अन्धकारमा पुलिसले ताण्डव नृत्य मच्चायो । बुढाबुढी बालबालिका सबै रुन कराउन थाले । गलामा तुलसीका माला लगाउने जतिलाई पुलिसले निर्मम तरिकाले कुटपिट गत्यो । पुलिसको प्रतिकार गर्ने शक्ति कसैमा थिएन । माला लगाउने जति सबैलाई नाम्लोको डोरीले पाता फर्काएर बाँध्यो । यसरी दुवै हात पछाडि लगेर बाँधिनेमा स्त्री, पुरुष दुवै थिए । म सात वर्षको हुनाले मलाई थुनेर मात्र राखे, बाँधेनन्‌ । यसरी रातको दुई बजेदेखि बिहान करिव ७ बजेसम्म हामी पुलिसको घेराभित्र रह्यौं ।

त्यस मन्दिरमा मेला, पर्व चलाउन धेरै सामान एकत्रित गरिएको थियो । ती सामानमा ४ वटा खडकोँला, ३ वटा चामल राख्ने तामाका घ्याम्पी, ४ वय गाग्री, 5 वय करुवा, १५ वटा अम्खोरा, २२ वय चरेसका थाल, एक डोको अन्य भाँडाकुँडा, ९ मुरी धान, ५,६ पाथी गहुँको पीठो आदि थिए । ती सबै सामान र खाद्य पदार्थ तालुकदार टीकादत्त मैनालीलाई जिम्मा दियो । यसरी सामान जिम्मा लगाएपछि फूलबारी र काभ्रेका गरी करीव २०० जनालाई रामदल पल्टनको समेत सहयोग लिएर काभ्रेबाट काठमाडौं तर्फ नाङ्गै खुट्टा हिँडाउन थालियो । पहाडी पथरिलो बाटो विस्तार विस्तार पार गर्दै धुलिखेल, बनेपा हुँदै साङ्गा भञ्ज्याङ्ग ल्याइ पुस्यायो । दुवैतिर पुलिस र रामदल पल्टनका जवान र बीचमा प्रणामी भक्तजनलाईराखेर साङ्गा ल्याइ पुच्याएपछि तिनले दही, च्यूरा र सखर खान पाए। सो खाने प्रवन्ध वनेपाका भीमबहादुरवादे श्रेष्ठजीले मिलाउनु भएको रहेछ । खाने बेलामा मात्र पाता कसेको डोरी फुकाइयो । यसरी यातनादिएर ती भक्तजनलाई भक्तपुरको माल अड्डा नजिकै राखियो । रात परि हाल्यो । भक्तजनहरूले आफ्नैपैसाले च्यूरा र सखर किन्न पठाए । च्यूरा र सखर पानीसँग निलेर पाता कसेको कस्यै भक्तजनलेभक्तपुरमा रात गुजारे । बाटोभरी पाता कसेर ल्याएका भक्तजनको ताँती हेर्नेहरू मुखामुख गर्थे, के भएकोहो भनेर आश्चर्य मान्दथे । कोही बोल्न सक्दैनथ्यो । राणा शासनको दवदवामा चूँ सम्म गर्न सक्ने साहसकसैमा थिएन |

भक्तपुरमा रात गुजारेपछि त्यसको भोलिपल्ट ठिमी गठठाघरमा भक्तजनलाई ल्याइ पुस्याइयो।त्यहाँ पुगेपछि पुलिसले सबैको डोरी फुकायो र साँझ परुञ्जेलसम्ममा डिल्लीबजार पुस्यायो ।रातभर डिल्लीबजार खोरमा राखेर भोलिपल्ट बिहान १० बजे सिंहदरबारमा श्री ३ जुद्धशमशेरसमक्ष हाजिर गरायो । त्यत्तिखेर श्री ३ जुद्धशमसेर पटाङ्गिनीमा उभिएका रहेछन्‌ । उनका नजिकैउनका कान्छाभाइ हरि शमसेर पनि उभिएका रहेछन्‌ । तीन रातको निद्रा र दुई दिनको हिँडाइलेबाल, वृद्ध, युवा सबै थकित र व्यथित थिए । त्यत्रो समूहमा बालबालिका, बुढाबुढी, दीनहीनअवस्थामा देखेर जुद्ध शमशेरले यिनलाई किन पक्रेर ल्याएको भनेर प्रश्न गरे । पक्रेर ल्याउनेब्रिगेड कमाण्डर (सायद्‌)ले केही भन्न नपाउँदै जुद्ध शमशेरले हरि शमशेरलाई ‘ए साना कान्छा!तैंले यो के भएको हो हेर्नू भनेर हुकुम दिए । त्यसपछि हरि शमशेरले ती भक्तजन र विग्रेडकमाण्डरलाई अन्यत्र लगि सोधपुछ गर्न थाले ।
हरि शमशेर- विग्रेड ! किन यी बुढाबुढी, बालबालिका लगायत यत्तिका मानिसलाई पक्रेर ल्याइस्‌ ?
ब्रिगेड कमाण्डर- सरकार ! यिनीहरू लोग्ने मान्छे र आइमाइसँगै एउटै कोठामा बसी भजन गर्दा रहेछन्‌। यिनीहरू उपर उजुर परेकोले पत्रेर ल्याएको हुँ।
हरि शमशेर- पहाडमा गरीवहरूको घर सानो होला, दीन हीन अवस्था होला, त्यस्तो परिस्थितिमा एकै ठाउँमा बसेर भजन कोर्तन नगरे कहाँ बसेर गर्छन्‌ त । यही आधारमा तैंले पक्रेर ल्याइस ?
ब्रिगेड कमाण्डर- सरकार ! यिनीहरू किताबको पूजा गर्छन भनेर पनि उजुर परेको छ। पक्रिनाको अर्को आधार यो पनि हो।
हरि शमशेर- किताबको पूजा किन गर्नु हुँदैन ? के हामी गीता, भागवत, वेद आदि ग्रन्थको पूजा गर्दैनौं ? किताबको पूजा बाङ्‌मयी पूजा हो । किताबको पूजा गर्छन्‌ भनेर पक्रिनु मूर्खता हो ।
ब्रिगेड कमाण्डर- सरकार ! यिनीहरू माछा मासु पनि खाँदा रहेनछन्‌ । देवी देवतालाई बली दिएको प्रसाद पनि खाँदा रहेनछन्‌ |
हरि शमशेर – माछा मासु खानु उचित होइन । देवी देवताले आफ्ना सन्तती, प्राणीको मासु खाँदैनन्‌। माछा मासुको भोजन आसुरी भोजन हो । त्यो विवेकशील मानिसले खाने चीज होइन ।
ब्रिगेड कमाण्डर- सरकार ! यिनीहरूको धर्म मुसलमानी धर्म हो भन्ने आरोप लागेको छ। विदेशी धर्म फैलायो भन्ने उजुर परेको छ । (त्यो कुरा सुनेपछि खोसेर ल्याएको बीतक खोलेर पढ्न लगाइयो । बीतकका चौपाई पढ्दा औरंगजेब भन्ने शब्द आयो । त्यो शब्द सुनेपछि मुसलमानी धर्म रहेछ सरकार भनेर त्यहाँ उपस्थित व्यक्तिले हरि शम्शेरलाई सुनाए ।)
हरि शमशेर- औरगजेबको नाम आउँदैमा धर्मलाई मुसलमानी धर्म भन्न सकिन्न । संस्कृत, हिन्दी, अंग्रेजी, अरबी जुनसुकै भाषा भएपनि ती भाषामा भगवानको भजन गर्न सकिन्छ । भाषा नै धर्म होइन । भाषा त माध्यम मात्र हो । हरेक देशको भाषा फरक हुन्छ। भगवानले मानव जातिका सब भाषा बुभनुहुन्छ। कुराको सन्दर्भ र परिस्थिति नबुझी मुसलमानी धर्म भन्न मिल्दैन ।
ब्रिगेड कमाण्डर- सरकार ! यिनीहरू तुलसीको माला लगाउँदा रहेछन्‌ तर तुलसीको पूजा गर्दा रहेनछन्‌।हरि शमशेर- के यो कुरा साँचो हो ? के तिमीहरूले तुलसीको माला मात्र लाउने तर तुलसीको पूजा गर्ने गरेका छैनौ ।
प्रणामी भक्तजन- गरीवप्रवर सरकार ! हो, हामी तुलसीको माला धारण गछौं । हाम्रो हिन्दू परम्परामा मर्ने अवस्थामा तुलसीको मोठमा बिरामीलाई राखिन्छ। यो मनुष्य चोला अनित्य छ। कहाँ र कहिले मरण हुन्छ, त्यो कसैले जान्दैन । मर्ने बेलामा तुलसीको मोठ भेटिन्छ वा भेटिदैन केही थाहा छैन । त्यसैले हामी गलामा तुलसीको माला लगाएर आफ्नो शरीरलाई नै तुलसीको मोठ तुल्य बनाउँछौ । तुलसीको यत्रो सम्मान गरेर तुलसीको माला धारण गर्नु एक प्रकारको पूजा नै हो भन्ने हाम्रो मान्यता छ। जो हुकुम, सरकार ।
हरि शमशेर- ओहो ! तिमीहरूले कत्रो गहिरो कुरा गच्यौ । शरीरलाई नै तुलसीको मोठ बनाएपछि कृत्रिम मोठ किन चाहियो । मैले त यस्तो कुरा सोचेकै थिइन्‌ क्याबात ! तिमीहरूको ज्ञान उच्च कोटिको रहेछ। ल अब, तिमीहरूले मलाई एउटा भजन सुनाञ । (तब प्रणामी भक्तजनले एक स्वरले निम्न भजन गाए)

श्री राज आधार, सुख संचार
भवभय हार, प्राण आधार, सुनो पुकार बार बार ।
कष्ट निवारं, दुःख बिडार, अवगुण हार प्राण आधार … …
भक्त उधार, प्रभु भव पार, करुणा कार, प्राण आधार … …
व्रज रास विहार, चिद्घन सार, कृष्ण मुरार, प्राण आधार … …
नवतन तन धारं, तमको दरं, जय जय कार, प्राण आधार … …
सब साथ उधारं, अक्षर पार, देह धाम विहार, प्राण आधार … …

(त्यो भजन र त्यसका शब्द सुनेपछि हरि शमशेर अत्यन्त खुशी भएर भन्न थाले ।)
हरि शमशेर- लौ अब, नडराइकन भन । तिमीहरूलाई पुलिसले के के गन्यो ?प्रणामी भक्तजन- सरकार | हामीलाई पुलिसले कुटपीट गच्यो, पाता कस्यो । पाता कसेको डोरीको डाम नाडीमा छदैछ भनेर ती भक्तले हरि शम्सेरलाई डाम देखाए । सो डाम देखेर हरि शमशेरले ब्रिगेड कमाण्डरतिर फर्केर भने-
हरि शमशेर- ए पशु । तैंले यिनीहरूलाई किन पाता कसिस्‌ । यिनीहरू डाका पनि होइनन्‌, ज्यानमारा पनि होइनन्‌ । यत्ति भनेर हरि शमशेरले त्यो ब्रिगेड कमाण्डरलाई छडीले ३ पटक हाने । किन भोटेको घ्याङ्‌ भनेर मन्दिर भत्काइस भन्दै ५ पटक कोर्रा लगाए । अनि सम्बन्धित अड्डाको सुब्बालाई बोलाएर त्यो ब्रिगेड कमाण्डरलाई तुरुन्तै अयोग्य हुने गरी ने.रु. ३००- (तीनसय) जरिवाना गरेर तीन महिना कैद गर्नु भन्ने हुकुम दिए । साथै भक्तजनलाई तुरुन्त छोडने आदेश दिए । भक्तजन तर्फ फर्केर तिमीहरूले निर्धक्क भएर कृष्णको भजन गर्नू भनी सुनाए । (यत्तिकैमा त्यहाँ उपस्थित काभ्रेको लीलानाथ प्याकुरेलले पुजारीलाई तारेखमा राखौँ, सरकार | भनेर विन्ती चढायो) । त्यो सुनेर हरि शमशेरले पुनः भने-
हरि शमशेर- त्यसो भए गढी गोस्वाराले बुझेर हेर्नु भनी अर्को आदेश दिए । (सबै भक्तजनहरू आ-आफ्ना घर फर्के । पुजारीलाई तारेखमा राखौं भनेकाले युगलदास महाराज लगायत केही व्यक्तिले तारेख बोक्नु पस्यो । पूर्व १ नं. चौताराका हाकिमहरूले गाउँका छुल्याहाहरूको फरेबी कुरा सुनेर युगलदास महाराज र लल्लू कुमार शाहीलाई ५०, ५0 रुपैया जरिवाना तिरायो र ढुंखर्क, भीडावारी, होक्से, दाप्चा, काभ्रे, भूखर्कमा जान नपाउने र आइन्दा धर्म प्रचार गर्ने छैन भनि लेखिएको जाली कागजमा सहिछाप गर्न लगायो । पुजारीलाई रु. १।- जरिवाना गरायो । माथिल्लो तहबाट सफाइ पाइसकेपछि पनि गाउँका विरोधीहरूले अड्डाका कर्मचारीलाई समेत हात लिएर जरिवाना गर्ने र धर्म प्रचारमा बन्देज लगाउने काम गरे । प्रणामीहरूले बसोबास गरेको क्षेत्रमा घरको खान तलासी लिन आउँछरे भन्ने यस्तो त्रास फैलाइयो । घरमा तारतम सागर राखेका प्रणामीले ग्रन्थलाई गाउ्होमा लुकाउने काम समेत गर्नु पन्यो । प्रणामीका विवाह व्रतबन्धमा पुरोहितहरू कर्म काण्ड गर्न नआउने भए । गाउँमा झारो, पर्म बन्द गराए ।एक प्रकारले समाजमा प्रणामी र प्रणामी इतरका व्यक्तिबीच पानी बाराबार पय यसरी समाजमा वैमनस्य फैलाउनेमा फूलबारीका पं. देवीप्रसाद ओझा र काभ्रेक कृष्णचन्द्र बराल तथा रामप्रसाद सिग्देल थिए। वि.सं. २००२ सालमा प्रणामीहरूलाई यसरी सामाजिक रूपमै तिरस्कार गरियो । प्रणामी बन्धुहरूले पनि एकताबद्ध ती बाधा व्यवधानको सामना गर्दै श्रीकृष्ण प्रणामी धर्मको प्रज्वलित दियोलाई बार नै राखे।
सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन

लालदास श्रेष्ठ जन्म बनेपामा भएको थियो ।

Enable Notifications    Subscribe No thanks