August 29, 2021, Sun, 26:08:12
By श्री कृष्णमणि पहारी, भरतपुर, (SND)
पं. श्री धर्मराज शास्त्रीको सङ्खिप्त जीवनी

2021-08-28
Shree Navatan Dham (SND)
अनन्तकोटी ब्रह्याण्डका प्रणेता परब्रह्म परमात्मा श्रीकृष्णका अनुकम्पाबाट
सृजित यस जगत्रूपी पुष्पवाटिकामा चराचर प्राणीरूपी पुष्पहरू विद्यमान छन्।
ती सबै आ-आफ्ना कर्मवासना अनुरूप शुभाशुभ कर्मका फलभागी बन्दछन् ।
कुनै पुष्प विषालु छन् भने कुनै सुमधुर वासनायुक्त र मनमोहक छन्।
मानव केवल नाशवान भौतिक वस्तुहरूको संग्रह गरेर जीवनमा कृतकृत्य बन्न सक्दैन । उसले खोजी गर्ने अखण्ड प्रियवस्तु त अर्कै छ। जुन तत्वलाई परमात्माका भक्तिरसले आफ्नो हृदयमा सिंचितगरी आप्मालाई पवित्र र धन्य बनाउने सौभाग्य कुनै सिद्ध महापुरुषले मात्र प्राप्त गर्दछन् । आराध्यदेव श्रीकृष्ण परमात्माका भक्तिरसले आफ्नो हृदयलाई दिप्तिमान बनाउन सफल भइ त्यही आलोक मुमुक्षुगणमा फिजाउने एक सुगन्धित पुष्प हुनुहुन्छ परमधामबासी पं. श्री धर्मराज शास्त्री ।
जन्म
गण्डको अञ्चल लमजुङ जिल्ला बल्थुम नयाँ गाउँमा वि.सं.१९९० मार्ग ५ गते सोमवार कृष्णपक्ष तृतीयाका दिनमा पिता ज्योतिष श्री ईश्वरी प्रसाद अधिकारी तथा माता श्री तिलाबाईका जेष्ठ सुपुत्रका रूपमा धर्मराजजी जन्मनुभयो ।
बाल्यकाल
आफ्ना पिताद्वारा घरमै साक्षर बन्नुभएका उहाँले आफ्नै हजुरबुवा श्री भविदत्त अधिकारीबाट तारतम मन्त्र ग्रहण गर्ने सौभाग्य प्राप्त गर्नुभयो । यज्चोपवीत संस्कार (व्रतवन्ध) पनि आफ्नो पुर्ख्यौली स्थलमै सम्पन्न भयो । उहाँ आठ वर्षको पुग्दानपुग्दै माताजीको देहावसान भयो । यसरी जननीको न्यानो काखबाट अलग्गिनु भएका उहाँले कान्छी आमाको आगमनपछि मातृत्व ममता प्राप्त गर्न पाउनुभएन ।
विद्योपार्जनका लागि लालायित भइ १२ वर्षको उमेरमा घरबाट भागेर तीर्थयात्रीहरूको साथ लागि काशौतर्फ प्रस्थान गर्नुभयो । मातृवात्सल्यबाट विमुख उहाँ अब पितृ स्नेहबाट टाढा भएपछिको समय कारुणिक कथाहरूले भरिएको छ।भारतका विभिन्न तीर्थस्थलहरू घुम्दै कहिले काशी त कहिले पद्मावतपुरी र नवतनपुरीधाम जामनगर हुँदै सुयोग्य विद्वान्हरूको खोजी तथा सत्संग गर्नुभयो । वि.सं. २००२ सालदेखि १४ वर्षसम्म बनारसमा रहँदा उहाँले क्रषि महर्षिहरूद्वारा स्थापित गुरुकुल पद्धतिअनुसारको शिक्षा ग्रहण गर्न पूर्ण ब्रह्वाचर्यव्रत पालना गरेर बस्नुभयो । उहाँले १५ वर्षसम्म मौन भोजन, ६ वर्षसम्म लवण त्याग, सूचिविद्धवस्त्र त्याग (सिलाएको वस्त्र नलगाउने) जस्ता व्रतहरूको पालन गर्नुभयो । ब्रह्मचर्य व्रतको प्रभावले उहाँभित्र सहनशीलता, दया, गाम्भीर्यता जस्ता गुणहरूको विकास भयो भने चेहरामा कान्ति र व्यवहारमा लगनशीलता उहाँमा स्पष्ट रूपमा देखिन्थ्यो ।
अध्ययन
धर्म, आदर्श र संस्कृतिको मर्म बुझी संस्कृत शिक्षाको अध्ययन गरी उहाँले वि.सं. २०१० मा काशीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट शास्त्रीको उपाधि हासिल गर्नुभयो । त्यसैगरी शिक्षा मन्त्रालयको छनौटमा परी त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३५ मा संस्कृत समुहबाट स्नातक (बी.एड.) को उपाधि हाशिल गर्नुभयो ।
त्यसैगरी आध्यात्मिक क्षेत्रको अध्ययनमा वनारसबाट महाराज श्री पूर्णब्रह्म शास्त्रीबाट बीतक तथा कुलजम स्वरूपको तालिम लिनुभयो भने नवतनपुरी धाममा बाबाजी महाराज छविलदासजीका साथै पद्मावतीपुरीमा समेत विद्वान्हरूको संगत गर्दै, आध्यात्मिक शोधकार्य तथा ६ महिनासम्म चौपडा मन्दिरमा अन्न पान नगरी तपस्या गर्नुभयो ।
गृहस्थाश्रम
भारतमा अध्ययन पूरा गरी सुयोग्य विद्वान् बन्नुभएका उहाँले सद्गृहस्थ बनेर पनि परमात्माको उपासना गर्न सकिन्छ भनि विभिन्न व्यक्तिहरूले दिएको सल्लाहलाई स्वीकार गर्नुभयो । वि.सं. २०१९सालमा भारत बंगालका प्रवासी नेपाली सुन्दरसाथ श्री पूर्णप्रसाद बराल तथा श्रीमती तुलसादेवी बरालकी कनिष्ठ सुपुत्री श्री रूपादेवी बरालका साथ उहाँको पाणिग्रहण सुसम्पन्न भयो । त्यसपछि नेपालमै कार्यस्थल बनाइ सामाजिक तथा धार्मिक कार्यमा संलग्न भइ राष्ट्रर समाजको सेवा गर्न चितवन जिल्लाको टिकौलीमा बसाइ सर्नुभयो । उहाँका तीन सन्तानहरूमा दुई पुत्र (श्रीकान्त अधिकारी र इन्द्रराज अधिकारी) तथा छोरी कमला अधिकारी हुनुहुन्छ।
अध्यापन कार्य
आफ्नो जीवनको झण्डै दुई दशक शिक्षा क्षेत्रमा समर्पण गर्नुभएका उहाँ चितवनका विभिन्न माध्यमिक विद्यालयहरूमा शिक्षक तथा प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै अन्तमा देवघाट स्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयको प्रधानाचार्यबाट वि.सं. २०५० मा अवकास लिनुभयो । उहाँको कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा उहाँले पुग्याउनुभएको अतुलनीय योगदानको हालसम्म पनि स्मरण गरिन्छ ।
सामाजिक/धार्मिक योगदान
चितवन जिल्लामा धर्मको आदर्श, मूल्य र मान्यताको परिचयदिँदै त्यहाँका जनतालाई धर्म तर्फ जागृत बनाउन श्रीकृष्ण प्रणामी मन्दिरको निर्माण गर्न अगुवाइ गर्न उहाँ प्रथम व्यक्ति हुनुहुन्छ। टिकौलीको श्री कृष्ण प्रणामी मन्दिर निर्माणमा अहोरात्र खटिँदै सुन्दरसाथहरूको सहयोग र सहभागितामा मन्दिर निर्माण कार्य सम्पन्न गर्न धर्मराजजीले ठूलो योगदान पुन्याउनुभयो । त्यसैगरी चितवनको भरतपुर नगरपालिका १२ स्थित सार्वजनिक जग्गामा मन्दिर निर्माणका लागि उहाँले ठूलो परिश्रम गर्नुभयो । फलस्वरूप हाल श्री राधाकृष्ण मन्दिर निर्माण भइ भक्तहरूमा आध्यात्मिक भावनाको अभिवृद्धि भइरहेको छ। ”
श्री मन्निजानन्द सम्प्रदायमा धर्मको प्रचार र जागरण गर्ने अभियानका क्रममा उहाँका सद्गुण तथा वचनबाट प्रेरित भइ कुल ३२४ जनाले उहाँको शिष्यत्वलाई सहर्ष स्वीकार गरि तारतम मन्त्र ग्रहण गरेका छन् । उहाँका शिष्यहरू नेपालका विभिन्न क्षेत्रहरूका साथै भारतको बंगाल, आसाम, मद्रास तथा समुद्रपारका देशहरूमा समेत छन् ।
संस्कृत भाषाका विज्ञ उहाँले संस्कृत साहित्य तथा कविताहरूको रचना गरि समाजलाई ठूलो गुण लगाउनुभएको छ । संस्कृत, नेपाली तथा हिन्दी भाषाका अनगिन्ति लेख रचनाहरू विभिन्न स्वदेश तथा विदेशका पत्रपत्रिकाहरूमा छापिएका छन् । भारतमा रहँदा केहि समय कल्याण नामक साहित्यिक पत्रिकाको सम्पादन सहयोगीका रूपमा समेत काम गर्नुभएका उहाँका साहित्यमा विशेष अभिरुचि रहेको पाइन्छ । उहाँका रचनाहरूमा हिन्दी तथा नेपाली भजनका पुस्तकहरू, श्रीकृष्ण गीतिका र कृष्ण भजन भक्तहरूमाझ अति नै लोकप्रिय छन् ।
धर्मराजजीको समाजप्रतिको देन प्नि अविस्मरणीय छ । उहाँ विभिन्न सभा, सम्मेलन, कथा, प्रवचन, गोष्ठी तथा सामाजिक र धार्मिक सम्मेलनहरूमा सहभागी भइ समय सापेक्ष प्रवचन तथा सम्भाषण दिनुहुन्थ्यो, शास्त्रहरूका प्रमाणका साथ स्वधर्मको पक्षमा गर्जनुहुन्थ्यो । उहाँमा विद्यमान निर्धक्क साथ प्रस्तुत हुने शैलीले सहयात्री विद्वान्हरूमा समेत आत्मविश्वास बढ्दथ्यो । यसै माध्यमद्वारा उहाँले समाजका कुलतहरूलाई हटाउँदै कैयौं युवावर्गलाई धुम्रपान, मद्यपान र मांसाहार जस्ता कुलतबाट छुटाउनुभयो । यसरी सभ्य समाजको निर्माणमा उहाँको ठूलो भूमिका रहेको पाइन्छ।
सम्मान तथा पुरस्कार
विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक क्रियाकलापहरूमा उहाँको सक्रिय सहभागिता तथा सज्हाहनीय योगदान रहे वापत विभिन्न समय तथा स्थानमा उहाँको सम्मान भएको पाइन्छ जस्तै, वि.सं. २०३० फाल्गुण १२ गतेका दिन शिक्षा क्षेत्रमा पुच्याएको योगदानको कदर गर्दै जिशिस चितवनबाट प्राप्त शिक्षा पुरस्कार तथा प्रमाणपत्र, वि.सं. २०४६ पौष २ गते संविधान दिवसका अवसरमा प्रतियोगितात्मक कवि गोष्ठीमा पुरस्कृत, वि.सं. २०४४ विश्वहिन्दू महासंघको निमन्त्रणामा चितवन जिल्लाबाटप्रतिनिधित्व, वि.सं. २०४९ पौषमा कवि शिरोमणि लेखनाथ पौड्यालको १०८ औं जन्म जयन्तीमा सम्पन्न प्रतियोगितात्मक कवि गोष्ठीमा पुरस्कृत हुनु आदि ।
धर्म प्रचारका क्रममा उहाँबाट प्रस्तुत केही विचारहरू
श्री प्राणनाथजीका वैज्ञानिक सोचहरूको गहिरो अध्ययन, समयसापेक्ष प्रस्तुति र शास्त्रीय प्रमाणहरूका प्रस्तुति धर्म प्रचारको आधारभूत आवश्यकता हो ।
बालबालिकाको बौद्धिक विकासको प्रक्रियामा आहार, व्यवहार, सकरात्मकसोच, जीवनमा आफूले लिन चाहेको मार्गको अग्रिम कियनी र सो प्राप्तिका लागि मैले के गर्ने र के गरेँ भनि नियमित समीक्षा गर्नु आवश्यक छ।
महिलाहरूको धार्मिक सभालाई बालबालिकाहरूका लागि सुसंस्कार दिने राम्रो माध्यम बनाउनु उचित हुन्छ।
युवाहरू संगठित भइ सामाजिक सञ्जालमा आवद्ध हुन सकेमा आहार व्यवहार, आचरण, सेवार स्वयंसेवाको भावनामा अभिवृद्धि ल्याइ समाजमा नमुना पेस गर्नु बाञ्छनीय हुन आउँछ।
परमधाम गमन
धर्मराजजी पाञ्चभौतिक देहको नश्वरतालाई जानी अन्त्यमा तीर्थस्थलमा गएर कलेवर बिसाउने विचार गरी पद्मावतीपुरीमा जानुभयो । त्यहीँ चतुर्थाश्रम (वेश)मा प्रवेश गरी श्रीकृष्ण परमात्माको ध्यान गर्दै रहनुभयो । वि.सं. २०५१ आश्विन २४ गते (आश्विन शुक्ल षष्ठी) सोमवारका दिन बिहान गुमटजीको पाँच परिक्रमा गरी साधु सन्त निमन्त्रण गर्न लगाइ धाम वर्णनको पाठ गर्न लगाउनुभयो । पद्मावतीपुरीका सुन्दरसाथहरूले मेहेरसागर तथा धाम वर्णनको पाठ गर्नुभयो भने साधुसन्तहरूले उहाँलाई चरणामृत पान गराउनुभयो । धाम वर्णनको अन्तिम चौपाईको उच्चारण सके लगत्तै प्रातः ९ बजे परमधाम गमन गर्नुभयो । उहाँको शरीरलाई पद्मावतीपुरी धाममा समाधिस्थ गरियो ।
यद्यपि आवागमनात्मक संसार चक्रलाई स्वीकार्नु पर्दछ । मृत्युभित्र रहेर पनि अमर बन्ने एक तत्व छ, त्यो हो परमात्माको “सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज” भन्ने महावाक्यलाई आत्मसात गर्नु । यस तत्वलाई साक्षात्कार गर्नुभएका गुरुजी पं. श्री धर्मराज शास्त्रीका कीर्ति, सदुपदेश, योगदान र परोपकार उदाहरणका रूपमा रही हामी सबैलाई सन्मार्ग देखाइरहनेछन् ।