August 8, 2021, Sun, 39:08:02
By होमनाथ बराल, कोटेश्वर, (SND)
परमहंस श्री दयालदास महाराज
परमहंस श्री दयालदास महाराज
By होमनाथ बराल, कोटेश्वर, (SND)
2021-08-07
परमहंस श्री दयालदास महाराज

Shree Navatan Dham (SND)

परमहंस श्री दयालदास महाराजको जन्म कास्की जिल्लामा भएको थियो ।
परमहंस दयालदास महाराज गण्डकी अञ्चल, कास्की जिल्ला बैदाम पोखरामा वि.सं.१९१८ कार्तिक महिना, तिहार भाइटीकाको दिन पिता कुलप्रसाद तिमल्सिनाको कान्छो सन्तानको रूपमा जन्मिनुभयो। सानै उमेरदेखि सरल, शालीन, अनुशासित तथा अध्ययनशील उहाँले आफ्नै माता पिताबाट घरमा नै सामान्य शिक्षा हासिल गर्नुभयो । तत्कालीन राणा शासनको बरबरतामा घरमा शिक्षा दीक्षा प्राप्त गर्न पनि उनीहरूको आँखा कान छल्नु पर्ने अवस्था थियो । सेनबाई माइको रेखदेख तथा स्याहार सुसारमा हुर्कनु भएका परमहंस दयालदास महाराजले वि.सं. १९३५ ताका रतनदास माहाराजबाट तारतम मन्त्र लिनुभएको थियो भन्ने बुढापाकाहरूको भनाइ एकातिर छ भन्ने अर्का तर्फ श्री पूर्णब्रह्मा शास्त्रीद्वारा लिखित “श्री कृष्ण प्रणामी पद्धतिमा सेनबाई माईद्वारा निजानन्द सम्प्रदायमा दीक्षित हुनुभएको हो भनेर लेखिएको छ। रतनदास महाराजलाई गुरु मानेर दयालदास महाराजले उहाँको स्मृतिमा हरएक वर्ष पूजा, पाठ, आरती गर्ने हुँदा दयालदास महाराजका दीक्षा गुरु रतनदास महाराज नै हुनुहुन्थ्यो भनेर चूडामणि बरालले वकालत गर्नुभएको छ।

परमहंस दयालदास महाराजका दीक्षा गुरु सेनवाई माताजी र शिक्षा गुरु रतनदास महाराज हुनुहुन्थ्यो भन्ने कुराको निर्क्यौल गर्न सकिएको छैन । दयालदास महाराजले गुरु रतनदास महाराजको धाम गमनको समाचार सुनेपछि दुःखित भएर पुकार गर्दै मिश्रित भाषामा गाउनु भएको यो रचना सत्य तथ्य पत्ता लगाउन केही सहायक होस भनी यहाँ प्रस्तुत गरिएको छ-

“किन मलाई एक्लै छोडी गयौ राधे श्याम ।
चलते चलते पाउ थकित भए, कितहुँ नमिले राधे श्याम ।।१।।
देवालय छोडेम्‌, देउराली छोडेम्‌ ।
जबसे पाएम्‌, धनी निजनाम ।।२।।
माता त्यागेम्‌, पिता त्यागेम्‌ ।
जानेम्‌, धनी तिम्रो नाम ।।३।।
ए चौधै लोक नाश करी जानेम्‌ ।
यहाँ नही अपनो ठाम ।।४।।
रतनदास प्रभु दर्शन बिना व्याकुल ।
अब बोलाक धनी परम धाम ।॥।५।।

आवश्यक पर्ने शिक्षा दीक्षा नेपालमा असंभव हुने बुझि परमहंश दयालदास महाराज भारतको गुजराततर्फ प्रस्थान गर्नुभयो र रतनदास महाराज तथा अन्य सन्त महन्तको सानिध्यमा रहेर ११ वर्षसम्म बिराट, चर्चनी, सेवापूजा, वाणी आदिको अध्ययन गर्नुभयो । ज्योतिष शास्त्र र वेदको समेत अध्ययन गर्नु भएका उहाँले अन्य कैयौं विधाको ज्ञान हासिल गर्नुभयो । वर्षौंसम्म अध्यात्म दर्शनको अध्ययन पश्चात्‌ दयालदास एक प्रखर धार्मिक विद्वान्‌को रूपमा परिचित हुनुभयो । एक कान दुई कान हुँदै उहाँको ज्ञानको चर्चा मध्य तथा उत्तर भारतमा समेत फैलिन पुग्यो । उत्तरपूर्वी भारत तथा नेपालमा उहाँको प्रतिष्ठा बढ्दै गयो । बायेघाये तथा यातायातको साधन भै नसकेको समयमा पैदल यात्रा बाटै उहाँ आसामको तेजपुर बंगालको मादरी हुँदै र त्यहाँबाट नेपालको इलाम, भोजपुर, काभ्रे, काठमाडौँ, नुवाकोट, लमजुङ, कास्की, स्याङजा, पाल्पासम्म जागनी कार्यमा सरिक रहनुभयो ।

‘श्रीकृष्ण प्रणामी पद्धती’ ग्रन्थको माध्यमबाट श्री पूर्णब्रह्म शास्त्री भन्नु हुन्छ- दैलेखमा वि.सं. १०३० तिर श्रीकृष्ण प्रणामी मन्दिर स्थापना भएको थियो र त्यहा ३०-४० घर सुन्दरसाथ थिए । वि.सं. १८६०/६५ ताका पोखराका सनन्ध बराल सुवेदारको जागिरमा खटिई दैलेख गएका थिए । निकै समयको अध्ययन पश्चात्‌ श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएका थिए । केहि वर्ष पछि पोखरा क्षेत्रमा पहिलो पटक श्रीकृष्ण प्रणामी धर्म प्रवेश गराई प्रचार प्रसार गरी सुन्दरसाथहरूको सहयोगमा गन्धविसि, बहुमारा कास्कोमा वि.सं. १८७५ ताका श्रीकृष्ण प्रणामी मन्दिर स्थापना समेत गरे । कालान्तरमा हैजाको कारण त्यस भेगका सुन्दरसाथहरू अन्यत्र बसाई सरि गएकोले मन्दिर सञ्चालनमा संकट देखा पत्यो । दयालदास महाराजले पाल्पा क्षेत्रका सुन्दरसाथहरूको असहमतिको वावजुद कास्की, लम्जुङ्ग तथा स्याङ्कजाका सुन्दरसाथहरूसँग सल्लाह गरी वर्षौ अगाडिदेखि सञ्चालन भई आएको गन्धविसी बहुमाराको श्रीकृषणण प्रणामी मन्दिर वि.सं. १९४५ तिर बल्थुङ नयाँ गाउँ लम्जुङ्गमा स्थानान्तरण गर्नु भयो र यस मन्दिरलाई नेपालको श्रीकृष्ण प्रणामी मन्दिरहरू मध्ये पुरानो मानिन्छ । यसको इतिहास गन्धबेसी हुमारा हुँदै दैलेख सँग जो डिएको छ।

लमजुङ निवासी श्री हेमनाथ अधिकारीद्वारा केही वर्ष तथा चेतभक्त बरालद्वारा १४ वर्षसम्म हजुरीको सेवा प्राप्त गर्नु भएका दयालदास महाराजले श्रीकृष्ण प्रणामी धर्मको जागनी यात्रामा साना तिना बाधा अडचनको सामना सजिलैसँग गर्नुभयो । तथापि वि.सं. १९५० ताका वीर शमशेरको पालामा हिन्दू धर्म विरोधीको अभियोग झेल्नु पन्यो । सयौं वर्ष अगाडिदेखि “अहिंसा परमो धर्म” जस्तो हिन्दूधर्मको मूल्य र मान्यतालाई बेवास्ता गर्दै हिंसा गर्ने पूजापाठको नाममा धन आर्जन गर्ने र अशिक्षित समाजलाई पाप र पुण्यको त्रास देखाइ आफूलाई सर्वोपरि ठान्ने, स्वार्थी प्रवृत्तिका गुरु पण्डित तथा पुरोहितहरूले “कुल देवताकोपूजा, मूर्ति पूजा नगरेको, स्वाहा स्वधा नगरेको, आफ्नो प्रसाद अरूलाई नदिएको र हिन्दू धर्मको मौलिक तथा शाश्वत नियमहरू नमानी विदेशी धर्म मानेको” भन्ने झूटो आरोप लगाइ उहाँलाई मुद्दा लगाइयो ।

“धर्मको नाममा कहीँ कतै राणा विरोधी अभियान छेडिएलाकि” भन्ने कुराले सधैं सशंकित राणाहरूलाई “के खोज्छस्‌ काना आँखो” जस्तै हुनपुग्यो । अनुसन्धानको लागि भनि उहाँलाई डिल्लीबजार चारखालमा नजर बन्द गरी राखियो । अर्कोतर्फ यही कमजोरीको फाइदा उठाएर जिल्ला जिल्लामा रहनुभएका सुन्दरसाथहरूको कण्ठी माला थुल्ने, हस्त लिखित तारतम सागर ग्रन्थ जलाउने जस्ता घ्रृणित कार्य पनि पुरानो मूल्य र मान्यताबाट लाभ लिइरहेका कथित गुरु, पुरोहित तथा पण्डितहरूबाट हुनपुग्यो ।

नजरबन्दमा रहँदा उहाँको भोजन तथा अन्य सेवाको लागि निजानन्द सम्प्रदायके व्यक्तिको व्यवस्था होस्‌ भन्ने विशेष अनुरोध हुँदा श्रीकृष्ण प्रणामी मन्दिर, नरदेवीका भवानी साहुकी बुहारी, बनेपाका गोपालदास श्रेष्ठकी फुपू जमुनालाई उक्त काम गर्न अनुमति दिइएको थियो।

नजरबन्दमा रहँदा उहाँले अनेकौं भजन, स्तुति र पूजाविधिको रचना गर्नुभयो । त्यस मध्येको “प्रभाती-प्रातः सुमेरु अक्षरातीत….” हामी सबैले नियमित रूपमा गाउने गरी आएका छौं।

परमहंस दयालदास महाराजले नजरबन्द अवधिमा के कस्ता मानसिक तथा शारीरिक पीडा भोग्नु पस्यो होला भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । उहाँमा भएको अध्यात्म सम्बन्धी गहिरो ज्ञान, तर्कपूर्ण प्रस्तुति र आत्मविश्वासको कारण न्यायधीशहरू पनि नाजवाफ हुन्थे । मुद्दा राजनैतिक नभइ धार्मिक थियो अन्यथा परिणाम अकल्पनीय हुन सक्दथ्यो । त्यसबेला साधु, सन्त, महात्मा, पुजारी, पण्डित तथा ब्राह्यणहरूलाई अन्यायमा पार्नु हुन्न भन्ने कुराको ज्ञान राणाहरूमा थियो नै । राणा विरोधी अभियानलाई निस्तेज पार्नु उनीहरूको परम कर्तव्य थियो । एकातर्फ संत अर्को तर्फ ब्राह्मण – “यी ब्राद्यणले सही न्याय पाएनन भने अधर्म र अनिष्ठ हुन्छ” भन्ने कुराले राणाहरूलाई तडपाइरहेको थियो ।राणाहरूलाई यस संवेदनशील मुद्दाको फैसला गर्न अत्यन्तै गाज्हो भैरहेको अवस्थामा लमजुङ क्षेत्रका कर्णाखर बराल भवानी दाहाल, पहारी परिवार, राधा वल्लभ अधिकारीका छोराहरू, पशुपति ढकाल, लगाएत १७ जना ब्राह्मणहरूको नेतृत्व गरि कप्तान कटक बहादुर थापा काठमाडौँसम्म गएरमुद्दाको विरुद्धमा आवाज जि जुल क सात हिन्द महाराजले विदेशी धर्म मानेको नभइ उहाँहरूले मानेको बलियो आधारहरू प्रस्तुत गर्नुभयो । उहाँहरूले शिखा सूत्र धारण गर्ने, घाँटीमा तुलसीको माला लगाउने, प्रत्येक बिहान नुहाइ घुवाइ शुद्ध भएर घडी, घण्टा, शंख बजाएर श्रीकृष्ण भगवानको आराधना गर्ने, हिंसाको कुरो परै जाओस्‌ चुरोट, बिडी, तमाखु, सूर्ति समेत सेवन नगर्ने व्यक्तिहरू हिन्दू धर्माबलम्बी बाहेक अन्य धर्मी हुन नसक्ने प्रमाणहरू प्रस्तुत गर्दै साक्षी समेत उपस्थित गराए ।

साक्षी र प्रमाणको आधारमा परमहंस दयाल दास महाराजलाई तारेखमा छोडियो । यो एउटा विजयको संकेत थियो । पटक पटक काठमाडौँसम्म तारेखमा उपस्थित गराएर पुनः लमजुङसम्म पुन्याउनको लागि शासकहरुले छ: जना डोलेहरूको व्यवस्था गरेका थिए । ती डोलेहरू तीन दिन लगाएर लमजुङ पुग्दथे र अर्को तीन दिनमा काठमाडौं फर्कन्थे ।

यदाकदा दाताराम तिमल्सिनाको नामले समेत चिनिनु हुने परमहंस दयाल दास महाराज अनगिन्ती पटक तामदानमा बोकिएर लमजुङबाट काठमाडौँसम्म (त्यसबेला काठमाडौँलाई नेपाल भनिन्थ्यो) आइ तारेख खेप्नु भएपछि मुद्दा किनारा लाग्यो । ढोगी तथा हिंसावादी गुरु, पुरोहित तथा पण्डितहरूले घुँडा टेक्नै पन्यो। अन्ततः सत्य धर्मको जित भएरै , छोड्यो।

निर्दाष सावित भइ सफाइ पाए पश्चात्‌ काठमाडौँबाट सुरु भएको विजय यात्रा (अविर यात्रा)लाई नुवाकोट हुँदै लमजुङ पुग्न पाँच दिन लाग्यो । यत्रतत्र सर्वत्र उहाँको र श्रीकृष्ण प्रणामी धर्मको चर्चा व्यापक रूपमा फैलिन थाल्यो त्यसै अवधिमा नेपाल र भारतमा असंख्य व्यक्तिको जागनी भयो । नेपाल तथा भारतमा उहाँको जय जयकारको माहोल बन्यो । लोक गीत, लोक भजन, चुटकाकविता, सवाइ आदि परमहंस दयालदास महाराजको प्रशंसामा लेखिन थाले । नाटकहरू मञ्चन भए । सोही खुसियालीको समयमा रचना गरि प्रणामी समुदायले गाउने गरेको सवाइ यस प्रकारको छ।

सुन सुन पाँच लोक सुनन सरकार !
अर्को पनि भजन गर्छु मुक्तिको प्रकाश !!
सुन न प्रभु महाराज दयालदास !
कृष्ण भक्ति प्रणामीको पुग्याउनु भयो आस !! १

श्री ३ को हजुरमा बिन्ति पारी दिए |
ज्ञानको चर्चाबाट गोरखा जिति लिए !!
धन्य तिम्रो प्रतापले मुर्छा परि मरे !
हजुरको बात सुनि जगत सबै तरे !| २

काने खुसी खेल चुक्लि पण्डितले गर्छन !
हकम जोरिदा आफै पाया पर्छन !|
बडा बडा हाकिम जाँच बुझमा बसेका !
प्रणाम दिने दयालदास कम्मर कसेका !]! ३

बडा खातिरसँग कप्तान बिदा भए !
बिदावारी भइकन अड्डातिर गए !|
सबैलाई सम्झाए सबैलाई बुझाए ]
सबैलाई ठोकिकन सनद गरि लिए !! ४

वरिपरि दज्जालले घेरा हालेको |
नभएको बहुबात अगनी बालेको !!
सुरपुर बाबाजी दयालदास
राक्षस बोक्सी शैतानको भयो बनि वास !! ५

रुक्का बाँधी कप्तानले सबैलाई सुनाए !
शास्त्र बुझने पुरोहितलाई उल्लु गराए !|
सबै कुरो खल गरि रिपोट हालि दिए !
सत्र जना पण्डितको बकसपत्र लेखि लिए |]! ६

बडा ज्ञानी कप्तान कटकबहादुर थिए |
सनद पत्र गरिकन मोहोरु १ सलामी लिए !!
बाबाजीको अघि पछि सबै दास भए !
बिदा भइ पुरोहितहरू घर घर गए |! ७

जितापत्र मंगल जय जय कार !
तिम्रो माता पिताको ताय्यौ दुःखको भार |!
माया मार्नु होइन छिये आउनु होला !
कलिमा जिउनु थोर कच्चा मेरो चोला !! ८

कृष्ण भक्ति प्रणामीको गयौ प्रकाश !
चार सम्पदा बाउन्न द्वारा भए प्रकाश |!
घुडा धसि छाती ढाली पूरा गच्यौ काम !
गुरु भक्ति शरण राखि किताब राख्यौ नाम !! ९

भारतखण्ड नेपालमा उदय भएका !
हजुरदेखि सबै भाइ लुकि रहेका !
रिस नगर्नू दया गर्नु होला !
क्षर अक्षारातीतका ढोका सबै भए खुला !! १०

घर जाने बाटो हामीलाई कहि जानु !
आफू मात्र नजानु हामीलाई लैजानु !!
निमूखका बात मैले लेखिन !
हजुर जस्तो ब्रह्य प्रिय कोही देखिन !! ११

दया होस्‌ प्रभु सहजै तर्छौ ! कर जोडी बिन्ति ज्ञानदासले गर्छौं !] १२
सबाई ग्रोत-
श्री लक्ष्मीप्रसाद बराल र चीजा अधिकारी नयाँ गाउँ लमजुङ

नौ जना राणा प्रधानमन्त्री मध्ये ७ जनाको शासन अवधि भोग्नु भएका महाराज आफू निर्दोष भइ मुद्दा मामिलाबाट छुटकारा पाएको समाचारका साथ गुजरात जानुभयो । पछि नेपाल आउनु भई काठमाडौँ नरदेवीमा भवानी साहुको मन्दिरमा बसी प्रणामी धर्मको प्रचारमा लाग्नुभयो ।

केही समयको अन्तरालपछि नरदेवी मन्दिरमा मनोमालिन्यको बीज रोपियो । उहाँले नै बाडीप्रारूपले वि.सं. २०२३ सालमा श्रीकृष्ण प्रणामी सेवा समितिको विधिवत्‌ स्थापना हुँदा मूर्त रूप लिएको देखिन्छ।

कालेङ्‌पुङका गुरुजी श्री मंगलदास महाराजज्यूलाई वाणीको तालीम गर्नु भएका परमहंस दयालदास महाराजले वि.सं. १९७६ मै ‘भक्ष्याभक्ष्य दर्पण’ नामक पुस्तकको प्रकाशन गर्नुभयो । सो पुस्तक नेपाली प्रणामी समाजको ऐतिहासिक धरोहर हो । त्यस पुस्तक पढ्ने जो कोही पनि अहिंसक बन्दथ्यो । दयालदास महाराजका प्रमुख शिष्य युगलदास महाराजले पछि वि.सं. २०१६ सालतिर आएर गुरुकै सिको गरी “निष्कलंक दर्पण’ निकाल्नु भयो । दयालदास महाराजका छाया स्वरूप रहेका युगलदास महाराजको निष्कलंक दर्पणले पनि प्रणामी धर्मको स्वरूप एवं ऐतिहासिक घटनाक्रम बुझ्न ठूलो मद्दत गरेको छ।
परमहंस दयालदास महाराजबाट दीक्षित असंख्य शिष्य शिष्या मध्ये केही लब्ध प्रतिष्ठित व्यक्तिहरू यस प्रकार हुनुहुन्छ –

(१) आचार्य श्री १०८ धनीदास महाराज, गादीपति- श्री ५ नवतनपुरी धाम, (वि.सं. १९७३-२००१) ।
(२) आचार्य श्री १०८ धर्मदास महाराज गादीपति- श्री ५ नवतनपुरी धाम, (वि.सं. २००१-२०४०) |
(३) बाबाजी श्री लक्ष्मीदास महाराज, वाणी प्रशिक्षक श्री ५ नवतनपुरी धाम
(४) महात्मा श्री युगलदास महाराज संस्थापक- श्री कृष्ण प्रणामी सेवा समिति, नेपाल ।
(५) श्री पूर्णब्रह्य शास्त्री- श्रीकृष्ण प्रणामी धर्मका वरिष्ठ प्रचारक ।
(६) श्री ईश्वरीदास अधिकारी – (पं. धर्मराज शास्त्रीका पिता, लमजुङ) ।
(७) श्री भीमबहादुर श्रेष्ठ- (श्री गोपालदास श्रेष्ठका पिता, बनेपा)
(8) श्री ढालबहादुर घर्ती- (पाल्पा क्षेत्रका वरिष्ठ व्यक्ति)
(९) श्री कृष्णबहादुर पौडेल क्षेत्री, बाँसबारी, काठमाडौँ ।
(१०) श्री कमलदास आचार्य, बल्थली, काभ्रे ।
(११) श्रीमती तिलमाया तिवारी, वल्थुम, लमजुङ
(१२) श्री हरि बहादुर कार्की, पाल्पा ।
(१३) बाबाजी श्री छविलदास (चर्चनी प्रशिक्षक)
(१४) श्रीमती विष्णुदेवी सुवेदी (च्वाइनी आमा) टिकौली चितवन, (२०७० सालमा ९२ वर्षकी एक मात्र जीवित शिष्या)

यसरी नेपालका विभिन्न जिल्ला र भारतका धेरै राज्यमा श्रीकृष्ण प्रणामी धर्मको जागनी यात्रामा अनवरत रूपमा लागेर आफ्नो सम्पूर्ण जीवन निजानन्द सम्प्रदायमा निछावर गर्नुभएका परमहंस दयालदास महाराज आफ्ना शिष्यहरू र सम्पूर्ण प्रणामी जगतलाई प्रेम, सद्भाव, समर्पण र सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्न शुभाशीर्वाद दिँदै वि.सं. १९९९ जेष्ठ कृष्ण पक्ष द्वादशी तिथिमा ८१ वर्षकोउमेरमा पदमावतीपुरीमा ब्रह्यलीन ब हुनुभयो ।

पद्यावतीपुरी धाममा उहाँको पार्थिव शरीर सहितको र गणदेवी गुजरातमा अस्तु सहितको २ वटा समाधि रहेका छन्‌ जहाँ नियमित रूपमा पूजा आरती हुँदै आएको छ। धाम गमनको तिथिमा अत्यधिक मात्रामा सुन्दरसाथहरू जम्मा भइ उहाँले पुन्याउनु भएको योगदानको चर्चा गर्ने कार्यक्रम वर्षौ अगाडिदेखि निरन्तर रूपमा चली आएको छ।

अन्त्यमा
परमहंस दयालदास महाराजले अवलम्वन गर्नुभएको पथको उच्च मूल्यांकन र साहना गर्दै भोर्लेयर लमजुङका श्री कृष्ण लामिछाने र श्री कृष्ण प्रणामी मन्दिर नयाँ गाउँ, लमजुङमा तीन पुस्तादेखि पुजारीको जिम्मेवारी सम्हाल्दै आउनु भएका अधिकारी परिवारसँग पुरानो भएको नेपाली कागजको, “श्री ३ वीर” को खड्ग निशाना छाप समेत भएको सनद पत्र अद्यापि सुरक्षित छ। श्री कृष्ण प्रणामी मन्दिर लमजुङ तथा लेखकसँग फ्लेक्स प्रिन्टमा पनि सो सनद सुरक्षित छ। श्री ३ वीर समशेर राणाले वि.सं. १९५८ वैशाख ०१ गते उहाँलाई प्रशंसा र इज्जतका साथ सफाइ दिएको सनदको फोटोकपी र उतार (परिशिष्ट – जक र उख) ।
१५२ वर्ष अगाडि जन्मिनु भएका परमहंस दयालदास महाराजको जीवनी हुबहु उतार्ने कार्य आफैँमा एक अनुसन्धान हो भन्दा गलत अर्थ नलाग्ला । नेपाल र भारतमा गरि २२ जना भन्दा बढो विद्वान्‌ तथा अग्रजहरूसँग भेटेर र फोन वार्ता गरि यो जीवनी तयार गरिएको हो । २०२९ सालमा प्रकाशित श्री पूर्णब्रह्म शास्त्रीद्वारा लिखित “श्रीकृष्ण प्रणामी पद्धति” र “सनद पत्र सहयोगी सावित भए । तर धेरै महत्वपूर्ण जानकारी भने श्री चूडामणि बराल तथा तुतुकाजी श्रेष्ठबाट प्राप्त भएकोले म उहाँहरूको सदा क्रणि रहने छु।

प्रणाम !
Enable Notifications    Subscribe No thanks