August 29, 2021, Sun, 43:08:10
By श्यामजी अतिथि शर्मा, चितवन, भरतपुर : बाल्यावस्था, (SND)
प्रणामी धर्म प्रचारक: सन्त लीलादास अर्याल
प्रणामी धर्म प्रचारक: सन्त लीलादास अर्याल
प्रणामी धर्म प्रचारक: सन्त लीलादास अर्याल
By श्यामजी अतिथि शर्मा, चितवन, भरतपुर : बाल्यावस्था, (SND)
2021-08-28
प्रणामी धर्म प्रचारक: सन्त लीलादास अर्याल

Shree Navatan Dham (SND)

सन्त लीलादास अर्यालको जन्म गोरखा जिल्लामा भएको थियो ।


गोरखा जिल्लाको बत्राङ्‌ पुरानागाउँमा विक्रम सम्वत्‌ १९९७ साल माघ २ गतेका दिन जन्मनु भएका सन्त लीलादासको बाल्यावस्था कठीन परिस्थितिको भुमरीबाट अल्झदै बल्झदै अगाडि बढेको हो | हुन त उहाँका पिता चित्रवीर अर्याल त्यस ठाउँका सम्पन्न कुल घरानीया परिवारका सुरवीर व्यक्तित्व भएका धार्मिक प्रवृतिका अगुवा नै थिए । उनका आठ भइ छोराहरूमध्ये लीलादास कान्छा छोरा हुनुहुन्थ्यो । दूर्भाग्यवस, उहाँले आफ्ना पिताजीबाट यथेष्ट माया र हेरचाह पाउन सक्नु भएन । चार वर्षको कलिलो उमरेमै पिताजी परलोक हुनुभयो । त्यस्तै आफ्नो जन्मदिने आमा चमेली देवीबाट पनि वात्सल्य प्रेम र स्याहार पाउनु भएन । आफ्ना पति परलोक भएको वर्ष दिन नबित्दै उहाँले नाबालक छोरालाई छाडेर दोस्रो विवाह गर्नुभयो । बालक लीलादासलाई हुर्काउने जिम्मा दाजुभाउजुको हातमा सरेकाले सानो उमेरदेखि नै खान लाउनको अभाव भयो । बिरामी हुँदा समेत ती टुहुरा बालकले उपचार पाएनन्‌ । एक मुठी भुटेको मकै खान पनि उनलाई रहरै भयो । १ सबैबाट तिरस्कृत लीलादासको बाल्यावस्था दुःख र अभावमा गुज्रदै गयो । लीलादासलाई आफ्नो सम्झेर हेरचाह र माया गर्ने कृष्णबाई भण्डारी आमा हुनुभयो । उहाँका पनि कोही नभएकाले टुहरोप्रति दया जाग्यो । कृष्ण प्रणामी धर्ममा दीक्षित भैसकेकी कृष्णबाईको आचार विचार र पूजा पाठको प्रभाव बालक लीलादासमा पर्न गयो। उता दाजुहरूले पैतृक सम्पत्ति भाग बण्डा गरी राम्रा खेत र घरबारी आफुलाई राखी छै ॥; पाखो पखेरो र रोग्दी खोलाको कमसल खेत कान्छो भाइलाई पारेर दुःख दिए भने यता कृष्णबाई आमाको क माया र शुद्ध जीवन शैली देखेर उहाँ कृष्ण प्रणामी धर्मप्रति आकर्षित हुँदै जानुभयो ।

श्रीकृष्ण प्रणामी धर्मको खोजीमा
धर्म र सत्संगको खोजीमा लीलादास कास्की बैदामका पशुपति सापकोयको घरमा पुगेर प्रणामी धर्मबारे जिज्ञासा राख्दा लमजुङ्‌ जिल्ला बल्थुम गाउँमा प्रणामी मन्दिर बनेको र त्यहाँ विद्वान्‌ साधु सन्तहरू आउने जाने गर्ने, पाठ पारायण हुने, अधिकारी, बराल, नेउपाने, तिवारी र दाहाल थरका भक्तहरू पुर्खौदेखि कृष्ण प्रणामी धर्ममा आवद्ध भएर बसेका छन्‌ भन्ने जानकारी पाएर खुशी हुँदै बल्थुम आइपुग्नु भयो । त्यसबेला नेपालमा राणाप्रधानमन्त्रीको चर्को हुकुमी शासन चल्ने हुँदा स्वतन्त्ररूपबाट धर्म धारण गर्न पनि मुस्किल थियो । श्री १०८ रतनदास महाराजका शिष्य परमहंस श्री दयालदास महाराजलाई कृष्ण प्रणामी धर्म प्रचार गरेकै निहुँमा श्री ३ चन्द्र शमसेरबाट काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी ३ वर्ष नजर बन्दमा राखियो । तारतम सागर ग्रन्थ पढ्न पढाउन प्रतिवन्ध गरिनुका साथै सो ग्रन्थ माथि हस्तक्षेप गरी घण्यघर स्थित वीर पुस्तकालयमा थन्काइयो । यसरी प्रणामी धर्ममाथि आतङ्क मच्चाइएको अवस्था थियो, त्यसबेला । तारतम मन्त्र सुनेर तुलसी कण्ठी धारण गर्न सहज थिएन । तैपनि लीलादासको आत्मादेखि नै कृष्ण भक्तिप्रति दृढ आस्था भएकाले मन्दिरका पुजारी र त्यहाँका अग्रज ईश्वरीदास, देवीदास अधिकारी र चेतभक्त बरालसँग अनुनय विनय गरेर तारतम मन्त्र लिइ कण्ठी धारण गर्न माग गर्नुभयो । तर उहाँहरूले अपरिचित युवकलाई धर्म दिन मान्नु भएन र गोरखा देउराली की कृष्णबाई भण्डारी आमालाई लिएर आउ, उहाँले तिम्रो जिम्मा लिनु हुन्छ भने मात्र हामी तिमीलाई धर्म दिनेछौं भनी फिर्ता पठाइ दिए । लीलादास प्रणामी धर्म लिन पाउने भएँ भन्ने आशा र उमंगले गोरखा देउराली आएर तत्कालै कृष्णबाई भण्डारीलाई लिएर पुनः बल्थुम मन्दिरमा जानुभयो । भण्डारी आमाको जिम्मामा वि.सं. २००५ सालमा गुरु चेतभक्त बरालसँग उहाँले तारतम मन्त्र ग्रहण गरी कृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभयो ।

कण्ठीधारण पछिका दिनहरू
धर्मप्रति अटल विश्वास र कडा मिजास भएका लीलादास अर्याल धुम्रपान, मद्यपान र माछा मासु सेवन गर्ने मानिसहरूप्रति ठाडै खनिनु हुन्थ्यो । यी अभक्ष वस्तुहरू खाने जति सबै पापी हुन्‌, धरतीका भार हुन्‌ भन्दै धुम्रपान, मद्यपान र माछामासु छोडाउने अभियानमा उहाँ लाग्नुभयो । सत्संगत र सुन्दरसाथको दर्शनका लागि उहाँ छाकु देउरालीका भक्तबहादुर अधिकारी, चन्द्र बहादुर थापा, पाल्पाका ढाल बहादुर, तानसेन गैरी गाउँका मोहनलाल खाती, टेकध्वज खाती, कास्की बैदामका पशुपति सापकोयका घरमा र बल्थुमको गुरु मन्दिरमा पटक पटक पुग्नु हुन्थ्यो । काठमाडौँमा गएर युगलदास महाराजसँग केही महिना बसी सेवा पूजाको विधि सिकेर उहाँकै साथ लागेर पद्यावतीपुरी पुग्नुभयो । त्यहाँ मन्दिरमा बसेर ठाकुरदासजी महाराजसँग बीतकको अध्ययन पूरा गरी धर्मको गहिराइमा डुबेर परमधामको सुख आनन्दआफ्नै अन्तरआत्मामा उतार्न उहाँले शरीरलाई कष्ट दिँदै साधनारत भई कृष्ण परमात्माको साक्षात्‌ दर्शन पाउनुका लागि जंगलभित्र रहेको चौपडा मन्दिर नजिकको गहिरो इनार छेउको तपस्या स्थलमा बसी दिन रात ६ महिनासम्म तपस्या गर्नुभयो । सो तपस्यास्थलमा सिंढीबाट झरेर पानी लिन जाँदा दायाँ बायाँ मानिस बस्न हुने ओडार जस्तो ठाउँ बनाइएको छ । त्यहाँ बसेर तपस्या गर्ने भक्तहरूले परमात्माको दर्शन पाएर महान सन्त बनेका थिए भन्ने किबदन्ती सुनिन्छ । त्यहाँ बसेर ध्यान तपस्या गर्दा गर्दै परमात्माको कृपाले लीलादासको मनको इच्छा पूरा भयो । नवतनपुरी गएर श्रीमुख वाणीको तालिम लिई जागनीको काममा लाग्नु भन्ने प्रेरणा मिल्यो । यस्तो कठीन साधनाबाट उहाँको हृदय उज्यालो भइ शक्ति प्राप्त भयो । ज्ञानको मुहान खुल्यो । श्री १०० ठाकुरदासजी महाराज र पद्यावतीपुरीको धर्म सभाबाट उहाँलाई सन्तको उपाधिबाट विभूषित गरियो ।

कृष्ण प्रणामी मन्दिर सतनाका महाराज श्री कृष्णमणिको सहयोगमा उहाँकै साथ लागेर सन्त लीलादास श्रीमुख वाणी र चर्चनी सिक्नका लागि वि.सं. २००९ सालमा श्री ५ नवतनपुरी धाम गएर खीजडामन्दिरका गादी पति श्री १०५ धर्मदासजी महाराजका चरण कमलमा समर्पित हुनुभयो । बाबा लक्ष्मीदासजीको आशीर्वाद र प्रत्यक्ष रेखदेख पाएर सफलतापूर्वक उहाँले तारतम सागरको तालिम पूरा गरी चर्चनीको समेत गहिरो अध्ययन गरेको देखिन्छ । नवतनपुरीमा रहँदा उहाँ अत्यन्त सेवामुखी र कर्तव्य परायण बनी गौशालाको कामको जिम्मा लिनु भएको थियो । उहाँले आफ्नो जिम्माको काम इमान्दारीपूर्वक सम्हाल्दै कतै कुनै त्रुटी हुन दिनु भएन । केही समयको बसाइपछि उहाँको निष्ठा देखेर महाराज धर्मदासजीले पोरवन्दरको कृष्ण प्रणामी मन्दिरमा पुजारी बनाएर पढाउन लाग्दा लक्ष्मीदास बाबाजीको सल्लाह अनुसार उहाँलाई श्रीमुखवाणीको तालिम पूरा गराउन लगाई धर्म प्रचारको काममा लगाउने निधो भयो । तालिम पूरा गरेपछि बाबाजीकै आज्ञा अनुसार उहाँलाई धर्म प्रचारको रूपमा नेपाल पठाइयो । नवतनपुरी बस्दा मेहेनती सन्त लीलादासजी मन्दिर र महाराजजीको सेवा गरी सबैभन्दा पछि सुत्ने र बिहान सबैभन्दा छिये उठेर मन्दिर र गुरुकै सेवामा जुट्ने गर्नु हुन्थ्यो । त्यहाँ बसुन्जेल यो उहाँको दैनिकी नै थियो भनेर सन्त लीलादासजीका समकालीन साथीहरूले बताउनु हुन्छ।

धर्म प्रचारको सुरुवात : पुरानागाउँबाट
श्री ५ नवतनपुरी धामका गादीपति श्री १०८ धर्मदासजी महाराजबाट सन्त लीलादासलाई नेपालमा मन्दिर निर्माण गरी त्यहाँबाटै जागनीको कार्य शुभारम्भ गर्नु भन्ने शुभेक्षा प्रकट गरी मन्दिरका लागि चाहिने घडी, घण्ट, चमर, बागावस्त्र, बीतक, तारतम सागर ग्रन्थ, सेवा पूजा, भजनमाला, कण्ठी, पूजा आरतीका ॥ लागि चाहिने सबै भाँडा वर्तनहरू थाल, कचौरा, चर्चनी पट, परमधाम र राधाकृष्णका फोदहरू दिएर हँ आशीर्वाद सहित नेपाल पठाउनु भयो । ती सबै सामानहरू उहाँले नौतनवादेखि शिरमा बोकेर बुटवल,पाल्पा, पोखरा, बल्थुम हुँदै १२ दिनमा पुरानागाउँमा पुग्नुभयो । सर्व प्रथम उहाँले आफ्नै पहलमा श्रीकृष्ण प्रणामी मन्दिर बनाई विधिवत बाजा गाजाका साथ उत्सवको रूपमा २०१३ सालमा सेवा पूजा गरी प्रणामी धर्मको झण्डा फहराउनु भयो । लामो कपाल पालेका, साधु भेष धारण गरेका अन्न नखाने प्रण गरेका त्यागी सन्त लीलादास प्रत्येक दिन तारतम वाणीको चर्चा गर्ने, कृष्णको भजन गाउँने, नित्य पाठ पूजा चलाउने एक निष्ठावान योगीको रूपमा चिनिनु भयो ।

सन्त लीलादासको धर्म प्रतिको निष्ठा र आचरण देखेर गाउँ बासीहरू ज्यादै प्रभावित भए । मद्यपान, धुम्रपान र माछा मासु छोड्ने अभियान नै चल्यो । बल्थुम र वैदामतिरको आवत जावत गर्दा लमजुङका पहारीका घरमा उहाँ बास बस्नु हुन्थ्यो । उहाँको धार्मिक प्रवचन र कथा सुन्दै जाँदा पहारी परिवारले कृष्ण भक्तिप्रति आस्थावान भइ कण्ठी धारण गरी तारतम मन्त्र ग्रहण गरे । तोक बहादुर पहारी आफ्नो प्रथम शिष्य भएको कुरा गुरुजी बताउनु हुन्थ्यो ।

गोरखा जिल्ला पुरानागाउँ, देउराली, घलाङ्‌, भोगटेनी, छोप्राक र तनहुँको आँवु, पुर्कोट अनि चितवनमा समेत उहाँले धेरै जनालाई कृष्ण प्रणामी धर्ममा दीक्षित गराउनुभयो । त्यसबेला गाउँमा प्रणामी धर्मबारे कसैलाई थाहा थिएन । यस धर्मलाई नकारात्मक दृष्टिबाट हेर्नेको संख्या पनि निके थियो । लीलादासजीको विरुद्धमा गाउँमा मानिसहरू खैला बैला मच्चाउन थाले । प्रणामी मन्दिर भत्काइदिने र गुरु लीलादासलाई गाउँ निकाला गरिदिने भन्ने हल्ला फिजाइयो । तर त्यो दुस्प्रयास सफल हुन सकेन । गाउँका बुद्धिजीवी वर्ग र महिलाहरूको समर्थन उहाँले पाउनु भएको हुनाले प्रणामी धर्मको प्रचार गर्ने काममा उहाँ सफल हुनुभयो ।

हिसा विरुद्ध आन्दोलन
हिंसा, पशुवली, अन्ध विश्वास र सामाजिक कुरीतिको सन्त लीलादास अत्यन्त विरोधी हुनुहुन्थ्यो । माछा, मासु, जाँड रक्सी, चुरोट तमाखु खानेहरूप्रति बज्न पड्केजस्तो पड्कने उहाँको बानी थियो । धर्ममा आस्था राख्नेहरूप्रति नरम र धर्म विरोधी प्रति कठोर बन्ने स्वभाव भएकाले उहाँको अगाडि कसैले पनि कृष्ण प्रणामी धर्म विरुद्धको आवाज उठाउन सकेन । जतिले उहाँसँग कण्ठी धारण गरे तिनीहरू आगोमा खारिएको सुन जस्तो भएर टल्किए । अझै पनि उहाँका चेलाहरू धर्मप्रति अटल छन्‌ । त्यस भेगका सबै मानिसहरू प्रणामी धर्ममा नआए पनि गुरुजीको प्रवचन र धर्म निष्ठाले उनीहरूको सृक्ष्म दिलभित्र आधात्मिक चेतना भने अवश्य पनि भरिएको हुनुपर्छ।
श्री ३ महाराजाहरूकै पालादेखि मनकामना मन्दिरमा बोका, कुखुरा, हाँस, परेवा र राँगा लगेर बली चढाउने प्रथा थियो । गुठी संस्थानबाट पूजाको निम्ति कर्मचारी खटिएर आउँथे र मन्दिर वरपरकागाउँलेहरूलाई राँगा बोकाको पालो लगाइ दिन्थे । उनीहरूले ती पशुहरू लगेर पुजारीलाई बुझाउनै पर्ने र नबुझाएमा दण्ड जरिवाना तिरी जेल समेत जानु पर्ने अवस्था थियो । सन्त लीलादासले यस प्रथाको खण्डन गरेर प्रणामी भक्तहरूबाट बोका पाडा लगेर मन्दिरमा चढाउन रोकिदिनुभयो । मनकामनाको पूजा रोकियो। फलस्वरूप प्रणामीहरूका विरुद्धमा उजुरी पन्यो । गोरखा गोश्वाराका बडा हाकिमले बली प्रथा रोक्का गर्न अघि सर्ने सन्त लीलादास, समुद्रबाई र मोहकान्त सेढाईका नाममा पक्राउ पूर्जी जारी गरी ५ वर्षसम्म तारेखमा राखे । आखिर गुठी संस्थानबाटै कृष्ण प्रणामी धर्म मान्ने जतिलाई पशुवली चढाउन बाध्य नगराउनु, स्वेच्छाले फलफूल धरप वत्ती चढाए हुने गरी मुद्दा फैसला भयो । आखिर, अनिवार्य रूपमा जनताले पशुवली दिनै पर्ने प्रथा खारेज भयो र सबैले त्राण पाए। सबैले यसको श्रेय सन्त लीलादासलाई दिए । उहाँको हिंसा विरुद्धको आन्दोलन सफल भयो ।

गृहस्थ जीवन, सन्त स्वभावगुरुजी श्री लीलादासले गृहस्थी भएर पनि सन्त जीवन बिताउनुभयो । ३ छोरा र १ छोरीका पिता बन्नुभएका उहाँले आफ्ना परिवारजनप्रति असीम स्नेह र धार्मिक ज्ञान दिनुभयो । आफ्ना चेलाचेलीलाई पनि परिवारकै सदस्य सरह सम्झेर घर घरमै पुगेर सेवा पूजा, चर्चनी, बीतक सिकाउनुकासाथै निजनामको नियमित जपमा अभ्यस्थ गराउनु हुन्थ्यो । गुरु साधुसन्त र सुन्दरसाथप्रति अत्यन्त आस्थावान रही धर्म प्रचारको काममा जीवनभर लागि रहनुभयो । आफ्ना चेला चेलीहरूलाई प्रणामी धर्म सिद्धान्तभन्दा बाहिर रहेर धर्ममा आँच आउने काम गर्न कहिल्यै दिनु भएन । तीन पुरी र आचार्यश्रीहरूप्रति अटल भक्ति देखाउने गुरुजीले बिहान उठेर स्नान, पूजापाठ गरीसकेपछि १०८ तारतम मन्त्रको जप नगरी बसेको स्थानबाट कहिल्यै उठ्नु भएन । उहाँसँगको भेटघाटमा कहिल्यै पनि गृहस्थका कुरा हुँदैनथे । श्रीमुखवाणी, भजन कोर्तन र साधु सन्तका विषयमा मात्र चर्चा हुने गर्दथ्यो । जपमा बसेको बेला परमधामको आनन्द र तेज प्रकाशित भइ रहने कुरा हामीलाई सुनाउनु हुन्थ्यो । १०८ दाना भएको आफ्नै हातले बनाएको तुलसीको माला जहाँ गए पनि साथैमा लानु हुन्थ्यो र एक्लै भएको बखत्‌ उहाँको मन तारतम मन्त्र जप्नमा र हातका औँलाहरू लामो जप्‌ मालाका दानाहरू एक एक गरेर सार्नमा तल्लीन हुन्थे ।

अन्तिम क्षण
धेरै सुन्दरसाथको जमात र मन्दिर भएको ठाउँमा देह बिसाउने सन्त लीलादासको इच्छा भएकाले २०४१ सालमा गोरखा पुराना गाउँबाट चितवनको जिरौनामा परिवारजन सहित बसाइँ सरेर आउनुभयो । यहाँ सुन्दरसाथको दर्शन, साधु सन्तको समागम र मन्दिरको सेवा गर्ने अवसर पाउँदा उहाँ साउ्है खुशी| हुनुभयो । साथै उहाँका गुरु चेतभक्त बराल, गुरुभाइहरू चूडामणि र नन्दुदास बराल; आफ्नै शिष्यहरूखड्गदास श्रेष्ठ, क्षेत्रनारायण मल्ल, मोहकान्त सेढाई, तीलबाई समुन्द्रबाई भाउजुहरू यो पङ्क्तिकारर अरू विभिन्न स्थानबाट बसाइँसरी आउनु भएका सुन्दरसाथहरूको निकटता अनि आफ्नी धर्म पत्नीआनन्द कुमारी अर्यालको सेवा पाएर अलिकति पनि विचलित नभइ मनलाई पच्चीस पक्ष परमधाममापुच्याएर माला जप्दा जप्दै २०५४ साल मङ्सिर २४ गते बिहान ४:१५ बजे सन्त लीलादास अर्यालकोआमा यो भौतिक देहलाई छोडेर परमधाम पुग्यो । यस्ता परमपूज्य गुरुजीप्रति प्रणाम !
Enable Notifications    Subscribe No thanks