August 28, 2021, Sat, 35:08:00
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
सन्त मोहन मुकुन्दको महाराजको निस्वार्थ सेवा
सन्त मोहन मुकुन्दको महाराजको निस्वार्थ सेवा
सन्त मोहन मुकुन्दको महाराजको निस्वार्थ सेवा
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-28
सन्त मोहन मुकुन्दको महाराजको निस्वार्थ सेवा

Shree Navatan Dham (SND)

मैले सन्त मोहन मुकुन्दको नाम २०३२ साल तिर नै सुनेको भए पनि उहाँसँग साक्षात्कार हुन पाएको थिएन । वि.सं. २०३९ साल तिर उहाँ घुम्दै फिर्दै कोटेश्वरमा गुरुवर दीप्तजङ्ग सिजापतिको कुटीमा आउनु भयो । त्यहाँ मेरो उहाँसँग भेटघाट भयो । भेटघाटको क्रममा सन्तजी तारतम सागर ग्रन्थका पारंगत विद्वान्‌ हुनुहुन्छ भन्ने कुरा जान्नमा आयो । त्यसको केही दिनपछि मैले उहाँलाई जलपानको लागि मेरो घरमा आउन अनुरोध गरेँ । उहाँ आउनु भयो । उहाँ समक्ष मैले तारतम सागर ग्रन्थलाई नेपाली भाषामा शब्दार्थ र भावार्थ सहित उतारेर प्रकाशनमा ल्याउने आफ्नो इच्छा व्यक्त गरेँ । तारतम सागरमा पुरानो हिन्दी, सिन्धी, गुजराती, जाटी, अरबी आदि भाषाको प्रयोगले गर्दा यो ग्रन्थ बुझन सकिएन । यसलाई नेपाली भाषामा उतार्न पाए नेपाली सुन्दरसाथको ठूलो हीत हुने थियो । सबैले बुझेर भक्ति गर्न पाउने थिए भन्ने कुरा सुनाएँ । मेरो यस्तो अनुरोध सुनेर उहाँले भन्नु भयो । बहु भाषीय ग्रन्थलाई एक भाषीय गर्न खोजेको हो भनेर उहाँले प्रश्न गर्नु भयो । मैले एक भाषीय गरेपछि त्यसलाई अंग्रेजी भाषामा अनुवाद गरेर संसार समक्ष राख्ने मेरो इच्छा छ भनेर पुनः जिकीर गरेँ ।

मोहन मुकुन्द महाराजले मेरो उत्तर सुनेर एकछिन विचार गर्नुभयो र भन्नुभयो । तारतम सागरको शब्दार्थ मात्र गरेर हुने भए म गरी दिउँला । भावार्थ तिमी अरू कसैबाट लेखाङ । तर मसँग न कागज छ, न कलम छ, न मसी छ। उहाँको त्यो कुरा सुन्दा मेरो हर्षको सीमा रहेन । मैले भने- महाराजजी, यी सबै सामान म जुदाउँछु। उहाँले मौन सहमति दिनुभयो । त्यसको भोलि पल्टै म कापी, कलम र मसी लिएर महाराजजी बस्नु भएको कुटीमा पुगेँ । उहाँले त्यही दिनदेखि तारतमसागर ग्रन्थको शब्दार्थ गर्न थाल्नु [: भयो । मोहन मुकुन्द महाराजजीको त्यो लेखन अनवरत रूपले धेरै वर्षसम्म चलिरहयो । पछि उहाँलाई उच्च रक्तचाप र मधुमेहको रोगले चाप्दै ल्याएर उहाँ लेख्न नसक्ने र सम्झना नै नहुने भएपछि मात्र उहाँले विश्राम लिनु भयो । तारतम सागरका १४ किताबमा १३ किताबको शब्दार्थ उहाँले राम्ररी गर्नुभयो ।अन्त्यमा सिनगार ग्रन्थको शब्दार्थ आधा जति लेखेपछि उहाँ बिरामी हुनुभयो । प्रत्येक ग्रन्थको शब्दार्थ लेखिसकेपछि उहाँले त्यो पाण्डुलिपी म कहाँ पठाउनु हुन्थ्यो । तर सिनगारको शब्दार्थ पठाउनु भएन । पछि बुभदा उहाँले त्यो सिनगारको पाण्डुलिपी उहाँकै एक शिष्यलाई दी पठाउनु भएछ। उहाँले सम्झनाशक्ति गुमाएकोले उहाँको शिष्यलाई त्यो पाण्डुलिपी दिनु भएको हो कि गुरु कृपा माग्ने शिष्यलाई दिनु भएको हो त्यो बुभन सकिन । मैले गएर सोध्दा भन्नु भयो- “मैले त तिमी कहाँ नै सिनगारको शब्दार्थ पठाएको थिएँ। उहाँको कुरा सुन्दा म आश्चर्यमा परेँ ।

पछि उहाँका शिष्यले त्यो शब्दार्थ भएको आधा सिनगार छपाएछन्‌ । मलाई सिनगार ग्रन्थ छाप्ने बेलामा ठूलो समस्या पन्यो । मैले आधा ग्रन्थको शब्दार्थ मोहन मुकुन्दकै लिएँ र अरू बाँकी आधा भाग सिनगारको शब्दार्थ पं. हेमप्रसाद दाहालजी मार्फत गराएँ । यसरी सिनगार ग्रन्थ छापिन सक्यो । मोहन मुकुन्द महाराजले शब्दार्थ लेख्ने काम कोटेश्वरको कुटीमा र इमाडोलमा बसेर गर्नुभयो । कोटेश्वरमा छँदा पछि भक्त बहादुर रावतले कापी, कलम, मसीको सेवा गर्नु भयो भने इमाडोलमा बस्दा मीना देवीले सो सेवा गर्नु भयो । यसरी तारतम सागर ग्रन्थ अनुदित गर्ने कार्यमा मोहन मुकुन्दजीको ठूलो योगदान रहेको छ । तारतम सागरका प्रत्येक ग्रन्थमा शब्दार्थ लेखकको रूपमा मैले उहाँको नाम अंकित गराएको छु। सन्त मोहन मुकुन्द प्रति समस्त नेपाली प्रणामी समाज क्रणी छ। उहाँले नेपाली प्रणामी समाजको लागि अविस्मरणीय गुन लगाउनु भएको, भाषाको बन्धन चुडाल्नमा उहाँको कार्य उल्लेखनीय रहेको छ। भविष्यमा अमूक कसैले तारतम सागर ग्रन्थको शब्दार्थबाट शब्दकोश बनाउन खोजेमा पनि मोहन मुकुन्दको यो शब्दभण्डार अति उपयोगी सिद्ध हुनेछ भन्नु अत्युक्ति नहोला । सन्त शिरोमणि मोहन मुकुन्दलाई नेपाली प्रणामी समाजले युग युगान्तरसम्म सम्झिने छ।

तीन चार दशक अगाडिसम्म पनि तारतम सागर ग्रन्थ लेखोट रूपमा चल्दै आएको थियो । सन्त, महात्माहरूले ५,६ महिना लगाएर त्यो वृहत्‌ ग्रन्थ लेख्नु हुन्थ्यो । वि.सं. २०२० सालमा पं. कमल कृष्ण शर्माले लेख्नु भएको ग्रन्थ यसको प्रमाण हो । यसरी ग्रन्थ लेख्दा लेखकको अध्ययन र ज्ञान अनुसारको ह्रस्व, दीर्घ, स, श, ष आदिको प्रयोग हुने गर्दथ्यो । यसले गर्दा लेखोट ग्रन्थमा एक रूपता आउँदैनथ्यो । कुलजम स्वरूपलाई छाप्नु हुँदैन भन्ने अनुदारवादीको दबदबा प्रणामी समाजमा व्याप्त थियो । संस्थागत रूपमै छपाइको विरोध गरिन्थ्यो । त्यस्तो विषम परिस्थितिमा सन्त मोहन मुकुन्दले तारतमसागर ग्रन्थलाई भारतको इलाहावादमा छपाउनु भयो । प्रणामी समाजमा त्यसको घनघोर विरोध भयो । सन्त मोहन मुकुन्दलाई तिरस्कार र बहिस्कार दुवै गरियो । तर सच्चा साधु मोहन मुकुन्द कति पनि विचलित हुनु भएन । भारतमै बसेर मोहन मुकुन्दले षट्गातु ग्रन्थको हिन्दीमा शब्दार्थ र भावार्थ सहित छपाउनु भयो । लालित्य पूर्ण भाषाको प्रयोग भएको त्यो षठ्क्रतु अत्यन्त सुन्दर प्रकाशन थियो । यसरी प्रणामी समाजमा

मोहन मुकुन्द महाराजले धार्मिक र साहित्यिक क्रान्तिको सुरुवात गर्नुभयो । मोहन मुकुन्द महाराज अध्ययनशील, परिश्रमी र शान्त स्वभावका सन्त हुनुहुन्थ्यो । उहाँ धेरै बोल्नु हुँदैनथ्यो । कसैले प्रश्न सोध्यो भने मात्र त्यसको जवाफ दिनु हुन्थ्यो । उहाँ अत्यन्त सहनशील हुनुहुन्थ्यो ।उहाँलाई मीठो, नमीठो, राम्रो, नराम्रो आदिसँग कुनै मतलब थिएन । कसैले मीठो ख्त्राए पनि, नमीठो ख्बाए पनि उहाँ कुनै प्रतिक्रिया दिनु हुँदैनथ्यो । यस्तो लाग्थ्यो उहाँ समभावमा हुनुहुन्थ्यो । मोहन मुकुन्द महाराज सन्तहरूमा पनि शिरोमणि हुनुहुन्थ्यो ।

पछि उहाँ बिरामी पर्नु भयो। उहाँलाई कडा रोग लाग्यो । त्यसपछि उहाँको स्वभावमा केही परिवर्तन आयो । उहाँ जसलाई भेटे पनि रुनु हुन्थ्यो । उहाँ किन रुनु हुन्थ्यो त्यो बुभन सकिएन । थला परेपछि उहाँको हेरचाह गर्नेमा इमाडोलको मीना बाहेक अरू कोही देखिएन । उहाँको स्वास्थ्य बिग्रदै गयो। मधुमेह र उच्च रक्तचापको कारण सायद उहाँको मस्तिष्कमै आघात पस्यो । उहाँ परमधाम जान्छु भनेर भित्तोमा समेत चढ्न थाल्नु भयो । घरको कोसीबाटै हाम्फाल्नु होला भन्ने डर पनि भयो । मीनाजीले उहाँलाई सम्हाल्न नसक्ने अवस्था हुँदा पनि कुनै संघ, संस्था, समिति, आश्रम र काठमाडौँका उहाँकै चेला चेलीहरूले समेत उहाँलाई हेरेनन्‌ ।

यसै बीच भारतको दार्जीलिङबाट उहाँकै केही सहृदयी चेलाचेली उहाँलाई काठमाडौँबाट लिएर जान आइ पुग्नु भयो। हामी गुरुजीको उपचार पनि गर्छौं, सेवा पनि गर्छौं भनेर उहाँलाई लिएर जानु भयो। सन्त मोहन मुकुन्दको मैले त्यही विदाइको बेलामा अन्तिम दर्शन गरेँ । दार्जिलिङ पुगे पछि उहाँका चेला चेलीले भरसक उपचार र सेवा गरे पनि उहाँको स्वास्थ्य झन्‌ झन्‌ बिग्रदै गएछ । आखिर उहाँले सबै भक्तजनलाई छोडेर संसारी लीला समाप्त गर्नु भएछ।

सन्त मोहन मुकुन्दले अरू पनि फुटकर लेख प्रकाशित गर्नु भएको बुझिन्छ। जीवनमा उहाँले केही पनि संग्रह गर्नु भएन । पारायण गर्दा प्राप्त हुने दक्षिणा, र अन्य जिन्सी सामान पनि प्रायशः मन्दिरहरूकै लागि सुम्पी दिनुहुन्थ्यो । उहाँ अभिमान शुन्य एक सच्चा सन्त हुनुहुन्थ्यो । जीवनभर उहाँले महामति प्राणनाथजीको सन्देश सुन्दरसाथ समक्ष पुन्याउन अथक परिश्रम गर्नु भयो । यस्ता सन्त महात्मालाई पाएर प्रणामी समाज धन्य धन्य भएको छ। उहाँलाई प्रणामी समाजले कहिल्यै बिर्सने छैन । अस्तु !
Enable Notifications    Subscribe No thanks