Shree Navatan Dham (SND)
कृष्ण प्रणामी धर्मलाई जान्नु संझिनु भन्दा पूर्व श्री कृष्णलाई जान्नु पर्दछ । श्रीकृष्णलाई जाने पछि कृष्ण प्रणामी
धर्मलाई सहजता पूर्वक जान्न सकिन्छ । किनभने श्री कृष्ण र कृष्ण प्रणामी धर्म एक सिक्का दुई पाद्य जस्तै
हो । श्री कृष्ण र प्रणामी धर्ममा अभिन्न तादात्म्य सम्बन्ध जोडिएको छ । जसरी चन्द्रसँग चाँदनी, सूर्यसँग
उसको प्रकाश, अग्निसँग उसको दाहाकत (पोल्ने) शक्तिलाई दुनियाँको कुनै शक्तिले पृथक गर्न सक्दैन त्यसैगरि
श्रीकृष्णबाट कृष्ण प्रणामी धर्मलाई पनि कसैले अलग गर्न सक्दैन । जहाँ श्री कृष्ण त्यहाँ कृ्ष्ण प्रणामी धर्मको
अटूट अखण्ड सम्बन्ध जोडिएको हुन्छ । जसको अक्षरातीत श्री कृष्णलाई प्रणाम गर्ने सतसः स्वभाव बनी
सकेको छ उही त कृष्ण प्रणामी हो ।”कृष्ण प्रणमितु शिलमश्येति कृष्ण प्रणामी” जसरी मंदिरमा पूजा गर्नेलाई
पुजारी भनिन्छ, सानो ठूलो, गरीब दुखी, बृद्ध बृद्धा, पशु पक्षी मानव सबैसँग प्रेम गर्ने व्यक्तिलाई प्रेमी भनिन्छ ।
अतिशय लोभी गर्नेलाई लोभी, अतिशय कोध गर्नेलाई कोधीको सँचज्चाले अभिहित गरिन्छ, त्यस्तै गरि परब्रहम
परमात्मा अक्षरातीत श्रीकृष्णलाई अनन्य भावले प्रणाम गर्नेलाई कृष्ण प्रणामीको नामले जानिन्छ ।
कृष्ण प्रणामी
धर्मानुयायीहरू श्रीकृष्णका अनन्य उपासक हुन । श्रीकृष्णबाट एक पल पनि अलग हुन चाँहदैनन् र हुँदा पनि
हुँदैनन् । तथाकथित ब्याक्तिहरूले प्रणामी धर्मलाई विदेशी धर्म अर्थात मुसलमान धर्म हो भन्ने आक्षेप पनि
लगाएका छन् । कुनैपनि कृष्ण प्रणामी मन्दिरमा कुरान र महम्मदको फोये पनि कतै राखिएको छैन । भेटेमा सूचित
गर्नुहोला । म उहाँहरूलाई भन्न चाहन्छु यदि श्रीकृष्ण मुसलमान हुन भने कृष्ण प्रणामी धर्मावलम्बी पनि मुसलमान
हुन् । यदी श्रीकृष्ण क्रिस्चियन हुन भने कृष्ण प्रणामी धर्मावलम्बी पनि इसाइ हुन् । यदि कृष्ण यहुदी हुन भने
कृष्ण प्रणामी धर्मावलम्बी पनि यहुदी हुन् । यदि कृष्ण बौद्धिष्ठ हुन भने कृष्ण प्रणामी धर्मावलम्बी पनि बौद्धिष्ठ
हुन । यदि कृष्ण कन्फ्युस, ताओ;,पारसी हुन भने प्रणामी अनुयायी पनि त्यही नै हुन्, यदि कृष्ण वैदिक सनातन
हिन्दु हुन भने प्रणामी अनुयायी पनि वैदिक सनातनी हिन्दु नै हुन । श्रीकृष्णलाई जस्ले जुन भावनाले देख्छ प्रणामी
धर्मावलम्बी पनि त्यही नै हो यसमा दुईमत छैन । भेषाभूषा,भाषा, जाति कुनै पनि समूहदेखि परमात्मा श्रीकृष्ण
साथै सतृधर्म धेरै माथि अर्थात पर छन् त्यसैले सत्, चिद्, आनन्द परमात्मा अक्षरातीत श्रीकृष्णलाई शब्दातीत
भनिएको छ । भाषा शब्द अनि जाति-समूह परमात्मा अनि सत् धर्मको चिनारी होइन ।
धर्मको अर्थ स्वभाव पनि हुन्छ । जस्तै आगोको धर्म पोल्ने हो । पानीको धर्म शीतलता, कागतीको धर्म
अमिलो र खोर्सानीको धर्म पिरो भने जस्तै हो । यो अर्थले हेर्ने हो भने उपरोक्त सबै धर्महरू हुन् । तर धर्म
सत्य,अविनाशी,अखण्ड र चिद्घन स्वरूप हुन्छ, यी सर्वगुण सम्पन्न एक पूर्णब्रम्ह परमात्मा अक्षरातीत श्रीकृष्ण
विद्यमान छन् । त्यसेले कृष्ण प्रणामी धर्म श्रीकृष्णसँग तादातम्य सम्बन्ध राख्दछ र स्वतः सम्बन्ध जोडिएको १
छ। माथि नै उल्लेख भई सकेको छ कि अक्षरातीत श्रीकृष्ण र कृष्ण प्रणामी एक सिक्काका दुई पाय हुन् यसलई
विश्वको कुनै शक्तिले पनि पृथक गर्न सक्दैन । यो ध्रुव सत्य हो ।
कृष्ण प्रणामी धर्म कहिले देखि यो संसारमा छ ? लौकिक अर्थात् सांसारिक दृष्टिले हेर्ने हो भने विसं
१६७८ मा प्रणामी धर्माचार्यलाई पूर्णब्रह्म परमात्मा अक्षरातीत कृष्णले दर्शन दिएर षोडसाक्षरी तारतम मत्र प्रदान
गरे देखि यो संसारमा धर्मको प्रारम्भ भएको हो, तर आध्यात्मि तथा पौराणिक दृष्टिले निहाल्ने हो भने जहिले देखि
कृष्णको अस्तित्व छ तहिले देखि नै कृष्ण प्रणामी धर्मको पनि अस्तित्व रहेको छ । श्री कृ्ष्णको अस्तित्व कहिले
देखि छ त ? श्री कृष्णको अस्तित्व युग (सत्य, त्रेता, द्वापर र कलियुग) निर्माण कर्ता आदिनारायण भगवानको
उत्पत्ति हिरण्यगर्भबाट हुने प्रक्रिया शुरु भएको नै थिएन, त्यसवेला पनि कृष्ण र कृष्ण प्रणामी धर्मको अस्तित्व
थियो । श्रीकृष्णलाई युग र शास्त्रमा मात्र आबद्ध गर्नु हुन्न । वेद शास्त्र, युग, आदि नारायण भगवान भन्दा पूर्व
कालमा नै पूर्णब्रह्म परमात्मा अक्षरातीत श्री कृष्ण हुनुहुन्थ्यो, त्यसैले श्री कृष्ण अनादि, अखण्ड, अविनाशी.
सनातन हुनुहुन्छ भने त्यही कृष्ण प्रणामी धर्मपनि अनादि, अखण्ड, अविनाशी र सनातन छ । किनभने यौ दुईमा
चन्द्रमा र उसको चाँदनी जस्तो अटूट तादात्म्य सम्बन्ध जोडिएको छ । यो धर्मको अस्तित्व कहिले सम्म रहन्छ ?
कृ्ष्ण प्रणामी धर्मको अस्तित्व तहिलेसम्म रहन्छ जहिलेसम्म पूर्णब्रहम परमात्मा अक्षरातीत श्रीकृष्णको रहन्छ ।
महाप्रलयमा क्षर ब्रह्माण्ड विलीन भएर जान्छ तर अविनाशी अखण्ड श्री कृष्ण र कृष्ण प्रणामी धर्म विलीन भएर
जादैन त्यसैले यो धर्म अखण्ड अविनाशी हो ।
कतिपय विद्वान् धर्म प्रचारहरूको भनाई छ कि कृष्ण प्रणामी धर्म भन्नु भन्दा निजानन्द सम्प्रदाय भन्नु
उचित हो किन कि निजानन्द पद्धतिमा महामति प्राणनाथजीले धर्मको परिचय नदिएर निजानन्द सम्प्रदायको
परिचय दिएको छ । यसको पनि रहस्य हामीले बुझनु पर्ने हुन्छ । वि.स १७३५ मा हरिद्वारको कुम्भ मेलामा विभिन्न
सम्प्रदायका आर्चायहरू, मठाधीश-पीठाधीश, दश नाम संन्यासी, चार सम्प्रदायका आचार्यजीहरूले महामति
प्राणनाथजीलाई तपाईको धर्म के हो ? भनेर प्रश्न गरेको थिएन । उहाँहरूले गरेको प्रश्नहरू
पुछिये घाम क्षेत्र सम्प्रदाय ।
साखा सिखा कहो अपनी फेर कहो सुत्र विचार॥
सेवन अपनो निज कहो, गोत्र इष्ट और जाप।
साधन मंत्र पुरी कहो, कहो देवी प्रताप॥
साला कहिये अपनी, क्षेत्र होय जो कोय।
सुख विलास त्रषि देव जो, तीरथ सास्त्र जो होय॥
ज्ञान कहिये कुर अफ्नो, फल और द्वार प्रकास |
कहाँ निवास कौन सम्प्रदाय, फल कहो उत्तर प्रश्न उजास ।॥।
यहाँ सबै प्रश्न गरिए तर धर्म के हो भन्ने प्रश्न गरिएन । त्यत्रो बृहद् विद्वान समाजमा सोधेको प्रश्न भन्दा बढेर
उत्तर दिदाँ मर्यादा भंग र अशोभनीय देखिने कुरा देखि महामति अनभिज्ञ हुनुहुन्न थियो । तपाईको धर्म के हो भन्ने
प्रश्न गरेको भए अवश्यमेव महामति श्रीप्राणनाथजीले कृष्ण प्रणामी धर्म भन्नु हुन्थ्यो भन्ने मेरो अन्तस चेतनाले
अंगीकार गर्दछ । बृहद् विद्वान समाजको मर्यादालाई अनुपालन श्रीप्राणनाथजीले गरेको यहाँ प्रत्यक्ष झल्किन्छ ।
धर्म र सम्प्रदायमा केही सूक्ष्म विभेद पनि परिलक्षित हुन्छ । सम्प्रदाय भनेको पन्थ मार्ग हो तर धर्म भनेको लक्ष्य
एवम् गन्तव्य हो । सबै सम्प्रदाय रूपी मार्गबाट सतधर्म लक्ष्यसम्म पुग्ने प्रयास गरी रहेको पाइन्छ कृष्ण प्राणामी
धर्मावलम्बी निजानन्द सम्प्रदायबाट । कृष्ण प्रणामी धर्मसम्म पुगिसकेको परिलक्षित हुन जान्छ । सम्प्रदायको
अर्को अर्थमा लिने हो भने सम्यक प्रकारले सबैलाई ज्ञान दिनु पनि हो अर्थात् सबै मानव मात्रलाई समभावले
विभेदरहित भएर सम्यक प्रकारले ज्ञान दिनु नै सम्प्रदाय हो भन्ने मलाई लाग्छ । निजानन्द सम्प्रदायले विभेद रहित
भएर मानव मात्रलाई निजानन्दीय ज्ञानद्वारा सत् धर्म कृष्ण प्रणामी धर्मसम्मको मार्ग प्रशस्त गर्दै निज स्वयंको
आत्मानन्दमा डुबाउँदछ ।
कतिपय विद्वान् धर्म प्रचारकहरूको भनाईमा कुलजम स्वरूप र वीतकमा कंठीको उल्लेख छैन भन्ने भनाइ छ ।
तर लालदासजीकृत वीतकमा उदयपुर-मंदोसरको प्रसंगमा श्रीप्राणनाथजीले तुलसीको कण्ठी लगाएको अर्थात्
तुलसीको कण्ठीले श्रीप्राणणाथजीको कण्ठ शुशोभित भएको चौपाई यस प्रकारको छ :
पहिनी कंठी तुलसीकी, और बडी माला चार
वीतक-५१-७
अष्ट प्रहरको सेवा पूजामा “श्री जी साहेबजी को स्वरूप” मा पनि श्री प्राणनाथजीका कण्ठमा तुलसीको कण्ठी
लगाएको वर्णन पाइन्छ “कंठमेँ कंठी तुलसीकी विराजमान” यस प्रकार श्री प्राणनाथज्यूले तुलसीको कण्ठी लगाएको
स्पष्टीकरण हाम्रा ग्रन्थले दिएको पाइन्छ तर हामीले लगाउनु नलगाउनु हाम्रो विचार हो तर तुलसी कण्ठीको वर्णन
र महिमा प्रणामी ग्रन्थमा पाइन्छ ।
धर्म भनेको आस्था श्रद्धा र हु तहहरु सहरका ? त हक कोर
विश्वाशको विषय हो । सर्व प्रथम धर्म
न लिनु राम्रो हो धर्मका कुनै नियम
मर्यादा पालन गर्नु नै पर्दैन तर धर्मलाई हि हट्नु
स्वीकार गरे पश्चात् यसको राम्ररी
अनुपालन गर्नु यो मानवको मानवता
हौ। धर्मको मर्यादा नियम आचारादिको
अनुपालन गरे आफैलाइ फाइदा र राम्रो
हुने हो न भा सबैले आ आफ्नो जीवन
यापन गरिरेहेका नै छन् चाहे दुखले हो
या सुखले ।