August 8, 2021, Sun, 44:08:15
By ब्रहमचारी श्री मंगलदासजी, (SND)
आचार्यपाद्‌ श्री १0८ धनीदासजी महाराज
आचार्यपाद्‌ श्री १0८ धनीदासजी महाराज
By ब्रहमचारी श्री मंगलदासजी, (SND)
2021-08-07
आचार्यपाद्‌ श्री १0८ धनीदासजी महाराज

Shree Navatan Dham (SND)

आचार्यपाद श्री १०० श्री धनीदासजी महाराज चेतन रतमा एक महान रल हुनुहुन्थ्यो । यद्यपि हामी उहाँको शैशवकाल र पूर्वावस्थासँग विशेष परिचित छैनौं तथापि उहाँको जीवनबाट धेरै कुरा सिक्न पाइएको छ । उहाँको जन्म वि.सं. १९३३ मा भएको उभिन्छ । उहाँले नेपाल राज्यको स्वतन्त्र भूमिको ट्विजक्लमा जन्म लिने सौभाग्य पाउनु भएको थियो । विद्याभ्यास पछि उहाँले आफ्नो धर्मका धुरन्धर विद्वान्‌ परमहंस महाराज श्री दयालदासजीसँग श्री कृष्ण प्रणामी धर्मको अध्ययन, मनन गर्नुभयो । श्री मुखवाणी, चर्चनी, विराट आदिको भली भाँती मनन गरेपछि गुरुकै आज्ञानुसार सत्संग, तपस्याद्वारा नेष्ठिक जीवनलाई सुसंगत बनाउनुभयो । उहाँका अनेक गुणबाट प्रसन्न भएर परमधामवासी सेठ श्री लालजी डुंगरसीले प्रणामी धर्मको आचार्य पदमा आसीन हुन उहाँलाई आग्रह गर्नुभयो । नवतनपुरी धामको आचार्य गादी त्यस समयमा खाली थियो । त्यो खाली पदको भार उहाँलाई सुम्पियो ।

धनीदासजीले सो पद सम्हालेपछि प्रणामी धर्म विज्ञानको जे जस्तो विकास भयो त्यो भूतकालमा त भएन नै, भविष्यमा पनि नहोला जस्तो प्रतीत भयो । उहाँले यो कुरा महसुस गर्नुभयो । त्यो कमीलाई पूरा गर्न उहाँले प्रकाण्ड विद्वान्‌ पं. कृष्णदत्त शास्त्रीलाई बोलाएर सहयोग लिनुभयो । उहाँले एक प्रेस, मासिक पत्र एवं धर्म ग्रन्थको जीर्णोद्धार र नवीन ग्रन्थको प्रकाशन गराएर प्रणामी धर्मको सन्देश सुन्दरसाथको घर घरमा पुन्याउनु भयो । प्रणामी धर्म के हो भन्ने कुरा लाखौं लाख प्रणामी धर्म इतरका मानिसले पनि थाहा पाए ।

महाराज धनीदासको कार्यकालमा कल्याण जस्तो प्रसिद्ध धार्मिक पत्रिकाको विशेषाङ्कमा प्रणामी धर्मको तत्व अंकित भइरष्यो । उहाँद्वारा ब्रह्मविज्ञान भास्कर, आनन्द सागर, वृत्तान्त मुक्तावली, लल्लूजी कृत बीतक (वचनामृत), आत्मबोध, जीव चेतावनी, शंका समाधान भास्कर, ‘मस्यौदा’ जस्तो जटिलग्रन्थ, सेवापूजा, ज्ञान प्रकाश, श्री निजानन्द चरितामृत आदि अनेक धर्म ग्रन्थको प्रकाशन भयो । उहाँले प्रणामी धर्म पत्रिका मार्फत्‌ धर्मको गुप्त रहस्यलाई सव सुलभ बनाउनु भयो ।

धनीदास महाराजले नवतनपुरी मन्दिरको जीर्णोद्धार गराउनुभयो । मन्दिर परिसरमा सुन्दरसाथको वासस्थानको प्रबन्ध मिलाउनु भयो । उहाँले मन्दिरको आर्थिक उन्नतिमा ठूलो योगदान गर्नुभयो ।

उहाँको दिनचर्या बहुतै महत्वपूर्ण र अनुकरणीय थियो । रातको तीन बजे उठ्नु, शौच दिनचर्या निवृत्त भएपछि, स्नान गरेर ध्यान एवं पूजामा बस्नु उहाँको नित्य नियम थियो । प्रातः कालमा श्रीमुख वाणीको अभ्यास गर्नेलाई शिक्षा दिनु, स्वाध्याय गर्नु, समयको सदुपयोग गर्नु उहाँको दैनिको थियो । वृद्धावस्था हुँदासम्म उहाँ बलिष्ट जिउ डालको हुनुहुन्थ्यो । उहाँको जीवन एक आदर्श जीवन थियो।

परमधामवासी आचार्य श्री १०८ श्री धनीदासजी महाराजका सम्बन्धमा विभिन्न विद्वान्‌ले व्यक्त गरेका उद्गार यस प्रकारका छन्‌–

श्री मन्निजानन्द सम्प्रदायलाई महाराजश्रीले जस्तो समुन्नत बनाउनु भयो संभवतः यस्तो सौभाग्य यस समाजमा अरू कसैलाई प्राप्त हुन सकेन । उहाँलाई धार्मिक साहित्यमा ठूलो प्रेम थियो ।
पं. श्रीकृष्णदत्त शास्त्री

उहाँमा अदम्य उत्साह, अद्भुत प्रशन्नता र अपूर्व नेतृत्व शक्ति थियो ।
पं. श्री परमलाल धामी

धनीदास महाराज भन्नुहुन्थ्यो– मैले संस्कृत पढेको भए म एक्लैले संसारमा दिग्विजय गर्ने थिएँ।
पूर्णब्रह्य शास्त्री

महाराजश्रीमा यति ब्रह्मतेज थियो कि उहाँका अगाडि राजा, महाराजा, सन्त, महन्त, सिद्ध-योगी सबै झुक्दथे । उहाँको गुरुभक्ति उल्लेखनीय थियो ।
पं. सदानन्दजी गोस्वामी
साभार- प्रणामी धर्म पत्रिका
वि.सं. २००६ (इस्वी सन्‌ १९१० जुन )
Enable Notifications    Subscribe No thanks