August 8, 2021, Sun, 19:08:48
By पं. हेमप्रसाद दाहाल, काठमाडौँ, (SND)
आचार्य श्री १0८ रंगीलदास महाराज
आचार्य श्री १0८ रंगीलदास महाराज
आचार्य श्री १0८ रंगीलदास महाराज
By पं. हेमप्रसाद दाहाल, काठमाडौँ, (SND)
2021-08-07

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी धर्मको प्रचार एवं आद्य पीठहरूको सम्बर्धन र विकासमा नेपाली सन्तहरूको अतुलनीय योगदान रही आएको छ। माताजी सेनबाईले सतनामा निर्माण गर्नुभएको श्रीकृष्ण प्रणामी मन्दिर, परमहंस युगलदासजीले २५ पक्ष परमधामको तैयार गरेको काठको खडा नक्शा र बंगलाजीमा चढाएका दुईवय चाँदीका सिंहासन, आचार्यवर श्री पीताम्बरदासजीले आसाममा बनाउनु भएको प्रणामी मन्दिर एवं रंगीलदास महाराजले वि.सं. १९०३ मा गुमटजीमा बनाएको चाँदीको मूलद्वार र काठमाडौँका भवानी साहुले बंगलाजीमा हालेको तामाको छाना केही यस्ता उदाहरण हुन्‌ जसमा नेपाली सन्तहरूको योगदान भएको देख्न सकिन्छ ।

वि.सं. १९०९ मा ताप्लेजुङमा जन्मिनु भएका रंगीलदासजी घर छोडेर भारतका नवतनपुरी, पद्यावतीपुरी र महामंगलपुरी पुग्नु हुन्छ । त्यहाँ उहाँले सर्वप्रथम त वाणी, बीतक आदि ग्रन्थको तालिम लिनुहुन्छ। तालिम पूरा भएपछि रंगीलदासजी पारायण, प्रवचन आदिको माध्यमबाट भारतमा धर्म प्रचारमा लाग्नु हुन्छ । नेपालमा राणा शासनको सुरुवातसँगै जन्मिनु भएका सन्तको लागि धर्म प्रचारको वातावरण शून्य प्रायः थियो । त्यसैले धेरै जसो नेपाली मूलका सन्तको कार्यथलो भारत नै हुनगयो । नेपाली मायेमा संघर्ष नै गरेर धर्म प्रचार गर्नेमा परमहंस दयालदास महाराज नै देखा पर्नु हुन्छ । त्यसपछि उहाँकै चेला युगलदासले नेपालमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्ने प्रयतल गर्नुभएको देखिन्छ ।

रंगीलदासजीले श्री पीताम्बरदास महाराजबाट दीक्षा मन्त्र पाउनुभएको थियो । पछि उहाँ सूरतको श्री ५ महामंगलपुरी धामको गादीपति बन्नुभयो । वि.सं. १९७९ मा उहाँले गादीपतिको कार्यभार सम्हाल्नुभयो । वि.सं. १९८३ मा रंगीलदासजीले पद्मावतीपुरी धामको गुमटजीमा चाँदीको मूलद्वारको निर्माण गराउनुभयो । यसरी आध्यात्मिक एवं भौतिक दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै वि.सं. १९८९ मा उहाँ पार्थिव शरीर त्यागेर ब्रह्यधाम तर्फ लाग्नुभयो ।
Enable Notifications    Subscribe No thanks