August 8, 2021, Sun, 26:08:59
By लोकनाथ दाहाल, बुधबारे, (SND)
कान्छा णुरूजी श्री जगन्नाथ महाराज
कान्छा णुरूजी श्री जगन्नाथ महाराज
कान्छा णुरूजी श्री जगन्नाथ महाराज
By लोकनाथ दाहाल, बुधबारे, (SND)
2021-07-15
कान्छा णुरूजी श्री जगन्नाथ महाराज

Shree Navatan Dham (SND)

श्री जगन्नाथजी महाराजको जन्म आसाममा भएको थियो ।
श्री जगन्नाथजी महाराजको जन्म वि.सं. १९५७ मा आसामको बिहालीमा भएको थियो । उहाँको पिताको नाम श्री कल्याणदास तथा माताको नाम नर्वदाबाई थियो । उहाँ गुरुजी मंगलदासजीका कान्छा भाइ हुनुहुन्थ्यो । मात्र सात महिनाको उमेरमा उहाँका पिताको धामगमन भयो, माताले अनेक कष्ट सहन गर्दै छोराहरूलाई हुर्काउनु भयो ।

माता र दाजु मंगलदासजीकै साथमा उहाँले श्रीकृष्ण प्रणामी धर्मको आद्यपीठ श्री ५ नवतनपुरी धाम जामनगर, श्री ५ पद्यावतीपुरी धाम पन्ना, श्री ५ महामंगलपुरी धाम सूरतको तीर्थ यात्रा गर्नुभयो । राजस्थानको नागौर र मेरतामा रहँदा श्री जगन्नाथ महाराजले संस्कृत र संगीतको गहन ज्ञान प्राप्त गर्नुभयो । उहाँलाई चारै वेदका अनेक क्रचाहरू कण्ठस्थ थिए, रुद्रीपाठ मीठो आवाजमा गर्नु हुन्थ्यो । साथै उहाँ हारमोनियम, तबला, ढोलक, मादल, मजीरा, बेन्जो आदि बजाउन सिपालु हुनुहुन्थ्यो ।

वि.सं. १९९२ तिर गुरुजी मंगलदास इच्छेमा बस्दा श्री जगन्नाथ महाराजले प्रणामी मन्दिरको पछिल्तिर ढुंगाको पर्खाल लगाउनु भएको अझै छँदैछ । उहाँ मिस्त्री काम गर्न पनि जान्नु हुन्थ्यो । उहाँ नाम्ला, दाम्ला, डोका, बुन्न पनि जान्नुहुन्थ्यो । एकचोटि कुनै चीज देख्ने वित्तिकै उहाँलाई त्यसको ज्ञान हुन्थ्यो र आफै तयार पार्नु हुन्थ्यो ।

उहाँ वाणी, वीतक, विराट र चर्चनीका पनि विशेष ज्ञाता हुनुहुन्थ्यो । वाणीका लभभग ६ हजार चौपाई उहाँलाई कण्ठस्थ थियो । उहाँले आफैले पेन्टिङ्ग गरेर तयार पारेको लगभग दश फिट लामो विराटको पट आज पनि कालिम्पोङ्गमा छँदैछ । कालिम्पोङ्गमा उहाँले बनाउनु भएको सिंहासन आज पनि सुरक्षित छ।

वि.सं. २००८ मा उहाँ इलाम शान्तिपुरमा जागनी यात्रामा आउनु भएको थियो । भट्टराई परिवारको जागनी उहाँद्वारा भएको हो । त्यसै बेला मलाई पनि कण्ठी धारण गर्ने मौका मिलेको थियो । मलाई कविता लेख्ने र भजन गाउने कला पनि उहाँले नै आशीर्वाद स्वरूप प्रदान गर्नुभएको हो ।

उहाँले मथुरामा श्री कृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो जो आज पनि छँदैछ । आफ्ना दाजु र आमाको आदेश पालन गर्ने र सुन्दरसाथको सेवामा सधैँ लागि रहन श्री जगन्नाथ महाराज स्वयंमा एक योग्य गुरु हुनुहुन्थ्यो साथै सधैँ शिष्यहरूको हित चाहनु हुन्थ्यो ।

श्री राजजीको सेवापूजा उहाँ आफैं गर्नुहुन्थ्यो । राजजीको भोग व्यञ्जन, खीर, पुरी, हलुवा, ढकने र विभिन्न प्रकारका स्वादिला अचार तयार पार्नु हुन्थ्यो । उहाँ बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । आफ्नो जीवनको अन्तिम समय उहाँले श्री ५ नवतनपुरी धाममा व्यतीत गर्नुभयो । वि.सं. २०२७ साल चैत्र पूर्णिमाको दिन उहाँको धामगमन हुनगयो । यस्ता महापुरुषको माध्यमबाट भएको जागनी कार्य आज पनि चलिरहेको छ।
गरुडा पुराण

Shree Navatan Dham (SND)

Enable Notifications    Subscribe No thanks