August 8, 2021, Sun, 25:08:22
By मणि पाँडे, (SND)
छविंलदास पाँडे
(लमजुङदेखि नुवाकोट हुँदै बनारससम्म प्रणामी धर्मको प्रचार)
छविंलदास पाँडे
(लमजुङदेखि नुवाकोट हुँदै बनारससम्म प्रणामी धर्मको प्रचार)
By मणि पाँडे, (SND)
2021-08-08
छविंलदास पाँडे <br>(लमजुङदेखि नुवाकोट हुँदै बनारससम्म प्रणामी धर्मको प्रचार)

Shree Navatan Dham (SND)

गोरखा खोप्लाङका गोपाल पाँडे नुवाकोट आएका थिए। उनका (१) रघुनाथ (२) भैरवानन्द (३) धर्म केशरी नामका तीन छोरा थिए । रघुनाथ र धर्मकेशरीका परिवारमा धर्म प्रचार भएन । माहिला भैरवानन्द (गरिबदास), वृजलाल लोहनीको साथमा नुवाकोटबाट थापागाउँ आएर बस्न लागे । धन सम्पत्ति केही नलिइ आएकाले उनको नाम गरिबदास राखे । वृजलाल लोहनीका आमाहरूमा जेठीको बल्थुम माइती घरमा नै रहँदा मायानन्दी लोहनीसँग ‘ विवाह हुनु अगावै धर्म ग्रहण भइसकेको थियो । जेठीको छोरा भएनन्‌ । एउटी छोरीको मात्र जन्म भएको थियो । मायानन्दीले छोरीको नाम महामाया राखे तर धर्म सम्हाल्न र आफ्नो समेत हेरचाह गर्ने को होला भन्ने विचारमा मायानन्दी लोहनी चिन्तामा परे । धर्म ग्रहण गर्नेलाई मात्र छोरी दिने विचारलाई

भैरवानन्द (गरिबदास)ले स्वीकार गरे । छोरी ज्वाँइलाई तारतम मन्त्र प्रदान गरी विवाहबन्धनमा बाँधीदिए। भैरवानन्द (गरिबदास)का ५ भाइ छोरा भए। सबै छोराले धर्म ग्रहणगरे। जेठा कृष्णलाल कप्तानका छोरा छविलदास पाँडेको वि.सं. १९६० सालमा जन्मभयो । सानै उमेरमा साइला पाँडे (भत्तुदास) र छविलदासलाई दयालदास महाराजले बल्थुम लानुभयो । भत्लुदासको जन्म वि.सं. १९४० मा भएको थियो । युगलदासभन्दा तेञ्ह वर्ष जेठा भत्ुदास र ७ वर्ष कान्छा छविलदासले दयालदास महाराजका साथमा रही तालिम लिएर दयालदास महाराजबाट नै धर्म ग्रहण गर्नुभएको थियो । तिनलाई दयालदास महाराजले नवतनपुरी, महामंगलपुरी र पद्मावतीपुरीको दर्शनार्थ साथमा लानुभयो । दयालदास महाराजबाट एकै साथ धर्मप्रचारमा पूर्व ढुंखर्कबाट युगलदास महाराजको अगुवाइमा धर्म प्रचार कार्य सुरु भयो । साइला पाँडे (भक्तुदास) र छविलदास पाँडे पनि धर्म प्रचारमा लाग्नुभयो । छविलदास पाँडे वाणी, निरत र पुराना भजन गायनमा निपुण हुनुहुन्थ्यो । उहाँ ज्योतिष विद्यामा पनि पोख्त हुनुहुन्थ्यो । छविलदास पाँडेका इनार पाटी मन्दिरका संस्थापक जेठा मुडवरी सहित २५ ं जना चेलाचेली भए । धर्म प्रचारमा नुवाकोट तिगाउँका ठूला घरेका पारायणमा उनलाई “बहुरूपी ठूलनानी” भन्ने उपनाम प्रदान गरी स्यावासी दिइयो । छविलदास पाँडेका साथमा सात सात दिनको ७वटा पारायण एक पछि अर्को गरी धर्मप्रचार गरियो । त्यत्तिखेर युगलदास महाराजलाई धर्म प्रचारको सम्बन्धमा पक्राउ गरियो । छविलदास र साहिला पाँडे तुरुन्त आउनु भन्ने युगलदास महाराजको पत्र प्राप्त भएपछि उहाँहरूले तारेखमा बसी युगलदास महाराजलाई जेल मुक्त गराउनुभयो । त्यसपछि पद्मावतीपुरीमा गइ निरत गाउने गर्नुभयो । सो गाउने चलन अहिले पनि छ । बाहिरतिरको निरत नेपालीले नै गाउँछन्‌ ।

यसरी नुवाकोट थापा गाउँमा धर्म प्रचार गर्नुको साथै छविलदास पाण्डले पछि बनारसमा श्रीकृष्णप्रणामी मन्दिर बनाउनुभयो । त्यस मन्दिरकै आश्रय लिएर कैयौं नेपालीहरूले बनारसमा संस्कृतको अध्ययनगर्दथे । यसरी छविलदास पाण्डेकी जीजु हजुरआमाले बल्थुम, लमजुङबाट नुवाकोट थापा गाउँसम्म प्रचार गरेको श्रीकृष्ण प्रणामी धर्मको वनारससम्म हुँदै गयो ।
Enable Notifications    Subscribe No thanks