August 29, 2021, Sun, 45:08:43
By अमृतानन्द पराजुली, (SND)
तारतम ज्योति महाराज
तारतम ज्योति महाराज
तारतम ज्योति महाराज
By अमृतानन्द पराजुली, (SND)
2021-08-28
तारतम ज्योति महाराज

Shree Navatan Dham (SND)

तारतम ज्योति महाराज जन्म बनेपामा भएको थियो ।
समाज सेवालाई सर्वोपरी महत्व दिने सन्तमा श्री तारतम ज्योति महाराजको नाम अग्रपङ्तीमा आउँछ । “तुम सेवासे पाओगे पार’ भन्ने सन्त वचनलाई उहाँले व्यवहारमा उतार्नुभयो । उहाँले सूरतमा श्रीकृष्ण प्रणामी मानव मन्दिर बनाउने कुरा सुनाउँदा अरूलाई उहाँका कुरामा विश्वास गर्न मुश्किल पर्दथ्यो । पछि उहाँले मन्दिर मात्र बनाउनु भएन, अस्पताल समेत बनाएर देखाइ दिनु भयो । यसबाट उहाँ कति कर्तव्य परायण, दृढ प्रतिज्ञ र सेवा प्रदायक सन्त हुनुहुन्थ्यो भन्ने करा बुभन सकिन्छ ।

तारतम ज्योति महाराजको जन्म नेपालको सोलुखुम्बु जिल्ला अन्तर्गतको यञ्चन गा.वि.स.मा विक्रम सम्बत्‌ २००८ सालमा भएको थियो । उहाँ सानै देखि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । उहाँ वि.सं. २०३० सालतिर कालिम्पोङमा गुरुजी मंगलदासजीले स्थापना गर्नु भएको मन्दिरमा पुग्नु भयो । त्यहाँ गुरुजीबाट उहाँले शिक्षा, दीक्षा दुबै प्राप्त गर्नुभयो । गुरुजीले त्यहाँ सेवा प्रदायक कार्यक्रम सञ्चालन गरेको देख्दा उहाँमा पनि सेवाकर्मलाई प्राधान्यता दिने प्रेरणा मिल्यो । वि.सं. २०४० तिर तीर्थयात्रा गर्ने क्रममा उहाँ महामङ्गलपुरी धाम जागनी पीठमा पुग्नु भयो । त्यस धाममा तत्कालीन आचार्य पदमा श्री १०० ठाकुरदास महाराज हुनुहुन्थ्यो । ठाकुरदास महाराजसँगको सान्निध्यमा रहँदा उहाँको सेवाभावी भावना अझै जागृत भएर आयो । सूरतको वेङरोडमा श्री कृष्ण प्रणामी मानव मन्दिर र अस्पताल स्थापना गर्ने उहाँले अठोट गर्नुभयो । त्यो शुभकार्यको शुभारम्भ उहाँले वि.सं. २०४२/४३ साल देखि नै गर्नुभयो । वि.सं. २०५७/५० तिर पुग्दा उहाँले अस्पतालको भवन निर्माण गरेर सञ्चालन गराएर छाड्नुभयो। तारतम ज्योति महाराजले तन, मन, धन लगाएर त्यो अस्पताल बनाउनुभयो । उहाँले चन्दा संकलन गरेर, आफ्नो निजी पुँजी समेत लगाएर त्यो अस्पताल बनाउनु भयो । उहाँले त्यो सेवा कार्यमा आफूलाई समर्पित नै गर्नुभयो । तर दुर्भाग्यवश त्यो अस्पताल पूर्ण रूपमा विकसित भएर सेवा प्रदान गरेको लामो समयसम्म उहाँले देख्न पाउनु भएन । वि.सं. २०६५ सालमा तारतम ज्योति महाराज त्यहीँ सूरतमा धामवासी हुनुभयो। सायद्‌ विधिको विधान यस्तै थियो । साठी वर्षको उमेर नपुग्दै उहाँले यो संसारबाट विदा लिनुभयो । तारतम ज्योति महाराजको पार्थिव शरीर हामी बीच नभए पनि उहाँले छोडेर जानु भएको श्री कृष्ण प्रणामी मानव मन्दिर र अस्पताल (Prannath Charitable Hospital )ले उहाँको नामलाई युग युग सम्म अमर राख्ने छ।
Enable Notifications    Subscribe No thanks