August 6, 2021, Fri, 11:08:52
By गोपालदास बादे, बनेपा, (SND)
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान
By गोपालदास बादे, बनेपा, (SND)
2021-08-06
नेपालमा कृष्ण भक्ति प्रचारमा व्यवधान

Shree Navatan Dham (SND)

काठमाडौँका भवानी साहुको सम्बन्ध बनेपाका वादे श्रेष्ठ परिवारसँग गाँसिएको थियो । बनेपा निवासी म गोपालदास श्रेष्ठकी फुफ्‌ जमुना, पिताजी भीमबहादुर वादे श्रेष्ठकी दिदी, काठमाडौँका भवानी साहुको बुहारी हुनुहुन्थ्यो । भवानी साहुले वि.सं. १९८४ भन्दा अगाडि नै नरदेवीको आफ्नै घरसँगै श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गरेर सो मन्दिर सञ्चालन गर्न एक वर्षमा एकसय मुरी अन्न आउने जग्गा मन्दिरको नाममा राखी दिनुभएको थियो । त्यस्तै भवानी साहुका भाइ रामदासले पनि काठमाडौँ किलागलमा अर्को श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गरेर त्यसलाई सञ्चालन गर्न पनि एक वर्षमा एक सय मुरी अन्न आउने जग्गा मन्दिरको नाममा राख्नु भएको थियो । नरदेवीको मन्दिरमा प्रणामी धर्मका प्रचारक परमहंस दयालदास महाराज आवत जावत गरी रहनु हुन्थ्यो । उहाँले पछि मन्दिरमै रहेर धर्मको प्रचार गर्नुभयो । भवानी साहुका दाजुभाइ पट्टिका छोरा चरणदास पनि त्यही मन्दिरमा बस्दथे । चरणदासले गुरुजी दयालदास महाराजसँग १२ वर्ष सम्म तारतम सागरको तालिम पनि लिए । पछि उनी लालची भएर निस्के । गुरुले सम्झाउँदा पनि नसम्िने भए । मन्दिरका सामान पनि हिनामिना हुन थाले। आखिर उनले भवानी साहुलाई विदेशी धर्म प्रचार गरेको भनेर मुद्दा लगाइ दिए । जमुनाको स्वामित्वमा रहेको मन्दिर घर तथा जग्गाको लागि हक दाबी गर्दै मुद्दा लगाए । श्री कृष्ण प्रणामी धर्मलाई विदेशी धर्म हो, मुसलमानी धर्म हो, प्रणामीहरू मूर्ति पूजा गर्दैनन्‌, यसको प्रचार नेपालमा हुनु हुँदैन भन्ने आरोप लगाइ मुद्दा लगाइएको थियो । मुद्दा चल्दा चल्दै सो मुद्दा बनेपाको मेरा पिताजी लड्डु गोपाल र बाँके विहारी कृष्णको पिताजी भीमबहादुरको घरसम्म पनि आइपुग्यो । मेरो बनेपाको ९ ३ वरामद गरिएका मर्ति घरको खान तलासी पनि लिइयो ।

बनेपाको घरको तलासी लिँदा घरमा पूजा गरी रहेका ग्रन्थ तारतम सागर र लख्छ गोपाल तथा बाँके विहारी कृष्णको गरी दुईवय मूर्ति समेत बरामद गरी लगियो । त्यसबेलामा मेरो उमेर ६, ७ महिनाको रहेछ। दाइ राजदास म भन्दा १५ वर्षले जेठो हुनुहुन्थ्यो । मुद्दाको अभिभारा मेरा पिताजीको काँधमा फ्यो। मुद्दाको तारेखलिन चौतारासम्म पुग्नुपर्ने भयो । पछि त्यो मुद्दा काठमाडौँमा स््यो । मुद्दा खेप्न काठमाडौँ सम्म पुग्नुपर्ने भयो । त्यो मुद्दा चल्दा मोहन शमशेर तात्कालीन लाठसाहेब थिए । उनले बाँके विहारी र बालगोपालको पूजा गरेको देखेपछि यो कृष्णको भक्ति गर्ने धर्म रहेछ भनेर प्रणामी धर्मलाई लागेको आरोप मेटाइ दिए । श्रीकृष्ण प्रणामी धर्मलाई विदेशी धर्म’ भनेर लगाएको आरोप लाठसाहेब मोहन शमशेरले मिथ्या हो भनेर वि.सं. १९८५ सालमा फैसला गरी दिए । कृष्ण प्रणामी धर्म प्रचार गर्ने छुट मिलेकाले यसको विस्तार, जिल्ला जिल्लामा क्रमिक रूपमा हुन थाल्यो । नरदेवी मन्दिरको जग्गाको स्वामित्वको मुद्दा भने चली नै रह्यो ।

गुरुको नाताले दयालदास महाराज पनि मुद्दामा तानिनु भयो। दयालदास महाराजले मुद्दाबाट सफाइ पाए पछि त्यसको सञ्चालनको जिम्मा युगलदासलाई दिनुभयो । युगलदासले काभ्रे जिल्लामा प्रणामी धर्मको प्रचार गर्नुभयो । वि.सं. १९९९ सालतिर काभ्रेका मुरली बाजेले धर्म ग्रहण गरे । उनका पुरेतले प्रणामी धर्म विदेशी धर्म हो, यसको प्रचार काभ्रे जिल्लामा भइ रहेछ, यसलाई रोको पाउँ भनी सरकारमा उजुर गरे । तत्कालीन राणा सरकारले काभ्रेको फूलबारी र काभ्रेको गाउँ कुशबाट २०० जना प्रणामी धर्ममा दीक्षित व्यक्तिलाई पक्रयो । युगलदास लगायत सबैलाई हतकडी लगाई नाङ्गै पाउ काभ्रेदेखि हिँडाएर काठमाडौँ तिर चलान गरियो । २०० जनाको झुण्डलाई बाटोमा हिडाउँदा माला जस्तो देखिँदा यी माले धर्म गर्ने हुन्‌ भनेर आरोप लगाइयो । बीचबाटोमा अर्थात्‌ बनेपामा भीमबहादुर वादे श्रेष्ठले सबैलाई खानपीन गराउनुभयो । काठमाडौँ पुगेपछि बाँधेको हतकडी फुकाइ छोडियो । केवल ४ जनालाई तारेखमा राखियो । पछि पूर्पक्ष हुँदा वि.सं. १९८५ को नजीरलाई दृष्टिगत गरी मुद्दाबाट सफाइ दिइयो।

युगलदास महाराजले वि.सं. २००३ तिर काठमाडौँमा कृष्णभक्तिको प्रचार गर्न थाल्नुभयो । मेरा दाइ राजदासले उहाँलाई पशुपति क्षेत्रतिर मन्दिर बनाउन जग्गा मिलाई दिने आश्वासन दिनु भएको थियो । युगलदास महाराजले भने डिल्लीबजार तिर नै मन्दिर एवं श्रीकृष्णप्रणामी सेवा समिति स्थापना गर्ने विचार गर्नुभयो । युगलदास महाराजको सक्रियतामा वि.सं. २०२३ सालमा श्रीकृष्णप्रणामी सेवा समितिको स्थापना भई आज वि.सं. २०७१ तिर आइपुग्दा यसले नेपालभर शाखा प्रशाखा खोलेर विशाल रूप धारण गरी सकेको छ। यसको श्रेय श्री युगलदासजी महाराजलाई जान्छ ।
Enable Notifications    Subscribe No thanks