August 29, 2021, Sun, 12:08:09
By पूर्णब्रह्म शास्त्री, सतना, (SND)
पं. गंगाप्रसाद अध्चिकारी
पं. गंगाप्रसाद अध्चिकारी
पं. गंगाप्रसाद अध्चिकारी
By पूर्णब्रह्म शास्त्री, सतना, (SND)
2021-08-28
पं. गंगाप्रसाद अध्चिकारी

Shree Navatan Dham (SND)

पं. गंगाप्रसाद अधिकारी वि.सं. १९८४ साल माघ १४ गते धुलिखेल, दाप्चामा जन्मेका थिए । यिनका पिता गोपाल प्रसाद कर्मकाण्डी पुरोहित थिए । गंगाप्रसाद ब्राद्यणीय संस्कारमा हुर्क। उनले घरमै आफ्ना पिताजीबाट प्रारम्भिक शिक्षा प्राप्त गरे । तिनताका सावाँ अक्षर जानेपछि दुर्गा कवच, चण्डी, रामायण, महाभारत आदि ग्रन्थ पढाइन्थ्यो । साथै पिताजीबाट उनले संस्कृत भाषा पनि थोर बहुत सिकेको बुझिन्छ । वि.सं. २००० साल अगाडि नै छोरालाई पढाउन भनि उनका पिताजी काठमाडौँ आइ चावहिलमा पुरानो घर किनेर बस्न थाले । वाल्यावस्थादेखि नै गंगाप्रसादलाई कथा, कीर्तन र वाद्यवादनमा विशेष अभिरुची थियो । आफ्ना पिताजीबाट संस्कृत शिक्षा समेत हासिल गरेका गंगाप्रसादले बनारस, काशीमा गएर संस्कृतको विशेष अध्ययन गरे । ४,५ वर्षको संस्कृत शिक्षाको अध्ययन पश्चात्‌ श्रीमद्भागवत अर्थ सहित वाचन गर्ने क्षमता उनले हासिल गरेँ । पं. बनेर उनी नेपाल फर्के । प. गंगाप्रसाद अधिकारी हिन्दी तथा नेपाली दुवै भाषामा गद्य र पद्य रचना गर्न सक्दथे । उनी हारमोनियम बजाएर भजन कोर्तन गर्दथै । पितृभक्त गंगाप्रसाद नेपाल फर्केपछि विवाह बन्धनमा बाँधिए । उनी भागवतका प्रख्यात वक्ताको रूपमा चिनिन थाले । उनी भागवत, अन्य पुराण, रामायण आदिको सप्ताह वा नवाहमा व्यस्त रहन्थे । गंगाप्रसादले सरकारी नोकरी पनि गरे । अड्डाको दैनिक कार्य सकेपछि उनी पुराण भन्न हिँडी हाल्थे । साइकल चढेर उनी धेरै तिरको कार्यक्रममा सरिक हुन्थे ।

काठमाडौँ डिल्ली बजारमा सरकारी नोकरी गरी रहेका गंगाप्रसादले वि.सं. १९९८ सालतिरै महात्मा म. बुगलदासबाट तारतम मन्त्रको दीक्षा पाएका थिए । निरंकुश एकतन्त्री राणा शासन कालमा प्रणामी धर्ममा हे प्रतिवन्ध लागेको हुँदा गंगा प्रसादले चाहेर पनि प्रणामी धर्म सम्बन्धमा केही गर्न सकेनन्‌ । वि.सं. २००७मा नेपालमा प्रजातन्त्र आएपछि गुरु युगलदासको प्रेरणा पाएर उनले “निजानन्द धर्म पद्धति’ नामक ग्रन्थलेखे । वि.सं. २००८ सालमा निजानन्द धर्म पद्धति छापियो । साथै उनले भजनको पुस्तिका पनि प्रकाशित गरे । पं. गंगाप्रसादले निजानन्द गाथा, गोपी गीत, श्रीकृष्ण भजन संग्रह जस्ता कृति प्रकाशनमा ल्याए । गंगाप्रसाद विरचित भजनमा अत्यन्त मीठा शब्दको चयन गरिएको छ । सद्गुरु देवचन्द्र र महामति प्राणनाथको छोटो जीवनी उनले गद्य पद्य मिश्रित लेखमा प्रस्तुत गरे । श्रीकृष्ण प्रणामी धर्म सम्बन्धमा गंगाप्रसादको त्यो ठूलो योगदान थियो ।

गृहस्थ आश्रममा रहेर गंगा प्रसादले एक हातले कर्मकाण्ड गरे भने अर्को हातले निजानन्द धर्मको प्रचारमा मद्दत गरे । जीवनका आखिरी दुई वर्ष जति उनी वानप्रस्थी भए । यसरी शुद्ध आहार विहारमा रही, भागवत्‌ शास्त्रको ज्ञान चर्चामा व्यस्त रही गंगाप्रसादले वि.सं. २०४४ मा इहलीला समाप्त गरे । उनले रचना गरेको भजन संग्रहबाट नित्यधून भनेर लेखिएको निम्न भजनलाई उद्धृत गर्दै संस्मरणको यो छोटे लेखलाई यहीँ विश्राम दिइन्छ।

कृष्णचन्द्र प्राणनाथ राजश्यामाकी जय ।
दीनबन्धु अक्षरातीत धामकी जय ।|
Enable Notifications    Subscribe No thanks