August 29, 2021, Sun, 49:08:26
By डा. तिलक चैतन्य, (SND)
पं. भवानी शंकर सापकोटा
पं. भवानी शंकर सापकोटा
पं. भवानी शंकर सापकोटा
By डा. तिलक चैतन्य, (SND)
2021-08-28
पं. भवानी शंकर सापकोटा

Shree Navatan Dham (SND)

पूर्व नेपालको इलाम बरबोटे ६ निवासी पं. भवानी शंकर सापकोटा (१९७४-२०६४) एक शालीन परिवारमा जन्मनु भएको हो । उहाँ पिता हीरालाल र माता अयोध्याका एक मात्र पुत्र हुनुहुन्थ्यो भने संस्कृत व्याकरण, ज्योतिष, भागवतका उद्भट्‌ विद्वान्‌ हुनुहुन्थ्यो । निम्वार्क वैष्णव समुदायमा दीक्षित भएर पनि प्रणामी समुदायमा ओमकारको विशद व्याख्या देखेर गुरुजी मंगलदासजीसँग शास्त्रार्थ गरी २०२५ सालमा श्री कृष्ण प्रणामी समुदायमा आवद्ध हुनुभयो । उहाँ अत्यन्त सरल स्वभाव तथा मृदुभाषी हुनुहुन्थ्यो भने ज्योतिष विद्यामा पारंगत हुनुहुन्थ्यो । तारतम वाणीको पनि उहाँमा राम्रो ज्ञान थियो । उहाँले आफ्ना जीवनकालमा ५०० भन्दा बढी मानिसको जागनी गर्नुभयो । उहाँका ३ भाइ छोरा पारिवारिक संस्कारित जीवन बिताइरहेका छन्‌ एक छोरा म डा. तिलक चैतन्य चाहीँ बेलायत अमेरिका लगायत अन्य देशमा पनि धर्म संस्कृतिको प्रचार गरी राखेको छु। पिताजीले वि.सं. २०५० को दशकमा भागवत राज नामक ग्रन्थ प्रकाशित गर्नुभएको थियो ।
Enable Notifications    Subscribe No thanks