August 29, 2021, Sun, 35:08:46
By सुश्री मालती ओझा, काठमाडौं, (SND)
पं. श्रीकृष्णमणिं दाहाल
पं. श्रीकृष्णमणिं दाहाल
पं. श्रीकृष्णमणिं दाहाल
By सुश्री मालती ओझा, काठमाडौं, (SND)
2021-08-28
पं. श्रीकृष्णमणिं दाहाल

Shree Navatan Dham (SND)

पं. श्रीकृष्णमणि दाहालको जन्म इलाम जिल्लामा भएको थियो ।
पं. श्रीकृष्णमणि दाहालको जन्म वि.सं. १९९१ सालमा नेपालको इलाम जिल्लामा भएको थियो| ं उहाँले वाल्यावस्थादेखि नै राम्रो पारिवारिक संस्कार पाउनुभएको थियो । कृष्णमणिजीका मामा, आचार्य श्री १०० धर्मदासजी महाराज हुनुहुन्थ्यो । दाहालजीलाई आध्यात्मिक खोजीको प्रेरणा पनि मावली परिवारबाट नै मिलेको हुनुपर्छ ।

इलाममा जन्मेका कृ्‌ष्णमणिजीको वाल्यावस्था भारतको आसाममा व्यतीत भएको थियो। किनभने, उहाँका मातापिता इलामबाट आसाममा बसाइँ जानुभएको थियो । कृष्णमणि दाहालजीले आफ्नै मामा आचार्य श्री धर्मदासजी महाराजबाट वाल्यकालमा नै तारतम मन्त्र ग्रहण गर्नुभएको थियो । जब दाहालजी युवावस्थामा प्रवेश गर्नुभयो, उहाँलाई आध्यात्मिक तत्वको बारेमा जिज्ञासा बढ्दै गयो । फलस्वरूप उहाँले गुजरातको जामनगरस्थित श्री ५ नवतनपुरी धाममा रहेर औपचारिक रूपमा आध्यात्मिक ज्ञान हासिल गर्न प्रारम्भ गर्नुभयो । नवतनपुरी धाममा आचार्यश्रीको साथमा रहेर सेवापूजा, बीतक, विराट, चर्चनी र तारतम वाणीको राम्रो अध्ययन गर्नुभयो । साथै उहाँले शास्त्र, संगीत र नाट्यकला सम्बन्धी अनुभव पनि जामनगरमा नै रहेर लिनुभयो । यसरी जामनगरमा चौतर्फी ज्ञान हासिल गरी दाहालजी धर्मप्रचारमा निस्कनुभयो । उहाँले सर्वप्रथम आफ्नो क्षेत्र आसाममा धर्मप्रचार गर्नुभयो ।

केही समय आसाममा धर्मप्रचार गरी कृष्णमणिजी आफ्नो परिवार सहित नेपालको चितवन जिल्ला अन्तर्गत पर्सौनीमा बसाइँ सरेर आउनुभयो । त्यसपछि उहाँको धर्मप्रचारको क्रम नेपालमा नै विस्तार हुँदै छ आयो । चितवनमा धर्मप्रचार तथा जागृति कार्यक्रम पश्चात्‌ कृष्णमणिजी रौतहटको नजरपुर जानुभयो । श्रीकृष्णप्रणामी मन्दिर नजरपुर २०३२ सालमा केन्द्रको शाखाको रूपमा दर्ता भएको थियो । श्रीकृष्णमणि ब्‌ दाहालले यस मन्दिरको सञ्चालक समितिको अध्यक्ष पदमा रहेर श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल हँ अन्तर्गतको पदीय जिम्मेवारी बहन गर्नुभएको थियो ।

यसै क्रममा नजरपुरबाट समितिको आव्हान अनुसार श्रीकृष्ण प्रणामी मन्दिर डिल्लीबजार काठमाडौं आउनुभयो । डिल्लीबजार मन्दिरमा रहेर केही समयसम्म काठमाडौँ आसपासका विभिन्न क्षेत्र धर्मप्रचारगर्नुभयो । यसैगरी काठमाडौंको पुल्चोक मन्दिरमा रहेर धर्मप्रचारको साथै मुठीदान, आर्थिक संकलन आदि कार्यहरूमा सक्रिय संलग्नता जनाउनुभयो ।

अन्त्यमा, काठमाडौंबाट बारा जिल्लाको सिमरामा गई श्रीकृष्ण प्रणामी मन्दिर सञ्चालन गर्नुभयो । कृष्णमणिजीले सिमरामा धेरै व्यक्तिहरूको जागृति समेत गराउनुभयो र वि.सं. २०५१ चैत्र शुक्ल चौथीका दिन आफ्नो इहलीला समाप्त गरी धाम तर्फ प्रस्थान गर्नुभयो ।

कृष्णमणिजी गृहस्थ सन्त हुनुहुन्थ्यो । उहाँकी धर्मपत्नी जानुका दाहाल श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुहुन्छ। उहाँका ३ छोरार २ छोरीहरू छन्‌ । जसमध्ये कान्छा छोरा चेतनमणि दाहालजीले हाल युवासन्तको रूपमा धर्मप्रचार गर्दै आएका छन्‌ ।
Enable Notifications    Subscribe No thanks