August 28, 2021, Sat, 58:08:34
By हरिप्रसाद बजगाँई , काभ्रे, (SND)
पं. श्रीकृष्ण प्रसाद सापकोटा (जुरैली पण्डित)
पं. श्रीकृष्ण प्रसाद सापकोटा (जुरैली पण्डित)
पं. श्रीकृष्ण प्रसाद सापकोटा (जुरैली पण्डित)
By हरिप्रसाद बजगाँई , काभ्रे, (SND)
2021-08-28
पं. श्रीकृष्ण प्रसाद सापकोटा (जुरैली पण्डित)

Shree Navatan Dham (SND)

पं. श्रीकृष्ण प्रसाद सापकोटाको जन्म काभ्रे जिल्लामा भएको थियो ।
श्रीकृष्ण प्रणामी मन्दिर होक्सेका संस्थापक श्री प्रेमदास महाराज पछाडि काभ्रेमा विद्वान्‌ पं. श्रीकृष्णप्रसाद सापकोय हुनुभयो । उहाँ प्रणामी धर्मको विस्तार र प्रवर्द्धन गर्ने श्रीकृष्ण प्रणामी मन्दिर होक्सेका प्रमुख संरक्षक हुनुहुन्थ्यो । उहाँको जन्म काभ्रेको होक्सेभन्दा दक्षिण पश्चिम दिशातर्फ पर्ने बल्थली भन्ने ठाउँमा भएको थियो ।

सानैमा धर्ममा दीक्षित भएर अध्ययनको निमित्त उहाँ भारतको जामनगर जानुभयो । जामनगरमा २-४ वर्ष वाणीको अध्ययन गरेपछि उहाँमा दर्शन शास्त्रपट्टि मन गएछ । वैदिक सनातनमा षटदर्शन अन्तर्गतको महर्षी गौतमको न्याय दर्शनको अध्ययन गर्न थाल्नु भएछ। २० वर्षको अध्ययनबाट वाणी र न्याय दर्शन सम्बन्धी ज्ञान हाशिल गरी उहाँ नेपाल फर्किनु भयो ।

त्यतिखेर प्रणामी मन्दिर होक्सेमा पूजारी पण्डितको अभाव भएकाले त्यहाँका सुन्दरसाथले उहाँलाई पण्डित/पूजारीका रूपमा नियुक्त गरे । त्यसमन्दिरमा उहाँले बसेर त्यस गाउँका बालबालिका र बृद्धबृद्धालाई परमधामको दिव्य खजाना बाड्नु भयो । उहाँका शिष्य मेची महाकाली जताततै छरिएका छन्‌ । उहाँले जीवन पर्यन्त धर्म प्रचारलाई ठूलो महत्व दिनुभयो । यो जगत मिथ्या हो, परमात्मा मात्र साँचो हो, कृष्ण मन्त्र मात्र मोक्षको साधन हो भन्ने सन्देश जीवनभर प्रचार गर्नुभयो ।

होक्से प्रणामी मन्दिर करिव १ दशक जति ठूलो संक्रमणबाट गुज्रेको थियो । त्यस्तो संकटकालीन अवस्थामा उहाँले त्यहाँका स्थानीय सुन्दरसाथलाई हातमा लिइ दिलो ज्यानले मन्दिरको संरक्षण गर्नुभयो ।

वि.सं. २०१५ सालमा होक्से श्रीकृष्ण प्रणामी मन्दिरमा पूजारीको रूपमा नियुक्त भइ २०४५ सम्म उहाँले मन्दिरको चल/अचल भौतिक सम्पत्तिको संरक्षण र विस्तारमा ठूलो योगदान पुन्याउनु भयो । उहाँको धाम गमनपछि पनि उहाँ प्रणामी र सम्पूर्ण वैदिक सनातनी जगत्मा चम्किलो तारा झैं चम्किरहनु भएको छ।

ठूला-ठूला धर्म सभामा गएर निर्धक्क र निडर भएर आफ्ना भनाइहरू सारगर्वित ढंगले राख्न सक्ने उहाँको प्रमुख विशेषता थियो । गहुँ गोरो वर्ण, तेजयुक्त मुखमण्डल, लामो कद यस्तै उहाँको शारीरिक बनावट थियो।

धर्म प्रचारकै शिलशिलामा गोर्खाको आँवु खैरेनीमा ७ दिने पारायण गरी कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा काठमाडौं सुन्धारामा आइपुग्दा उहाँ एकाएक ब्रह्यलीन हुनुभयो । त्यो वि.सं. २०४५ पौष २३ गते कृष्ण चर्तुदशीको दिन थियो । उहाँको धामगमन पश्चात्‌ प्रणामी मन्दिर होक्सेले आजसम्म उहाँजस्तो विद्वान सन्त पाउन सकेको छैन ।
Enable Notifications    Subscribe No thanks