August 8, 2021, Sun, 09:08:08
By हरिप्रसाद बजगाँई, (SND)
पं. श्री दिंलदास तिमल्सिना
पं. श्री दिंलदास तिमल्सिना
पं. श्री दिंलदास तिमल्सिना
By हरिप्रसाद बजगाँई, (SND)
2021-08-08
पं. श्री दिंलदास तिमल्सिना

Shree Navatan Dham (SND)

काभ्रे पलाञ्चोक जिल्लाको महाभारत श्रृंखलामा ढुंखर्क भन्ने स्थान छ। सो स्थानमा जन्मी हुर्की, बढी त्यहाँको हावा, पानी, माये, ढुंगासँग रम्दै खेल्दै गरेको एउय सुन्दर शालीन बालक युवावस्थामा पुग्दछ र त्यसले प्रणामी धर्म दर्शनको अध्ययन गरी काभ्रेको सबै ठाउँमा पुगी जवानी अवस्थादेखि धामगमन पर्यन्त श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा सम्पूर्ण जीवन समर्पण गर्दछ । त्यो व्यक्ति काभ्रेका प्रणामीको मनभित्र बस्न सफल हुन्छ । त्यस व्यक्तिको नाम हो दिलदास तिमल्सिना ।

दिलदास ढुंखकमा जन्मे र किशोर अवस्थामा विभिन्न तीर्थमा गई वाणीको अध्ययन गरी फर्क पश्चात्‌ प्रतिबद्ध भै धर्म प्रचारमा लाग्नुभएको कुरा जग जाहेर छ। उहाँ मृदुभाषी, शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो । उहाँको प्रभाव खासगरी खोपासीको दक्षिण भेगमा रह्यो । उहाँले त्यस क्षेत्रमा धर्म जागरण अभियानमा आमूल परिवर्तन ल्याइदिनुभयो । जीवन पर्यन्त धर्म प्रचार गरी पं. दीलदासले इहलीला समाप्त गर्नुभयो ।
Enable Notifications    Subscribe No thanks