August 8, 2021, Sun, 27:08:23
By अमृतप्रसाद खरेल, (SND)
परमधामवासी अमरदास शर्मा (खरेल)
परमधामवासी अमरदास शर्मा (खरेल)
By अमृतप्रसाद खरेल, (SND)
2021-08-08
Shree Navatan Dham (SND)
परमधामवासी श्री अमरदास शर्मा (खरेल)को जन्म
कालेम्पोङ्ग जिल्ला अन्तर्गत प्यामलिङ्ग बस्तीमा इ.सं. १९०४
(वि.सं. १९६१)को कृष्ण जन्माष्टमीकै दिन पिता प्रेमदास
खरेलर माता जानुको देवी खरेलको गर्भबाट प्रथम पुत्ररतनको
रूपमा जन्म भएको हो । अमरदास शर्मा (खरेल)ज्यूको दीक्षा
गुरु राजबाई माताजी हुनुहुन्थ्यो । उहाँका माता पिता नेपालको
काभ्रेपलान्चोक जिल्लाबाट बसाइँ सराइको क्रममा नेपालको
पूर्वाञ्चल ताप्लेजुङ्गको खेवाङ्ग पुगी बसोबास गर्न लाग्नुभयो ।
ठूलो संयुक्त परिवार हुनाको कारणले त्यसको भरण पोषणको
समस्या हुँदा त्यहाँबाट पनि भारतको पश्चिम बंगाल अन्तर्गतको
प्याम्लिङ बस्तीमा गइ बस्नुभयो । केही वर्ष त्यहाँ बिताएर पुनः सपरिवार जिल्ला जलपाईगुढी स्थित मादरीहाट खयरबारीमा
जानुभयो । मादरीहाटमा आइ उहाँहरूले खेतीयोग्य प्रशस्त जमिन
खरिद गर्नुभइ आफ्नो गृहस्थी सम्हाल्नुभयो । त्यसै बेला उहाँको पिताजीको धामगमन भयो । माता
जानकोदेवी दुई पुत्र अमरदास र वनमालीदास खरेललाई लिएर दार्जिलिङ आउनुभयो । दुवै दाजुभाई
मिलि ठेक्का पट्टाको काम गर्न थाल्नुभयो । उहाँहरूको परिश्रम र श्री राजजीको कृपाले ठेक्का पट्टामा
बढोत्तरी भइ प्रथम श्रेणीका ठेकदार हुन पुग्नुभयो । उहाँ अति नै तीक्ष्ण बुद्धिको हुनुहुन्थ्यो । उहाँ सामाजिक
साथै धार्मिक क्षेत्रमा पनि खुबै रुची राख्नु हुन्थ्यो । यसै क्रममा उहाँ दार्जिलिङ्ग जिल्ला काँग्रेस कमिटिको
अध्यक्षमा र म्युनेसिपल कमिसनरमा पनि चुनिनु भयो । उहाँको कार्यशैली धेरै नै प्रभावकारी थियो । गाउँ
बस्तीमा हाइ स्कूल खोल्नु भएको थियो । उहाँका ८ छोरा र ४ छोरीहरू थिए ।
उहाँले कालेम्पोङ्गको श्रीकृष्ण प्रणामी धर्म सभाको सभापति भएर धेरै महत्वपूर्ण काम गर्नुभएको थियो । दुई दाजुभाइ मिली पद्मावतीपुरी धाममा चनाको सेवा पनि गर्नुभयो । दुई दाजुभाइ मिली प्रणामी समाजलाई ठूलो गुण लगाउनुभएको थियो । त्यतिखेर प्रणामी समाजमा वाणी छाप्न पूर्ण रूपले बन्देज थियो । वाणीलाई छापाखानामा लगियो भने अनादर हुन्छ भन्ने सोच थियो । तापनि उहाँहरूले वाणीकोचौपाई मात्र लिएर वि.सं. २०१३ सालमा “प्रेमपाठ” नामक १५०० चौपाईद्वारा सुसज्जित ग्रन्थ प्रकाशनमा ल्याउनु भयो। यही नै प्रणामी समाजमा वाणीलाई लिएर छापिएको सम्भवतः पहिलो ग्रन्थ हुन गयो। तत्काल “प्रेमपाठ” प्रकाशनले समाजमा धेरै विरोध निम्त्यायो तर राम्रो काम भएकोले महामतिकै अनुकम्पाले सबै प्रकारका विरोध साम्य भए। यस पश्चात नै वाणी प्रकाशनले गति लियो । केही वर्षको अन्तरालपछि मात्र इलाहाबादबाट सन्त मोहन मुकुन्द महाराजको संयोजकत्वमा १८,७५० चौपाईको सम्पूर्ण स्वरूप साहेब ग्रन्थ छपाएर सुन्दरसाथ समक्ष प्रचार गरियो ।यस प्रकारले धार्मिक र सामाजिक काम गर्दा गर्दै इ.सं. १९९० (वि.सं. २०४७) को जनवरी महिनामा उहाँको धामगमन भयो ।