July 31, 2021, Sat, 23:07:04
By सुधाम के.सी, (SND)
परमात्मालाई प्राप्त गर्ने पाँच उपाय
परमात्मालाई प्राप्त गर्ने पाँच उपाय
परमात्मालाई प्राप्त गर्ने पाँच उपाय
By सुधाम के.सी, (SND)
2021-07-31
परमात्मालाई प्राप्त गर्ने पाँच उपाय

Shree Navatan Dham (SND)

श्री कृष्ण प्रणामी युवा परिषद्‌ नेपाल

हामी त तिनै ब्रह्मात्माहरू हौं, तिनै ब्रहमाङ्गना हौँ, परमधामका । आफ्नो प्रेमको बढाइ गरेर, यस तिलस्मी मायावी
संसार हेर्ने जिद्दी गर्ने हामी नै त हौं । हाम्रै चाहनाले त परमात्माले यस असत्‌ू, जड, दुःखी संसारमा पठाउनु
पर्यो । परिणाम के भयो ? प्रथम त आफैलाई भुल्यौं, निजघर परमधामलाई बिस्यौँ आफ्ना आत्माका आधार
धनीजी परमात्मालाई भुल्यौं, मूलमिलावामा परमात्मासंग गरेको बोलकबोल पनि भुल्यौं । हामी यहीँकै भयौं अर्थात
संसारी भयौं, विषयी भयौँ, असत्लाई सत्‌ र सत्लाई असत्‌ देख्न थाल्यौँ । मायामै रमाउन थाल्यौं । क्षर, अक्षर
जगतभन्दा करौडौ कोस यढा परमधाममा रहे पनि आफना आत्माहरूलाई परमात्मा श्री कृ्‌ष्ण-श्री राज पलभर
पनि भुल्न सक्नुहुन्न । सदा आफा प्यारा आत्माहरूको योग-क्षेम बहन गरिदिनुहुन्छ । यस्ता महान्‌ परमात्मा
श्री कृष्ण अक्षरातीत उत्तम पुरूष सर्वव्यापी, सर्वशक्तिमान एवम्‌ सर्वञ्च हुनुहुन्छ, असीम, अपार अनि अतुलनीय
पनि हुनुहुन्छ । तेत्तीसकोटि देवीदेवता जसका भित्र समाहित छन्‌ र रातदिन उनकै ध्यान गर्दछन्‌, यस्ता एकेश्वर
परमात्माको अस्तित्वको पहिचानको लागि अब हामी आत्माहरूले आफूलाई उहाँको समक्ष पूर्ण समर्पण गरेर
अनन्य प्रेमलक्षणा भक्तिको साथ प्रेमरूपी महासागरमा बारबार डुबुल्की लगाउनु पर्नेछ । कारण परमात्मा नै प्रेम र
प्रेम नै परमात्मा हो । आफनो हृदयलाई स्वच्छ, निर्मल र सधैं पवित्र राख्नु पर्दछ किनकी हाम्रो पवित्र दिल हृदय
त परमात्माको निवास र मन्दिर हो । हामीले आफ्नो हृदयलाई परमात्माको मन्दिर बनाउनुपर्छ, तब मात्र प्रभुको
सामीप्यता प्राप्त हुन सक्छ । वाणीमा प्राणनाथ प्रभुले भन्नु भएकै छ :

अरस तुमारा मेरा दिल है, तुम आये कये आराम ।

सेज बिछाक रुच-रुच के, यही तुम्हारा विश्राम ।।

(मेरो दिल र हृदय त हजुरको परमधाम हो । हजुर यही दिलरूपी धाममा आएर आराम गर्नुहोस्‌ । यहीं मैले
आनन्दरूपी नरम नरम रूचिकर बिछ्यौना तयार गरेको छु, हजुरको विश्रामस्थल यही नै त हो ।) हामीलाई सदा
महसूस हुनुपर्छ- हामी उहाँमा छौँ, उहाँ हामीमा हुनुहुन्छ -हानै दिल परमधाममा । संसारमा आइसकेपछि संसारी
भैसकेपछि अझै पछुतो लागेन हामीलाई । आफ्नै घरमा फर्काउन परमात्मा तरह तरहले हामी सामु प्रकट हुनु
भएको छ । तर हामीलाई बिश्वासै छैन । सद्गुरू भएर आउनुभयो, तारतम भएर आउनु भयो, ब्रहमवाणी तारतम
सागरमा उत्रिनु भयो । प्राणनाथ बनेर पनि आउनुभयो हामीलाई जगाउन, हामीलाई ब्युँझाउन, हामीलाई परमधाम
फर्काउन । अब हामी अज्ञानको निद्राबाट जाग्नुपर्छ । आफ्नै घर चिनेर आफ्नै मालिक चिनेर आफैंलाई नै पहिचान गरेर
आफ्नो निजघरको यात्रामा होम्मिनुपर्छ । प्राणनाथ स्वामी तारतम वाणी अन्तर्गत किरन्तन ग्रन्थमा परमात्मा प्राप्त गर्ने
पाँचवय उपाय यसरी आफ्ना आत्माहरूलाई संझाउदै भन्नुहुन्छ-

महामत कहेँ इमान इसककी, सुकर गरीबी सबर ।

इन विध रुहेँ दोस्ती धनीकी, प्यार कर सके त्यों कर ।।

(श्री महामति प्राणनाथ भन्नुहुन्छ- विश्वास, प्रेम, कृतज्ञता, नम्रता, धैर्यर सन्तोष ग्रहण गरेर ब्रहमात्माहरूले

परमात्मासंग प्रेम गर्न सक्छौ भने गर ।)

१. इमान (विश्वास), २. इस्क (प्रेम) ३. शुकर (कृतज्ञता) ४.गरीबी (विनम्रता) र ५.सबर ( धैर्य/सन्तोष )-यी
पाँचलाई आफ्नो जीवनमा अवलम्बन गर्न सक्ने उत्तम आत्माहरूले नै ती परमात्मालाई प्राप्त गर्न सक्छन्‌ ।
परमधाम फर्कन हामीले यी उपायलाई आफ्नो आचरणमा दैनिन्दिन उतार्नै पर्छ ।

१. इमान अर्थात विश्वासः परमात्मा प्रति अटल विश्वास राख्नै पर्छ । यो विश्वासबिना प्रभुको निज स्थान
परमधाम सहजै पुग्न सकिएला र ? देवीदेवताहरूलाई जसको दर्शन दुर्लभ छ, उनको मेहेर प्राप्तिबारै
यो संभव छ । यो मायावी, तिलस्मी संसारबाट अलग रहेर हाम्रो सारा ध्यान परमात्मामा लगाएर उनका
चरणतलमा समर्पित हुन सके उनको कृपा जरूर हुनेछ । परमात्माबाहेक अरू सबै व्यर्थ बुझनुपर्छ । यही
श्रद्धा, उनीप्रतिको निष्ठा र विश्वासले नै उनको सामीप्यता दिलाउँछ । “विश्वास सर्वत्र फलति ।”

२. इस्क अर्थात प्रेम : प्रेम-यो शब्द आफैमा महान छ जसको वर्णन यो संसारी जिब्रोले हुन सक्दैन ।
परमात्माबाट प्राप्त हुने यो प्रेमको उपहार सबैलाई सुलभ नहुन सक्छ । यो परम गुह्य अनि अनमोल छ,
जसक तुलना हुनसक्तैन । मनलाई पवित्र राख्ने र आत्मालाई प्रेमले भरपुर बनाउने नाम नै धर्म हो । प्रेमको
स्वरुप नै हो परमात्मा । प्रेम र बह्म फरक होइन, एकै हो । यसलाई मनन गरेर एउटा पतिव्रता नारीले मैं
केवल एक मात्र प्राणपतिलाई आफ्नो अन्तस्करणमा सजाएर आराधना गर्नुपर्छ । यस्तो दृढ भावना, यस्तो
आशक्ति हुनुपर्छ कि प्रभुको प्रेमबिना सब व्यर्थ लागोस्‌ । राधा र कृष्णको जस्तो प्रेम । जुनसुकै बेला किन
नहोस्‌ गोपीहरूको जस्तो प्रेम हुनुपर्छ । कृ्‌ष्ण कृष्ण भनेर कहिल्यै नथाकौं, सदा मनमा राखौं, आफ्नै दिलमा
सजाऔं । कारण

मेरे मौठे बोल साथजी हुआ तुम्हारा काम ।
प्रेमै मे मगन होइए, खुल्या दरबाजा धाम ।

3. शुकर अर्थात कृतज्ञता : परमात्माप्रति हरहमेशा हामी कृतञ्ञ हुनुपर्छ । परमात्माले जुन श्रेष्ठ मानव तन दिनु
भएको छ, त्यो भन्दा सुन्दर कृपा अरु हुनै सक्तैन । पलपलमा उनीप्रति कृतज्ञता प्रकट हुनुपर्छ । यही तनबाहेक
अन्य चोलाबाट परमात्मा र परमधाम पाउन सकिने अवस्था छैन । हामी यस प्रपंचमय संसारमा मायाको
खेल हेर्नका लागि आयौँ । परिणाम यही संसारकै भएर रह्यौं । यति हुँदा पनि परमात्माको प्यार हमेशा
पाइनै रह्यौं । आफ्ना आत्माहरूका हरेक आवश्यकता र इच्छा पूर्ण गर्न उनी सदैव चिन्तित रहन्छन्‌, तत्पर
रहन्छन्‌ । हाम्रो जीउने मार्ग देखाउँदै रहे, हामीबाट केही मागेनन्‌ । यस्ता दयालु परमात्माप्रति सच्चा श्रद्धा,
भक्ति र प्रेमसहित कृतज्ञ रहनु हाम्रो धर्म र कर्तव्य दुवै हुनुपर्छ । हर श्वाँसमा उनको नामको जप लगाउँदै
आभार प्रकट गरिरहनुपर्छ ।

४. गरीबी अर्थात विनग्रता : नम्रतामा सृक्ष्मता छ । अहंभाव छैन त्यहाँ । यो पानी जस्तै छ, धूलो जस्तै छ,
जतापनि छिर्न सक्छ, जोसंग पनि यँसिन सक्छ । धरतीमा सदा विनम्रताका साथ रहनु रेणु (रजकण)
समान, सीधा-सादा, सरल, स्वच्छ एवम्‌ अहंकारहित हुनैपर्छ । नाम, ज्ञान प्रतिष्ठा , बडप्पन, धन-सम्पत्ति,
वैभव यश, शक्ति, सौन्दर्य, जवानी सबै केही दिनका हुन, क्षणभंगूर छन्‌ । यी सबै संसारबाटै प्राप्त भै
संसारमै छोडेर जानु पर्नेछ, साथमा लान पाइने होइनन्‌ । सन्त भन्दछन्‌ लघुता से प्रभु मिले, प्रभुता से
प्रभु दूर । जोसंग सानो पन छ, विनम्र भाव छ , त्यसैले त प्रभुको प्रेम र सामीप्यता प्राप्त गर्छ । तसर्थ
सन्त गुरूजन तथा सुन्दरसाथ एवम्‌ भक्तजन प्रति सेवाभावसहित विनप्र व्यवहार गरौं र कहिल्यै अभिमान
नदेखाऔं । प्राणनाथ प्रभुले यसलाई अझ प्रष्ट पार्दै वाणीमा भन्नुभएको छ-

ज्यो ज्यो गरीबी लिजिए साथ में, त्यों त्यों धनीको पाइये मान ।

अब दो घडी रहो साथ चरने, होय रहियो तुम रेणु समान ।

गरीबी अर्थात दीनभावलाई महान पदार्थ स्वीकारेका छन सन्तहरूले ।

५. सबर अर्थात सन्तोष र धैर्य

प्राणनाथज्यूको हामीलाई उपदेश छ- हर मानवले प्रसन्न चित्त भएर सन्तोषरूपी
कवचलाई पहिरिनु पर्दछ । सन्तोषभन्दा अर्को सुख छैन्‌ । ना सन्तोषात्‌ परम्‌ सुखम्‌ । आफ्नो भाग्य पुरूषार्थ
अनुरूप प्राप्त भएको वस्तुमा सन्तुष्ट रहनु पर्दछ । यथा लाभ सन्तुष्ट; । इच्छाको कामनाको भयाङ चढदै जाने
हो भने चढ्ने काम अधुरै रहन्छ । इच्छारुपी पहाडको थिचाइ र भारले मुक्त हुन सकिन्न र संसारी भै भवसागरमा
गोता खाने अवस्था सिर्जना हुन्छ । धन लोलुपताबाट आफूलाई दढे राखौं । आफ्ना मनोकामनालाई सदैव
कम गरै सांसारिक वस्तु जसलाई यहीं छोडन छ, त्यो परमात्मासंग कदापि नमागौं, माग्नु नै छ भने उनको
प्रेम नै मागौं, दया नै मागौंँ । प्राप्त सुख-दुख दुबै प्रभु प्रदत्त ठानेर खुशीखुशीले स्वीकार गरौं, प्रभुप्रति सदैव
सहज भाव राखौँ । कारण हामीले आफूलाई परमधाम जान योग्य पात्र बनाउनु छ । मानव देह अखण्ड फल
पाइए मतलब मानव जीवनको अखण्ड एवम्‌ मुख्य ध्येय (लक्ष्य) परब्रहम परमात्मा एवम्‌ परमधाम प्राप्ति
हो । चौरासी लाख भवचोला पार गरेर प्रभुको कृपाले प्राप्त भएको यो अति उत्तम मनुष्य तन व्यर्थमा खेर
नफालौँ । यही तनले अखण्ड फल प्राप्त गर्नु छ । त्यो महान, उत्तम, अविनाशी फल प्राप्त गर्ने आधार यी पाँच
उपायहरूलाई जीवनमा उतारेर धन्य धन्य बनौं ।

Enable Notifications    Subscribe No thanks