August 29, 2021, Sun, 36:08:33
By पं. हेमप्रसाद दाहाल, काठमाडौं, (SND)
प्ररमहंस श्रीयुगलदास महाराज
प्ररमहंस श्रीयुगलदास महाराज
प्ररमहंस श्रीयुगलदास महाराज
By पं. हेमप्रसाद दाहाल, काठमाडौं, (SND)
2021-08-28
प्ररमहंस श्रीयुगलदास महाराज

Shree Navatan Dham (SND)

1. महात्मा श्रीयुगलदास महाराजका पितापुर्खाको जानकारी
युगलदास महाराजको जीवनी र योगदान विषयक लेख तयार | ‘ गर्दा सर्वप्रथम उहाँका पितापुर्खाको श्रीकृष्ण प्रणामी धर्ममा प्रवेश र नज पवियाकुरर संहि जानकारी हुने ठानेर उहाँका पुर्खाको बारेमा यहाँ केही उल्लेख गरिएको छ।

नेपालको राणाकालीन शासन व्यवस्थामा राणाहरूले ब्राहमणहरूलाई निकै श्रद्धा गर्दथे । ब्राहमणलाई भूमिदान दिएर पूण्य गरेपछि राम्रो फल मिल्दछ भन्ने विश्वास राणाहरूमा थियो। वि.सं.1840 तिर एक जना सन्त घुम्दै काभ्रे जिल्लाको फूलवारी बुच्चाकोटमा आई त्यहाँका तिमल्सिना परिवारलाई श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित गराएको बुझिन्छ। पछि त्यही तिमल्सिना परिवारमा युगलदास महाराजको जन्म भएको रहेछ । एक दिन फूलवारी बुच्चाकोट निवासी दामोदर तिमल्सिना नामका एक प्रणामीलाई तत्कालीन राजाले साइत हेरिदिनू भनि अद्वाएछन्‌ । दामोदर ज्योतिषले साइत हेरिदिएपछि राजाको कार्य सिद्धि भएछ। फलस्वरूप , राजा अति खुसी भएर दामोदर तिमिल्सिनालाई विर्ता (भूमिदान) दिनका लागि स्थान रोजभन्दा काभ्रे जिल्लाको हालको दाप्चा भन्ने ठाउँमा खुक्रीको दापको निशाना राखी दिनभर घुमेर उनी त्यसै निशानामा आएछन्‌ । त्यही दिनभर घुमेको जग्गा उनले (विर्ता) भूमिदानको रूपमा पाएका रहेछन्‌ । त्यसै समयदेखि त्यो ठाउँको नाम दाप्चा बन्न पुगेको हो भन्ने जनविश्वास छ।

त्यसपछि दामोदर तिमल्सिना त्यही स्थान दाप्चामा घर बनाइ बस्दै आएका रहेछन्‌ । दामोदरजी पश्चात्‌ श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित उनका पुत्र पूर्ण ज्योतिष शास्त्रमा प्रख्यात भएछन्‌ । आफ्ना पिता पूर्णज्योतिषको नेतृत्व लिँदै ब्रहमज्योतिषले धर्मको कामलाई अगाडि बढाएछन्‌ । तिमल्सिना परिवारमा धर्मको क्रमिक विस्तार हुँदै आउँदा चौथो पुस्तामा ब्रह्यज्योतिषका सातजना छोराहरू जन्मेछन्‌ । ठूलो परिवारका कारण सन्तान हुर्काउन मातापिताले निकै मेहनत गर्नु परेछ । त्यससमयमा आयआर्जनको मुख्यपेशा खेतीकिसानी तथा पशुपालन नै थियो । ब्रहमज्योतिषले हरियाली चरनयुक्त समथर ठाउँ भएको हुनाले ढुङ्खर्क भन्ने गाउँमा गोठ राखी छोराहरूलाई पशुपालन पेशामा लगाई आयआर्जन गर्ने योजना गरे अनुसार छोराहरूले ढुङ्खर्कमा गाईगोठ राखी दूध दही उत्पादन गर्न थालेछन्‌ । नेपाल भाषामा ‘ढ्वाः शब्दले बाघ भन्ने बुझाउँछ, त्यस स्थानमा बाघ लाग्ने भएकोले पछि त्यस गाउँको नाम नै ढुङ्‌खर्क हुन गएछ। यसरी ढुङ्खर्कमा गोठ राखेर ब्रहमज्योतिषको छोराहरूले आलोपालो गरी गाईभैँसीको पालनपोषण तथा आफ्नो जीविका आर्जन गर्दै आएका रहेछन्‌ ।

2. महात्मा श्री युगलदास महाराजका पिता तथा काकाहरूबीचको आध्यात्मिक संवाद एक समयको कुरा हो , ब्रहमज्योतिषका सात जना छोराहरू पालैसँग गोठको रखवारी गर्दैरहेछन्‌। एकपल्ट साहिँला, काहिँला र जन्तरे यी तीन भाइको गोठ बस्ने पालो रहेछ। काहिँला र जन्तरे भाइलाई गोठमा राखेर साहिँला दाजु सामल लिन घरमा गएको बेलामा दुई दाजुभाइले गोठमा बेलुकाको खानपिन सकेर गोप्य सल्लाह गर्न थालेछन्‌ । उनीहरू बीचको सम्वाद यस्तो रहेछ।
जन्तरेः काहिँला दाइ, हामी सधैँ यही गोठको धन्दा मात्र गरेर कति बस्ने ? के यसरी हाम्रो आत्माको उद्धार हुन सक्ला र ?
काहिँलाः किन र बाबु, यस्तो आश्चर्यको कुरा गत्यौ नी ? जन्तरे काहिँला दाई, अस्ती हाम्रा कान्छा बुबाको गुरुज्यूले कथा सुनाएको दिनदेखि मेरो मन परिवर्तन हुँदै आएको छ। यस्तो कुरा मैले कोसँग गरुँ ? वास्तवमा आफ्नो आत्माको उद्धार गर्नेतर्फ आफू नै लाग्नुपर्दछ। यो जीवनमा बाचुञ्जेल जति काम गरेपनि आखिर धर्मको काम गर्न सकिएन भने मानिस भएर जन्मेको खेर जान्छ। त्यसैले हामीले समयमै ध्यान पु्याउनु पर्दछ।
काहिँलाः हो भाइ ! सम्झेर ल्याउँदा, मलाई पनि यसरी गाइभैँसी मात्र पालेर बसिरहन कहाँ मन छर ? तर के गर्ने, कता जाने ? हामीसँग न त धन छ, न त कुनै तीर्थ या धामका साधु महात्माहरूलाई हामीले चिनेका छौँ। फेरि हाम्रो कुलमा कसैले घर छाडी हिँडेको पनि छैन, कुलको धर्म छाड्नु हुँदैन भन्दछन्‌ ।
जन्तरे; त्यो त स्वार्थी पुरोहितहरूले भनेका हुन्‌ । के आत्माको उद्धार गर्दा कुलको धर्म जान्छ ? बरु यही हामीले प्राप्त गरेको श्रीकृष्ण प्रणामी धर्मको बारेमा अध्ययन गर्न जाउँ, शास्त्र पढौँ , विद्या सिकेपछि सबै काम गर्न सजिलो हुन्छ। हाम्रो धर्मको नियम र सिद्धान्त पनि बुभन पाइन्छ। (यत्तिकैमा घरमा सामल लिन गएका साहरिँला दाजु आइपुग्दछन्‌ र भन्दछन्‌ ।)
साहिँछाः भाइ हो ! तिमीहरू के कुरा गर्दैछौ ?
काहिँलाः खै दाजु, खासै त्यस्तो केही कुरा गरेका छैनौं । यसै घरव्यवहारको गन्थन गरी बसेका हौं।
साहिँलाः मैले तिमीहरूका सबै कुरा सुनिसकें । ढोका बाहिरबाट तिमीहरूका कुरा सुन्दा अति रमाइल लागेर मैले पनि यसैमा सहमत जनाउन हतार हतार ढोका ढक्ढक्याएको हो ।
जन्तरे; दाजु, हामीले विद्याभ्यास गर्न एवं धर्मशास्त्रको अध्ययन गर्नका लागि कतै जाउँकी भन्ने विचार गरेका हौं ।
साहिँलाः कुरा त साह्रै राम्रो हो। मलाई पनि पहिले देखि नै यस्तो खुल्दुलीहरू लागिरहन्थ्यो । आजभोली तिमीहरूमा पनि यस्तै भावना जागृत हुन थालेछ। जान त हुन्थ्यो तर हामीसँग खर्च छैन। बीच बाटोमा आपत्ति पर्न सक्छ ।
जन्तरे; घरको साँचो फेला पार्न पाए मैले जानेको थिएँ।
साहरिँला;ः लौत, अब यो काम तिम्रै जिम्मा भयो । अरू बन्दोबस्त म मिलाउँला ।
काहिँलाः साहिँला दाइ ! बरु एउट उपाय गरौं न । हामीले अहिलेसम्म दुःख गरी जम्मा गरेका घिउका ‘टिनहरू सहरमा लगेर बिक्री गरी त्यही खर्चले यात्रा सुरु गरौँ ।
साहिँलाः काहिँलाले पनि राम्रो सल्लाह दियो । त्यस्तै गर्नुपर्छ -सर्पपनि मर्ने लठ्ठी पनि नभाँचिने ।

३. महात्मा श्री युगलदास महाराजका पितासहितका तीन दाजुभाइ आत्म कल्याणको खोजीमा
यसरी तीन दाजुभाइहरूले घर छोडेर निस्कने गोप्य सल्लाह गरेपछि गोठका गाईभैँसी छिमेकोलाई हेरिदिनु भनि साइत हेरेर बिहानीको मिमिरिमा परमात्माको स्मरण गरी खोपासी, पनौती, बनेपा, साँगा, भादगाउँ, हुँदै काठमाडौँ पुगेर काशीतर्फ लागेछन्‌ । काशीमा केही समय अध्ययन गरेपश्चात्‌ त्यहाँको वातावरण आफ्नो स्वधर्मको अध्ययनका लागि अनुकूल नभएको र अन्य व्यवस्थापनमा पनि कठिनाइ परेको हुँदा तीनै जना दाजुभाई

काशीबाट पटनातर्फ लागेछन्‌ । पटनाको श्रीकृष्ण प्रणामी मन्दिरमा पुगी पण्डित श्री संपतदास महाराजसँग भेट गरेछन्‌ । सोही मन्दिरमा रहेर संपतदास महाराजसँग वाणीको अध्ययन गरेछन्‌ । तीन दाजुभाइमध्ये साहिँला दाजु दयालदासजीले ब्रह्मचर्यको फकिर भैष धारण गरेछन्‌ । पुनः केही समय गुरुजी श्रीसंपतदाससँग रही उहाँकै सल्लाह बमोजिम बम्बई हुँदै श्री ५ नवतनपुरी धामतर्फ यात्रा अगाडि बढाएका रहेछन्‌ ।

४, युगलदासजी महाराजका पिताहरू नवतनपुरीमा
दयालदासका साथमा काहिँला र जन्तरे भाइहरू पनि श्रीकृष्ण प्रणामी धर्मको आद्य पीठ श्री ५ नवतनपुरीधाम गएका थिए । तीनैजना दाजुभाइहरूले नवतनपुरीमा पुगी तीर्थ एवं साधु सन्तहरूको दर्शन पश्चात्‌ वाणी सिक्ने, सिकाउने कार्यलाई निरन्तरता दिए । तीर्थमा रहेर सन्त जीवन बिताउँदा आनन्दको अनुभव भयो । यसरी वाणी एवं चर्चनीमा आफ्नो अधिकांश समय लगाउने तीनै जना दाजुभाइहरूको दिनचर्या बनेको थियो ।५. राजबाई माताजी आफूना श्रीमान्‌ दयालदासजीको खोजीमा नवतनपुरीतर्फ
यता आफ्नो बाल्यवस्थामै विवाह भएकी ढकाल परिवारकी कन्या राजबाई तिमल्सिनाको उमेर बढ्दै गयो । आफ्ना दौंतरी साथीसँगीको विवाह भएको देख्दा र त्यस विषयमा कुरा चल्दा उनले आफ्नो सानै उमेरमा विवाह भएको कुरा थाहा पाइन्‌। त्यस पछि आफ्ना मातापितासँग कुरा गर्दा दाप्चा ढुङ्खर्कका तिमल्सिना परिवारमा विवाह भएको तर ज्वाइँका तीनजना दाजुभाई घर छोडेर गएका भन्ने कुरा सुनिन्‌। तब राजबाईले आफ्नो विवाह गरेको घर एवं पति पत्ता लगाउन दाप्चामा आएर तिमल्सिना परिवारसँग सोधपुछ गरिन्‌ । उनले आफ्नो घर, गाउँ त पत्ता लगाइन्‌ तर आफ्ना मालिक र दाजुभाइहरूको पत्तो नलागेकाले तिनीहरूको पत्ता लगाएरै छाड्छु भन्ने अठोट गरिन्‌ । दृढ विश्वासका साथ पति परिवारको खोजी गर्दै उनले भारतका कैयौँ स्थानमा निकै कठिनाइका साथ भ्रमण गरिन्‌ । अन्त्यमा उनी गुजरातको जामनगरस्थित नवतनपुरी धाममा पुगिन्‌ ।

६. नवततनपुरीमा राजबाईको दयालदास महाराजसँग भेट
नवतनपुरीमा पुगेर राजबाइले नेपालबाट आएका तीनजना तिमल्सिना थरका दाजुभाइको खोजी गर्दै जाँदा दयालदास महाराजसँग नै सोध्न पुगिछन्‌। हुलियासमेत पत्ता लगाएर आएकी राजबाइले सन्तसँग आफ्ना आफन्तबारेमा सोधेपछि दयालदास महाराजले उनलाई यथार्थ कुरो बताउनु भयो । दयालदास महाराजले यथार्थ परिचय दिएपछि राजबाइले आफूना पतिलाई एक सन्तको भेषमा भेट्टाइन्‌ । राजबाईमा एकसाथ आश्चर्य र खुसीका लहरहरू तरङ्गित भए ।

७. राजबाई माता पटना कृष्ण प्रणामी मन्दिरकी महन्त
राजबाईले आफ्ना पति दयालदास लगायत तीनै जना दाजुभाइलाई पत्ता लगाएरै छाडिन्‌ । यसपछि दयालदासजी महाराजले राजबाईलाई हामीले त सन्त भेष लिएका छौँ। तिम्रो के विचार छ भन्दा राजबाईले हजुरले जे भन्नुहुन्छ सोहीबमोजिम गर्नेछु भनिन्‌। यसरी सबैजना एउटै विचारमा सहमत भएपछि दयालदास महाराजले राजबाईलाई वाणीको तालिम दिलाउनु भयो । धेरै वर्षसम्म वाणी, चर्चनी आदिको तालिम दिलाएर दयालदासजी महाराजले राजबाईलाई वेश धारण गराएर पटना मन्दिरको महन्तको पद सम्हाल्न पटनाको प्रणामी मन्दिरमा पठाइदिनुभयो ।

पटनाका सुन्दरसाथहरूले दयालदास महाराजको सिफारिसमा आउनु भएको राजबाई मातालाई ठूलो सम्मानका साथ गादीमा राखी महन्त घोषणा गरे । राजबाई माताजीले पटना मन्दिरमा रहेर धेरै सुन्दर साथहरू जागृत गरी मन्दिर सञ्चालन गर्नुभयो ।

८. युगलदासजीका साहिँला बुबा दयालदासबाट इच्छे मन्दिरको स्थापना
यता दयालदास महाराजले फकिरी भेषमा भारतका विभिन्न स्थानमा भ्रमण गर्दै बम्बईमा केही समयसम्म रही प्रणामी धर्मको प्रचार गर्नुभयो । त्यसपछि भारतकै दार्जीलिङ्ग, कालिम्पोङ पुगेर धर्मकोप्रचार गर्नुभयो । धेरै सुन्दरसाथहरूको आत्मजागृति भएपश्चात्‌ सबैलाई एकठाउँमा भेला गराई मेला पर्व सञ्चालन गर्न तथा धर्मको थप प्रचार गर्न कालिम्पोङमा इच्छे मन्दिरको स्थापना गर्नुभयो । वि.सं. १९३८ मा पद्मावतीपुरीधामबाट दयालदास महाराजलाई मोहर छाप, पत्री महन्ती टोपी, छडी इत्यादि दिएर धर्म प्रचारका निमित्त खटाइएको थियो र उहाँले त्यही साल कालिम्पोङको इच्छै वस्तीमा मन्दिर स्थापना गर्नुभयो । यसरी जीवनभर विभिन्न स्थानमा धर्मको प्रचार गरी अन्तिम समयमा इच्छे मन्दिरमै रहेर मन्दिर सञ्चालक समिति गठन गरी निर्देशन दिने कार्य गर्नुभयो । अन्त्यमा उहाँले पटनाको महन्त राजबाई मातालाई ल्याएर यो मन्दिर जिम्मा लगाउनु भनी अन्हाएर दयालदास महाराजले वि.सं. १९४० मा नश्वर देह त्याग्नुभयो ।

९, राजबाईमाता इच्छे मन्दिरकी महन्त
दयालदास महाराजको धामगमनपश्चात्‌ इच्छे मन्दिरका समिति सदस्य तथा सुन्दर साथहरूले उहाँको पार्थिव शरीरलाई इच्छे मन्दिरकै नजिक समाधिस्थ गरे । यसपछि समितिको बैठक बसी महाराजजीको अन्तिम निर्देशन बमोजिम राजबाई मातालाई लिन पटना जाने निर्णय गरे । केही दिनपछि दुईजना व्यक्ति छानिएर पटनातिर लागे । पटना श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेर राजबाईमाताजीलाई सम्पूर्ण वृत्तान्त सुनाए । सारा विवरण सुनिसकेपछि राजबाई माताले त्यस मन्दिरको समिति बोलाएर सल्लाह गर्नुभयो । त्यहाँका समितिले इच्छे मन्दिरका सुन्दर साथको मर्म बुझेर राजबाई माताजीलाई ससम्मान विदा दिने निर्णय गस्यो त्यसपछि राजबाईमाताजीले त्यहाँको लागि व्यवस्था मिलाएर इच्छे मन्दिर आउनु भयो । इच्छे मन्दिरको समितिले उहाँलाई वि.सं. १९४० माघ महिनामा महन्त घोषणा गस्यो ।

१०. युगलदास महाराजजीका काहिँला बुबाको विवरण
युगलदासजी महाराजका काहिँला बुबा सन्तोष शर्माले शास्त्राभ्यास गरी धेरै साधुसन्तहरूको संगत गर्दै तीर्थाटन गर्नुभएको थियो । तारतम वाणीका साथै शास्त्रको पनि राम्रो ज्ञान भएकाले उहाँले धेरै सुन्दरसाथहरूको जागृति गर्नुभएको थियो । अन्त्यमा वृद्धावस्थामा आफ्ना दाजु दयालदासले स्थापना गरेको इच्छे मन्दिरको दर्शन गर्ने इच्छा भइ कालिम्पोङ जानु भयो । त्यसै मन्दिरमा उहाँको धामगमन भयो।

११, युगलदास महाराजका पिता लक्ष्मण शर्माको विवरण
युगलदास महाराजका पिता लक्ष्मण शर्मा दयालदास महाराजका जन्तरे भाइ हुनुहुन्थ्यो । लक्ष्मण शर्माले तीर्थमा रहेर शास्त्र एवं तारतम वाणीको अध्ययन पूरा गरी भारतका धेरै तीर्थ घुमेर सुन्दरसाथहरूको जागृती गर्दै महाराष्ट्र बम्बईको मन्दिरमा पुगी सेवापूजाको कार्यभार सम्हाल्नु भएको थियो ।

१२, बम्बइका सुन्दरसाथहरूद्वारा लक्ष्मण शर्मालाई “सेवादास” नामको उपाधि प्रदान :
लक्ष्मण अति सेवाभावी हुनुहुन्थ्यो । उहाँ पूर्णब्रह्म परमात्माको सेवापूजामा निकै लगनशीलताका साथ लाग्नुहुन्थ्यो । सदासर्वदा सेवाका लागि अग्रसर हुनुहुन्थ्यो । उहाँको सेवाभाव देखेर बम्बईकासुन्दसाथहरूले लक्ष्मण शर्मालाई “सेवादास” को उपाधिले विभूषित गराएका थिए । त्यस समयदेखि उहाँको सेवादास भन्ने नाम प्रचलनमा आयो ।

१३. पण्डित श्री सेवादास (लक्ष्मण शर्मा) जीको विवाह प्रसङ्ग एक समयमा दैलेख दुल्लुका महेश्वर उपाध्याय (बराल) का छोरा नन्दकिशोर बराल तीर्थयात्रा गर्दै बम्बई मन्दिरमा पुगेछन्‌ । बम्बई मन्दिरमा एक युवा पण्डितले भक्तिभावपूर्ण सेवा गरेको देख्दा उनी अति प्रभावित भएछन्‌ । ती सुन्दर युवाको विद्वता बारेमा थाहा भएपछि झनै प्रभावित भएर उनलाई आफ्नो गाउँमा लगी धर्मको राम्रो प्रचार गर्ने चाहना व्यक्त गरेछन्‌ । आफ्नो गाउँमा अल्पज्ञ र कर्मकाण्डमा मात्र व्यस्त पुरोहितहरूले धर्मको वास्तविकतालाई लुकाएर मनोमानी अर्थ गरेकाले उनीहरूलाई सही मार्गमा ल्याउन सक्ने गुरुको आवश्यकता महशुस गरी उनले यो प्रस्ताव सेवादास समक्ष राखे । पण्डित सेवादासले पनि धर्मको प्रचारका खातिर गरेको अनुरोधलाई नकार्न सक्नुभएन । त्यसपछि सेवादासजी बम्बई मन्दिरको राम्रो व्यवस्था मिलाएर केही समयको लागि नेपालको दैलेख, दुल्लुमा आउनुभयो । दैलेखमा आएपछि त्यहाँको वस्तुस्थिति बुझेर विस्तारै जागनी अभियान अगाडि बढाउनुभयो। उहाँको विद्वता, सरलता र मिजासिलोपनले गर्दा समाजका धेरै व्यक्तिहरू प्रभावित भए । धर्मको यथार्थता बुझेपछि कतिपय व्यक्तिहरूको जागृति भयो। शास्त्रका प्रमाणद्वारा तारतम वाणीका चौपाईमा प्रकाश पार्दा, पारायण, सेवा र जागृतिको क्रम बढ्दै गयो । नन्दकिशोरले बम्बईमा रहनुभएका पण्डित सेवादासलाई आफ्नो गाउँमा ल्याएर धर्मको प्रचार गराउनुका साथै आफ्नी विदुषी बहिनी सुन्दरबाईको कन्यादान सेवादासजीसँग गरी दिने अठोट गरे । यस प्रस्तावलाई सेवादासजीले पनि स्वीकार गर्नुभयो । फलस्वरूप सेवादासजी र सुन्दरबाईको विवाह सम्पन्न भयो ।

१४. दैलेखका सुन्दरसाथ नन्दकिशोर (युगलदास महाराजका मामा) लाई धर्म प्रचारका क्रममा परेको विपत्ति
जब सेवादासले धर्मको प्रचार गर्दै गए, तब धेरै सुन्दरसाथहरूको जागृत हुने क्रम बढ्दै गयो। धर्मको प्रचार हुँदै गयो । यो देखेर त्यहाँका स्थानीय पुरोहितहरूमा ईर्ष्या बढ्न थाल्यो। फलस्वरूप उनीहरूले विभिन्न व्यक्तिहरू लगाएर राणा सरकार समक्ष यो मुसलमानी धर्म हो, यो हाम्रो संस्कार रीतिरिवाज नमानी, समाजमा चलिआएको धर्म परम्पराको विरोध गर्ने मत हो भनी चुक्ली लगाए । राणा सरकारले खोजीको क्रममा नन्दकिशोर उपाध्यायलाई पक्राउ गरी सोधपुछ तथा अनुसन्धानका लागि काठमाडौँ ल्यायो । सोधपुछको क्रममा नन्दकिशोरले प्रणामी धर्म, हिन्दू धर्म अन्तर्गतको कृष्ण भक्ति गर्ने मत हो भने । हामी धर्म संस्कृतिको विरोध गर्ने होइनौँ बरु संरक्षण गर्दछौँ भन्दा पनि सरकारले कुरा सुनेन । विपक्षीहरूले थप नयाँ नयाँ बनावटी -निन्दा चुक्ली बढाउँदै गए । फलस्वरूप राणासरकारले नन्दकिशोरलाई तोप हानी मार्ने निर्णय सुनायो । यस दुःखद समाचारले नन्दकिशोरका आफन्तजन सबैलाई शोकाकुल गरायो । नन्दकिशोर भने धर्म प्रचारको क्रममा, धर्म बचाउँदा मर्नुपर्छ भने ठीकै छ भनी दृढताका साथ परमात्माको नाम स्मरण गर्दै धैर्य पूर्वक अडिग रहे ।

मृत्युदण्ड दिने दिनमा नन्दकिशोरलाई तोप हान्ने तयारी गरियो । तोप हान्नुभन्दा पहिले राणा सरकारले सोध्यो-तेरो अन्तिम इच्छा के छ ? नन्दकिशोरले “सत्य धर्मको विजय होस्‌” भन्ने उत्तर दिए । हृदयमा पूर्णब्रह्म परमात्माको स्मरण गर्दै उनी धैर्यताका साथ खडा रहे । त्यस समयमा तोप नै चलेन । पुनः ३ पटकसम्म प्रयास गर्दा पनि तोप चलेन । सिपाहीहरू छक्क परे, झटपट हुकुम गर्ने हाकिम आएर यिनलाई छाडिदेउ भन्यो । सम्पूर्ण सेनाहरू मुखामुख गर्न थाले । हाकिमले यी व्यक्ति मार्न नहुने रहेछन्‌, हाम्रो भूल भयो भनी नन्दकिशोरलाई एकनाशले हेरिरहे । अन्त्यमा राणा सरकारले नन्दकिशोरलाई निर्दोष ठहर्‌याएर छाडिदियो नन्दकिशोर, आफू निर्दोष रहँदा पनि मायाको धक्काले यति ठूलो सजाय दिएपछि, सरकारको फैसलाद्वारा मृत्युदण्ड पाएको व्यक्ति पुनः घरमा किन जानु भनी वैरागिएर त्यसै दिनदेखि बेपत्ता भए।

१५. सेवादासजी र राजबाईमाताजी (देवर भाउजुको) मिलन
नन्दकिशोरको वियोगका कारण दैलेखमा रहनुभएका बहिनी, ज्वाइँ (सुन्दरबाई र सेवादासजी)मा अति वैराग्य आयो । उहाँहरू विरक्त भएर त्यस स्थानमा रहन नसकी आफ्ना दुई सन्तानका साथमा श्री ५ नवतनपुरी धामतर्फ जानुभयो ।

उता इच्छे मन्दिरतर्फ दयालदास महाराजको धर्म प्रचारको क्षेत्र दार्जिलिङ्ग, सिक्किम, कालिम्पोङ, लोले, तकभर लगायत मादरी हुँदै आसाम सम्मका स्थानमा राजबाईमाताजीले जागृतिको कार्य सुचारु गर्दै आउनुभएको थियो । त्यतिखेर कालिम्पोङ आसपासका सुन्दरसाथहरूको जमातले मिलेर राजबाई मातालाई श्री ५ नवतनपुरी धाम, जामनगर लगि दिनका लागि अनुरोध गरे । सोही बमोजिम माता राजबाईले ४०/५० जनाको जमातलाई लिएर नवतनपुरी जानुभयो ।

यसरी राजबाईमाता सुन्दरसाथको जमातको साथमा र सेवादासजी पनि आफ्नो परिवारको साथमा नवतनपुरी पुगेपछि दुबैजनाको भेटघाट तथा परिचय भयो । राजबाईमाताले दयालदास महाराजको धामगमन पश्चात्‌ इच्छे मन्दिरको महन्तको रूपमा आफू रहेको र उहाँको जागनीको कार्यभार पनि सम्हाल्दै धर्मको प्रचार गरेको कुरा जानकारी गराउनुभयो । यता सेवादासजीले पनि आफू बम्बईबाट महेश्वर उपाध्यायका छोरा नन्दकिशोरको साथमा दैलेख गएको, केही समयपछि उनकै अनुरोधमा उनकी बहिनीसँग विवाह भएको र धर्मको प्रचारमा निकै प्रगति भएको खबर सुनाउनुभयो । यसरी धर्मको प्रचार बढ्दै गएपछि त्यहाँका स्थानीय पुरोहितहरूलाई ईर्ष्या बढ्दै गई राणा सरकार समक्ष अनेकौँ निन्दा चुक्ली, लगाएको हुँदा सरकारले नन्दकिशोर उपाध्यायलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएको तर अन्त्यमा पूर्णब्रहाको कृपाले तोप चल्न नसक्दा यसै छाडिदिएको खबर सुनाउनुभयो । नन्दकिशोर शर्मा त्यस दिनदेखि विरक्तिएर हालसम्म पनि वेपत्ता भएको दुःखद्‌ वृत्तान्त सुनाउनुभयो । यसरी आफ्नो विरहको वेदना पोख्ने आफन्त राजबाईलाई भेटी सबै कुरा भन्दा सेवादासजीको मन केही हल्का भयो । राजबाईमाताजीले पनि आफ्ना देवरलाई परेको आपतका कुरा सुन्दा गहभरी आँशु पारी सान्त्वना दिनुभयो र आफ्ना पनि विगतका कुरा सुनाउनु भयो ।

यसरी सुखदुःखका धेरै कुराकानी भए | केही समय तीर्थमा रहेपछि जमातका साथ आउनुभएकी राजबाईमाताको कालिम्पोङ्ग फर्किने बेला भयो । अन्त्यमा माताजीले सेवादासलाई अनुरोध गर्दै भन्नुभयो… तपाइँ आफ्नै नातासम्बन्धी भएको धर्मकर्म भक्ति मार्ग सबै कुराहरूमा समानता भएको, इच्छे मन्दिर पनि आफ्नै दाजु दयालदास महाराजले स्थापना गर्नुभएको, जीवनको लामो समयसम्म विभिन्न क्षेत्रमा रहेर धर्मको प्रचार गर्नु भएको हुँदा अब हामी दुवै मिलेर धर्मको प्रचार गरौं ।

यसैमा तपाइँको ठूलो भलाइ छ । कालिम्पोङ्ग इच्छे मन्दिरमा रहेर धर्मप्रचार गरौं, एउटै क्षेत्रमा बसेर धर्मको विकास गरौं भनेर राजबाईमाताजीले सल्लाह दिएपछि सेवादासजीलाई पनि राम्रो लाग्यो र आफ्ना परिवारलाई साथमा लिएर राजबाईमाताजीको साथमा इच्छे मन्दिर, कालिम्पोङ्ग आउनुभयो ।

१६. युगलदास महाराजको जन्म
कालिम्पोङ्ग इच्छे मन्दिरमा आएपछि सेवादासजी राजबाईमाताजीको साथमा रहेर त्यस क्षेत्रका धेरै व्यक्तिहरूलाई जागृत गर्दै धार्मिक क्रियाकलापमा सक्रिय रहनुभयो । यता मन्दिरतर्फ राजबाईमाताजीले गाईको स्याहार, मन्दिरको रेखदेख, खेतीपाती एवं अन्य व्यवस्थापकीय काम तर्फ राम्रो ध्यान दिनुभयो । यसबाट मन्दिरको भौतिक तथा धार्मिक दुबै पक्ष राम्रोसँग संचालन हुँदै गयो। समय बित्दै जाँदा सुन्दरबाईको कोखमा एक बालकको आगमन भयो । प्रशव अवस्था भएपछि संरक्षणका लागि मन्दिर नजिकैका एक सुन्दरसाथले सुन्दरबाईलाई आफ्ना घरमा लैजाने प्रबन्ध मिलाए । एकदिन साइत हेरेर बिहानीको समयमा खेतको बायो हुँदै घरमा लैजाँदै गर्दा बायछेउको कुलोमा युगलदासजीको जन्म भयो । यसरी वि.सं. १९५३ साल आश्विन १२ गते शुक्लपक्ष द्वितीयाको दिन माता सुन्दरबाईको कोखबाट युगलदास महाराजको जन्म भयो | जन्म पश्चात्‌ माताजी सुन्दरबाई तथा नवजात शिशुलाई सुन्दरसाथको घरमा लगी राग्रोसँग स्याहारसुसार गरियो । एक महिना पछि उहाँको इच्छे मन्दिरमा नै लालनपालन भयो । जन्मेको केही महिना पछि बालक युगलदासलाई चिसोले साह्रै सतायो । निमोनियाले गर्दा बालकलाई बचाउन पनि मुश्किल हुँदै गयो । अन्त्यमा बालक चल्न र रुन पनि नसकी अन्तिम अवस्थामा परेको देखी राजबाईमाताजीले हत्तपत्त पूर्णब्रह्म परमात्माको स्मरण गरी बालकको कानमा श्रीनिजनाम मन्त्र सुनाइदिनुभयो र गलामा कंठी समेत लगाइदिनु भयो । त्यही दिनदेखि बालक स्वस्थ हुँदै गएको देखियो । केही दिनमा बालकको स्वास्थ्यमा पूर्ण रूपले सुधार भयो ।

१७. युगलदास महाराजको बाल्यावस्था
युगलदासजीको उमेर बढ्दै जाँदा राजबाईमाताजीले लालनपालनका साथै खरीपाटीमा सावा अक्षर सिकाउँदै लैजानुभयो । युगलदासजीले “हुने बिरुवाको चिल्लो पात” भनेझै कलिलो उमेरदेखि नै पढ्ने लेख्ने काममा निकै जिज्ञासा राख्नुभयो । युगलदासजीको यो भाव देखेर राजबाईमाताजीले अब यिनलाईविद्यालयमा पढ्न पठाउनुपत्यो भनी भर्नाको लागि पाठशालामा लैजानुभयो । पाठशालामा गएर त्यहाँको नियम बुझ्दा लेखपढको लागि राम्रो तर खानपानको व्यवस्था आफूलाई नमिल्ने देखेपछि सेवापूजाका साथै प्राथमिक तहको शिक्षा आफैले घरमा नै प्रदान गर्नुपर्ने सोचेर राजबाईमाताले बालकलाई भर्ना नगरी घरमा ल्याउनुभयो । भोलिपल्टदेखि नै राजबाईमाताजीले निरन्तर रूपमा युगलदास महाराजलाई प्राथमिक तहको शिक्षाका साथै सेवापूजाको ज्ञान दिँदै जानुभयो । समय बित्दै गयो, युगलदास महाराज बाइ वर्षको हुनुभयो। यतिबेला उहाँमा ज्ञान प्राप्तिको जिज्ञासा तीव्र हुँदै गयो । राजबाईमाताजीले पनि युगलदासजीलाई सेवापूजाको साथै बीतक तथा चर्चनीका विषयमा थप ज्ञान दिँदै जानुभयो । युगलदासजीले आफूले अध्ययन गरेका विषयवस्तुहरूमाथि गहन चिन्तन गर्दै जानुभयो । राती पनि दिनभर अध्ययन गरेका विषयवस्तुको चिन्तन गरेर मात्र सुलुहुन्थ्यो । साधनाको क्रम बढ्दै जाँदा उहाँलाई दर्शनको लाभ मिल्न थाल्यो । चर्चनीको माध्यमबाट चिन्तन गर्दै रहँदा परमधामको दृश्य छर्लङ्ग देखेको अनुभव भयो । यसरी युगलदास महाराजलाई बाल्यवस्थामा शिक्षादीक्षा, सेवापूजाको विधि तथा चिन्तनको प्रक्रिया राजवाई माताजीले निकै प्रभावकारी रूपमा प्रदान गर्नु भयो ।

१८. युगलदास महाराजको पिताजीसँगको प्रथम भ्रमण
आषाढको महिना थियो । युगलदासजीका पिता सेवादासजीलाई बीतक कथाको लागि मादरीहाट जानुपर्ने भयो । यो कुरा थाहा पाएर युगलदासजीले आफू पनि पिताजीको साथमा मादरी जाने विचार ं गर्नुभयो र पिताजीसँग म पनि जान्छु भन्नुभयो । पिता सेवादासले माता सुन्दरवाईसँग माहिँलो त मसँग जान्छु भन्छ नि भन्दा माताजीले यो यसै बिरामी छ कहाँ लैजानु, अर्को पटक जाँदा लैजानुहोला भन्नुभयो । यी सम्पूर्ण कुरा सुनेर युगलदासजीले यसै बखतमा नगई कहाँ हुन्छ, माताजीको आँखा छल्न पाए त पुगिहाल्छ नि भन्दै मनमा कुरा खेलाउनु भयो । भोलिपल्ट सेवादासजीले सवेरै उठी आफ्नो नित्यकर्म र सेवापूजा पश्चात्‌ घरबाट विदा भइ मादरीतर्फ प्रस्थान गर्नुभयो । युगलदास महाराजले मातापिताको कुराकानी हुँदा कहाँबाट जाने, कुन बाटो हुँदै जाने आदि कुरा सुनिसक्नु भएको थियो । पिताजी घरबाट निस्केको केही समयसम्म उहाँ धैर्यताका साथ माताजीसँगै बस्नुभयो । सुन्दरबाई पनि अब त छोरो गएन भनी ढुक्क रहेर घरको कामकाजमा व्यस्त हुनुभयो । करिब आधा घण्यपछि युगलदासजी महाराज आमाले थाहा नपाउने गरी घरबाट निस्की पिताजीलाई भेट्टाउने आशामा छिटो छिटो हिँड्न थाल्नुभयो । आधा माइल पर पुगेपछि युगलदासजीले पिता सेवादासजीलाई भेट्टाउनुभयो । सेवादासजीले आश्चर्य मान्दै युगलदासलाई कसरी बाटो पत्ता लगाएको, घरमा आमालाई के भनेर आयौ भनी सोध्नुभयो । युगलदासजीले सम्पूर्ण कुरा पिताजीलाई बताउनुभयो । त्यसपछि बाबुछोराले एकसाथ मिलेर यात्रा अगाडि बढाउनुभयो। बाटोमा प्राकृतिक सौन्दर्यको दृष्यावलोकन गर्दै खोला, नदी, पहाडका हरियालीसँग रमाउँदै, बेलुका फूल बजारमा बासबसी, सुबुकघाट हुँदै अर्को दिन चियाबगानमा पुग्नुभयो । चियाबगानको सौन्दर्य तथा मनमोहक दुश्यबाट सेवादासजीका बाबुछोरा दुवैजना रमाउनु भयो । त्यस दिन चियाबगानमा नै बास बसी भोलिपल्ट मादरीहाटमा उत्रिनुभयो । मादरीहाट सुन्दरसाथहरूको पुरानो बस्ती भएकोले त्यस स्थानमा सेवादासजीकोपुरानै जान पहिचान थियो । उहाँहरू त्यस स्थानमा पुग्नासाथ त्यहाँका सुन्दरसाथहरू र विशेष गरी रूपदास र प्रेमदासले अत्यन्त प्रेमका साथ स्वागत गरे । उनीहरूले सेवादासजीलाई सम्मानपूर्वक मादरी मन्दिरमा लगे। बीतकको समय आइसकेको थियो । मादरीका सुन्दरसाथहरूले वरपर गाउँका सुन्दरसाथलाई समेत आमन्त्रण गरी बीतकको कथा गर्ने स्थानको राम्रो तयारी गरेका थिए ।

श्रावण पंचमीको दिनदेखि श्रीकृष्णाष्टमीसम्म सम्पूर्ण सुन्दरसाथहरूले पं. श्रीसेवादासजीको मुखारविन्दबाट बीतक कथा नियमित रूपमा श्रवण गरे । एक महिनासम्मको चर्चाकथाबाट गाउँ एवं येलवासी प्रभावित भए । अन्त्यमा ५० जना जतिले श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भई आत्मकल्याणको लाभ उठाए । युगलदासजीले महिनाभरको बीतक कथा, प्रवचन, जागृतिको बढ्दो क्रम तथा त्यहाँको सम्पूर्ण वस्तुस्थितिलाई नजिकबाट नियाल्दै जानुभयो । त्यसपछि पं. श्री सेवादासजी युगलदासजीलाई साथमा लिएर मादरीबाट विदा भइ ठाउँठाउँमा उत्सव गरी बगुली गाउँमा आएर बास बस्नुभयो। भोलिपल्ट रंगिया हुँदै पाण्डुघाटबाट जहाज चढी कामोक्ष भएर गुहाटीमा उत्रिनुभयो । पुनः गुहाटीबाट जहाज चढेर तेजपुर हुँदै धुलाबारीको बाटो साधुगाउँको मन्दिरमा उत्रिनुभयो । पं. श्री सेवादासजीले साधुगाउँ तथा वरपरका बस्तीहरूमा पाठपारायण र कथा प्रवचनको माध्यमबाट जागनीको कामलाई अगाडि बढाउँदै जानुभयो । यसरी आसामतर्फको जागनी यात्रा र विशेष कार्यक्रमहरू समापन गरी सेवादासजी विभिन्न स्थान पार गर्दै पृथुदासको निमन्त्रणामा दार्जिलिङ्ग गुन्द्रीबजारमा आइपुग्नुभयो । यता इच्छे मन्दिरबाट राजबाई माता पनि ५० जना जति सुन्दरसाथको जमात लिएर सोही कार्यक्रमको लागि आउनु भयो | यसरी दुवैतर्फबाट भेला भएर राजबाईमाताजी तथा सेवादासजीले पु॒थुदासको घरमा लगाएको पारायण भव्यताका साथ सम्पन्न गर्नुभयो । त्यसपछि सबैजना राजबाई माताजीको साथमा इच्छे मन्दिर पुग्नुभयो । इच्छे मन्दिर आएको केही दिनपछि दार्जिलिङ्गमा खरेल परिवारले पुनः पाँच दिनको पारायणको लागि निमन्त्रणा गरे । पं. श्री सेवादासजी युगलदासलाई साथमा लिएर कार्यक्रमका लागि खरेलको घरमा जानुभयो । ठूलो समाजको माझमा सेवादासजीले निकै प्रभावकारी रूपमा चर्चा गर्नुभयो । त्यहाँका सुन्दरसाथहरूले सेवादासजीको खुब प्रशंसा गरे । पाँच दिनको अन्तरालमा साठी जनाले तारतम दीक्षा ग्रहण गरे । यसरी जहाँ जहाँ कार्यक्रम हुँदै गयो, त्यहाँ त्यहाँ सुन्दरसाथको संख्या वृद्धि हुँदै गयो । त्यहाँबाट सेवादासजीलाई धर्म प्रचारमा थप उर्जा मिल्दै गयो । जागनी अभियानलाई अझै तीव्र गराउँदै जानुपर्दछ भनी उहाँ सिक्किमको सिंगताम बजार पुग्नुभयो ।

१९. युगलदास महाराजको वैराग्य तथा खोज
पिता सेवादासजी सिविकमतर्फ गएर जागनी अभियानलाई बढाउँदै लैजाने मनसायले हिँडेको देखेर युगलदासजी पनि आफ्नो इष्टदेवको खोज गर्नुपन्यो भनेर पुनः दार्जिलिङ्ग नै फर्कनुभयो । त्यहाँ आइपुग्दा मनमा धेरै कुरा खेले, शान्ति भएन । इष्टदेवको खोजीमा हिँडेको शरीर थकित भएर कुनै एक व्यक्तिको फलैँचामाबसी अगाडिका योजनाहरू बुन्न थाल्नुभयो । अब यहाँबाट कता जाने, कसले मलाई पूर्णब्रह्मको दर्शन गराइदेला भनी सुर्ताउन थाल्नुभयो । कसैले सहारा नदिए पनि आखिर परमात्मा त मेरै साथमा हुनुहुन्छ भन्ने भयो । यसरी मनका लहरहरू सागरको छालजस्तै गरेर आउँदै थिए, एक्कासी अति रमणीय पुष्प बाटिकाको दृश्य साक्षात्‌ आफ्नो अगाडि देखियो । बीचमा सुन्दर सुवर्णमयी सिंहासनमा राजश्यामाजी मन्द-मन्द मुस्कानयुक्त भई वरिपरी बसेका सुन्दरी सखीहरूलाई हेरीरहनुभएको छ। सम्पूर्ण सखीहरूका वस्त्रहरू अनेकौँ रंगयुक्त एवं ज्योर्तिमय छन्‌ । यस्तो प्रकाश पुञ्ज आफ्नो आँखामा पर्दा झसङ्ग भएझैं भयो । त्यसपछि युगलदासजी अर्धचेतन अवस्थामा हुँदा अश्रुपात भएछ, एकाएक आवाज सुनिएछ “हे बालक, किन अधीर भएका छौ, तिमीले अभ धेरै दुःख खेप्नुछ । अब यहाँबाट दक्षिणतर्फ लाग ।” ती शब्द सुन्दा झसंग भएका युगलदासजीले आफूलाई फलैँचामा बसिरहेको अवस्थामा पाउनुभएछ।

यतिबेला युगलदास महाराजलाई “हमतो हात हुकुमके हकके हात हुकुम” भन्ने चौपाईको याद आयो र धनीसँग प्रार्थना गर्नुभयो । “हे धनी ! यो सम्पूर्ण जीवन हजुरकै हातमा छ । जे गर्नुहुन्छ , हजुर नै जान्नुहुन्छ ।” यस्तो विचार गर्दै दक्षिणतिर जानुफ््यो भन्ने निश्चय गर्नुभयो तर आफूसँग खर्चको अभाव भएको महसुस भयो । थैलीमा जम्मा चार रूपैयाँ मात्र रहेछ। त्यही रूपैयाँले सिलगुडी हुँदै जलपाइगुडीसम्म पुग्दा युगलदासजीले सुन्दरसाथहरू भेट्टाउनुभयो । केही दिन तिनीहरूसँग रही विदा हुँदा उनीहरूले युगलदासजीलाई दश रूपैयाँ हातमा राखिदिए । तब त्यहाँबाट श्री ५ नवतनपुरीधाम जाने मनसायले युगलदासजीले गुजराततर्फको रेलको टिकट लिनुभयो । यत्तिकैमा रेलगाडी आइहाल्यो, युगलदासजी हतार हतारमा गाडी चढ्नुभयो । भित्र पसेर हेर्दा त सबै भारतीय सेनाहरू लडाइँमा जान लागेका रहेछन्‌ । युगलदासजीले म त फौजी मानिस होइन हतारमा गाडी चढ्दा भूल भएछ, मलाई गाडीबाट १फारिदिनोस्‌ भन्दा पनि कसैले सुनेन । झन्‌ उहाँलाई पनि फौजीमानिसमै गणना गरी लडाइँमा लैजान तयार भए । गाडी चल्दै गयो । पार्वती पुल गुहाटीमा पुगेर सबै फौजको गन्ती गर्दा युगलदासजीलाई पनि गनेछन्‌ । युगलदासजीलाई आपत्ति परेछ। सेनाका व्यक्ति तिमी सेना होइनौ भने प्रमाणित गराएर देखाउ भनेछन्‌ । उहाँले एउय उपाय अपनाउनु भएछ । शरीरको भित्री भागमा आँकको चोप लगाएर घाउ खटिरा आएको जस्तो बनाउनु भएछ। सो देखे पछि डाक्टरले सेनाको लागि उपयुक्त छैन भन्ने सिफारिस गरेछ। बल्लतल्ल त्यहाँबाट छुटकारा पाई उहाँ आसामतर्फ लाग्नुभएछ। आसाम पुगेपछि पहिले पिताजीसँग आएको समयका साथीहरूसँग भेट भयो। त्यहाँका साथी लालदासजीले युगलदासजीलाई अति प्रेमका साथ स्वागत गरे । त्यस्तो आपत्तीबाट मुक्ति पाएर आफ्नो मित्रसँग भेट हुँदा युगलदासजीलाई धामकै आनन्द प्राप्त भएझैँ लाग्यो । आसाम पुगेकै दिनमा आफू भागेर हिँड्दा त्यस्तो दुःख भोग्नुप्यो भनी प्रायश्चितको लागि आरती गरिदिनु भनी कालिम्पोङ्ग इच्छे मन्दिरमा रु.२५।- पठाउनुभयो । आफू पनि आसामबाट जहाजमा चढेर समिव गाउँ हुँदै हाँसीमारा भन्ने ठाउँमा पुग्नुभयो । त्यहाँ पुगेर सोधखोज गर्दा मादरीहाट नजिकै पुगेको थाहा भयो । त्यसपछि हाँसीमाराबाट मादरी, सिलगुडी हुँदै कालिम्पोङ्ग पुग्नु भयो । युगलदासजी कालिम्पोङ्गमा फर्केर आएको खबरले ड्च्छे मन्दिरका राजबाईमाताजी लगायत सम्पूर्ण परिवारलाई खुशी दिलायो । हराएको छोरो युगलदासलाई निकै समयपछि सकुशल कालिम्पोङमा फर्केर आएको थाहा पाएपछि मातापिता तथा गुरुआमा लिन जानुभयो ।अरू कतिपय सुन्दरसाथहरूपनि राजबाईमाताजीसँगै युगलदासजीलाई लिन जानुभयो । यसरी सबैजनाले युगलदासजीलाई भेटी खुसियालीका साथ इच्छे मन्दिरमा ल्याउनुभयो ।

२०. युगलदासजी महाराजको प्रथम नेपाल भ्रमण
यता युगलदासजीका पिता सेवादासजी पनि सिक्किम तर्फको कार्यक्रम सम्पन्न गरी घरमा आएर छोरो युगलदासको खोजी गरिरहनुभएको थियो । उता नेपालको पश्चिमी क्षेत्र कास्की हुँदै लमजुङ्गको बल्थुमबाट परमहंस श्री दयालदासजी महाराज इच्छे मन्दिरमा आउनु भयो । परमहंस गुरु श्री दयालदासजी महाराजको दर्शन पाउँदा पं. श्री सेवादास तथा राजबाई माताले अत्यन्त हर्षित भइ धर्म जागनीमा भोग्नुपरेका दुःख, विगतका कठिनाई आदिको वृत्तान्त सुनाउनुभयो । परमहंस दयालदास महाराजले पनि आफूले बाल्यकालदेखि अनुभव गर्दै आएका समस्याहरू, गरेका संघर्ष तथा नेपालमा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा परेको व्यवधानका कुरा सुनाउनुभयो । यसरी दुवैतर्फका कुरा सुनिसकेपछि पं श्रीसेवादासजीलाई दयालदासजी महाराजसँग नेपाल जाने इच्छा जाग्यो । अर्कोतर्फ राजबाईमाताजीको मनमा पनि युगलदासलाई दयालदास महाराजको साथमा जिम्मा लगाइदिन पाए उनले वाणी, बीतक, चर्चनी आदिको राम्रो अध्ययन गर्ने थिए भन्ने लाग्यो । यता युगलदासजीलाई पनि गुरुका मर्मस्पर्शी वाणीले निकै प्रभाव पारेका थिए । यसरी सबैको विचार मिले पछि घरसल्लाह गरी पं. श्रीसेवादासले जिज्ञासु पुत्र युगलदासलाई साथमा लिएर राजबाईमातासँग विदा भइ दयालदास महाराजसँगै नेपालतर्फ प्रस्थान गर्नुभयो । यसरी तीनैजना इच्छे मन्दिर, कालिम्पोङबाट निस्केर सिलिगुडी, दरभंगा, नरकटिया हुँदै गोरखपुर उत्रेर नौतनवा बजारमा पुग्नुभयो । भोलिपल्ट महाराजजीको साथमा त्यहाँका केही गाउँ, बस्तीमा घुम्दै जाँदा मगछरी भन्ने ठाउँमा पुग्नुभयो । त्यहाँ सेवादासजीका कान्छा भाइ कुटी बनाई बस्नु भएको रहेछ । धर्मको तथा नाताको दोहोरो सम्बन्धले बाँधिएको भाइसँग भेट गरी त्यस दिन सबैजना त्यहीं रहनुभयो । रातभर दाजुभाइ पुर्ख्यौली स्थलको स्मरण गर्दै भलाकुसारी गरी रहनु भयो । भोलिपल्ट अमुग भन्ने गाउँमा पुगी तानसेनकी सुब्बिनीको घरमा पुग्नुभयो । दयालदास महाराज पहिलेदेखि नै त्यस घरमा आउनेजाने गर्नुहुन्थ्यो । केही दिन सुब्बिनीको घरमा रहेर सबैजनाले काठमाडौँतर्फको यात्रा अगाडि बढाउनुभयो । परमहंस महाराज श्री दयालदासजीको नेतृत्वमा अगाडि बढिरहेको तीन जनाको टोली सर्वप्रथम नेपालको बुटवलमा आएर ठाउँ-ठाउँका सुन्दरसाथहरूसँग भेट गर्दै स्याङ्जा जिल्ला आइपुग्यो । दयालदास महाराजको जन्म कास्की जिल्लाको पोखरामा भएको थियो । दयालदास महाराजले सेवादास र युगलदासलाई आफ्नो जन्मभूमि पोखरातर्फ ल्याउँदै हुनुहुन्थ्यो । बाटोमा पर्ने स्याङजाको कालीगण्डको नदीको अवलोकन गराउँदै दयालदासजी पोखरा पुग्नुभयो । त्यहाँको प्राकृतिक सौन्दर्य मनमोहक थियो । त्यहाँका नदीनाला, तालतलैया, हरिया वन, उर्वर जमिन आदि प्राकृतिक छयले पोखरा नगरलाई अति सुन्दर बनाएका थिए । त्यहाँ २० दिन जति रहेर सेवादास र युगलदासले त्यहाँको वस्तुस्थिति, धार्मिक, वातावरणका साथै अन्य विषयमा पनि अनुभव बढुल्नुभयो ।

दयालदास महाराजले उहाँहरूलाई पोखरामा कसरी श्रीकृष्ण प्रणामी धर्मप्रचार भयो र हालको अवस्थामा कसरी प्रचार हुँदैछ भन्ने स्पष्ट पारिदिनुभयो । त्यहाँका स्थानीय सुन्दरसाथ पं. श्री भजनदासजीसँग परिचय गराइदिनु भयो । पोखराका रमणीय स्थानहरूको भ्रमणपश्चात्‌ दयालदास महाराजले ती बाबुछोरालाई बहुमारा लगी पहिले मन्दिर स्थापना भएको स्थानको परिचय दिलाउनु भयो । पछि त्यस स्थानमा सुन्दरसाथहरूको संख्यामा कमी आई मन्दिर सञ्चालनलाई निरन्तरता दिन नसकेकोले त्यस मन्दिरका घडी घण्टा, सेवापूजाका सामग्री लगायतका सम्पूर्ण वस्तु लमजुङ्ग जिल्लाको बल्थुम (नयाँ गाउँको) मन्दिरमा लगी व्यवस्थित गरिदिएको यथार्थता पनि बताउनुभयो । त्यो मन्दिर हालसम्म पनि सञ्चालनमा आएको छ । यसरी बल्थुम सम्मको बयान सुनाएपछि दयालदास महाराजले सेवादास र युगलदासलाई पोखराबाट लमजुङ्ग जिल्लाको बल्थुम मन्दिरमा लैजानुभयो । बल्थुम मन्दिर क्षेत्रमा बराल तथा अधिकारी बन्धुहरूको प्राधान्यता थियो । गुरुङ, ब्राह्मण, क्षेत्री सबै जाति मिलेर बसेका थिए । दयालदास महाराजले बाबु छोरालाई बल्थुमको सेरोफेरोको भ्रमण गराइ तलतिरका बस्तीहरू – भोटेओडार र सुन्दरबजारसम्मको अवलोकन गराउनु भयो । त्यसपछि पुरकोट हुँदै गोर्खा, नुवाकोटको बाटो तय गरी काठमाडौँ पुग्नुभयो । काठमाडौँ जिल्लामा रामदास श्रेष्ठ तथा भवानीदास श्रेष्ठले किलागल र नरदेवीमा रहेका आ-आफ्ना घरलाई मन्दिर बनाई सेवापूजा, आरती, सत्संग आदि कार्य पहिले देखि गरिआएका थिए। दयालदास महाराज काठमाडौँ आउँदा यिनै मन्दिरहरूमा तारतम वाणी सिकाउने स्थान गराई बसोबास गर्नुहुन्थ्यो । यस बखतमा पनि सेवादास र युगलदासलाई लिएर दयालदासजी नरदेवी र किलागलको मन्दिरमा नै आउनुभयो र उनीहरूलाई साहुहरूले अर्पण गरेको मन्दिरका बारेमा सुनाउनुभयो । भवानीदास, रामदास श्रेष्ठ दुबै दाजुभाइले आ-आफ्ना घरसहित काठमाडौँको साँखु र नुवाकोटको थापागाउँ लगायत विभिन्न स्थानमा रहेका सय, सय रोपनी जग्गा श्रीकृष्ण प्रणामी मन्दिर सञ्चालनार्थ अर्पण गरेका थिए ।

परमहंस श्रीदयालदास महाराजले पं. श्रीसेवादासजी र उहाँका सुपुत्र युगलदासजीलाई दुई चार महिनासम्म नरदेवी र किलागलको मन्दिरमा राखेर काठमाडौँको त्यतिबेलाको सम्पूर्ण वस्तुस्थिति अवगत गराइदिनुभयो । दयालदासजी महाराजले आफू मन्दिरमा रहँदाको समयमा जिज्ञासु भइ आउने सम्पूर्ण सुन्दरसाथहरूलाई तारतम वाणीको शिक्षा दिनुहुन्थ्यो । मन्दिरको सञ्चालन तथा व्यवस्थापनको साथै वाणी चर्चाबाट सबैलाई आनन्द दिलाउनु हुन्थ्यो । यसरी उपत्यका भित्रका दुई मन्दिरलाई केन्द्रबिन्दु बनाएर नुवाकोट तथा आसपासका जिल्लाहरूमा पारायण तथा जागृतिका कार्यक्रम गर्दै केही महिना बितेपछि ठाउँठाउँका सुन्दरसाथहरूलाई दयालदास महाराजले नेपाल आएर धर्मप्रचार गर्नुभएको जानकारी भयो । आफूले पहिलेदेखि नै गुरुजीको दर्शन गर्ने योजना बनाएका सिन्धुली झाँगाझोलीका नरबहादुर नामका एक सुन्दरसाथले थाहा पाइ घोडा र भरिया साथमा लिएर गुरु महाराजलाई निमन्त्रणा गर्न काठमाडौँको नरदेवी मन्दिरमा आउनुभयो । परमहंस दयालदास महाराज पहिलेनै परिचित नरबहादुरलाई देख्दा हर्ष विभोर हुनुभयो । दयालदास महाराजले नरबहादुरलाई आफू काठमाडौँ आएर भए गरेको प्रगतिको जानकारी दिनुभयो । त्यसपछि नरबहादुरको हार्दिक अनुरोधमा दयालदास महाराज, पं. श्री सेवादासजी रयुगलदासजी तीनै जना झाँगाझोलीतर्फ प्रस्थान गर्नुभयो । काठमाडौँबाट साँगा, बनेपा, धुलिखेल, दाप्चा भकुण्डेबेंसी हुँदै झाँगाझोली यात्रामा गाउँ, बेसी, पहाड, उकाली, ओराली गर्दै अन्त्यमा सुनकोशीके तिरैतिर हुँदै झाँगाझोलीको हरियो फाँटसम्म पुग्नुभयो । झाँगाझोलीमा नरबहादुरका परिवारका साथै अरू सुन्दरसाथहरू पनि महाराजजीको प्रतिक्षा गरेर बसेका थिए । उनीहरूले काठमाडौँबाट गएको गुरुजीहरूको टोलीलाई स्वागत गरी आफ्नो घरमा लगेर पंच दिवसीय पारायण भव्यताका साथ पारायण सम्पन्न गराए । त्यसपछि दयालदास महाराजलाई रामेछाप जिल्लाको धुसालमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जाने इच्छा भयो । भाँगाझोलीका सुन्दरसाथहरूले महाराजजीलाई धुसाल मन्दिरमा पुस्याउँदा धुसालका सुन्दरसाथहरूलाई नसोचेको आनन्द प्राप्त भयो । त्यसदिन धुसालका सुन्दरसाथलाई मन्दिरमा भेला गराइ परमहंस महाराज श्रीदयालदासजीले ज्ञानोपदेशका साथै आशीर्वचन प्रदान गर्नुभयो । भोलिपल्र काठमाडौँ तर्फको यात्रा गर्ने क्रममा सुनकोशीको तिर हुँदै भकुण्डेबेंसीबाट दाप्चासम्म आइपुग्नुभयो । यहाँ सम्मको यात्रामा सेवादासजीलाई आफ्नो बाल्यावस्थाको सम्पूर्ण कुरा स्मरणमा आयो । आफ पुर्खा दामोदरले तत्कालीन सरकारबाट बिर्ता पाएको जग्गा दाप्चामा मूल घर बनाई बसेको, पछि आफ्ना पिताहरूले राखेको गाईगोठमा बसी काम गर्दाको बखतमा ढुङ्खकमा गुरुहरूको मुखारविन्दबाट कथा सुनेपछि गाईको धन्दामात्र गरेर आत्माको उद्धार हुँदैन, धर्मको खोजी गरौं भनी तीन दाजुभाई रातभर सल्लाह गरी घरगोठ छाडेर धर्मको खोजीमा हिँडेको पहिलेको स्मृति ताजा भएर आयो । त्यस स्थलमा आफ्नो पहिलेको र अहिलेको वातावरणमा फरक पाउँदा सेवादासजीलाई आश्चर्य लाग्यो । त्यसपछि सेवादासजीले ढुङ्खर्क पुगेर मात्र काठमाडौँ जाने विचार के गर्नुभएको थियो, गुरुजी श्री दयालदास महाराजले पनि सेवादासजीलाई तपाइँको पुर्ख्यौली स्थल आइपुगिएको छ, अब त्यहाँ पुगेर मात्र काठमाडौँ जाउँ भन्नुभयो । दयालदासजी महाराजको ढुङ्‌खर्कका केही सुन्दरसाथसँग पुरानो परिचय थियो साथै कालिम्पोङमा पनि राजबाईमाताजीले आफ्नो पुरानो कुरा सुनाउनु भएको थियो ।

यसरी दयालदास महाराज र पं. श्रीसेवादासजीको विचार समान भएपछि युगलदासजीलाई साथमा लिएर विगतका कुरा बताउँदै ढुङ्‌खर्क पुग्नुभयो । ढुङ्खर्कमा आफ्नो गाईगोठ भएको स्थान आदिस्थलहरूको अवलोकन गर्नुभयो । त्यसपछि दयालदास महाराजको साथमा ढुङ्‌खर्कबाट खोपासी, पनौती, बनेपा हुँदै काठमाडौँको नरदेवी आइपुग्नुभयो । नरदेवी बस्दानबस्दै दशैँ टीकाको साइत आइपुग्यो । नरदेवी मन्दिरमा परमहंस गुरु श्री दयालदास महाराजजीले सेवादासजी, युगलदासजी लगायत त्यहाँका सुन्दरसाथहरूलाई टीका लगाइ आशीर्वाद प्रदान गर्नुभयो । भोलिपल्ट गुरुजीसँगै सेवादास महाराजले पुनः आफ्नो यात्रा अगाडि बढाउनुभयो । नरदेवीबाट नुवाकोटको थानसिङ्‌ थापागाउँमा १५ दिन बसेर दयालदास महाराजले वाणीको चर्चा गर्नुका साथै सुन्दरसाथहरूलाई निरतको राम्रो अभ्यास गराइदिनुभयो । त्यहाँबाट गोर्खा हुँदै लमजुङको बल्थुममा २५ दिन जति बसेर त्यहाँका सुन्दरसाथहरूलाई सेवापूजा र निरतको राम्रो अभ्यास गराएर पुनः त्रिवेणी घाट भइ ठोरी पुग्नुभयो । यसरी परमहंस महाराज दयालदासजी, पं. श्रीसेवादासजी र युगलदासजी तीनै जनाले लामो समयसम्म नेपालका विभिन्न स्थानहरूमा जागृति यात्रा गर्नुभयो । ठोरी आइपुगेपछिपरमहंस श्री दयालदास महाराज गोरखपुरबाट नवतनपुरी पुग्नुभयो । त्यहाँ तीर्थमा केही समय रही पुनः त्यहाँबाट आफ्नो अध्यापन केन्द्र गणदेवी वडसालतर्फ प्रस्थान गर्नुभयो । यता सेवादासजी पनि गुरुजीलाई विदा गरी युगलदासजीलाई साथमा लिएर दरभंगा हुँदै पूर्व कालिम्पोङ्ग तर्फ जानुभयो ।

२१. कालिम्पोङ्ग इच्छे मन्दिरमा युगलदास महाराजको तारतम वाणीको अध्ययन प्रारम्भनेपालको भ्रमण पश्चात्‌ कालिम्पोङ इच्छे मन्दिरमा पुगेपछि युगलदासजीले यात्राको सम्पूर्ण विवरण माता राजबाईलाई सुनाउनुभयो । नेपालका विभिन्न स्थानहरूमा रहेका मन्दिरहरू, त्यहाँका सुन्दरसाथहरूले गुरुहरू पुग्दा धर्मप्रति देखाएको समर्पण, संरक्षण गर्दा परेको कठिनाइ आदिको युगलदासजीको हृदयमा अमिट छाप बसेको थियो । आफ्ना पिता सेवादासजी तथा गुरु दयालदासजी महाराजसँग यात्रा गर्दा उहाँलाई अनुभव भएका सम्पूर्ण कुराहरू माताजी समक्ष व्यक्त गर्नुभयो । राजबाईमाताजीलाई एकपटकको भ्रमणमा यति धेरै अनुभव बटुल्न सक्ने भयो भने यसलाई राम्रोसँग अध्ययनमा लगाउँदा साच्चिकै विद्वान्‌ बन्ने थियो भन्ने लाग्यो । राजबाईमाताले गाली गरेको भाषामा भन्नुभयो– “सधैँ कुम्लोकुटुरो बोकेर पहाड, मधेश गरिरहेर हुन्छ, सत्संग गरी तारतम वाणीको अध्ययन गर्नुपर्दैन ? राम्रोसँग वाणी सिकेर पछि यो मन्दिर सम्हाल्नुपर्छ ” भन्दा युगलदासजी हृदयदेखि नै हर्ष विभोर हुनुभयो । आफूलाई तारतम वाणी सिकाउने वातावरण तयार गरिदिने, आफूले चाहे बमोजिम वाणी सिक्न पाउँने हुँदा उहाँ अति खुसी हुनुभयो। उता पं. श्री सेवादास र युगलदासले नचाहँदा नचाहँदै विछोड भएर गणदेवी बडसाल जानुभएका दयालदास महाराजलाई पुनः उनीहरूसँग भेट्न र जिज्ञासु, युवा युगलदासलाई राम्ररी तारतम वाणीको अध्ययन गराउने चाहना बढ्दै गयो । युवा पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्न सकिएन भने भविष्यमा धर्मको प्रचार राम्ररी हुन सक्दैन । युवा युगलदास लगनशील, योग्य, सच्चा पात्र हुन्‌ भन्ने सम्झेर दयालदास महाराज गणदेवी, बडसालबाट कालिम्पोङ, इच्छे मन्दिरमा आउनुभयो ।

केही महिनादेखि गुरुजीसँग अलग हुँदा सेवादासजी तथा युगलदासजीलाई पनि गुरुजीको स्मरणले सताइरहेको थियो । पुनः गुरुजी आफ्नो याद गर्दै इच्छे मन्दिरमा आउँदा उहाँहरूलाई अपार हर्ष भयो | गुरु श्रीवयालदासजी महाराजको आगमन युगलदासजीलाई तारतम वाणी सिकाउने शुभ अवसर हो भन्ने जानेर भोलिपल्ट नै साइत हेरेर राजबाईमाताले आवश्यक व्यवस्था मिलाउनुभयो । बिहानको मंगल आरती पश्चात्‌ विधिवत्‌ रूपमा श्रीराजश्यामाजीको पुष्पाञ्जलि आरती गरी गुरुभेटीका साथ युगलदास महाराजले परमहंस गुरुजी श्रीदयालदास महाराजसँग तारतम वाणी अध्ययनको तयारी गर्नुभयो । परमहंस श्री दयालदास महाराजले पनि पुनः आफ्ना गुरु परमहंस श्री रतनदासजी महाराजको हस्तलिखित तारतम वाणी श्रीमद्तारतम सागरबाट युगलदासजीलाई अध्ययन गराउन सुरु गर्नुभयो ।

अध्ययनको प्रथम चरणमा गुरु श्रीदयालदास महाराजले तारतम मन्त्रको अर्थ स्पष्ट पारिदिनुभयो | युगलदासजीले सोही दिनमा अर्थ सहित निजनाम मन्त्रको पाठ कण्ठस्थ बुझाउनुभयो । त्यसपछि गुरुजीले मोहजलका तीन प्रकरण पनि दैनिक चार/पाँच चौपाईका दरले सिकाउँदै जानुभयो । युगलदासजीले जतिजति चौपाई तालिम लिबुहुन्थ्यो सो सम्पूर्ण कण्ठस्थ सुनाउँदै गएको देख्दा राजबाईमाता हर्षले गद्गद्‌ गुरुजीले सम्झाउँदै जानुभयो । उहाँले नियम पूर्वक आफ्नो हुनुभयो । गुरुजीले युगलदासजीलाई सुरुदेखि नै सम्झा बु नछोड्न्‌” भन्ने अध्ययन अगाडि बढाउँदै जानुभयो । “जस्तोसुकै विघ्न परेतापनि आफ्नो नियम नछोड्नू’ भ त शिक्षा गुरुले दिनुभयो । जति जति पाठ अगाडि बढ्दथ्यो युगलदासजीलाई त्यति त्यति आनन्द लाग्दथ्यो । वाणीको अध्यापनमा भावअनुसार कहिले रासग्रन्थका रामतमा हर्षित हुँदै; कहिले प्रकाश ग्रन्थका सद्गुरु वियोगका विरहमा अश्रुपूर्ण हुँदै गुरुजीले पढाउनु हुन्थ्यो । सोही अनुसार युगलदासजीले आफ्ना गुरुजीका साथै मातापितालाई समेत आनन्द दिलाउने गरी रास र प्रकाश ग्रन्थ सम्मको अध्ययन पूरा गर्नुभयो ।

धर्मको मार्गमा लागेर जीवन व्यतीत गर्न चाहनेलाई पूर्णब्रह्म परमात्माले परीक्षा लिने नियम नै हुने रहेछ, त्यसैले होला, वाणीको अध्ययन पूरा गराउन युगलदासजीलाई पनि त्यस्तै परीक्षाको सामना गर्नुप्यो । निकै हर्षका साथ अध्ययन चलिरहेको समयमा उहाँलाई मायाको ठूलो धक्का लाग्यो । एक आफन्तले युगलदासजीलाई यहाँ अपर्झट परेको छ, तिमी आउनुपच्यो भनी खबर गरे । त्यो स्थान इच्छे मन्दिरबाट केही यढा थियो । मातापिताले पनि जानुपर्दछ भनेकोले युगलदासजी ती आफन्तको घरमा जानु पर्ने भयो । उहाँ आफ्ना गुरुजीसँग विदा भई आफन्तको घरतर्फ जानुभयो । यता गुरुजी पनि अब युगलदासजी लामो समयसम्म अल्झने भए भन्ने सम्झेर बम्बईतर्फ प्रस्थान गर्नुभयो । अर्कातर्फ अध्ययन सुचारु हुँदाहुँदै गुरुजीबाट विदा भएर आफन्तको घरमा गएका युगलदासजी त्यहाँबाट फर्केर दुःखी हुँदै मन्दिरमा आउनुभयो । मन्दिरमा आउँदा गुरुजी टाढा गइसक्नुभएको थियो। यस बखतमा युगलदासजीलाई असहृय पीडा भयो। सोधखोज गर्दै जाँदा गुरुजी दार्जिलिङ हुँदै बम्बईतर्फ जानुभएको खबर पाइयो । त्यसपछि युगलदासजी आफ्नो गुरुजीको खोजीमा भारतको बम्बईसम्म जानुभयो । तरपनि गुरुजीसँग भेट हुन सकेन । युगलदासजीले गुरुजी पुनः नेपाल फर्कनुभएको खबर पाउनुभयो र, काठमाडौँको नरदेवी मन्दिरमा पत्र पठाउनुभयो । संयोगवश त्यो पत्र गुरुजीकै हातमा पर्न गयो । गुरुजीले युगलदासजीलाई तिमीले मलाई धेरै खोजी गरेछै, म काठमाडौँमा छु, तर तिमी फर्केर नेपाल नआउनू, म त्यतै आउँदै छु भनी जवाफ पठाउनुभयो । गुरुजी तानसेन सुब्बिनीको छोरालाई साथमा लिएर भारतको बम्बई पुग्दा त्यहाँ गुरुचेलाको भेट भयो ।

२२. तारतम वाणीको अध्ययनमा आएको अवरोध पार गर्दै युगलदासजी पुनः अध्ययनमा सहभागी

ज्यारे धनी धणवट करे, त्यारे वल वैरी ना हरे ।
वली गया काम सराडे चढे, मन चितब्या कारज सरे ॥
(रास)

जब धनीले आफ्नो धनको संरक्षण गर्दछ, तब त्यो धनलाई अर्काले हरण गरेर लान सक्दैन । परमात्माको कृपा भएपछि बिग्रेर गएका कार्यहरू पनि मूलधारमा आइ सिद्धि प्राप्त हुन्छ । मायारूपी वैरीले हरण गरेर लैजान सक्दैन । यस चौपाईको अर्थ युगलदासजी महाराजको जीवनमा चरितार्थ भयो ।यता तारतम वाणीको अध्ययन सुचारु भइरहेको अवस्थामा मायाले अवरोध गर्दा गुरुजीसँग विछोड भइ एक्लै भौंतारिएर बम्बई पुगेका युगलदासजीलाई यतिबेला पुनः आनन्दको अनुभव हुन्छ। बम्बईमा आफ्नो परिचय दिँदा लक्ष्मण शर्माको छोरा भनेपछि त्यहाँका सुन्दरसाथहरूले उहाँको अति सेवाभाव, भक्तिभाव थियो भनी आफूहरूले उहाँको नाम सेवादास राखिदिएको कुरा बताउँदै त्यस्ता महान्‌ पण्डितका छोरा भनी सबैले माया गरी त्यस स्थानमा राखे । अर्कोतर्फ आफूले खोजी गरी हिँडेका गुरु श्री दयालदासजी महाराज नेपालबाट आइ अध्ययनलाई निरन्तरता दिन थाल्नुभयो । युगलदासजीले गुरुजीबाट तारतम सागरका षटक्रातुदेखि खिलवतसम्मका ग्रन्थ बम्बईमा बसी ३/४ वर्ष लगाएर निरन्तर रूपमा अध्ययन गर्नुभयो । त्यसपछि चर्चनीको अध्ययन विना परिक्रमा ग्रन्थ बुभ्न गाह्रो हुने हुँदा गुरुजीले चर्चनी सिकाउने तरखर गर्नुभयो । यही समयमा गणदेवी बडसालका सुन्दरसाथहरूले बम्बईमा रहनुभएका गुरुजी श्रीदयालदास महाराजलाई चर्चनी सिक्नको लागि गणदेवी बडसालमा आउन अनुरोधका साथ पत्र पठाए । दयालदास महाराजले पनि एक पन्थ दो काज भनेझैँ युगलदासजीलाई पनि बडसालमै लगेर चर्चनी सिकाउने निर्णय गर्नुभयो र, उहाँलाई साथमा लिएर गणदेवी बडसालतर्फ जानुभयो ।

२३. गणदेवीमा युगलदासजी महाराजको चर्चनीको अध्ययन सुरु
दयालदास महाराज गणदेवीमा पुग्दा त्यहाँका सुन्दरसाथहरूले उहाँलाई निकै प्रेमका साथ स्वागत गरे । अध्ययनको योजना बनाएर बसेका गणदेवीवासी सुन्दरसाथहरूले महाराजजी त्यहाँ पुगेको भोलिपल्ट देखि नै विधिवत्‌ रूपमा आरती पश्चात्‌ फूल चढाइ चर्चनीको अध्ययन सुरु गरे । त्यो जमातमा युगलदासजी पनि सम्मिलित हुनुभयो । पहिलेको समयमा चर्चनी सिकाउँदा फराकिलो समथर स्थानमा मसिनो माये सम्याएर सिन्काले कोर्दै नक्शा बनाएर देखाउने चलन थियो । दयालदास महाराजले पनि यसै गरी नक्सा बनाउँदै चर्चनी सिकाउनुभयो । गुरुजीले निरन्तर रूपमा छ महिनासम्म चर्चनीको शिक्षा । दिनु भयो । यसै बीचमा युगलदासजीलाई दयालदास महाराजले चर्चनी सहित तारतम सागरका परिक्रमा तथा सागर ग्रन्थको अध्यापन पनि पूरा गराउनु भयो ।

२४, काठमाडौँको नरदेवी मन्दिरमा दयालदास महाराजद्वारा तारतम वाणी र चर्चनीको अध्यापन
गणदेवीमा छः महिनासम्म सिकाएपछि गुरु श्रीदयालदासजी महाराजको नेपाल फर्कने कार्यक्रम थियो । उहाँ गणदेवीबाट गोरखपुर हुँदै तानसेन सुब्बिनीको घरमा पुनः पुग्नु भयो र त्यहाँबाट विदा भएर काठमाडौँ नरदेवी मन्दिरमा आइ बास बस्नुभयो । काठमाडौँ आएको भोलिपल्ट नै दयालदास महाराजले बनेपाका सुन्दरसाथ भीमबहादुर बादे श्रेष्ठलाई बोलाइ नगद रूपैयाँ सुम्पिदिनु भयो । केही दिन बनेपा बसेर होक्से मन्दिरका संस्थापक प्रेमदास बाबा (बजगाईं) लाई भेटी त्यहाँबाट युगलदासजीको पुर्ख्यौली गाउँ दाप्चा, ढुङ्‌्खर्क सम्मको दोस्रोपटक भ्रमण गर्नुभयो । त्यस भ्रमणमा धर्मप्रचार सम्बन्धी जानकारी लिएर त्यसको मूल्याङ्कन गर्दै पुनः काठमाडौँ, नरदेवी फर्कनुभयो । नरदेवी मन्दिरमा आएपछि परमहंस श्रीदयालदासजी महाराजले तारतम वाणी र चर्चनीको ज्ञान दिने राम्रो व्यवस्था गर्नुभयो । नित्यप्रातः कालको सेवापूजापछि तारतम सागर सिक्न आउने सबैलाई तालिम दिनु हुन्थ्यो । यस बखतमा युगलदासजी महाराजले पनि गुरुजीसँगै बसेर अध्ययन पूरा गरी दोहोर्‌याउने अवसर प्राप्त गर्नु भयो। युगलदासजीका साथमा त्यतिबेला भवानी सेठका दाजुभाइ खलकका छोरा चरणदासले पनि अध्ययन पूरा गर्ने राम्रो अवसर पाएका थिए । यसरी वाणीको अध्यापन कार्यलाई व्यवस्थित गराउनुका साथै दयालदास महाराजले नरदेवी मन्दिरमा रहेर काठमाडौँ र ललितपुर आसपासका क्षेत्रहरूका साथै पूर्व तर्फका भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप आदि र पश्चिमतर्फका बुवाकोर, गोर्खा, लमजुङ्ग, कास्की लगायतका जिल्लाहरूमा समय समयमा पाठपारायण, सेवापूजा , नित्यपाठ र निरतजस्ता विषयको राम्रो शिक्षा दिनुभएको थियो । त्यस समयमा युगलदासजी महाराज गुरुजीको सेवा गर्दै विभिन्न स्थानका कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

२५. नरदेवी मन्दिरको अध्यापन कार्यलाई निरन्तरता
परमहंस महाराज श्रीदयालदासजीद्वारा काठमाडौँको नरदेवी मन्दिरमा तारतम वाणी र चर्चनीको अध्यापन कार्य निरन्तर रूपमा चली रहयो । महाराजजीले लगातार ११ वर्षसम्म यो प्रक्रिया चालु गराउनु भयो । युगलदास महाराज जागृति अभियानमा लागिरहनुभयो । यसैबखतमा पूर्व कालिम्पोङ इच्छे मन्दिरमा राजबाई माताजीलाई शारीरिक अस्वस्थताले अन्तिम अवस्थामा पुन्याएछ । माताजीले त्यस समयमा मन्दिरको व्यवस्थापक समितिलाई “मेरा एक शिष्य युगलदासले तारतम वाणीको राम्रो ज्ञान हासिल गरेका छन्‌, उनलाई काठमाडौँबाट बोलाएर यहाँ ल्याई यो मन्दिर राम्रोसँग चलाउनु भन्नुभएछ । त्यसपछि लगत्तै उहाँको धामगमन भएछ।” त्यहाँको समितिले माताजीको पार्थिव शरीरलाई इच्छे मन्दिरकै नजिक त्यसै मन्दिरका संस्थापक महाराज श्री दयालदासजीको (युगलदास महाराजका साहिँला बुबा) समाधिसँगै राखी समाधिस्थ गरिदिए र उहाँको अनुरोध अनुसार काठमाडौँ नरदेवीमा रहनुभएका युगलदास महाराजलाई खबर गरे। आफ्ने गुरुमाता (साहिँली आमा) को इच्छा र त्यहाँको समितिले गरेको निवेदन माथि युगलदासजीले स्वीकृति जनाउनु भयो। तब युगलदासजी काठमाडौबाट गुरु श्रीदयालदासजी महाराजसँग विदा भएर इच्छे मन्दिर जानुभयो । त्यहाँ पुगेर मन्दिरको दर्शन पश्चात्‌ माताजीको समाधिमा परिक्रमा गरी विरहवाणीको पाठ, जप आदि कार्य गर्नुभयो । त्यसपछि गुरुमाता श्रीराजबाईको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिनु भयो । तारतम वाणी र चर्चनीको अध्यापन गराउँदै धेरै सुन्दरसाथहरूको जागृति गर्दै जानुभयो । यसै क्रममा युगलदासजी महाराजले तारतम वाणीका शब्दार्थ लेखक मोहन मुकुन्द महाराजलाई पनि जागृत गराउनुभएको थियो । यसरी त्यससमयमा युगलदासजी महाराजले कालिम्पोङ्ग इच्छे मन्दिरमा रहेर दार्जिलिङ्ग, सिक्किम लगायत भारतका विभिन्न स्थानका साथै नेपालको पूर्वी क्षेत्रमा राम्रोसँग श्री कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो ।

२६. दयालदास महाराज र नरदेवी घटना
नरदेवी मन्दिरमा दयालदास महाराजबाट वाणी प्रशिक्षण कार्य सञ्चालन हुँदा धेरै व्यक्तिहरूलेप्रशिक्षणको लाभ लिए । दयालदास महाराजले आफ्ना शिष्यहरूलाई आध्यात्मिक प्रशिक्षणका साथै व्यावहारिक ज्ञान पनि दिनुहुन्थ्यो । मन्दिरको आम्दानी तथा जिन्सी सम्पत्तिमा कहिल्यै लालच गर्नुहुँदैन, पूर्णब्रह्य परमात्मालाई अर्पण गरेको सम्पत्तिमा लोभ गर्दा ब्रह्मस्व लाग्दछ भनी सम्झाउनुहुन्थ्यो । यसै वखत एकदिन आफ्नै शिष्य चरणदास श्रेष्ठले मन्दिरमा रहेका चाँदीका बासन (पूजाका भाडावर्तन) लोभमा परी बिक्री गरेछन्‌ । दयालदास महाराजले आश्चर्य मान्दै यस्तो कार्य कहिल्यै गर्नुहुँदैन भनी चरणदासलाई सम्झाउनु भएछ । तर चरणदासले “विनाशकाले विपरीत बुद्धि” भनेझैं गुरुमाथि नै इर्ष्या राखी धर्मको समेत विरोध गरी नेपालमा विदेशी धर्म फैलाए भनि अड्डामा उजुरी गरेछन्‌ । उजुरी बमोजिम अड्डाले दयालदास महाराजलाई पक्राउ गरी सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा लगी नजरबन्दमा राख्यो । बनेपाका भीमबहादुर बादे श्रेष्ठ लगायत अरू केही सुन्दरसाथहरूको पहलमा उहाँलाई नजरबन्दबाट छुटइयो ।

२७. बाँसबारीमा दयालदास महाराजद्वारा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना
नजरबन्दको घटनापछि दयालदास महाराज नरदेवी मन्दिरमा बस्न चाहनुभएन । आफैले शिक्षा दिएर अघि बढाएको शिष्यले आफैंलाई चोट दिएपछि उहाँ धेरै दुःखी भएर नरदेवीबाट बाँसबारीमा जानुभयो । बाँसबारी स्थित राजबहादुर पौडेलका पिताको सल्लाह अनुसार त्यही स्थानमा आठ रोपनी जग्गा खरिद गरी मन्दिर निर्माण गर्नुभयो । त्यसपछि दयालदास महाराजले उक्त मन्दिरमा बसेर त्यहाँको व्यवस्थापनका साथै सेवापूजा सुचारु गर्नुभयो । केही समयपछि खरिद गरेको जग्गा, स्वरूप साहेब, भाँडा, कुँडा र नगद रु २००।- (दुईसय) बाँसबारीका कृष्णबहादुर खत्रीलाई र मन्दिर सञ्चालन गर्ने काम शिष्य पं. श्री कमलदास आचार्यलाई जिम्मा दिइ आफू भारतको बम्बईतर्फ प्रस्थान गर्नुभयो ।

दयालदास महाराज बम्बई गएको दुई वर्ष पूरा नहुँदै नेपालमा वि.सं. १९९० मा विनाशकारी भूकम्प आयो जसका कारण नेपालका धेरै भौतिक संरचनाहरू नष्ट भए। यसको प्रतिकूल प्रभाव बाँसबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा समेत पस्यो । मन्दिर भत्कियो । मन्दिर मर्मत गर्नका लागि आर्थिक अभाव खड्कियो । यस समस्याको समाधानका लागि बम्बईका महाराज समक्ष खबर पुन्याइयो । दयालदासजी महाराजले बम्बईबाट अर्थ संकलन गरी उक्त मन्दिरमा पठाइदिनुभयो । तर मन्दिरको पुनःस्थापन हुन सकेन ।

यसपछि मन्दिरको कार्यभार जिम्मा लिनुभएका पं. श्रीकमलदासजी आफ्नो पारिवारिक समस्याले गर्दा आफ्नै घर बल्थली, काभ्रेमा फर्किनुभयो । उता बम्बई तथा गणदेवी बडसालमा प्रशिक्षण दिँदै आउनुभएका दयालदासजी महाराज आफ्नो वृद्धावस्था महसुस गरी श्री ५ पद्मयावतीपुरी धाममा गइ बस्न चाहनुभयो । किनभने उहाँले धाममा रहेर अन्त्यमा आफ्नो पार्थिव शरीरलाई आफ्ना गुरुजी श्रीरतनदास महाराजको समाधिस्थलको समीपमा समाधिस्थ गर्न चाहनुहुन्थ्यो ।

२८. युगलदासजी महाराजको नेपालमा धर्म जागृति आरम्भ
कालिम्पोङ्ग इच्छे मन्दिरमा रहनुभएका युगलदासजी महाराज केही वर्षपछि आफ्ना गुरुजी श्रीदयालदास महाराजले स्थापना गरेको बाँसबारीस्थित मन्दिरको अवस्था जान्न तथा धर्मप्रचारको लागि नेपाल तर्फ प्रस्थान गर्नुभयो । बाँसबारीको अवस्था सन्तोषजनक नदेखेपछि आफ्नो पूर्ख्यौली स्थल काभ्रे पुग्नुभयो । काभ्रे पुगेर बनेपा, ढुंखर्क, होक्से, धुसाल, धुलिखेल,दाप्चा आदि स्थलमा पाठपारायणको माध्यमद्वारा धर्मप्रचार गर्नुभयो । यसै क्रममा एकपटक दाप्चामा गइ श्रेष्ठ परिवारका दुई व्यक्तिको आत्म-जागृति हुँदा हर्षविभोर भइ पद्यावतीपुरीमा गुरुजी दयालदासलाई पत्र मार्फत सन्देश पठाउनुभएछ । दयालदासजी महाराजले त्यो खबर पाउँदा हर्षित भई अहिंसाको ज्ञान नभएको, जहाँतहीँ हिंसा हुने नेपालमा दुई जनाको आत्म-जागृति हुनु पनि ठूलो कुरा हो । यिनलाई दुई जना नसम्झनू, दुई सय जना सम्झनू भनी उद्गार व्यक्त गर्नुभएछ । यसरी नेपालमा युगलदासजी महाराजले श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्नुका साथै धेरै व्यक्तिहरूको आत्म-जागृति गरिहेको बेलामा उता पद्यावतीपुरी धाम पन्नाबाट गुरु दयालदासजी महाराजको दोश्रो पत्र प्राप्त भयो । आफ्नो बृद्धावस्थाको अशक्ततालाई प्रकाश पार्दै अन्त्यमा युगलदासजीको साथमा रहने इच्छा गरी गुरु दयालदासजीले पत्रमा सन्देश पठाउनुभएको रहेछ- “युगलदास, तिमी धर्म जागनीमा मात्र व्यस्त भयौ भने म अन्त्यमा एक्लो हुनेछु, अब मेरो शारीरिक अवस्था निकै कमजोर भइसकेको छ। तिमीले त्यहाँको सम्पूर्ण कार्यलाई छोट्याएर पन्नातिरै आउने प्रयास गर।”

गुरुजीको यस्तो पत्र पढेपछि युगलदासजीमा गुरुभक्तिको प्रेम प्रकट भयो। कहिले गुरुजीको समीपमा पुगेर सेवा गरी उहाँको दिललाई शीतल बनाउँ भन्ने भावले छट्पटि भयो । विभिन्न स्थानमा हुँदै आएका ‘पाठपारायणको माध्यमबाट कतिपय व्यक्तिहरू दीक्षित भइरहेको अवस्थामा कसरी धर्मप्रचारको व्यवस्था मिलाइ पद्यावतीपुरी जाने भनी चिन्तन गर्न थाल्नुभयो । पन्ना जाने वातावरण मिलाउन युगलदासजीलाई केही महिना लाग्यो । यत्तिकैमा गुरुजी दयालदासको तेश्रो पत्र पनि हात लाग्यो । पत्रमा लेखिएको थियो– “युगलदास, तिमी तुरुन्त पन्ना आएनौ भने गुरुचेलाको भेट असम्भव होला; त्यहाँ भोजन गरी यहाँ हात धुन आङ ।”

२९. युगलदासजीद्वारा दयालदास महाराजको पार्थिव शरीरलाई पन्नामा समाधिस्थ गर्नु
गुरुजीको तेश्रो पत्र पाउनासाथ उक्त सम्पूर्ण कामकाज स्थगित गरेर युगलदासजी पन्नातर्फ लाग्नुभयो । गुरुजीको अन्तिम घडीमा आफूले सेवा गर्नुपर्थ्यो तर पत्र पाउँदा पनि मैले ढिलो गरेँ भनेर पश्चाताप मान्दै युगलदासजी पद्यावतीपुरी पुगेर हेर्दा अति दुःखित हुनुभयो । त्यस समयमा गुरुजीका आफ्नै चेला कृष्णमणि उप्रेतीले उहाँको राम्रो सेवा गर्नुभएको रहेछ। युगलदासजी त्यहाँ पुगेपछि कृष्णमणि र आफू दुबै जना मिली दयालदास गुरुजीको आवश्यक सेवा गर्नुभयो । केही समयपछि दयालदास महाराजले कृष्णमणि उप्रेतीलाई सतना मन्दिरको जिम्मेवारी बहन गर्ने आज्ञा दिनुभयो । सतनाको मन्दिरनेपाल, तनहुँकी सुन्दरसाथ सेनबाई भण्डारीले स्थापना गरेकी हुन्‌ । त्यस मन्दिरले पद्यावतीपुरी धाममा आउने जाने सुन्दरसाथहरूको सेवा पुस्याउँदै आएको छ। त्यसैले तिमीले सतनाको मन्दिर सञ्चालन गरी त्यहाँका जिज्ञासु व्यक्तिहरूलाई तारतम वाणीको ज्ञान दिँदै धर्मप्रचार गर्नु भनी सम्झाउनु भयो । त्यसैगरी युगलदास महाराजलाई भन्नुभयो “तिमी मेरो अन्तिम अवस्थासम्म साथमा रही मेरो धामगमन पश्चात्‌ यो पार्थिव शरीरलाई गुरु रतनदास महाराजको समाधि नजिकै समाधिस्थ गरी नेपाल फर्कनू।” त्यसपछि नेपालमा गएर कसरी धर्मको स्थायी रूपमा व्यवस्थापन तथा प्रचार गर्ने भन्ने सम्बन्धमा विगतका इतिहास स्मरण गराउँदै उपदेश दिनुभयो । नरदेवी र किलागल मन्दिरको स्थापनादेखि सञ्चालन क्रममा आफूले भोगेका समस्याहरू, चेलाचेलीहरूको व्यक्तिगत स्वार्थ, मन्दिरको चल अचल सम्पत्तिको संरक्षण गर्न खोज्दा नजरबन्द परेको घटना, प्रचार गर्दा आइपरेका कठिनाइहरू र अन्त्यमा बाँसबारीमा स्थापना गरेको मन्दिरको पनि दुरावस्थालाई हृदयंगम गरी निराकरणको उपायमा जोड दिँदै सम्झाउनुभयो ।

धर्मको स्थायी रूपमा प्रचार तथा व्यवस्थापन गर्नका लागि पारदर्शी तरिकाले अगाडि बढ्नु पर्दछ। नेपालको सरकारी निकायबाट वैधानिकता प्राप्त हुने गरी संस्था दर्ता गर्नुपर्दछ । भविष्यमा ठूला ठूला धार्मिक गोष्ठी, पाठपारायण र सत्संगका लागि राजधानीमा नै यथेष्ट जग्गा लिइ यस धर्मको केन्द्रिय धाम बनाउनुपर्दछ । आफ्नो नीति तथा पद्धति स्पष्ट हुने गरी धर्म प्रचार गरेर जिज्ञासुलाई यस धर्मको लक्ष्य बुझाउनुपर्दछ जसले गर्दा धर्मको निन्दा गर्ने, उजुरीद्वारा साधुसन्तलाई बन्दी गराउने जस्ता विकृतिहरू हटेर जान्छन्‌ । यसरी दयालदासजी महाराजले आफ्ना प्रमुख शिष्य युगलदासजी तथा कृष्णमणि उप्रेतीलाई धर्मको भार सुम्पेर अन्तिम समयमा व्यवहारिक कामबाट आफू निवृत्त भइ आफ्नो ध्यान परमधामतर्फ एकाग्र गराउनुभयो । हरपल परमधाम व्रज, रास र जागनी लीलामा रमण गर्नुभयो । पच्चीस पक्ष परमधामको चिन्तन गर्दै युगलदासजीसँग उहाँ चर्चनीको बारेमा कुरा गर्नुहुन्थ्यो । यसै क्रमले उहाँका दिन बित्दै गए । अन्त्यमा वि.सं. १९९९ साल जेष्ठ कृष्ण द्वादशीका दिन उहाँ आफ्नो इहलीला समाप्त गरी धामतर्फ प्रयाण गर्नुभयो ।

परमहंस गुरुजी श्रीदयालदासको इच्छा अनुसार युगलदासजी महाराज र कृष्णमणि उप्रेतीले गुरुजीको पार्थिव शरीरलाई श्री ५ पद्यावतीपुरी धामस्थित रतनदास महाराजको समाधि नजिकै समाधिस्थ गर्नुभयो र उहाँको नाममा पाठपारायण आदि सम्पन्न गरी कृष्णमणिजी महाराज सतनातर्फ र युगलदासजी महाराज नेपालतर्फ फर्किनुभयो ।

३०. नेपालको काभ्रे जिल्लामा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गर्ने उद्देश्यले युगलदासजीकोनेपाल आगमन
श्री ५ पद्मावतीपुरी धामबाट कानपुर, लखनङ, गोरखपुर, सुनौली हुँदै युगलदासजी महाराजले नेपाल प्रवेश गर्नुभयो । नेपालको बुखल, तानसेन, पाल्पा हुँदै पोखरासम्म आउँदा ठाउँठाउँमा सुन्दरसाथहरूको घरमा बास बसी सबैलाई गुरुजी श्रीदयालदास महाराजको धामगमनको जानकारी गराउनुभयो । साथैनेपालमा धर्मको खम्बाको रूपमा रहनुभएका दयालदास महाराजले धर्मको जिम्मेवारी आफ्नो काँधमा लिएर धामगमन भएपछि अब धर्मको प्रचार कसरी गर्ने, मन्दिर/आश्रमहरूको निर्माण तथा सञ्चालनमा निरन्तरता ल्याउन कसरी अगाडि बढ्ने आदि विषयमा विद्वानहरूसँग राय सुझाव लिँदै युगलदासजीले यात्रालाई अगाडि बढाउनुभयो । बैदाम पोखराबाट बहुमारा हुँदै लमजुङ्ग जिल्लाको बल्थुम मन्दिरमा पुग्नुभयो । त्यहाँ आइपुग्दा श्रावण महिनाको बीतकको समय भएको थियो । युगलदासजी महाराजले एक महिनाभर बल्थुम मन्दिरमा बीतक गरी साँझमा सन्ध्या, गौरी गायन, रातको प्रथम प्रहरसम्म निरत वाणी गाउने राग सिकाउनुभयो । अन्य समयमा प्रभाती, रास, रामत नृत्य तथा चर्चनीको बारेमा प्रशिक्षण दिनुभयो । यसरी एक महिनासम्म बल्थुम मन्दिरमा कार्यक्रम सञ्चालन गरी त्यहाँबाट गोर्खा हुँदै नुवाकोट, थापागाउँ, तिगाउँ आउनुभयो । यस पटक युगलदासजी महाराजले बल्थुमका चूडामणि बराललाई साथमा लिइ आउनुभएको थियो। नुवाकोट थापागाउँमा बस्ने भिखारीदास लोहनीले बनारसमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेका थिए जसको नामबाट बनारस मन्दिरको स्थापना नै भिखारी महल्ला भनेर चिनिन्छ । यस प्रसंगलाई स्मरण गर्दै युगलदासजी महाराजले धर्मजागृतिको कुरा अगाडि बढाउनुभएको थियो । थापागाउँका पाण्डे, लोहनी परिवारका व्यक्तिहरूलाई भेला गरी सात दिनको पाठपारायण सम्पन्न गर्नुभयो ।

त्यसपछि युगलदासजी महाराज काठमाडौँ बाँसबारीको श्रीकृष्ण प्रणामी मन्दिरमा आउनुभयो । विगतको इतिहास, नरदेवी र किलागल मन्दिरको स्थिति बुझेर कोटेश्वर दीप्तजङ्ग सिजापतिको घरमा पुगी उहाँसँग भेट गर्नुभयो । त्यस समयमा विभिन्न स्थानबाट साधुसन्तहरूको काठमाडौँ आगमन हुँदा सिजापतिको कृुटीमा आइ धर्मको बारेमा छलफल गर्ने गरिन्थ्यो । युगलदासजी महाराज कोटेश्वरबाट बनेपा भीमबहादुर बादे श्रेष्ठका घरमा पुग्नुभयो । त्यहाँ पुगेर भीमबहादुर बादे तथा लालदास श्रेष्ठको घरमा बास बसी दयालदास महाराजको धामगमनको जानकारी गराउनुभयो । साथै काभ्रेमा मन्दिर बनाउने बारेमा सल्लाह गर्नुभयो ।

३१. काभ्रे जिल्लामा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना
काभ्रे जिल्लाको दाप्चामा श्रीकृष्ण प्रणामी धर्मको सुरुवात वि.सं. १८४० तिर युगलदास महाराजका पुर्खाबाट भएको थियो । धर्म प्रचारको क्रममा धेरै व्यक्तिहरू दीक्षित भएका थिए । त्यसको करीब एक शताब्दीपछि वि.सं. १९४८ मा होक्सेमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना भएको थियो । त्यस मन्दिरमा सन्त प्रेमदास बाबाजीबाट मन्दिर सञ्चालन तथा आसपासको स्थानमा धर्मप्रचार हुँदै आएको थियो । यसको करिव ४५ वर्षपछि युगलदासजी महाराजले दाप्चा काभ्रेमा मन्दिर स्थापना गर्न सुरु गर्नुभयो । वि.सं. १९९६ देखि नै युगलदास महाराजले काभ्रेमा मन्दिर स्थापनाको परिकल्पना गर्नुभएको थियो भने वि.सं. १९९९मा त्यहाँका स्थानीय सुन्दरसाथ मुरलीप्रसाद बजगाँईंले दान गरेको जग्गामा मन्दिर निर्माण गर्नुभयो । मन्दिर स्थापना गरेको समयदेखि नै त्यस मन्दिरमा, दैनिक सेवापूजा, मेलापर्वहरू, आध्यात्मिक प्रशिक्षण कार्यक्रम आदि सुचारु हुँदै गए । वाणी गायन, रासरामत, नृत्य आदिविषयमा अत्यन्त हर्षका साथ कार्यक्रम सम्पन्न हुँदै गए जसको प्रभावले धेरै व्यक्तिहरू एकैसाथ श्रीकृष्ण प्रणामी धर्ममा समाविष्ट भए । धर्म जागनीको क्रम बढ्दै गयो । जब धर्म प्रचारको कामको विस्तार हुन थाल्यो तब समाजका कर्मकाण्डी पुरोहित र राणा सरकारका गुरुहरूको मनमा चिसो पस्न थाल्यो । प्रणामीहरूले आफ्नो अस्तित्वमा कमी ल्याउनुका साथै आय आम्दानीको क्षेत्र पनि हडप गर्ने भए भन्ने शंका मनमा उब्जियो । साथै उनीहरूका ब्राह्मणीहरू पँधेरामा पानी भर्न जाँदा प्रणामी दिदीबहिनीहरूसँग वादविवाद पर्न थाल्यो । प्रणामीहरू आफ्नो नियमअनुसार स्नान गरी सेवापूजाका लागि कसैले नछुने गरी चोखो जल भर्दा रहेछन्‌। ती ब्राह्मणीहरू हामी पनि ब्राह्मण गुरु पुरोहितका गृहिणी हौं, यी प्रणामीहरूले हामीलाई अछुत झैं सम्झन्छन्‌ भनी एकअर्काबीच आरोप प्रत्यारोप हुँदो रहेछ । त्यस्तो वैमनस्यताको भावना उब्जेर त्यसले ठूलो रूप लिँदा दुबैतर्फका व्यक्तिहरूबीच असभ्य तरिकाको भनाभन भएछ । यस अवस्थालाई मध्यनजर गरी युगलदासजी महाराजले सबै सुन्दरसाथहरूलाई, “यी व्यक्तिहरूले हाम्रो निन्दामात्र गरीरहन्छन्‌, हामी सदैव यिनीहरूसँग होशियार हुनुपर्दछ । यिनीहरूको नियत हामी प्रति राम्रो छैन, जानिरहनू” भनी सम्झाउनु भएछ । केही दिनपछि फेरी यस्तै प्रसंगमा सुन्दरसाथ दिदीबहिनी र गाउँका ब्राह्मणीहरूबीच झगडा हुन गएछ । यस झगडाको प्रत्यक्ष प्रभाव प्रणामी समाजमा पर्न गएछ । गाउँलेहरूले विभिन्न प्रकारका बनावटी निन्दा गरेर धर्ममा आक्षेप लगाउन थालेछन्‌। प्रणामी धर्म, हिन्दूको विपक्षमा चल्ने मुसलमानी धर्म हो यसमा नारी र पुरुष एकै स्थानमा रातभर भेला भइ नाचगान गर्ने र समाजमा विकृति ल्याउने काम गरिन्छ भनी भ्रम फैलाएर राणा सरकारमा चुक्ली लगाएछन्‌। विशेष गरी उजुरी गर्नेमा पं. छविलाल ओझा र उनकै दाजु देवीलाल ओझा रहेछन्‌ ।

३२. उजुरीद्वारा पक्राउ
वि.सं. २००२ साल श्रावण वदी तृतीयाको दिन काभ्रे मन्दिरमा सबै सुन्दरसाथहरू भेला भएर पाठपारायण गरिरहेका थिए । उक्त दिन श्रीप्राणनाथ स्वामीको धामगमनको तिथि भएकोले सबैजना विरह वाणी गाउँदै व्रत बसेका थिए । त्यसै दिन धुलिखेल अड्डाबाट प्रहरीको टोली आएर फूलबारी गाउँमा उत्सव मनाइरहेका चन्द्रकुमारी थपलिया लगायतका प्रणामीहरूलाई गिरफ्तार गरी हतकडीका साथ काभ्रे मन्दिरमा ल्याएछ । पुनः त्यस मन्दिरमा पनि भजन गाउँदै गरेका सुन्दरसाथहरूलाई घेरा हाली एक महिला एक पुरुष गर्दै दुईजनाको हातमा एउटै हतकडी लगाएर अनि कसैलाई पाता फर्काएर डोरीले बाँधी श्रृंखलाबद्ध रूपमा एउटै लाइनमा राखी डोच्याएर धुलिखेलतर्फ ल्याएछ । धुलिखेल अड्डाले यो मुद्दालाई झन्‌ बढाइचढाइ श्री ३ जुद्ध शमसेरको पासमा पुन्याउन अड्डासार गरेछ ।

त्यस समयमा युगलदास महाराज मेलातिथि भर्न नुवाकोट थापागाउँका सुन्दरसाथहरूको निमन्त्रणामा थापागाउँ मन्दिर जानुभएको थियो । यता काभ्रेका सुन्दरसाथहरूमाथि आपत्ति आइफ्यो । धुलिखेलबाट करिव २०० को जमातलाई प्रत्येकका दुईहात दुबैतर्फ अर्काको हातसँग हतकडी बाँधेर, पाता फर्काएर काठमाडौँतर्फ प्रस्थान गरायो । यो खबर बनेपाका सुन्दरसाथ भीमबहादुर बादे श्रेष्ठकोकानमा फ्यो । उनले आफ्ना साथीहरूको लागि खाजाको प्रवन्ध गरे । जब त्यो जमातले प्रहरीहरूको साथ रुँदै आत्तिदै यात्रा सुरु गच्यो तब उनीहरूलाई हरेक कुरामा कठिनाइ आइप्थ्यो । त्यसमा सात वर्षका बालकदेखि असी वर्षका बृद्धबृद्धासम्मका व्यक्तिहरू पक्राउमा परेका थिए । बाटोमा भोक प्यास देहक्रियादिले सताएको थियो । जसरी तसरी प्राणमात्र लिएर त्यो जमात बनेपा आइपुग्यो । बनेपा आइपुगेपछि भीमबहादुर श्रेष्ठले साथीहरूलाई खाजा खुवाउने व्यवस्था गरे । त्यतिबेला मात्र उनीहरूका हतकडी र डोरी खुल्ला गरिए । खाजा खाने क्रममा भीमबहादुर बादे श्रेष्ठले आफ्ना सुन्दरसाथलाई सान्त्वना दिँदै आफू पहिले दयालदासजी महाराजको पालामा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जेल परेको र पछि मुद्दा जितेर फैसला गरेको कुरा सुनाए र त्यो फैसलाको नजीर पेश गरेर “म तपाइँहरूलाई छुटाउनेछु, अन्त्यमा जीत हुनेछ” भनी सम्झाए । यसरी खाजा खाइसकेपछि प्रहरीको येलीले पुनः सबैलाई पहिलेको जस्तै हतकडी लगाएर काठमाडौँतर्फ हिँडाए ।

त्यहाँबाट साँगाभञ्ज्याङ हुँदै भक्तपुर आइपुग्दा रात पन्यो । भक्तपुरको ५५ भ्याले दरबार नजिक उनीहरूलाई बास बसाइयो । त्यहाँ सुन्दरसाथहरूले सन्ध्याको सेवापूजा, गौरी आदि गाउँदै परमात्माको स्मरण गरे । भोलिपल्ट बिहान सबेरै भक्तपुरबाट हिँडाएका उनीहरूलाई अर्को रात डिल्लीबजार खोरमा राखी त्यसको भोलिपल्ट सिंहदरबार ल्याइपुस्याइयो र जुद्ध शमशेर कहाँ खबर पुस्याइयो । जुद्ध शमशेर पराङ्िनीमा उभिएका थिए । जुद्ध शमशेरले भक्तजनको ताँतीलाई देखी अचम्म मान्दै आफूले त्यहाँको कुरा मात्र बुझेर आउनू भनेकोमा तिमीहरूले भक्तजनलाई कठोर सजाय दिइ अमानवीय काम गरेछै भनी गाली गरे र यस मुद्दाको विषयमा स्पष्ट रूपमा छानबिन गर्नू भनी हरि शमशेरलाई जिम्मेवारी दिए ।

जुद्ध शमशेरको आदेश अनुसार हरि शमशेरले छानबिनका लागि प्रहरी ब्रिगेड र भक्तजनहरूसँग दोहोरो प्रश्नोत्तर गरे । पहिले प्रहरी ब्रिगेड कमान्डरलाई सोधे- तिमीहरूले यिनीहरूलाई कस्तो अवस्थामा पक्राउ गरेका थियौ ? यिनीहरू के को पूजा गर्दा रहेछन्‌ ? यिनीहरूको घर कस्तो रहेछ ? यिनीहरू कस्ता कस्ता क्रियाकलाप गर्दा रहेछन्‌ ? कस्तो नियम मान्दा रहेछन्‌ ?”

ती प्रश्नहरूको उत्तरमा प्रहरी ब्रिगेड कमान्डरले जवाफ दियो- “यिनीहरू नारी पुरुष रातको समयमा एकै ठाउँमा भजन गरी बसिरहेका थिए। घर सानो रहेछ। घरको एउ कुनामा भान्छा, अलि पर बिछ्यौना, अर्कोतर्फ गाई बाँध्ने ठाउँ, जमिनमा बिछ्यौना लगाएर सबैजना त्यहीँ सुत्दा रहेछन्‌ । माथिल्लो तलामा स्थापित मन्दिरमा सबैजना भजन कीर्तन गर्दा रहेछन्‌ । यिनीहरू किताबको पूजा गर्दा रहेछन्‌ । गलामा तुलसी दानाको माला लगाउँदा रहेछन्‌ । माछामासु खाँदा रहेनछन्‌।”

पक्राउमा परेका भक्तजनहरूसँग ब्रिगेड कमान्डरले भनेका कुरा ठिक हो ? भनी हरि शमशेरले प्रश्न गरेछन्‌ । भक्तजनहरूले “हो सरकार ! हामी त्यसै गर्दछौं, हामी भागवत्‌ र तारतम वाणी वाङ्मयको पूजा गर्दछौं । अर्काको हत्या गरेर मात्र माछामासु बन्ने हुनाले हामी माछा मासु खाँदैनौँ । अहिसाको व्रत पालन गर्दछौं । हिन्दू संस्कृति अनुसार मानिसलाई अन्त्य समयमा तुलसीको मठमा लगिन्छ, तर जान्नसकिँदैन कि, हाम्रो अन्तिम अवस्था कहाँ हुन्छ, त्यसैले हामी सधैँभर तुलसीको माला आफ्नो गलामा लगाइरहन्छौं । देख्द्वा अति नै दयनीय स्थितिका ती भक्तजनहरूको अवस्था देख्द्वा र कुरा सुन्दा हरि शमशेर दयालु बनेछन्‌ र प्रहरीको ब्रिगेड कमाण्डरलाई यसरी जवाफ दिएछन्‌- एउय सानो घरमा सबैजना एकै ठाउँमा नबसेर कहाँ बस्नु ? यिनीहरूले किताबको पूजा गर्दछन्‌ त हामी पनि गीता, भागवत आदि ग्रन्थको पूजा, आरती गर्दछौँ । किताबको पूजा गर्नुमा के दोष ? फेरी यिनीहरू अर्काको हत्या गर्दा रहेनछन्‌ माछामासु खादा रहेनछन्‌ । त्यो राम्रो कुरा हो, वास्तवमा यिनीहरूले तुलसीको माला लगाएर अन्तिममा तुलसीको मठ प्राप्त गरेको ठानेर सन्तुष्टि मान्दा रहेछन्‌ । यिनीहरूको केही गल्ती देखिँदैन । तर तिमीहरूले यी सोझा भक्तजनमाथि ठूलो अन्याय गरेछौ भनी प्रहरीको ब्रिगेड कमान्डरलाई नजिकमा बोलाएछन्‌ र भक्तजनहरूलाई तिमीहरूको मन्दिरमा यिनीहरूले के के गरे भनी सोधेछन्‌ । भक्तहरूले यो भोटेको घ्याङ हो भनी प्रहरीले मन्दिरमा लात्तीले हाने भनी जवाफ दिएछन्‌ । यो कुरा हरि शमशेरलाई असह्य भएछ र उनले त्यहीँ ब्रिगेड कमान्डरलाई छडीले हानेछन्‌ र तत्कालीन न्यायाधीश रंगनाथलाई बोलाई “अब यसलाई सरकारी नोकरीबाट बर्खास्त गरी रु ३०० जरिवाना सहित ३ महिना जेल सजाय दिनू” भनी आदेश दिएछन्‌ । यसै बीचमा भीमबहादुर बादे श्रेष्ठले वि.सं. १९०५ सालमा सफाइ पाएको मुद्दाको फैसलाको नजीर पनि पेश गरेछन्‌ ।

हरि शमशेरले छानबिनको सबै विवरण जुद्ध शमसेर कहाँ पेश गरेछन्‌ । जुद्ध शमशेरले चार जनाले तारेखको लागि नाम दिनू र अरू सबैजना आ-आफ्नो घरमा जानू भनि आदेश दिएछन्‌। सुन्दरसाथहरूमध्येबाट युगलदास महाराज लगायत अरू तीन जनाको नाम दिइ सबैजना आ-आफ्नो घरतर्फ लागेछन्‌ ।

केही दिनपछि युगलदासजी महाराज नुवाकोटबाट काठमाडौँ आउनुभयो । काठमाडौँ आएपछि घटनाको सम्पूर्ण विवरण थाहा पाउनुभयो । तर पनि गाउँमा गएर स्पष्टसँग जानकारी नलिइ कसरी तारेखमा हाजिर हुनु भनी प्रथमतः आफ्नो गाउँ काभ्रे जानुभयो । काभ्रेमा युगलदासजी महाराजलाई देखेपछि सबैजना सुन्दरसाथ (भक्तजनहरू) भेला भएर घटनाको वृत्तान्त सुनाए । विनाकारण भोग्नुपरेको यस दुःखले युगलदास महाराजलाई धेरै दुःखित गरायो । गाउँको सम्पूर्ण घटना बुझेपछि युगलदासजी महाराज जुद्ध शमसेरको दर्शन भेट गर्न काठमाडौँ आउनुभयो । काठमाडौँ आएर जुद्ध शमसेरको दर्शन भेट गरी काभ्रे मन्दिरको तारेखमा मेरो नाम पनि परेको रहेछ सरकार ! म बोलाउनुभन्दा पहिले नै हाजिर हुन आएको हुँ भनी विन्ति चढाउनुभयो । जुद्ध शमसेरले युगलदासजीलाई वि.सं. १९८५ को फैसलाको नजीरको आधारमा मुद्दा खारेज गरी सबैलाई सफाइ दिएको कुरा सुनाएर भनेछन्‌- तिमी धर्मको प्रचारमा अघि बढ्न चाहन्छौ तर काभ्रे जिल्लामा धेरै व्यक्तिहरू तिम्रा विरोधमा रहेछन्‌ । शत्रुत्व भाव राखेका व्यक्तिहरूसँग बसेर काम गर्दा सफल हुन सकिँदैन । बरु तिमी सहरतिर आएर आफ्नो लक्ष्यमा अगाडि बढ भनेछन्‌ | यो सुनेर युगलदासजी महाराजले “सरकार ! सहरमा जग्गा बक्सियोस्‌ भनि निवेदन चढाउनुभएछ । श्री ३ जुद्ध शमशेरले युगलदासजीलाई तिमीले आफ्नो विचारले जग्गा छान्नु म ताम्रपत्र गरिदिउँला भन्ने वचन दिएछन्‌ । सोही अनुरूप युगलदासजी महाराजले त्यसै बेलादेखि २००३ सालसम्म जग्गाको खोजी गर्दाअनुकूल हुने जग्गा कतै पनि मिलेन । त्यसै वर्ष जुद्ध शमशेर विरक्त भएर राजपाठ नै छोडेर भारततर्फ लागे । सरकारद्वारा पाएको आश्वासन पूर्ण हुन नसक्दा युगलदासजी महाराज निराश हुनुभयो ।

३२. डिल्लीबजारमा सेवापूजा सञ्चालन
वि.सं. २००३ सालमा युगलदासजी महाराजले आफ्नै शिष्य कालुराम मारवाडीको डिल्लीबजारको घरमा मन्दिर स्थापना गरी नित्य सेवापूजा र धर्मजागनीको काम सुरु गर्नुभयो । २००३ सालदेखि २००८ सालसम्म कालुरामको घरमा मन्दिर सञ्चालन गरेर काठमाडौँ आसपासका क्षेत्रमा धर्मप्रचार गर्नुभयो । काठमाडौँ बाहिरका जिल्लाहरूबाट मुद्दा मामिला, स्वास्थोपचार आदिको लागि राजधानीमा आएका सुन्दरसाथहरूको सेवा, बसोबास र खानपीनको व्यवस्था गर्नुभयो । साथै मन्दिर निर्माण गर्नको लागि जग्गाको खोजी गर्दा डिल्लीबजार चोकमा रामचन्द्र गुठी अन्तर्गत रहेको धनसार घर फेला पर्न आयो जसमा पं. केशवदास नाम गरेका संगीतकार बस्दथे । उनी धाम गएपछि त्यस घरमा कोही नबसी त्यो खाली नै रहेको थियो । गुठीदाता चेत बहादुर बस्नेतसँग उक्त खाली घर किन्न प्रस्ताव राख्द्वा रु. ७००० (सात हजार)मा किनबेच गर्ने कुरा मिल्यो । उक्त रकम किस्ताबन्दी रूपमा चुक्ता गरी २००० सालमा युगलदासजी महाराजले घरसारको राजीनामा कागज गराइ लिनुभयो । अड्डाबाट घर पास गरी लिने बेलामा विभिन्न व्यक्तिले घर धनीलाई उचालेर युगलदास महाराज र घर धनी बस्नेतको बीचमा फाटो पारी दिए। व्यक्तिगत स्वार्थ पूर्तिको लागि विवाद उठेपछि बिक्रेताले युगलदासजीको नाममा घर रजिष्ट्रेशन पास गरी दिएनन्‌ । विरोधी पक्षको षड्यन्त्र हुँदा बस्नेतले साधु खड्गदास तिवारीको नाममा मात्र घर पास गरी दिने भए । यस विषयमा युगलदास महाराज अनभिञ्च हुनुहुन्थ्यो । आखिर जसको नाउँमा भएपनि मन्दिरको लागि हो, पछि पुनः मिलाउँला भनी उहाँ खड्गदासको नाउँमा घर पास गर्न मञ्जुर हुनुभयो र अन्त्यमा खड्गदासको नाउँमा घर पास भयो ।

जब खड्गदासको नाउँमा घरजग्गा पास भयो तब खड्गदास महाराजका शिष्यहरूले अब त आफ्नो गुरुको धन आफ्नै धन भयो भनेझैं गरी स्वार्थी नियतले आफ्ना गुरुलाई खुशी गराउन थाले । यता युगलदास महाराजलाई आफ्नो नाउँमा नामसारी गर्न असम्भव जस्तै भयो । युगलदास महाराज खड्गदासको व्यवहारले धेरै दुःखी हुनुभयो; तर खड्गदासलाई उनकै चेलाचेलीहरूले अल्मल्याइरहेका थिए । युगलदासजीले आफ्ना भतिजा पं. श्रीदेवकृष्ण शास्त्रीलाई यस विषयको सबै कुरा जानकारी गराउनुभयो । त्यसपछि देवकृष्ण शास्त्रीले खड्गदासलाई अनेक उपाय लगाएर सम्झाए । उनको चाहना अनुसारको सेवा पुग्याएर मिठाइ, फलफूलद्वारा सत्कार गरेर आफूले भनेको कुरा सुन्ने बनाए र अन्त्यमा घर युगलदासजी महाराजको नाउँमा पास गर्न अड्डासम्म लगे । अड्डामा पुगेपछि खड्गदासले फेरी मन बदले । त्यसबखत उनलाई आर्थिक सहायता दिने शर्तमा घरजग्गा युगलदासजीको नाउँमा पास भयो ।

खड्गदासको नामबाट युगलदासजी महाराजको नाउँमा डिल्लीबजारको घर नामसारी भएपछि युगलदासजी महाराज र नैकापका बद्री थापा गोदार भएर घर सफा गर्नुभयो र डिल्लीबजार कालुराममाडवारीको घरमा राखेको मन्दिरलाई यही घरमा ल्याएर सेवा प्रतिस्थापन गर्ने कार्य सम्पन्न भयो। युगलदासजी महाराजका केही किताबहरू र भाडावर्तन चावहिलस्थित उहाँकै चेला पं. गंगाप्रसाद अधिकारीका घरमा थिए। ती सामानहरू पनि बद्री थापा र ढुङ्गा अड्डाकी राधा खड्काको सहयोगमा युगलदासजीले डिल्लीबजार मन्दिरमा ल्याउनुभयो। मन्दिरमा तारतम सागरको प्रतिस्थापन भएपछि युगलदासजी महाराजले प्रचारका लागि पारायणको आयोजना गरी लुभु, साँगा, बनेपा लगायत आसपास सबैतिर निमन्त्रणा दिनुभयो । सबैतर्फका सुन्दरसाथको उपस्थितिमा पारायण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

मन्दिर घर सानो भएकोले युगलदासजी महाराजले फराकिलो ठाउँको चाहना गर्नुभयो। रामचन्द्र गुठीका गुठियार बस्नेतले डिल्लीबजार राम मन्दिर परिसरमा सत्संग भवन बनाउन भनी विवाद हुनु अगाडिनै नक्सा समेत पास गरी ल्याएका थिए। साँगाचोकबाटकाठपात र ढुंगा ल्याएर भवनको जगपनि हालियो । तर स्थानीय व्यक्तिले विरोध गर्दा त्यो कार्य सफल हुन सकेन । युगलदासजी महाराज निराश हुनु पस्यो । लगनखेल निवासी लप्टनकी श्रीमतीका चेलाहरू इन्द्रबहादुर, गजेन्द्रबहादुर, राधा र रुक्मिणी पुल्चोक दमकल अगाडिको घरमा बस्दथे । उनीहरू पुल्चोकबाट डिल्लीबजार हुँदै पशुपतिसम्म आवतजावत गर्दथे । एकदिन युगलदासजी सेवा पूजा गर्दै रहँदा घण्टीको आवाज सुनेर भत्याङबाट माथि आएर युगलदासजीको प्रथम दर्शन गरे र गुरुजीलाई पुल्चोक आएर जानोपदेश गर्न अनुरोध गरे । त्यो अनुरोध स्वीकार गरी पुल्चोकस्थित उनीहरूको घरमा गई त्यहाँको टोलीलाई प्रशिक्षण दिन थाल्नुभयो । त्यसैगरी बाँसबारी चक्रपथतर्फ पनि राधा अधिकारी, राजबहादुर पौडेल लगायतका सुन्दरसाथलाई प्रशिक्षण दिने गर्नुहुन्थ्यो । एवं रोतले डिल्लीबजार मन्दिरमा रही आसपासका स्थानमा प्रशिक्षण दिने क्रम चलिरहेको थियो । युगलदासजी महाराज कतिपय मन्दिरको सुव्यवस्था हुन नसक्दा ती पाताल हुँदै गएको देखेर कसरी मन्दिरहरूलाई राम्रोसँग सञ्चालन गर्ने भनेर निरन्तर सोच्नु हुन्थ्यो ।

आध्यात्मिक क्षेत्रमा विकृति ल्याउने तत्वबाट सावधान रहेर मन्दिरलाई संस्थागत रूपमा विकास गराउनका लागि कसरी कदम चाल्ने भनेर चिन्तन गरिरहनुहुन्थ्यो । वि.सं. २०२२ सालसम्म यिनै कुराहरूको चिन्तनमा दिनबित्दै गए । यसै वर्ष युगलदासजी महाराजले त्रि-चन्द्र कलेजका उप- प्राध्यापक छविलाल गजुरेललाई बोलाइ समिति र मन्दिर सम्बन्धी आफ्नो परिकल्पना व्यक्त गर्नुभयो । गजुरेलले तिनै परिकल्पनालाई साकार रूप दिन श्रीकृष्ण प्रणामी सेवा समितिको विधानको मस्यौदा तयार गरी युगलदासजी महाराजलाई दिनुभयो ।

युगलदासजी महाराजले त्यस विधानको मस्यौदालाई वैधानिक रूप दिनका लागि एक तदर्थ समिति गठन गरी कार्य अघि बढाउने निर्णय गर्नुभयो । त्यसपछि ठाउँठाउँमा रहेका बुद्धिजीवी सुन्दरसाथहरूलाई भेटी सरसल्लाह लिँदै जानुभयो। सोही अनुरूप वि.सं. २०२३ सालमा सुन्दरसाथको भेला बोलाइ आफ्नो अध्यक्षतामा एक तदर्थ समिति गठन गर्नुभयो जसको नामावली यस प्रकारको छ।
१. अध्यक्ष : श्री युगलदासजी महाराज
२. सदस्य : श्री गोपालदास बादे श्रेष्ठ (काभ्रे)
३. सदस्य : श्री पदमबहादुर अधिकारी (काठमाडौँ)
४. सदस्य : श्री पीताम्बरध्वज खाती (पाल्पा)
५. सदस्य : श्री देवीप्रसाद उप्रेती (झापा)
६. सदस्य : श्री देवकृष्ण शास्त्री (काठमाडौँ)
७. सदस्य : श्री गजेन्द्रबहादुर अमात्य (ललितपुर)
८. सदस्य : श्री तिलकबहादुर के.सी. (रामेछाप)
९. सदस्य : श्री तेजबहादुर के.सी. (भक्तपुर)

महाराज श्री युगलदासजीको अध्यक्षतामा गठन भएको त्यस समितिले श्रीकृष्ण प्रणामी धर्मको मस्यौदा विधानलाई नै “श्रीकृष्ण प्रणामी सेवा समितिको विधान २०२३” नामाकरण गरी वि.सं. २०२३ साल पौष ५ गते बाग्मती अञ्चल अञ्चलाधीशको कार्यालय काठमाडौँबाट स्वीकृत गरायो । उक्त समिति रजिष्टर गराउनमा बाँसबारीका श्री पदमबहादुर अधिकारीले ठूलो भूमिका खेल्नुभएको थियो । यसरी गठन भएको श्रीकृष्ण प्रणामी सेवा समितिको प्रथम धर्म सम्मेलन तथा संस्था उद्घाटनको समारोह वि.सं. २०२४ साल जेष्ठ २४ गते काभ्रे जिल्लाको बनेपामा सम्पन्न भयो जसलाई उप-प्राध्यापक छविलाल गजुरेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन तत्कालीन राज्य मन्त्री श्रीनेत्रविक्रम थापाले गर्नुभएको थियो ।

३४. श्रीकृष्ण प्रणामी निजानन्द आश्रम पुल्चोकको शिलान्यास
वि.सं. २०२९ सालमा श्रीकृष्ण प्रणामी सेवा समिति केन्द्रिय कार्यालय डिल्लीबजारले पुल्चोक दानागिरी थुम्कोको पर्ति एक रोपनी जग्गा आश्रमका लागि प्राप्त गरिपाउँ भनी ललितपुर नगरपालिकामा पेश गरेको निवेदन उपर छलफल हुँदा नगरपालिकाले स्वीकृति प्रदान गच्यो । ललितपुर नगरपालिकाबाट सो जग्गा आश्रमको लागि दिलाउनमा पुल्चोक निवासी सुब्बा गजेन्द्र बहादुरको ठूलो योगदान छ । त्यही समयमा ललितपुर इमाडोलस्थित नव निर्मित श्रीकृष्ण प्रणामी मन्दिरमा सेवा प्रतिष्ठापन कार्यक्रमको आयोजना गरियो । त्यस कार्यक्रममा श्री ५ नवतनपुरी धामबाट आचार्य श्री १०८ धर्मदासजी महाराजलाई प्रमुख अतिथिको रूपमा ल्याइएको थियो । त्यही अवसरमा पुल्चोकमा ललितपुर नगरपालिकाबाट प्राप्त भएको जग्गामा आचार्यश्रीको करकमलबाट श्रीकृष्ण प्रणामी निजानन्द आश्रम निर्माणार्थ शिलान्यास गरियो ।
सेवा समिति दर्ता भए उप्रान्त युगलदास महाराजले मन्दिर व्यवस्थापनको लागि समिति तथा सुन्दरसाथहरूलाई मुठीदान र अर्थ संकलनको बारेमा व्यावहारिक ज्ञान दिँदै जानुभयो । नेपालभर श्रीकृष्ण प्रणामी सेवा समितिका शाखाहरू खुल्नु पर्दछ भनी विभिन्न जिल्लामा पुगी जानकारी गराउनुभयो ।दमकल अगाडि संगीतकार इन्द्रबहादुर र रुक्मिणी श्रेष्ठको घर मन्दिरमा रहेर पुल्चोक, लुभु, हरिसिद्धि, सुनाकोठी, चापागाउँ, टुंगन, बुङमती आदि स्थानका सुन्दरसाथहरूलाई जम्मा गरी इन्द्रबहादुरद्वारा संगीत र महाराजजीबाट वाणी, बीतक आदि विषयमा राम्रोसँग प्रशिक्षण दिइयो । त्यसै बेला जुद्ध शमशेरकी कान्छी छोरी चैतन्य राज्यलक्ष्मी सिंह (कालधाराकी रानी साहेब)को आत्म-जागृति भयो । राणा परिवारमा पनि धर्म जागनीको लहर चल्यो । महाराजजीले सेवापूजा, भजन, बीतक आदि ग्रन्थहरूको लेखन तथा प्रकाशनको काम गर्नुभयो । उहाँले पुल्चोक आश्रमको निर्माण अवधिभर रुक्मिणीको घर मन्दिरमा बसी सुन्दरसाथहरूलाई प्रशिक्षण दिने तथा विभिन्न क्षेत्रमा पुगी धर्मप्रचार गर्ने काम चालु राख्नु भयो । वि.सं. २०२९ सालतिर भैरहवा, बुखल, पाल्पा, लखन, कानपुर हुँदै बम्बईसम्म पुगी आश्रम निर्माणको लागि अर्थ संकलन गर्नुभएको थियो । यसै क्रममा हरिद्वारको कुम्भ मेलाको अवसरमा प्राणनाथजीले विविध सम्प्रदायसँग शास्त्रार्थ गरेको ‘फाँकी सहितको ‘निष्कलंक अवतार’ नामक नक्शा तयार गरी त्यसको परिचय दिने विवरण पुस्तिका छाप्नुभयो । युगलदासजी महाराजले पटक पटक भारतको भ्रमण गर्ने क्रममा अनमोल कृतिहरू संकलन गर्नुहुन्थ्यो । यसैगरी अर्को पटक बम्बई जाँदा मूलमिलावाको खडा नक्शा पाँच स्वरूपको परिचय सहित छपाइ ल्याउनुभएको थियो । यस्तै दुर्लभ कृतिहरू संकलन गर्ने, प्रशिक्षण तथा धर्मप्रचारको कामसँगै निर्माण कार्यलाई पनि निरन्तरता दिँदै युगलदासजी महाराजको दिनचर्या बिले गर्दथ्यो ।

वि.सं. २०२९ तिर श्री ५ नवतनपुरी धामका पीठाधीश जगद्गुरु आचार्य श्री १०८ धर्मदास महाराज नेपाल आउँदा युगलदास महाराजले श्रीकृष्ण प्रणामी सेवा समितिको पुनर्गठन गराउनु भयो । पुनर्गठित समितिको अध्यक्षमा युगलदास महाराज, महासचिवमा डा. छविलाल गजुरेल र सदस्यमा पदम बहादुर अधिकारी, गजेन्द्रबहादुर, देवकृष्ण शास्त्री, इ.पी.पी. अधिकारी आदि हुनुहुन्थ्यो । डा. गजुरेलले महासचिवको रूपमा सुधारका काम र धार्मिक पत्रिका प्रकाशनको कुरा उठाउनु भयो। तर समितिका केही अनुदार व्यक्तिले सो काम हुन दिएनन्‌ । समितिका काम गर्ने वातावरण नहुँदा डा. गजुरेलले महासचिवको पद त्याग्नुभयो । समिति लथालिंग नै भयो । वि.सं. २०३१-३२ तिर धरानमा सनातनी पण्डित र प्रणामी बीच धर्म युद्ध नै भयो । आरोप प्रत्यारोप चल्यो । आखिर दुबै पक्षबीच हामी सबै सनातनी हौं भन्दै मिलापत्र भयो । युगलदास महाराजको समितिलाई सुदृढ गर्ने सपना त्यति बेलासम्म अधुरै रह्यो ।

वि.सं २०३५ सालमा आफ्नो बद्धावस्थाको कारण २०२३ सालदेखि सञ्चालन गर्दै आएको श्रीकृष्ण प्रणामी सेवा समितिको अध्यक्ष पद हस्तान्तरण गर्ने क्रममा कार्य समितिको बैठक बसाउनुभयो । अन्य सुन्दरसाथ सहितको भेला गराएर डा. छविलाल गजुरेललाई अध्यक्ष पदको लागि प्रस्ताव गर्नुभयो । सो प्रस्तावलाई गजुरेलजीले क्षण भरको लागि स्वीकार गरी “साधुको पद साधुलाई नै सुम्पिनु” उचित हुन्छ भनी ब्रह्मचारी मोहन मुकुन्द महाराजलाई अध्यक्ष बनाउने प्रस्ताव राख्नुभयो । त्यस प्रस्तावलाई उपस्थित भेलाले स्वीकृति दियो। यसरी युगलदासजी महाराजपछि सन्त मोहन मुकुन्द महाराजले सेवा समितिका अध्यक्षको कार्यभार जिम्मा लिनुभयो । आफ्नो दुई वर्षे कार्यकालमा मोहन मुकुन्द महाराजले इमाडोल श्रीकृष्णप्रणामी मन्दिरलाई नयाँ पक्की मन्दिर बनाउनका लागि जग राख्ने प्रयास गर्नुभयो । त्यसै गरी साहित्य प्रकाशनका लागि प्रेस खरिद गर्ने योजना बनाउनुभयो । अधिराज्य भरका सुन्दरसाथहरूको जनगणना उतार्ने र युगलदासजी महाराजको कदमलाई निरन्तरता दिने प्रयास गर्नुभयो । तर नविनतम सोचका आधारमा गरिएका सम्पूर्ण योजनाहरू समिति सञ्चालनमा व्यवधान उत्पन्न हुँदा अधुरा भएर रहे । समितिमा बसेर कामकाज गर्दा सदस्यबाट सहयोग नपाएपछि मोहनमुकुन्द महाराज अध्यक्ष पदबाट निवृत्त हुनुभयो । पछि समितिको बैठक बसी पीताम्बरध्वज खातीलाई सेवा समितिको अध्यक्ष पदमा नियुक्त गरियो ।

वि.सं. २०३५ सालमा श्री ५ नवतनपुरी धाम जामनगरमा आचार्य श्री १०८ धर्मदासजी महाराजले १०८ पारायणको आयोजनामा युगलदासजी महाराजलाई निमन्त्रणा गर्नुभयो । युगलदासजी महाराज नवतनपुरी गएर पारायण सम्पन्न गरी तारतम सागरलाई गुजराती लिपीमा प्रकाशन गर्ने कार्य भइरहेको हुँदा सुरुदेखि अन्त्यसम्मको प्रुफ हेर्ने काम सम्पन्न गरी नेपाल फर्किनुभयो ।

यता पुल्चोकमा आश्रम निर्माणको कार्य सञ्चालन हुँदै गइरहेको थियो । वि.सं. २०३० सालमा आश्रमको एक तला निर्माण पूरा गरी तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यमा नवतनपुरीका गादिपति आचार्य श्री १०८ धर्मदासजी महाराज, पन्ना धामका प्रतिनिधि सूरतका गादीपति श्री १०८ ठाक्रदासजी महाराजजी, कालिम्पोङ्गका गुरुजी श्री मंगलदासजीको उपस्थितिमा आश्रमको उद्घाटन कार्य सम्पन्न भयो ।

३५. निजानन्द आश्रम पुल्चोकमा दुःखद घटना
आश्रममा दिनप्रतिदिनको प्रशिक्षण कार्य र समय समयमा समितिका बैठक हुँदै गए । आर्थिक संकलन तथा प्रचारमा तीव्रता आउँदा धेरै सुन्दरसाथहरूको आवतजावत बढ्दै गयो । यसका साथै संगीतञ् उस्ताद श्री इन्द्रबहादुर श्रेष्ठको भजन कीर्तनले आकर्षण बढाएको थियो । यसै समयमा निजी स्वार्थ उन्मुख केही व्यक्तिहरूको क्रियाकलापको कारण सुन्दरसाथ र स्थानीय समाजबीच असमभूदारी बढ्न थाल्यो । यसको प्रत्यक्ष असर संस्थामाथि पनि पर्न गयो । एक आपसमा आरोप प्रत्यारोप बढ्दै गयो । वैमनस्यताले व्यापक रूप लिँदा स्थानीय व्यक्तिहरूले श्रीकृष्ण प्रणामी बृद्धाश्रमको प्रांगणमा शिव मन्दिरको स्थापना गरे । यसै घटनालाई लिएर दुबै पक्षबीच मुद्दा चल्यो । ललितपुर नगरपालिकाबाट औपचारिक रूपमा प्राप्त भएको जग्गा भए तापनि वैधानिक रूपमा मालपोत कार्यालयबाट लालपूर्जा प्राप्त गर्ने काम बाँकी नै रह्यो ।

आपसमा वैमनस्यता भएपछि असल कुरा गर्दा पनि अर्थको अनर्थ लाग्दोरहेछ । युगलदासजी महाराजमा यही विडम्वनाको असर पर्न गयो । २०४२ साल असोजमा विजयादशमीको अघिल्लो दिन (नवमी)मा नशालु पदार्थ सेवन गरी आएका करिव एक सय जनाको स्थानीय युवाको भझुण्डले पुल्चोक आश्रममा घेरा हाल्यो । यस आश्रममा त्यतिबेला केही विद्यार्थीहरू केही बृद्धावृद्धहरू र युगलदासजी महाराजको सहयोगीको रूपमा म आफै साथमा थिएँ । सेवा समिति तथा आश्रमको संरक्षणको लागि७०८० न२०-न25-8७०4न-ङ सन्त दर्शन छर ब्हनकमछककनन2-5 महाराजजीले मलाई विश्वास गर्नुभएको हुँदा म वि.सं. २०३४ सालदेखि नै हरबखत उहाँकै साथमा हुन्थें । स्थानीय व्यक्तिले आश्रममा घेरा हालेर त्यहाँका संरचना भत्काउने, मन्दिरमा रहिआएका व्यक्तिहरूलाई तर्साउने गर्दा कति व्यक्तिहरू ज्यान जोगाउनका लागि भागेर तल सडक निकटको घरमन्दिर (दमकल अगाडि) गए । बाँकी डरले आत्तिदै भित्र लुके । यसै बखत त्यस येलीले युगलदासजी महाराजलाई आक्रमण गत्यो । करीब नब्बे वर्षका वृद्ध गुरुमाथि यसरी लाठी चार्ज हुँदा मेरो मन थामिन सकेन र मैले महाराजजीलाई कम्मरमा समाउन पुगें । एउय व्यक्तिले त्यसै बखत मलाई टिपेर सडकमा पुच्याउन आक्रमण गय्यो । संयोगवस मेरो येपी र गलबन्दी मात्र उसको हातमा पन्यो । मैले महाराजजीलाई र उहाँले मलाई एक आपसमा समाएर बस्यौं । मलाईभन्दा पनि महाराजजीलाई त्यस येलीले नराम्ररी कुट्यो । महाराजजीको शरीरबाट रगत बगेर धोती रगताम्य भएपछि मात्र उनीहरूलाई सन्तोष भयो र उनीहरू फर्किए । यस्तो अवस्थामा पनि महाराजजीले धर्य गर्नुभयो । करीब आधाघण्य भित्रमा उनीहरूले असभ्य शब्दको प्रहार गर्दै यो दुःखद घटना घटए । त्यो घटना मेरो जीवनको एक अविस्मरणीय दुःखद क्षण बन्न पुगेको छ। युगलदास महाराजजीको जीवनमा यस्ता दुःखद घटनाहरू धेरै पटक हुँदै आएका थिए । कहिले मुद्दामामिला र झैझगडा, कहिले यस्तै अत्याचारका घटनाहरू भइ नै रहन्थे । जीवनमा धर्मका लागि आइपरेका समस्या तथा चुनौतीहरूलाई सामना गर्दै युगलदासजीले वृद्धावस्थासम्म पनि संघर्ष गरिरहनुभयो ।

३६. युगलदासजी महाराजको धामगमन अन्त्यमा युगलदासजी महाराजको वृद्धावस्था तथा विभिन्न दुर्घटनाले गर्द शरीर निकै अस्वस्थ भयो । यस अवस्थामा पुल्चोक दमकल घर मन्दिरका रुक्मिणी, राधा, गजेन्द्रबहादुर अमात्य लगायतले उहाँको गुरुभक्तिका साथ सेवा गरे । वि.सं. २०४४ साल भाद्र ३१ गते महाराजजीले अन्तिम अवस्थाको जानकारी दिँदै धर्मको बारेमाधटै उपदेश दिनुभयो । श्रीकृष्ण प्रणामी सेवा समिति दर्ता भएको छ त्यसलाई राम्रोसँग अगाडि बढाउनू भनेर शुभकामना दिनुभयो । त्यसपछि उहाँको वाक्य बन्द भयो । त्यसै दिन राति एक बजे हात हल्लाएर महाराजजीले इशारा गरेर सिरानमा झुण्डिरहेको बत्तिको स्वीच माग्नुभयो । स्वीच हातमा दिएपछि बत्ती बालेर केही समयपछि बन्द गर्नुभयो र पुनः बत्ती बालेर यस संसारबाट बिदा हुनुभयो। महाराजजीको धामजाने बेलाको त्यो संकेतले जसरी सबै कार्य राम्रो हुँदैगएअब तिमीहरूलाई ।बत्ती निभैझै भयो, तर “जिन हरबराओ मोमिनो हुकुम करत आपे काम” भनेझै नआतिनु फेरी ज्ञानको ज्योति बलि नै रहनेछ, श्रीकृष्ण प्रणामी सेवा समिति शीघ्रताका साथ फैलेर जानेछ भनेर इङ्गित गरेको रहेछ । यसरी २०३४ सालदेखि अहिलेसम्म युगलदास महाराजजी प्रदत्त श्रीकृष्ण प्रणामी सेवा समितिको निरन्तर विकास हुँदैआएको छ । उहाँकै आशीर्वादद्वारा संस्थाको विकास हुँदै आएको अनुभव गर्न सकिन्छ । श्रीकृष्ण प्रणामी धर्मका त्यस्ता मूर्धन्य व्यक्ति हुनुहुन्थ्यो परमहंस श्री युगलदासजी महाराज ।

३७. युगलदास महाराजजीको पार्थिव शरीर समाधिस्थ छि युगलदासजी महाराजको धामगमन पछि तुरुन्तै सेवा समितिमा र गाउँगाउँका सुन्दरसाथहरूमा खबर पुच्याइयो । उहाँको समाधिका लागि सोच राख्दै रात बिताइयो । बिहान उज्यालो भएपछि डिल्लीबजारमा वाणी प्रशिक्षण लिँदै गरेका विद्यार्थीहरूको सक्रियतामा गाउँ गाउँबाट समितिका पदाधिकारीहरू तथा सुन्दरसाथहरूलाई उपस्थित गराइयो । महाराजजीको अन्तिम यात्रामा धेरैभन्दा धेरै सुन्दरसाथहरूको सहभागिता रह्यो । शंखमूलस्थित बाग्मती नदीको किनार प्रयागघाटमा उहाँको पार्थिव शरीरलाई समाधिस्थ गरियो । उक्त समाधीस्थल अद्यापि यथावत्‌ छ । महाराजजीको धामगमन पश्चात्‌ अब धर्मको कार्यलाई कसरी अगाडि बढाउने भन्ने सल्लाह गर्दै जाँदा एक वर्षको समय त्यसै बित्यो । त्यसपछि वि.सं. २०४५ सालमा श्रीकृष्ण प्रणामी सेवा समिति तथा अग्रगण्य सुन्दरसाथहरूको राय बमोजिम तत्कालीन गादीपति आचार्य श्री १०५ धर्मदासजी महाराजलाई पुल्चोक आश्रममा निमन्त्रणा गर्ने सल्लाह भएअनुसार उहाँ पाल्नु भएपछि सेवा समितिको पुनर्गठन गरियो । सुषुप्त समितिले गति लिन थाल्यो ।

यसरी युगलदास महाराजको जीवनीदेखि लिएर वि.सं. २०३४ सालदेखि २०७० सम्मका २६ वर्षको अवधिमा श्रीकृष्ण प्रणामी सेवा समितिका उल्लेखनीय कार्यहरूको विवरण आफ्नो अनुभवको | आधारमा सन्त दर्शन नामक ग्रन्थमा अंकित गराउन पाउँदा म अत्यन्त हर्षित भएको छु।

यस लेखका अधिकांश प्रसंगहरू स्वयं युगलदासजी महाराजका मुखारविन्दबाट सुनेको आधारमा लिपिबद्ध गरिएको हो । अन्त्यमा परमहंस श्री युगलदास महाराजका चरणमा स्मरण प्रणाम ।
Enable Notifications    Subscribe No thanks