August 29, 2021, Sun, 39:08:59
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
प्रेमदास उप्रेती 'पीडित'
प्रेमदास उप्रेती 'पीडित'
प्रेमदास उप्रेती 'पीडित'
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-28
प्रेमदास उप्रेती ‘पीडित’

Shree Navatan Dham (SND)

प्रेमदास उप्रेती 'पीडित'को जन्म ताप्लेजुङमा भएको थियो ।
“मैले “पीडित’ उपनाम राखेर म जीवनभर “पीडित’ नै भएँ, मलाई अबदेखि कसैले पनि पीडितज्यू भनेर नबोलाई दिए हुन्थ्यो” यस्तो उद्गार व्यक्त गर्नुभयो– प्रेमदास उप्रेतीजीले मसँगको भेटमा । काठमाठौं आउँदा उहाँ प्रायशः मलाई भेट्नु हुन्थ्यो । तारतम सागरको नेपालीकरण कार्यको प्रगतिबारे चासो राख्नु हुन्थ्यो । उहाँले मेरै घरमा बसेर एक विहान किरन्तन ग्रन्थको लागि शुभेच्छाका शब्द कवितामा कोर्नुभयो । उहाँले लेखेको शुभेच्छा धेरै वर्षपछि छापियो । उहाँले हेर्न पाउनु भयो भएन, मलाई थाहा भएन ।

उहाँको जन्म वि.सं. १९९५ ज्येष्ठ २५ गते भएको थियो । प्रेमदासजी अत्यन्त मिलनसार, सद्ददयी, भावुक व्यक्ति हुनुहुन्थ्यो । उहाँले प्रणामी धर्मको प्रचारमा कविताको माध्यमबाट ठूलो योगदान पुन्याउनु भएको छ। उहाँ आशुकवि हुनुहुन्थ्यो । उहाँलाई छन्द शास्त्रको राम्रो ज्ञान थियो । प्रेमदासजी प्रायशः छन्दमै आफ्नो भाव व्यक्त गर्नुहुन्थ्यो । उहाँको सरल स्वभावबाट जोकोही पनि प्रभावित हुन्थ्यो । उहाँले रचना गरेर वा अनुवाद गरेर प्रकाशित गरेका कृतिको संख्या निक्कै ठूलो छ। ती कृति यस प्रकारका छन्‌– (१) श्रीकृष्ण प्रणामी धर्म दर्पण (नेपाली बीतक) २०३३, (२) प्रकट वाणी, २०३७, (३) चौरासी भजन २०५१, (४) धाम गीतिका २०२७, (५) वेणी चालिसा २०२७, (६) षटमक्रतु २०२९, (७) पशुपुकार २०३१, (०) धामको ध्यान (९) दिव्य पाठ २०३२, (१०) आमा (शोक काव्य) २०२९, (११) खरेल वंशावली २०३४ (१२) प्रेम गीता २०४६, (१२) श्रीरास आदि । यो सूचिलाई हेर्दा उहाँका कृतिहरू वि.सं. २०२७ सालदेखि प्रकाशित हुन थालेका देखिन्छन्‌ । उहाँको श्रीरास नामक .. ग्रन्थको लोकार्पण राष्ट्रकवि माधव प्रसाद घिमिरेले एक समारोहका बीच वनकालीमा गर्नुभएको थियो । त्यस समारोहमा उहाँको अभिनन्दन पनि गरिएको थियो ।

यस्ता प्राकृत कवि हृदयका व्यक्ति अकस्मात्‌ यो संसारबाट विदा हुनु भयो भन्ने समाचार आयो । यसबाट प्रणामी समाजमा अपूरणीय क्षति हुन गएको छ। उहाँको संस्मरणमा स्मृतिग्रन्थ पनि प्रकाशित भएको छ। वि.सं. १९९५ सालमा पूर्वी नेपालको ताप्लेजुङमा जन्मेर चौतर्फी आभा फिजाउँदै प्रेमदासजी हामीबाट विदा हुनुभयो । उहाँका कृतिले उहाँलाई युगयुगसम्म जीवन्त बनाउने छन्‌ ।
Enable Notifications    Subscribe No thanks