August 29, 2021, Sun, 52:08:10
By पं. हेमप्रसाद दाहाल, (SND)
बाबाजी छविंलदास
बाबाजी छविंलदास
बाबाजी छविंलदास
By पं. हेमप्रसाद दाहाल, (SND)
2021-08-28
बाबाजी छविंलदास

Shree Navatan Dham (SND)

बाबाजी छविंलदासको जन्म काभ्रे जिल्लामा भएको थियो ।
छविलदास बाबाजीको जन्म काभ्रे जिल्ला, भुगदेवको अधिकारी परिवारमा वि.सं. १९५०/५१ तिर भएको थियो । उहाँका पिताजीले उहाँको वाल्यवस्थामै श्री ५ पद्यावतीपुरी धाममा उहाँलाई लिएर जानु भएको बुझिन्छ । के कति कारणले उहाँका पिताजीले बालक छोरो मात्र साथमा लिएर गृहत्याग गर्नु भयो सो स्पष्ट भएको छैन । पद्मावती पुरी धाम पन्नामा पुगे पछि त्यहाँ परमहंस दयालदास महाराजको सानिध्यमा उहाँको पालन पोषण भयो । उमेर बढ्दै गए पछि उहाँले दयालदास महाराजबाट तारतम सागर, बीतक, चर्चनी र विराटको शिक्षा पाउनु भयो। दीक्षा पनि दयालदास महाराजबाटै पाउनु भयो । प्रणामी धर्म सिद्धान बुझेपछि आफ्ना गुरु भाइ आचार्य श्री १०५ धर्मदास महाराजलाई भेट्न उहाँ वि.सं. १९०० तिर श्री ५ नवतनपुरीधाम जानु भयो । त्यस समयदेखि उहाँ नवतनपुरीमै भजन, कीर्तन, प्रशिक्षण आदि कार्यमा व्यस्त हुनुभयो । उहाँका सहपाठीमा युगलदास महाराज, पं. कमल प्रसाद शर्मा आदि हुनुहुन्थ्यो ।

बाबा छविलदासजी तारतम सागर, बीतक आदि प्रणामी ग्रन्थका प्रकाण्ड विद्वान्‌ हुनुहुन्थ्यो । वृद्धावस्थामा पुगेका उहाँलाई डिल्लीबजार कृष्ण प्रणामी मन्दिरमा पुजारी बनेर रहेका माणिकदास प्रणामीले वि.सं. २०२४ तिर नेपालमा ल्याउनु भयो । उहाँले काठमाडौँमा बसेर नेपाली सुन्दरसाथलाई वाणी वचनहरू सुनाउनु भयो । नवतनपुरीमा रहँदा उहाँले हेमप्रसाद दाहाललाई चर्चनी सम्बन्धी युगलदास महाराजको बडी वृत्तिको ज्ञान दिनुभयो । साथै परिक्रमा, सागर, सिनगार आदि ग्रन्थबाट नक्शा बमोजिम ज्ञान प्रदान गर्नु भयो । उहाँले प्रदान गर्नुभएको शिक्षालाई पं.हेमप्रसादजीले आजसम्म अनवरत रूपमा अन्य जिज्ञमु व्यक्तिलाई सिकाउँदै आउनु भएको छ । उहाँको सादा जीवन थियो । जीवनको लामो समय भारतमै बिताउनु भएका छविलदास बाबाजीले बाँकी जीवन भारतमै बिताउने इच्छा व्यक्त गर्नुभयो । तसर्थ उहाँलाई पुनः भारतको श्री ५ नवतनपुरी धाममै पुन्याइयो । उहाँको हेरचाह र सेवा गर्नको लागि आचार्य कृष्णमणि महाराजका हजुरी पं. भरतमणि सुवेदीलाई अह्राइयो । आखिरमा उहाँले आफ्नो संसारी लीला समाप्त गरी वि.सं. २०५२ तिर एक सय वर्षको उमेर पार गरी परम धाम तर्फ प्रस्थान गर्नुभयो ।
Enable Notifications    Subscribe No thanks