August 29, 2021, Sun, 15:08:24
By श्री जगतनन्दन शास्त्री, धरान, (SND)
बाल्ला श्री गोपीदास महाराज-सङ्शिप्त परिँचय
बाल्ला श्री गोपीदास महाराज-सङ्शिप्त परिँचय
बाल्ला श्री गोपीदास महाराज-सङ्शिप्त परिँचय
By श्री जगतनन्दन शास्त्री, धरान, (SND)
2021-08-28
बाल्ला श्री गोपीदास महाराज-सङ्शिप्त परिँचय

Shree Navatan Dham (SND)

बाबा गोपीदास महाराजको जन्म वि.सं.१९८४ वैशाख महिनामा नेपालको खोटाङ दोर्पा गाउँको खनाल परिवारमा भएको थियो । उहाँकी माता श्री मनमाया खनाल र पिता श्री कुश्माखर खनाल हुनुहुन्थ्यो । बाल्यावस्थामा उहाँलाई डिल्लिराम भनेर सम्बोधन गरिन्थ्यो । चौध वर्षको अवस्थामा माता परलोक हुनुभयो । माताको वियोग पछि बाल्य अवस्थाको देखरेख पिताजीले नै गर्नुभयो । त्यो समयमा विद्यालयको अभाव भएकाले पिताले नै आफ्नै घरमा पुरानो ढङ्गले बाह्रखरीदेखि शिक्षा प्रारम्भ गराउनुभयो । जसोतसो देवनागरी लिपि पढ्न सक्नेभएपछि पिताको पनि परलोक भयो ।

मातृवियोग र पितृवियोग सहनु पर्दा उहाँलाई ठूलो पीर फ्यो । उहाँको एउय भाइ थिए । ती भाइलाई घरमै छाडि आफू भारतको कालिम्पोङतिर लाग्नुभयो । त्यहाँ बस्दै जाँदा मङ्मायाका इच्छादाससँग भेट भयो । उहाँ कृष्णप्रणामी धर्मावलम्वी हुनुहुन्थ्यो । त्यस घरमा बस्दाबस्दै २00८ साल माघ महिनामा गुरुआमा श्री नैनाबाईबाट श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भइ गुरुजी श्री १०० मङ्गलदास महाराजसँग सत्सङ्ग गर्न थाल्चुभयो । दीक्षा ग्रहणकै समयमा उहाँको गोपीदास नामकरण गरियो । दीक्षा ग्रहणकै साल विजयादशमीको टीका लगाइ वैराग्य बढेका कारण उहाँ श्री ५ पद्यावतीपुरी धाम तर्फ लाग्नुभयो । त्यहाँ केही दिन रही सतनामा गई बस्नुभयो । तत्पश्चात श्री ५ नवतनपुरीधाम जामनगरका धर्माचार्य श्री १०८ धर्मदास महाराजको इजुरी गर्दै वाणी तालिम, लेखन आदिको शिक्षा ग्रहण गर्नुभयो । त्यस समयमा गौशाला, कोठारीको सेवा पनि उहाँबाट भयो । फेरि अहमदाबाद तर्फ प्रस्थान गर्नुभयो । महाराज श्रीरङ्गी दाससँग भेट गरी आर्शीवाद प्राप्त गर्नुभयो । त्यही समयमा सुरत मोद मन्दिर, दिल्ली, कर्नाल भ्रमण गर्दै माडल टाउन मन्दिरमा सन्त मुरलीदाससँगको सतसङ्गमा रही पुजारीको कार्यभार सम्हाल्नुभयो । त्यहाँ केही समय सेवा गरी पुनः श्री ५ पद्मावती पुरीधाममा फर्कनुभयो ।

त्यहाँ आचार्य श्री ठाकुरदास महाराजको सानिध्यमा रही वाणी तालिम र मन्दिरका विविध सेवाहरु सम्हाल्दै ६ वर्षसम्म रहनुभयो । फेरि श्री कृष्ण प्रणामी मन्दिर सतनामा आठ वर्षसम्म पुजारीको सेवा सम्हाल्नु भयो । त्यसै समयमा वहुप्रतिभाशाली व्यक्तित्व, सन्त कृष्णमणि महाराजसँग रही चार वर्ष वाणीको तालिम लिइ सत्सङ्ग गर्नुभयो ।

वि.सं. २००८ सालमा आफ्नो स्वदेश नेपाल फिर्ने इच्छा गर्नुभयो । नेपालको पूर्व कोशी अञ्चल सुनसरी जिल्ला धरान जिरो प्वाइन्टको श्रीकृष्ण प्रणामी मन्दिरमा आएर त्यस मन्दिरको सेवा विकास तथा निर्माण कार्यमा लाग्नुभयो ।

सबै तह र तब्काका सुन्दरसाथहरूको पहुँच पुगोस्‌ भन्ने ध्येय राखेर नेपालमा पहिलो पटक गोटा प्रकाशनको साथै सदगुरु श्री देवचन्द्र महाराजको ४०९औं प्राकट्य महोत्सवको उपलक्ष्यमा २०४७ सालमा नेपालमा पहिलो पटक ४०९ पाठ पारायण तथा श्री कृष्ण प्रणामी धर्म महोत्सव, धरानमा सम्पन्न गर्न सफल हुनुभयो ।

बाबा श्री गोपीदास महाराजले श्रीकृष्ण प्रणामी मन्दिर माई धाम, झापाका संस्थापक श्री मोहनानन्द महाराजलाई समेत केही समय तालिम प्रदान गर्नुभएको थियो । पछिल्लो पुस्ताकी नेपालकै पहिलो भागवत वाचिका श्री तारा घिमिरे तथा श्री जुमना घिमिरे एवं श्रीकृष्ण प्रणामी मन्दिर टिकौली चितवनका उत्तराधिकारी महन्त श्री कृष्णराज शास्त्री र श्री गोपाल बजगाँईलाई सानै उमेरदेखि व्यावहारिक तथा आध्यात्मिक ज्ञान दिनुभएको थियो ।

परमात्माको इच्छा बुझिसक्नु हुँदो रहेनछ । उक्त मन्दिरको समुद्घाटन समारोह पश्चात्‌ तल्लीन भइ विकास निर्माण गर्ने काम अधुरो नै राखी स्थानान्तरण हुन कर लाग्यो । फलस्वरुप सेवाभावी घनिष्ट मित्र सुन्दरसाथले धरानमै रोकी पुतली बजारमा आध्यात्मिक विकासको जग बसाल्दै त्यसलाई उत्तरोत्तर विकसित गर्दै लाने काममा उहाँबाट निरन्तरताको अपेक्षा राखे । सोही समयमा धर्माचार्यज्यूले तिमी तुरुन्तै आउनु भनी नवतनपुरीबाट बोलाउनुभयो । आचार्यश्रीको आज्चालाई पालन गर्दै उहाँ त्यहाँ पुग्नुभयो । आचार्यश्रीको आदेश बमोजिम क्षेत्राधीश भएर पद्मयावतीपुरीधाममा आइ सेवामा लाग्नुभयो । त्यहाँ ६ वर्षसम्म सेवा गरी पुनः त्यहाँको कार्यभार सन्त चरणदासलाई सुम्पिदिएर २०३७ सालमा नेपाल फर्किनु भयो । धरानलाई नै आफ्नो सेवाको मूल थलो बनाउने विचार गर्दै श्री राधाकृष्ण प्रणामी मन्दिरमा कार्यभारको अग्रणी भूमिका निर्वाह गर्दै विभिन्न अन्तर्राष्ट्रिय महोत्सव गरी हिन्दूधर्मको संरक्षण तथा सम्बर्द्धन गर्न थाल्नुभयो । उहाँको सामाजिक सेवालाई अझ उचाइमा पुग्याउन सिक्किम निवासी श्री एल.पी.तिवारीज्यूबाट राम्रो आर्थिक सहयोग प्राप्त गरी जमिन थप्ने र भवन विस्तार गर्ने कार्यहरू भए । आफ्नो क्षमता हुँदाहुँदै आफूले थालेको कार्यलाई पूरा गर्नका लागि उहाँले कार्य पूरा नहुन्जेल पाउमा पाउपोश नलगाउने, एक छाक त्यो पनि अल्पमात्रामा लिने जस्ता व्रतहरू गर्नुभयो । परमात्माको असीम अनुकम्पाले गर्दा २७ अखण्ड पारायण गरी मन्दिरको कलश अनावरण महोत्सव पूरा गरी आफूले लिएकाप्रण तथा व्रतलाई पूरा गर्नुभयो । सादा जीवनमा रही निरन्तर परमात्माको ध्यानमा संलग्न हुने तपस्वी, जनसेवी, कर्तव्यनिष्ठ, सरल स्वभाव भएका बाबाजीलाई विश्वहिन्दू महासंघले श्री १०८ को पदवीबारट विभूषित गरी उच्च मूल्याङ्कन गरेको छ । उहाँले निरन्तर हिन्दू धर्मको विकास तथा सम्बर्द्धनमा रही सामाजिक सेवामा आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नु भएको थियो ।

श्रीकृष्ण प्रणामी समुदायका धेरै सुन्दरसाथहरूका प्रेरणाका स्रोत बाबाजी गोपीदासको वि.सं. २०७१ भाद्र ११ गते साँझ ४:४० बजे ८८ वर्षको उमेरमा धरानमा धाम गमन भयो । भाद्र १३ गते नेपाल तथा भारतमा रहनुभएका अनगिन्ती साधुसन्त तथा महाराजहरू, स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि र हजारौं सुन्दरसाथहरू जम्मा भएर नगरपरिक्रमा गरी उहाँको पार्थिव शरीरलाई श्रीराधाकृष्ण प्रणामी मन्दिर धरानको प्राङ्गणमा समाधिस्थ गरियो । आशा गरौं श्रीराधाकृष्ण प्रणामी मन्दिर धरान तथा समस्त प्रणामी समुदाय उहाँको चाहना अनुसार युगौँयुग धर्म पथमा अगाडि बढ्ने छ।

प्रणाम !
Enable Notifications    Subscribe No thanks