August 8, 2021, Sun, 04:08:41
By गोपालदास बादे, बनेपा, (SND)
भीम बहादुर बादे श्रेष्ठ
भीम बहादुर बादे श्रेष्ठ
भीम बहादुर बादे श्रेष्ठ
By गोपालदास बादे, बनेपा, (SND)
2021-08-07
भीम बहादुर बादे श्रेष्ठ

Shree Navatan Dham (SND)

भीमबहादुर बादे श्रेष्ठको जन्म वि.सं. १९४६ मा वनेपा सहरमा भएको थियो । उहाँमा सानैदेखि कृष्णको भजन, कीर्तन र पूजा पाठ तर्फ विशेष झुकाव थियो । उहाँकी दिदी जमुना काठमाडौँ नरदेवी येलका भवानी साहुकी बुहारी थिइन्‌ । भवानी साहु र उनका भाइ रामदासले आ- आफ्नै घरमा कृष्ण मन्दिर स्थापना गरी सय, सय रोपनी जग्गाको गुठी राखेका थिए । त्यहाँ परमहंस दयालदास महाराज बसेर धर्म प्रचार गर्नुहुन्थ्यो । त्यही सम्बन्धले गर्दा भीमबहादुर पनि श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभयो । उहाँका दीक्षा गुरु दयालदास महाराज हुनुहुन्थ्यो । उहाँले बनेपाको घरमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गर्नुभयो । साथै घरमा रहेका बाँके विहारी कृष्ण र लड्डु गोपालको मूर्ति पूजा पनि त्यहाँ पहिलेदेखि नै चली आएको थियो ।

वि.सं. १९८२ सालमा नरदेवीको मन्दिर घर र गुठीको जग्गामा आई चरणदासले दावी गर्दा मुद्दा पर्न गयो । त्यसमा प्रणामी धर्म प्रति लाञ्छना लगाएकोले धर्म गुरु दयालदास महाराज समेत तानिनुभयो । त्यो मुद्दा जमुनाको माइतीघर बनेपासम्म पुग्यो । भीमबहादुरजीले वारेस भएर तारेखमा धाउनु पच्यो । तारेख खेप्न चौतारास्थित अड्डासम्म पुग्नु पर्दथ्यो । प्रणामीहरू मूर्ति पूजा गर्दैनन्‌, यो विदेशी मत हो भनेर काठमाडौंमा मुद्दा चल्यो । त्यो मुद्दाको शिलशिलामा भीमबहादुरको घरको खान तलासी लिइयो र पूजा गरी राखेका स्वरूप साहेब, बाँके विहारी कृष्ण र लड्डु गोपालका दुई मूर्ति वरामद गरियो । ती वरामद गरिएका पूजित मूर्ति सरकार समक्ष पेश हुँदा प्रणामीहरू मूर्ति पूजा गर्दैनन्‌ भन्ने आरोप झुट्टा ठहरियो र मुद्दा खारेज भयो ।
भीम बहादुर बादे श्रेष्ठ


पछि वि.सं. २००२ सालमा काभ्रेबाट प्रणामीजनलाई पुनः आरोप लगाइ पाता फर्काएर काठमाडौँ तर्फ चलान गरियो। काभ्रेबाट बनेपा आइपुगेपछि सबै प्रणामीलाई भीमबहादुरजीले खाना खुवाउनु भयो । पछि मुद्दाको पैरवी हुँदा उहाँले वि.सं १९८५ सालको नजीर पेस गरी सबै प्रणामी बन्धुलाई सफाइ दिलाउनुभयो । यसरी दुई दुई वटा आपद्बाट सुन्दरसाथलाई त्राण दिलाउन भीमबहादुर वादे श्रेष्ठले ठूलो मद्दत गर्नुभएको देखिन्छ। प्रणामी समाज उहाँप्रति आभारी रहेको छ। उहाँले वि.सं. २००६ सालमा इहलीला समाप्त गर्नु भयो।
Enable Notifications    Subscribe No thanks