August 29, 2021, Sun, 42:08:41
By गोपाल सापकोटा, (SND)
माताजी प्रभावतीबाई
माताजी प्रभावतीबाई
माताजी प्रभावतीबाई
By गोपाल सापकोटा, (SND)
2021-08-28
माताजी प्रभावतीबाई

Shree Navatan Dham (SND)

माताजी प्रभावतीबाईको जन्म मणिपुरको आर्मी क्याम्पमा भएको थियो ।


मातालाई शास्त्रमा एकाक्षरी काव्य, निर्माता आदि नामले पनि सम्बोधन गरिएको छ । परमात्मा नपुग्ने ठाउँमा पनि स्नेह प्रदान गर्न माताको निर्माण भएको मानिन्छ । जन्मदातृ माता, धरती माता र गौमाताले सृष्टिको तुष्टि, पुष्टि र क्रुधा निवृत्त गरेका छन्‌ । मातृ क्रणबाट कोही पनि मुक्त हुन सक्दैन । माता कहिल्यै कुमाता हुँदैनन्‌ भनेर नीति शास्त्रले भनेका छन्‌ । प्रणामी समाजमा माताहरू बाईजुराज, केशरबाई, सेनबाई, नर्वदाबाईहरू अत्यन्त आदरणीय हुनुहुन्छ । प्रस्तुत लेखमा कालिम्पोङ्गमा रहेर सबैतिर माताको स्नेह प्रदान गर्नु हुने र सबैतिरबाट माताको सम्मान पाउनु भएको माताजी प्रभावतीबाईको संक्षिप्त परिचय दिने प्रयल भएको छ।

पिता सुबेदार जंगवीर गुरुङ्ग र माता सुमित्राको पुत्रीका रूपमा १५ अगस्त १९२४ (वि.सं. १९८१) कृष्ण जन्माष्टमीका दिन माताजी प्रभावतीबाईको जन्म मणिपुरको आर्मी क्याम्पमा भएको हो । उहाँको न्वारानको नाम रेणुका हो । कक्षा ४ सम्म उहाँले मणिपुरमै अध्ययन गर्नुभयो । पिता जंगवीर सेवा निवृत्त भएपछि पहिले मिरिकमा र त्यसपछि कालिम्पोङ्गको गर्ल्स हाईस्कूलमा अध्ययन गर्नुभयो । समाज सेवा गर्ने प्रवल इच्छाले उहाँले जलपाईगुडीमा एकवर्ष नर्सको तालिम लिनुभयो । वि.सं. २००० मा उहाँको । विवाह अखिल भारतीय गोर्खा लीगका संस्थापक डम्बरसिंह गुरुङ्गसँग भयो । डम्बरसिँह गुरुङ्गको आमा महाराजबाई, माताजी नर्वदाबाई र गुरुजी मंगलदासजीको सत्संग पाएर श्री कृष्ण प्रणामी धर्ममा दीक्षित भइसक्नु भएको थियो । बालिका रेणुकाका माता पिता कबीर सम्प्रदायमा दीक्षित रहेकाले उहाँमा सानैदेखि धर्मको संस्कार प्राप्त थियो । सासुको परमात्माप्रतिको भक्ति देखेर उहाँमा प्रणामी धर्मप्रति रुचि पैदा भयो । फलस्वरूप वि.सं. २००१ को कृष्ण जन्माष्टमीमा उहाँले माता नर्वदाबाईबाट तारतम मन्त्र लिनुभयो र श्री कृ्‌ष्णप्रणामी धर्ममा दीक्षित हुनुभयो ।

त्यसबेला भारतमा ब्रिटिस साम्राज्य विरुद्धको स्वतन्त्रता आन्दोलन उत्कर्षमा थियो । महात्मा गान्धीको नेतृत्वमा असहयोग आन्दोलन चलिरहेको थियो । डम्बरसिंह गुरुङ्गले स्वतन्त्रता सेनानीका रूपमा काम गर्नुभयो । उहाँले स्थापना गर्नुभएको पार्टी “गोर्खालिग” त्यसबेला भारतीय नेपाली समाजको संरक्षणका निमित्त कार्यरत थियो । नेताको घर हुनाले घरमा अतिथिहरूको आगमन भइरहन्थ्यो । सासुको आज्ञा पालन गरेर रेणुकाले आगन्तुकहरूको ‘अतिथिदेवो भवः’ लाई मन्त्र मानेर निरन्तर सेवागर्नुहुन्थ्यो । एक प्रकारले घर सदावर्त जस्तो चलिरहन्थ्यो । वि.सं. २००१ मा रेणुकाले एक पुत्रलाई जन्म दिनुभयो- किशोर । कालको निर्मम गतिले वि.सं. २००५ मा पति डम्बरसिंह गुरुङ्गलाई हरण गच्यो । त्यसबेला उहाँ दिल्लीमा सांसद हुनुहुन्थ्यो । पतिको निधनले रेणुकाको हृदय छियाछिया भयो । उहाँका निमित्त त्यो बज्जपात थियो। तर पनि सासु, परिवार र पुत्रको सेवा सुसारमा बढीभन्दा बढी समय बिताएर उहाँ आफ्नो दुःख बिर्सन चाहनु हुन्थ्यो । मात्र २४ वर्षको उमेरमा उहाँ विधवा हुनुभएको देखेर सासु महाराजबाईलाई अत्यन्त चिन्ता लाग्यो । उहाँले माता नर्वदालाई र गुरुजी मंगलदासको संगतमा रहेर सात्विक र सामाजिक जीवनयापन गर्ने सल्लाह दिनुभयो । समय निकालेर रेणुकाले सेवापूजा, चर्चनी, बीतक, वाणी, विराट, गीता, भागवतको गहन अध्ययन गर्नुभयो । गुरुजी मंगलदासबाट उहाँले थोरै समयमा अथाह ज्ञान प्राप्त गर्नुभयो । रेणुकाका मनमा विस्तारै वैराग्य भावको उदय भयो । घरभन्दा मन्दिर र परिवारभन्दा सुन्दरसाथप्रति उहाँको आकर्षण र स्नेह बढी हुन थाल्यो । वि.सं. २०१३ मा माता नर्वदाबाई र महाराजबाईको एक महिनाको अन्तरालमा धामगमन भयो । सुन्दरसाथले अनाथ अनुभव गरे र बजारको प्रणामी मन्दिर शून्य जस्तो देखियो । गुरुजी मंगलदासले रेणुकालाई आग्रह गर्नुभयो- सुन्दरसाथको सेवा गर्न मेरी माताको स्थान ग्रहण गर्नुभयो भने तपाइँ र मन्दिरले शोभा प्राप्त गर्नेछ । रेणुकाले सहर्ष स्वीकार गर्नुभयो र माता नर्वदाबाईका तेरह्रौं तिथिका दिन वैराग्य भेष धारण गर्नुभयो । गुरुजीले रेणुकालाई प्रभावतीबाई नामले अलंकृत गर्नुभयो र माता नर्वदाबाईका स्थानमा गुरुआमा पदले सुशोभित गराउनुभयो ।

गुरुआमा प्रभावतीले यसपछि मन्दिरमा आएका आगन्तुक र सुन्दरसाथ मन्दिरबाट भोका प्यासा रही नजाउन्‌ भन्ने नियम बनाउनुभयो । मन्दिरमा आएका आगन्तुक र सुन्दरसाथले भोजन लिए पश्चात्‌ मात्र उहाँ भोजन गर्नुहुन्थ्यो । सुन्दरसाथको सेवालाई उहाँले राजश्यामाजीको सेवा मान्नुभयो ।

वि.सं. २०२३ मा गुरुजीले एक महीनाको मौन व्रत लिनुभयो । मौन व्रत समाप्ति पछि उहाँलेएउय अनाथ आश्रम खोल्ने निर्णय लिनुभयो । त्यसबेला कालिम्पोङ्गमा ईशाई मिशनरीका आश्रम चल्थे र ईशाईहरू गरीब र निसहाय बालबालिकालाई त्यस्ता आश्रममा राखेर ईशाई बनाइरहेका थिए । गुरुजीको आदेशले गुरुआमा प्रभावतीबाईले अनाथ आश्रममा बालबालिका राखी तिनीहरूको पालन पोषण गर्ने दायित्वको जिम्मा लिनुभयो । यसपछि उहाँ माताजी पदले विभूषित हुनुभयो । माताजीले कैयौँ अनाथ बालबालिकाहरूको सेवा सुश्रुषा गरेर तिनीहरूको जीवन उज्वल बनाउनु भएको छ। पहिले गुरुजीद्वारा कुटीमा स्थापित बालिका आश्रम पछि त्रिपाई र त्यसपछि रेली रोडमा स्थानान्तरण भइ सञ्चालनमा आएको छ। माताजीले ती बालबालिकाको रेखदेख र पालन पोषणमा रातदिन हरदम लागि रहनुभयो । उहाँका काखमा हुक्का बालिकाहरू मध्ये कैयौँ ठूल-ठूला घरका गृहिणी भइ आमा, हजुरआमा भएका छन्‌ । धेरैले वैवाहिक जीवन सात्विक रूपमा बिताइरहेका छन्‌ । धेरैले सन्तानहिन दम्पत्तिको सन्तानका रूपमारही खुशीयाली ल्याएका छन्‌ र कतिपयले सात्विक र सन्त जीवनयापन गरी आश्रम र सुन्दरसाथको– सेवामा जीवन अर्पण गरिरहेका छन्‌ ।

माताजीको स्वर मधुर थियो । उहाँले गाउनु भएका भजन, प्रार्थना, वाणीको श्रवण गर्ने अवसर पाउने व्यक्तिहरू उहाँको गायनप्रति अवाक थिए । उहाँको प्रिय भजन थियो-

गुरुदेव तेरै चरणो से, हमको न जुदा करना ।
जब याद तेरी आवे, मिलने की दया करना ।॥।

उहाँका भजनहरू सुनेर मानिसहरू मन्त्रमुग्ध हुन्थे । उहाँमा चर्चनी, वाणी र विराटको गहिरो ज्ञान थियो । उहाँको सत्संग गरी श्रवण गर्ने जस्तै नास्तिक पनि पग्लेर अध्यात्म पथमा हिँड्न तयार हुन्थ्यो । उहाँ स्वभावले सरल हुनुहुन्थ्यो, सबै जातजाति, भाषा-भाषी र क्षेत्रका सुन्दरसाथहरूप्रति उहाँको समान स्नेह थियो । उहाँ अपकार गर्नेलाई पनि उपकार गर्नु हुन्थ्यो । क्षमा र सहनशीलता उहाँका विशेष गुणहरू थिए ।

उहाँले गुरुजीको निर्देशनमा गुरुजीको जीवनकालभरी अनुशासित शिष्याका रूपमा सेवा गर्नुभयो । गुरुजीको वि.सं. २०४२ मा धामगमन भएपछि उहाँ गुरुजी प्रणामी मिशन ट्रस्टकी अध्यक्ष बन्नुभयो र सुन्दरसाथका माझमा गुरुजीको अभावको अनुभव कहिल्यै हुन दिनु भएन । गुरुजीका दर्जनौं सन्त शिष्यहरूले माताजीलाई आदर्श मानेर धार्मिक कार्यहरू सम्पादन गरिआएका छन्‌। उनीहरूद्वारा सञ्चालित अनुष्ठानमा माताजीको उपस्थिति मंगलकारी मानिन्थ्यो ।

लगभग ३ वर्ष अस्वस्थ तर परमहंस दशाको समय पूर्ण गरेर माताजी वि.सं. २०५८ (सन्‌ २००१ को रात ११:१५ मा आफ्नो शरीर छोडेर परमधामतर्फ लाग्नु भयो । उहाँलाई श्रद्धाञ्जलि दिन नेपालका विभिन्न स्थान र भारतको बम्बई, कलकत्ता लगायतका स्थानबाट ठूलो संख्यामा सुन्दरसाथको उपस्थिति रह्यो । एक धर्मनिष्ठ, कर्तव्य परायण, गुरुभक्त, सात्विक र आदर्श सन्तका रूपमा उहाँ सदा स्मरणीय रहनु हुनेछ । उहाँबाट प्रेरणा पाएका सन्त वैरागी उहाँलाई अपार श्रद्धा गर्दछन्‌ । ::
Enable Notifications    Subscribe No thanks