August 6, 2021, Fri, 29:08:04
By पं. हेमप्रसाद दाहाल, काठमाडौं, (SND)
रतनदास महाराज
रतनदास महाराज
रतनदास महाराज
By पं. हेमप्रसाद दाहाल, काठमाडौं, (SND)
2021-08-06
रतनदास महाराज

Shree Navatan Dham (SND)

प्रणामी समाजमा रतनदास महाराजको नाम श्रद्धापूर्वक लिइन्छ । रतनदास महाराज, परमहंस दयालदास महाराजका पनि गुरु हुनुहुन्थ्यो । सायद दयालदास महाराजले कृष्ण प्रणामी धर्म सम्बन्धी विभिन्न ग्रन्थ जस्तो कि तारतम सागर, बीतक, विराट, चर्चनी आदिको शिक्षा रतनदास महाराजबाट पाउनुभएको थियो । रतनदास महाराज धामचलेपछि दयालदास महाराजले विरह व्यक्त गर्दै लेख्नुभएको भजनबाट यस कुराको पुष्टि हुन्छ । साथै दयालदास महाराजको अन्तिम इच्छानुसार उहाँको पार्थिव शरीरलाई श्री ५ पद्यावतीपुरी धाममा आफ्ना गुरु रतनदास महाराजको समाधी नजिकै समाधिस्थ गराएको | कुरा महात्मा युगलदासजीको जीवनीबाट थाहा पाइएको छ।

प्रणामी धर्मका प्रखर विद्वान्‌ पूर्ण ब्रह्यशास्त्रीका अनुसार रतनदास महाराज एक कुशल लेखक, संशोधक र प्रचारक हुनुहुन्थ्यो । उहाँमा हिन्दी, उर्दू, फारसी, संस्कृत, आदि विभिन्न भाषाको ज्ञान थियो| उहाँको समयमा प्रणामी धर्मका कुनै पनि ग्रन्थ प्रेसमा छापिएका थिएनन्‌ । सबै ग्रन्थ हस्तलिखित नै थिए। रतनदास महाराजले आपनो जीवनकालमा ५६ (छपन्न) वय स्वरूप सागर, २० (बीस)वय बीतक, १५ (पन्ध्र)वय सेवा पूजा, विराट वर्णन र रेहेनी (आचार संहिता) लेख्नु भएको बुझिन्छ । एउट मात्र स्वरूप साहेबका अठार हजार चौपाई लेख्न करीब छः महिनाको समय लाग्दथ्यो भने उपरोक्त संख्याका ग्रन्थ लेख्न कति समय लाग्यो होला त्यसको अनुमान सजिलै गर्न सकिन्छ । यसरी रतनदास महाराजले जीवनभर धर्म ग्रन्थहरू लेख्न, प्रशिक्षण दिन र धर्म प्रचार गर्न आफ्नो समय लगाउनु भएको देखिन्छ । उहाँले लेख्नुभएको स्वरूप साहेबको हस्त लिखित ग्रन्थ दुवाकोट, भक्तपुरका सुन्दरसाथ कहाँ अझै सुरक्षित अवस्थामा रहेको छ।

प्रणामी समाजमा रतनदास महाराजद्वारा लिखित तारतम सागरलाई शुद्धाशुद्धीको हिसाबले प्रामाणिक ग्रन्थ मानिन्छ । हुन त राम्रो तालिम लिएका व्यक्तिले मात्र उहाँको लेखाइ बुभन सक्छन्‌ । वि.सं. १९३१ तिर लेखिएको रतनदास महाराजको लेखाइमा शब्दहरू अहिलेको छापामा जस्तो छुट्टिएका म छैनन्‌ । तैपनि उहाँको स्वरूप साहेबलाई अन्य हिसाबले शुद्ध मानिन्छ। महामति प्राणनाथ प्रणीत कुलजम स्वरूपको नेपाली भाषामा शब्दानुवाद र भावानुवाद गर्दा परमहंस रतनदास महाराजद्वारा लिखित ग्रन्थलाई आधार मानेर मूल चौपाई तदनुसार गर्ने प्रयतल गरिएको थियो ।
Enable Notifications    Subscribe No thanks