August 8, 2021, Sun, 45:08:55
By गोपालदास बादे, बनेपा, (SND)
राजदास बादे श्रेष्ठ
राजदास बादे श्रेष्ठ
राजदास बादे श्रेष्ठ
By गोपालदास बादे, बनेपा, (SND)
2021-08-08
राजदास बादे श्रेष्ठ

Shree Navatan Dham (SND)

राजदास बादे श्रेष्ठ वि.सं. १९६५ मा बनेपामा भीमबहादुर बादे श्रेष्ठका जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको थियो । उहाँ सानैदेखि कुशाग्र बुद्धि युक्त हुनुहुन्थ्यो । घरमा धार्मिक वातावरण हुँदा राजदासजी सानैदेखि प्रणामी धर्ममा दीक्षित हुनुभयो । उहाँका घरमा प्रणामी धर्मका ठूला ठूला साधुसन्तहरूको जमघट भइरहन्थ्यो । साथै उहाँ वयस्क हुँदै गएपछि राजनीतिमा पनि चाखराख्न थाल्नुभयो। उहाँले काभ्रेजिल्लामा राजनैतिक चेतना ल्याउन मद्दत गर्नु भयो । उहाँ समय समयमा नाटकको मञ्चन पनि गराउनु हुन्थ्यो । राणा शासनको दबदबामा खुलेर राजनीति गर्ने साहस कसैमा थिएन । तसर्थ भित्रभित्रै राजनैतिक संगठनको गाँठो कसिँदै थियो ।

वि.सं. २००७ मा नेपालमा प्रजातन्त्रको अभ्युदय भएपछि । जनताले खुला हावामा सास फेर्न पाए । विभिन्न राजनैतिक संगठनहरू धमाधम खुल्न थाले । संघ, संस्था खोल्न पाउने प्रावधान भएपछि राजदासजीले प्रणामी धर्मबाट पनि संगठित भएर प्रणामी वन्धु उत्रिन सके सबैको कल्याण हुने सौचेर युगलदास महाराज, पूर्णब्रह्मा शास्त्री आदि सन्तहरू जम्मा गरेर नरदेवी मन्दिरमा वि.सं. २०१२ सालमा श्रीकृष्ण प्रणामी समाज (संस्था) खोल्ने निर्णय गराउनुभयो । त्यो संस्थाको प्रमुख सञ्चालक युगलदास महाराज हुनुहुन्थ्यो भने सभापतिमा पूर्णब्रल्म शास्त्री रहनुभयो । राजदास स्वयं कार्याध्यक्ष बन्नुभयो । त्यस संस्थामा जम्मा १९ जना सम्मिलित हुनुहुन्थ्यो । त्यो संस्थाले श्रीकृष्ण प्रणामी सेवा समिति खोल्न उत्मेरकको रूपमा काम गच्यो।

तर विधिको विधान जानी नसक्नु छ। राजदास वादे श्रेष्ठको वि.सं. २०१४ सालमा प्लेन दुर्घटनामा परी अचानक मृत्यु भयो । प्रणामी समाजमा समितिको आवश्यकता औल्याइ संगठित हुन प्रेरणा दिने राजदासको अवसानले ठूलो रिक्तता खडा ग्ग्यो । श्रीकृष्ण प्रणामी संस्थाले खेल्नु पर्ने भूमिकाको गुरुयोजनाको खाका समेत तयार गर्नुभएका राजदास श्रेष्ठको अभाव अद्यापि खड्किएको छ।
Enable Notifications    Subscribe No thanks