August 29, 2021, Sun, 35:08:55
By राधा श्रेष्ठ, ललितपुर, (SND)
रुक्मिणी दुवाल श्रेष्ठ
रुक्मिणी दुवाल श्रेष्ठ
रुक्मिणी दुवाल श्रेष्ठ
By राधा श्रेष्ठ, ललितपुर, (SND)
2021-08-28
रुक्मिणी दुवाल श्रेष्ठ

Shree Navatan Dham (SND)

रुक्मिणी श्रेष्ठको जन्म ललितपुरमा भएको थियो ।
रुक्मिणी श्रेष्ठको जन्म वि.सं. १९७७ साल मंसिर १४ गत ललितपुरमा भएको थियो । उहाँको विवाह इन्द्रबहादुर दुवाल श्रेष्ठसँग भयो र उहाँ पनि दुवाल श्रेष्ठ बन्नुभयो । उहाँले पाटन मंगलबजारको आर्दश कन्या निकेतनमा करिव ३ वर्ष शिक्षिका भएर काम गर्नुभयो विवाह पश्चात्‌ उहाँ आफ्ना माता पिताले दाइजो स्वरूप दिनुभएको पुल्चोकको घरमा बस्न थाल्नुभयो । आफ्ना पति इन्द्रबहादुरको घर पाङ्गामा भएको र पाङ्गादेखि काठमाडौँसम्म जागिरमा धाउन गार्हो हुँदा दाइजो पाएको घरमा पति पत्नी रहन थाल्नुभयो । उहाँमा सानैदेखि भजन, कोर्तन र पूजा पाठमा विशेष अभिरुचि थियो । इन्द्रबहादुरको संगतमा परेपछि त्यो अभिरुचि झन्‌ बढेर गयो । वि.सं. २०१५|१६ तिर लगनखेलका लप्टन पदमबहादुर खड्काकी श्रीमती जमुनाबाईबाट उहाँले तारतम मन्त्रको दीक्षा लिनुभयो।

श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएपछि यो धर्म विषयमा बढी जानकारी गर्ने इच्छा उहाँमा जागृत भयो । प्रणामी धर्मका विद्वान्‌ व्यक्तिहरूसँगको भेटघाट बढाउनुभयो । यस्तैमा महात्मा युगलदासको नाम उहाँले सुन्नुभयो र सपरिवार युगलदासजीको संगतमा रहनुभयो । तिनताका युगलदास महाराजलाई डिल्लीबजार मन्दिरबाट आफ्नो पुल्चोकको घरमा ल्याएर राख्नुभयो । यो वि.सं. २०२२ साल तिरको कुरो थियो । दुबै पति पत्नी मिलेर युगलदास महाराजजीको सेवा गर्नुभयो । युगलदासजी पुल्चोकको घरमा सरेपछि त्यहाँको वातावरण नै फेरियो । त्यहाँ भक्तजनहरूको ओइरो लाग्न थाल्यो । महाराजजीसँग तारतम वाणीको तालिम लिन आउनेदेखि, सत्संग र भजन, कीर्तन गर्नेको प्रतिदिन भीड लाग्दथ्यो । रुकिमिणीले अति प्रेमपूर्वक ती आगन्तुक भक्तजनको यथाशक्य सत्कार गर्नुभयो । साथै उहाँले पनि महाराजजीबाट तारतम सागर, बीतक आदि ग्रन्थको एकसरो तालिम लिनुभयो ।

युगलदास महाराजजीले उहाँलाई रहँदा बस्दा निजनाम मन्त्र सुनाउने अधिकार दिनुभयो । रुक्मिणीजीले बुङ्मती, सुनाकोठी, हरिसिद्धि आदि स्थानका नेवार समुदायका चानचुन एकसय जनालाई तारतम मन्त्र प्रदान गर्नुभयो । त्यसपछि उहाँ रुक्मिणीबाट सबैकी प्यारी रुविमणी आमा बन्नुभयो । उहाँकीसहोदर बहिनी म राधा श्रेष्ठ पनि पुलचोककै घरमा दिदीसँगै बस्दथे र उहाँका प्रत्येक काममा उहाँलाई सघाउँथेँ ।

महाराज युगलदासजी पुलचोक आएपछि निजानन्द आश्रम बनाउने करा चल्यो । त्यसको लागि जग्गाको आवश्यकता पन्यो। पुल्चोक खड्ग जोगिनी परिसरको थुम्कोको एक रोपनी पर्ती जग्गा आश्रम निर्माणको लागि प्राप्त गर्न दिदी रुक्मिणीजी र सहृदयी सुब्बा श्री गजेन्द्रबहादुर अमात्यले अथक परिश्रम गर्नुभयो । आखिर ललितपुर नगर पञ्चायतबाट त्यो पर्ती जग्गा आश्रम निर्माण खातिर प्राप्त भयो । त्यस जग्गामा आश्रम निर्माणको शिलान्यास वि.सं. २०२९ सालमा भयो र लगत्तै निर्माणको काम पनि सुरु ं भयो । वि.सं. २०३९ मा आश्रम निर्माणको काम पूरा भयो र महाराजजीहरूको हातबाट समुद्घाटन पनि भयो । आश्रम निर्माणको काममा र चन्दा संकलन गर्ने काममा रुविमणीजीले ठूलो योगदान गर्नुभयो ।

रुक्मिणीजीले म बहिनी राधा र सुब्बा गजेन्द्रबहादुरलाई सम्मिलित गराइ महाराज युगलदासजीको संक्षिप्त जीवनी पनि छापेर प्रकाशनमा ल्याउनु भएको छ । रुक्मिणीजीले महाराज युगलदासको सेवा उहाँको अन्तिम कालसम्म नै गर्नुभयो । निजानन्द आश्रम निर्माणमा उहाँको ठूलो योगदान रह्यो । यसरी जीवनभर सादा भेषमा रहेर सबै भक्तजन र विशेष गरी सन्त महात्माको सेवामा दिनरात खटेर, धर्म प्रचारमा सक्रिय रही रुक्मिणीले वि.सं. २०६० भाद्र शुक्ल तृतियाको दिनमा आफ्नो इहलीलाको संवरण गर्नुभयो । उहाँको पार्थिव शरीरलाई शंखमूलमा पति इन्द्रबहादुरको अस्तु सहित समाधिस्थ गरियो ।
Enable Notifications    Subscribe No thanks