August 29, 2021, Sun, 49:08:04
By तुतुकाजी प्रणामी श्रेष्ठ, बनेपा, (SND)
लालदास श्रेष्ठ
लालदास श्रेष्ठ
लालदास श्रेष्ठ
By तुतुकाजी प्रणामी श्रेष्ठ, बनेपा, (SND)
2021-08-28
लालदास श्रेष्ठ

Shree Navatan Dham (SND)

लालदास श्रेष्ठ जन्म बनेपामा भएको थियो ।
लालदास श्रेष्ठको जन्म वि.सं. १९४९ भदौमा बनेपामा भएको थियो । उहाँ सानै उमेरदेखि साधु सन्तको संगत गर्ने, भजन कोर्तनमा मन लगाउने, धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । उहाँले वि.सं. २०१४१५ सालतिर श्री १०५ मंगलदास आचार्य (रिमाल)बाट चर्चनीको तालिम लिनुभएको थियो । लालदासजीले आफ्नो परिवारका सदस्यलाई पनि चर्चनी विषयको ज्ञान दिलाउनुभयो। उहाँका कान्छा छोरा तुतुकाजी प्रणामी श्रेष्ठबाट प्रकाशित चर्चनीको पुस्तकबाट यो कुरा स्पष्ट हुन आउँछ।

धार्मिक र सामाजिक क्षेत्रमा लालदासजी उदार हृदयले सहयोग गर्नुहुन्थ्यो । उहाँले भैरव बहादुर, कृष्ण बहादुर के.सी. र नर बहादुर श्रेष्ठ (प्रधान)सँग मिलेर एक एक सय रूपैयाँ उठाइ पाँचखाल बेसीको २४ रोपनी खेत होक्सेको श्रीकृष्ण मन्दिर (तात्कालीन नाम)को गुठीको नाममा राखी दिनुभयो । यसबाट होक्सेको वर्तमान श्रीकृष्ण प्रणामी मन्दिरको विकासमा ठूलो मद्दत पुग्यो ।

लालदासजी नेपाल तथा भारतबाट आएका साधुसन्त र गृहस्थ सुन्दरसाथको खातिर गर्नुहुन्थ्यो । बनेपाको आफ्नो निजीघरलाई उहाँले पाहुनाघर जस्तै बनाउनुभएको थियो । घुम्दै फिर्दै आएका प्रणामी साधु सन्तले उहाँको घरमा उचित सेवा पाउँथे । उहाँको देहान्तपछि पनि बनेपाको त्यो घर मन्दिर, पाहुनाघर जस्तै नै छ। उहाँका कान्छा छोरा तुतुकाजीले आफ्ना पिताजीको त्यो सेवाको कार्यलाई निरन्तरता दिनुभएको छ।

लालदासजी कहाँ प्रणामी सन्तहरूको जमघट भइरहन्थ्यो । तिनमा युगलदास महाराज, मंगलदास महाराज, पूर्णब्रह्व शास्त्री, कृष्णदास महाराज, खड्गदास महाराज आदि हुनुहुन्थ्यो । त्यस सन्त समागममा प्रणामी धर्मका विविध पक्षमा छलफल भइरहन्थ्यो । यसबाट त्यहाँ अति सुन्दर धार्मिक वातावरण बन्दथ्यो र सुन्दरसाथले आत्मिक लाभ प्राप्त गर्दथे । व्यवहारमा रहे पनि लालदासजीको सन्त हृदय थियो । लालदासजीले आफ्नो संसारी लीला वि.सं. २०३२ साल जेष्ठ शुक्ल १४ मा संवरण गर्नुभयो । माथि उल्लेखित सन्त महात्मा र लालदासजी स्वयंले पनि हामीलाई छोडेर गइसक्नुभएको आजको अवस्थामा उहाँहरूको अभाव प्रणामी समाजमा खड्किएको छ।
Enable Notifications    Subscribe No thanks