October 22, 2021, Fri, 45:10:08
By रमेश पौड्याल, निवर्तमान अध्यक्ष- श्री नवतनधाम, (SND)
विज्ञान र अध्यातमवादको समन्वय :- श्रीकृष्ण प्रणामी धर्म (Metrialistic vs Spritualistic)
विज्ञान र अध्यातमवादको समन्वय :- श्रीकृष्ण प्रणामी धर्म (Metrialistic vs Spritualistic)
विज्ञान र अध्यातमवादको समन्वय :- श्रीकृष्ण प्रणामी धर्म (Metrialistic vs Spritualistic)
By रमेश पौड्याल, निवर्तमान अध्यक्ष- श्री नवतनधाम, (SND)
2021-10-22
विज्ञान र अध्यातमवादको समन्वय :- श्रीकृष्ण प्रणामी धर्म (Metrialistic vs Spritualistic)

Shree Navatan Dham (SND)

पृष्टभूमी

यो आलेख विशेषगरी यूनिभर्सिटि कलेज र हाई स्क्लमा पठन पाठन गर्ने युवा जमात, विज्ञान र धर्मको आपसी तारतम्य बुभ्न चाहने व्यक्तिहरु का लागि तयार गरिएको हो ।
यस कार्यवाट युवा जमात र नयाँ पिंढीलाई धर्ममा अभ्यस्त गरी जागनी अभियानलाई ब्यापक गर्ने यसको मूल उदेश्य रहेको छ।

सुरुवात
स्वामी श्रीप्राणनाथजीले कुलजम स्वरुपमा अज्ञान-ज्ञान-विज्ञानको चर्चा गर्नुभएको छ । जसको अर्थ हो मान्छे जुनसुकै अवस्थामा पनि (बालक हुँदा अज्ञानी हन्छ । बिस्तारै युवा हुँदा बिद्या आर्जन गर्दै ज्ञान प्राप्त गर्छ , र अन्तमा विज्ञान र भौतिक वाद तिर पुर्ण आककर्षित हुन थाल्छ । यसलाई अंग्रेजीमा तीन भागमा बाँडियको छ Ignorance – Knowledge- science पट्टी आकषित हुन्छ ।

प्रो. डा. बृद्धि प्रकाश बाजपेइको सोधनात्मक ग्रन्थमा यस विषयमा विस्तृत उल्लेख गनु भयको छ जसमा बिज्ञान र (Materialistic vs Spiritualistic is a cumulative knowledge which may over come from one generation to another generation cumulativly) अर्थात्‌ बिज्ञान एक पृस्ता बाट अर्को पुस्ता यस्तै एक बंश बाट अर्को बंशंमा हस्तान्तरण हुँदै जान्छ । यसबाट बिज्ञानको प्रबिधि र ज्ञान यसको रुप र प्रयोग गर्ने विधि उन्नत र विकसित हुदै जान्छ। यो क्रम पुस्तौं पुस्ता चलिरहन्छ । आबिष्कारहरु एक पिंढी बाट अर्को पिंढी पुस्ता हुदै जान्छ जसलाई बिज्ञानको बिकास र परिवर्तन हुँदै गरिन्छ । उदारहरणको रुपमा आज भन्दा १० वर्ष अधि स्थापना भएका मोवाइल जेट प्लेनहरुमा आयको परिवर्तन र विकासलाई लिन सकिन्छ ।

आदणीय सुन्दरसाथहरुजी यो युग सिंजनात्मक बिज्ञानको युग हो । यस लाइ Creative science को युग पनि भनिन्छ । यसको एउटा Creative Human Theory पनि छ । Humen Destination not only sky or to moon, real human destination is infinitive अर्थात मान्छेको अन्तिम गन्तब्य चन्द्रमा र आकाश मात्र हैन मान्छेको यात्रा अनन्तदेखि अन्नतसम्म छ । मान्छको क्षमता र सम्भावना यति विशाल छ कि जो अकल्पनीय र अनन्तसम्म छ । मान्छेको दिमाग कहिलै खर्च गर्न नसकिने अन्तत पूँजी हो । यस लाई मूल (काप्र पनि भनिन्छ जसको ब्याज डिभिडेन्ट र बोनस कालौ कालसम्म लिन पाईन्छ । जो मूल पुँजी, कहिलै खर्च गरेर सकिदैन मानिसले पैसा कमाउने एउटा प्रविधि र सयंत्र हो जसले अन्नत कालसम्म पैसा कमाउन सक्छ। अब म नेपालमा बिज्ञानको प्रयोग बाट धर्मले प्राप्त गरेको उपलब्धिको बिषयमा चर्चा गर्न चाहान्छु ।

नेपालीको उमेर सम्बन्धमा
आज भन्दा १५ सय वर्ष अगाडि सरदर नेपालीको उमेर ३५ वर्षको थियो यसको १५० वर्ष पछाडि नेपालीको उमेर विज्ञानको प्रबिधीको कारण ५५ वर्ष पुग्यो ।यसको १०० वर्ष पछि ६५ वर्ष पुग्यो अहिले नेपालै को सरदर उमेर ७५ वर्ष देखि ८० वर्षको भएको छ । यो कसरी संभव भयो ?

यो विज्ञान विकास अनुसन्धानबाट हरेक क्षेत्रले यस्तो उपयोग गर्ने भएको छ । त्यो अध्यात्म, भक्ति, ज्ञान सबै क्षेत्रमा परेको हुन्छ जो एउटा सिक्काका दुई पाटा हुन्‌ – विज्ञान र धर्म

अव हामी अध्यात्म र बिज्ञानको सम्बन्धमा करा गरौं ? आज हामी मानव सभ्यताको १०,००० वर्षमा छौं । आध्यात्म, भक्ति र धर्मलाई हामी विभिन्न कोणबाट व्याख्या गदै छौं । आध्यात्म ज्ञानले हामीलाई मुक्तिको बाटो, भगवान र परमात्मा पाउने बाटो देखाउँछ । अब म विज्ञानले फरक विभिन्न पदार्थहरुको धमंको विषयमा गरेको व्यख्याको उदाहरण प्रस्तुत गर्न चाहन्छु ।

क) पानीको धर्म :- शितलता दिने, पिउने, सिचाई गर्ने
ख) आगोको धर्म :- खाना पकाउने, भष्म पार्ने, तताउने
ग) फलामको धर्म :- औजार बनाउने, निमार्ण कार्य गर्ने, मसिन बनाउने आदि आदि

यस्तै मान्छेले मान्ने अध्यात्म धर्म भनेको पर्दाथको धर्मभन्दा फरक प्रकार को हुन्छ । जसले मान्छेलाई चेतना आत्मा र परआत्मा सम्बन्धी ज्ञान, करुणा, स्नेह, प्रेम प्रदान गदछ । फलस्वरुप मान्छे सम्पूर्णरुपमा आनन्दमय, प्रेमी, भक्ति र मुक्ति, प्रेरणा र शान्तिको प्रतीक बन्छ । यस लेखको उदेश्य हो कसरी विज्ञान र अध्यात्मको अन्योन्याश्रीत संवन्ध रहेको छ भन्नेक्रा प्रमाणित गर्नु । प्रविधि र बिज्ञानले मान्छेको जीवनलाई सरल छिटो र कम खर्चिलो र बैज्ञानिक तरिकाले सरल बनाउछ । त्यस्तै अध्यात्माले शान्ति, धैर्य, स्नेह र संसारलाई प्रेममय बनाउँछ । जसले प्रेमै प्रेमले भरिएको बिशाल परिवार बनाउँछ । विभिन्न भक्त जन हरु विभिन्न परिवार हरुमा जानुहन्छ र भगवान संग विभिन्न वरदान माग्नु हुन्छ । जसमा छिटो छोरा- छोरी होस्‌ धनधान्य बढोस जीवन सुखी होस्‌ आदि इत्यादि आर्शीबाद माग्नु हुन्छ । थोरैले मात्र संसारमा प्रेम बढोस्‌ शान्ति बढोस्‌ भातृत्व बढोस्‌ मान्छे मान्छे बीच धैर्यता बढीस्‌ भन्ने आर्शीवाद थौरैले माग्छन्‌ । तसर्थ वाणीमा श्री प्राणनाथ जी भन्नुहुन्छ

पहले आप पहेचानो रे साधों, पहले आप पहेचानो ।
बिना आप चिने पार व्रम्हको, कौन कहे मै जानो ॥ किरन्तन ॥

आफ्नो स्वयमले आफ्नो क्षमता बुझन सकिदैन । आफूले आफूलाई नवबुभझेसम्म परब्रम्हलाई कसरी बुझन सकिन्छ, अनगिन्ती प्रेम र शान्तिको चाहना दुवै कुराले अर्थात विज्ञान र अध्यात्माले एक अर्कामा जोडेको छ ।

स्वामीजीले यतिमात्र भन्नुभएको छैन – समस्त विश्वलाई भौमि एकता सम्पूर्ण Universal citizen विश्वलाई एक परिवारको परिकल्पना गर्नु भएको छ जसले बिज्ञान, ज्ञान र भक्ति लाई एकांग बनाएको छ । एक अर्को प्रसंगमा स्वामीजी भन्नुहुन्छ एक अर्को राष्ट्रियताको सीमाना प्रान्त र नागरिकताहरुले विभिन्न जात र वर्णमा बाडीयको छ । यिनै कुराको आधारमा संसार बौडिएर मान्छेको रगतले काटिएको सीमानामा आफ्नो संसार भनेर बाँचेका छन्‌ । प्राणनाथजीले हाल संसारमा बसोवास गर्ने आठ अब जनसंख्यालाई बाध्ने मौमि एकताको वर्णन गर्नु भइको छ । आज संसार बिभक्त भएर एक अर्कालाइ मार्न, बारुद, बम, बनाएर मार्न उध्दत देखिन्छन । संसारमा धर्मको नाममा १६००० युद्ध मै सकेका छन्‌ । संसार बिभिन्न १०,००० धर्मको नाममा बाँडिएको छ । धर्मको नाममा रगतको समुद्र बगेको छ । स्वामी श्री प्राणनाथजीले यो सबै कुराको अन्य गर्न आफ्नो मूल दर्शन मानै प्रेम शान्ति र भाइचाराको परिकल्पना गर्नु भएको छ।

प्राणानाथजी भन्नु हुन्छ Every human is hungry of love.
प्राण्नाथजी भन्नुहुन्छ
प्रेम गर्नु होस प्रेम बढ्छ,
रिस गर्नुहोस्‌ रिस बढ्छ ॥
यसै संदर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नु हुन्छ
ज्ञान मर्दछ हाँसेर ।
राई विज्ञान मर्दछ ॥

अर्थात विज्ञान एक पछि अर्को आविस्कार गर्ने होडमा विज्ञानको जीवन समाप्त हुन्छ । तर ज्ञान, भक्ति र प्रेमको जीवन जुगानुजुग बाँची रहन्छ ।

विज्ञनको अत्यधिक विकस गर्ने देशहरु जस्तै अमेरीका, वेलायत, अस्टेलिया आदिका नागरिक बैज्ञानिकहरु Depression ले राती राम्ररी सुत्न सक्दैनन्‌ । सोही देशका लाखौं लाख मानिस वर्सेनी मछन तसर्थ स्वामी श्री प्राणनाथजीको आध्यात्मवाद र विज्ञान लाई जोडने ज्ञान शान्ति र प्रेमको खाँचो यो विश्वलाई हिजोको भन्दा आज बढी खाँचो छ । अन्त्यमा हामीले प्रणामी धर्मलाई प्राणनाथजीको परिकल्पना अनुसार भक्ति, प्रेम र क्षमालाई विज्ञानको तकपूर्ण अभिव्यक्तिलाई विश्व शान्ति निर्माण र विकास को गतिलाइ एउटा ससक्त एकांग रुपमा निर्माण गर्नु अति जरुरी छ । प्रणाम ॥
Enable Notifications    Subscribe No thanks