August 29, 2021, Sun, 38:08:33
By लीलाप्रसाद सापकोटा, झापा, (SND)
शास्त्रार्थ महारथी पं. हिमकर शास्त्री
शास्त्रार्थ महारथी पं. हिमकर शास्त्री
शास्त्रार्थ महारथी पं. हिमकर शास्त्री
By लीलाप्रसाद सापकोटा, झापा, (SND)
2021-08-28
शास्त्रार्थ महारथी पं. हिमकर शास्त्री

Shree Navatan Dham (SND)

पं. हिमकर शास्त्रीको जन्म ठेकाबुङ्ग, पूर्व सिक्किममा वि.सं. १९८१वैशाख१ गते भएकोथियो। उहाँकोपिताकोनामचन्द्रदाससापकोटा र माताको नाम कौशिला सापकोटा थियो । उहाँले संस्कृतमा शास्त्री (स्नातक) सम्मको अध्ययन गर्नु भएको थियो। उहाँ एल.डी. काजीसँग सम्मिलित भइ सिक्किमको स्वतन्त्रताको लागि जन आन्दोलनमा सक्रिय रहनुभयो । हिमकर शास्त्री सिक्किम स्टेट काँग्रेसका प्रमुख सदस्य हुनुहुन्थ्यो । उहाँ वि.सं २००७ देखि २०१५ सम्म त्यस पदमा रहनुभयो । त्यो अवधि उहाँको राजनैतिक जीवनको एक काल खण्ड थियो । संस्कृतका विद्वान्‌ भएता पनि उहाँको आध्यात्मिक जीवन राजनैतिक अनुभव बटुलेपछि सुरु भएको बुझिन्छ।

आध्यात्मिक जीवनको सुरुवात गुरुजी मङ्गलदाससँगको निर्देशन पछि मात्र हुन्छ। उहाँमा आध्यात्मिक झुकाव त छँदै थियो । त्यो झुकाव र प्रवृत्तिलाई गुरुजीले उजागर गरी दिनुभयो । गुरुजीकै आज्ञा शिरोपर गरी हिमकरजीले राजनीतिबाट मुख मोड्नुभयो । आध्यात्मिक ज्ञानको प्रचारमा उहाँले आफूलाई समर्पित गर्नुभयो । श्रीकृष्ण प्रणामी धर्म सिद्धान्तलाई जनजनमा पुच्याउने काममा उहाँ लाग्नुभयो । संस्कृत भाषाको ज्ञान यथेष्ट हुँदा महामति प्राणनाथ प्रणीत तारतम सागरका दार्शनिक पक्षलाई प्रकाशमा पार्ने काममा उहाँले विशिष्ठता हासिल गर्नुभयो । श्रीमद्भागवत, गीता, वेद, पुराण र अन्य धर्मशास्त्रबाट प्रमाणहरू बटुलेर तारतम सागरको दार्शनिक पक्षलाई पुट दिन उहाँ अग्रसर हुनुहुन्थ्यो । कहीँ कतै सिद्धान्त दर्शनमा वाद विवाद हुँदा त्यसको समाधान गर्न पं. हिमकरजी नै अग्रसर हुनुहुन्थ्यो । उहाँको तार्किक बुद्धि, तीक्ष्ण प्रतिभा र शास्त्रीय ज्ञानको गहिराइबाट सबै प्रभावित हुन्थे । सरल र शालीन व्यक्तित्वका धनी हिमकरजी प्रणामी समाजका एक विशिष्ट विद्वान्‌ हुनुहुन्थ्यो । उहाँको वाक पट्ता र शास्त्रीय विद्वताको कदर गर्दै उहाँलाई प्रणामी धर्मका गादीपति महाराजहरूबाट ‘शास्त्रार्थ महारथी’को उपाधिले विभूषित गरियो ।गुरुजी मङ्गलदासजीको सानिध्यमा रहेर अहोरात्र आध्यात्मिक चिन्तनमा लागी रहँदा उहाँ सुन झैं खारिनुभयो । धर्म प्रचारको शिलशिलामा उहाँले सिक्किम, आसाम, बंगाल, भूवन र नेपालको भ्रमण गर्नुभयो । मानिसहरूको दैलो दैलोमा पुगेर हिमकरजीले शुद्ध, सात्विक जीवन निर्वाह गरी आध्यात्मिक जीवन बिताउने शिक्षा दिनुभयो । मृदुभाषी पं. हिमकरको प्रवचनबाट जस्तै नास्तिक मानिस पनि प्रभावित हुन्थ्यो । उहाँ प्रणामी समाजका अमूल्य रल हुनुहुन्थ्यो ।

श्रीमंगलदास गुरुजीबाट प्रेरणा पाएर पं. हिमकरजीले पूर्वी नेपालको इन्द्रपुर-सलकपुरमा अनाथ बाल-बालिकाको लागि आश्रमको स्थापना गर्नुभयो । आश्रम सञ्चालन गर्न उहाँ आफै सक्रिय हुनुभयो । समाजसेवा र दीनदुःखीको सेवामा उहाँको समर्पण भाव अनुकरणीय छ, स्तुत्य छ। धार्मिक साहित्य पट्टि पनि पं. हिमकरजीको रुचि थियो । उहाँले ‘एकता विज्ञान वाटिका’ नामक पुस्तिका लेखेर आफैं प्रकाश गर्नुभयो । उहाँको योगदानको कदर गर्दै उहाँलाई “मंगल सम्मान’ र ‘शास्त्रार्थ महारथी’को पदबाट विभूषित गरियो । यस्ता होनहार र प्रणामी समाजका मूधर्न्य विद्वान्‌ वि.सं. २०५९ साल फागुन १ गते हामी सबैबाट ओझेल हुनुभयो । यसबाट प्रणामी समाजमा अपूरणीय क्षति हुन गएको छ।
Enable Notifications    Subscribe No thanks