August 6, 2021, Fri, 18:08:11
By अरुण सापकोटा, काठमाडौँ, (SND)
श्रीकृष्ण प्रणामी मन्दिर सतनाको सस्थापिंका माता जैनब्लाई
श्रीकृष्ण प्रणामी मन्दिर सतनाको सस्थापिंका माता जैनब्लाई
श्रीकृष्ण प्रणामी मन्दिर सतनाको सस्थापिंका माता जैनब्लाई
By अरुण सापकोटा, काठमाडौँ, (SND)
2021-08-06
श्रीकृष्ण प्रणामी मन्दिर सतनाको सस्थापिंका माता जैनब्लाई

Shree Navatan Dham (SND)

पोखरा पहिल्यैदेखि विद्याका निमित्त प्रसिद्ध थियो । “न्याय नपाए गोरखा जानू र विद्या नपाए पोखरा (कास्की) जानू” भन्ने आहानले पनि पोखराको विशेषता स्पष्ट पार्दछ । यसै पोखरा नगरमा एक सभ्य सुसंस्कृत र स्वाधीन श्री कृष्ण प्रणामी परिवारमा वि.सं. १८७४ मा माता सेनबाईको जन्म भएको थियो। उहाँको बालककालमै विवाह भएको थियो । कलिलै उमेरमा उहाँ विधवा हुनुभयो ।

वैधव्य ब्रह्मचारिणीका रूपमा आफ्नो उमेर ४०/४५ वर्ष नाधेपछि उहाँले श्री ५ पद्यावतीपुरी धामको यात्रा गर्ने विचार गर्नुभयो । आफ्ना साथी संरक्षक सहित पोखराबाट पैदल हिँडेर ८/९ दिनमा हिन्दुस्थानको गोरखपुर पुग्नुभयो । तिनताका भारतमा रेल चलेको थिएन र भैरहवा, नौतनवा शहर बनेका थिएनन्‌ । गोरखपुरबाट पटना, गया, काशी, प्रयाग हुँदै १५२० दिनमा चित्रकूट पुग्नुभयो । चित्रकूटबाट २-३ दिनपछि पन्ना पुग्चुभयो । त्यसबेला गोडामा कपडाका पट्टी बाँधेर हिँड्ने गरिन्थ्यो ।

पन्नामा श्री ५ पद्मावतीपुरी धामको दर्शन गरेर १-२ वर्ष त्यहाँ बसी सत्संग गर्नुभयो । आफ्ना स्वजनहरूका साथमा श्रीकृष्ण प्रणामी धर्मको आद्य धर्मपीठ श्री ५ नवतनपुरी धाम जामनगरको दर्शन गर्ने इच्छा गरेर उहाँ मथुरा वृन्दावन हुँदै वि.सं. १९३० तिर पैदल यात्रा गर्दै पावन एवं पुण्य भुमि जामनगर ुग्नुभयो। जामनगरको आद्व धर्मपीठमा धर्माचार्य श्री १०५ जीवरामदासजी महाराज हुनुहुन्थ्यो । वहाँ रहेर आचार्य महाराजबाटै माता सेनबाईले वाणी, वीतक, विराट र चर्चनी अध्ययन गर्नुभयो ।

माता सेनबाई श्री ५ नवतनपुरी धामबाट कच्छ, भद्रेश्वर शीशागढ, सिनुगरा आदि स्थानमा रहेका श्रीकृष्ण प्रणामी मन्दिरहरूको दर्शन गर्न जानुभयो । माता सेनबाईको आकर्षक व्यक्तित्व र धार्मिक ज्ञानको प्रभावले ती स्थानहरूमा विशेषतः धेरै महिला दिदी बहिनीहरू श्री कृष्णप्रणामी धर्ममा दीक्षित भए।

कच्छबाट स्वजन कप्छबाट आफ्ना स्वजन र शिष्यहरूका साथ माता सेनबाई श्री ५ नवतनपुरी धाम जामनगर फकिनुभयो। जामनगरबाटउहाँ सूरतस्थित महामंगलपुरी धामको दर्शन गर्न अघि बढ्नुभयो। महामंगलपुरीमा त्यसबेला श्री १०५ मोहनदास गादीपति हुनुहुन्थ्यो । त्यसबेलासम्म विरमगामदेखि बम्बईसम्म रेल चलेको थियो । माता सेनबाई सूरतबाट रेलद्वारा सतना आउनुभयो । सतनामा त्यतिखेर रेल्वे स्टेशन बन्दै थियो । सतनामा एकरात बिताउन पाइने कुनै सामान्य धर्मशाला पनि थिएन । उहाँले कसैलाई नसोधी पानीको सुविधा मिलाएर सतनामा एउय कच्ची धर्मशालाको निर्माण गर्नुभयो ।

माता सेनबाईको मन सतनामै रमायो । रेल्वे स्टेशन निर्माण हुँदा रीवाका नरेश रघुराज सिंहले आफ्नो महल बनाएका थिए । रीवा नरेश सतना आएका बखत माता सेनबाईले नरेशलाई भेट्ने इच्छा व्यक्त गर्नुभयो । विशेष सम्मान र प्रसादका साथ रीवा नरेशलाई भेटेर माता सेनबाईले मन्दिरको लागि जमिन चाहिएको कुरा गर्नुभयो । माता सेनबाईको सौम्य व्यक्तित्व देखेर नरेशले भने– तपाइँलाई जहाँ जति जमिन चाहिन्छ, झण्डा गाडिदिनोस्‌, कर्मचारी आएर जग्गा तपाइँको नाउँमा गरिदिने छन्‌ ।

सतनामा आज जहाँ श्री कृष्ण प्रणामी मन्दिर छ त्यहीँ २०० पाइला (फट्का) लामो र १५० पाइला (फट्का) फराकिलो स्थानलाई माता सेनबाईले काँडेबारले घेर्नु भयो । पछि कर्मचारी आएर जमिन नापी उहाँका नाममा दर्ता गरिदिए । जमिन आफ्नो भएपछि माता सेनबाईले पानीका निमित्त इनार खनाउनु भयो। २-४ गाई पाल्नुभयो र सानो कुटी निर्माण गर्नुभयो, खेतीपाती लगाउनु भयो । एउटा क्रषि आश्रमको रूपमा सतनामा श्री कृष्णप्रणामी मन्दिरको थालनी भयो । सामान्य आश्रममा चित्त नबुझाइ एउय आकर्षक र उपयोगी मन्दिर बनाउने विचार गरी उहाँ पोखरा फर्किनु भयो । लामो समयपछि भव्य र आकर्षक व्यक्तित्वका , साथ पोखरा पुग्नु हुँदा उहाँलाई भावपूर्ण स्वागत गरियो । पोखरा “, वैदामका सुन्दरसाथहरूलाई जागृत गर्दै रहँदा तारतम लिने क्रममा दाताराम तिम्सिना (जो पछि परमहंस दयालदास महाराजका नामले प्रतिष्ठित हुनुभयो) लगायतका विभिन्न व्यक्तिहरू माता सेनबाईको सत्संगमा रहनुभयो । पोखराको आफ्नो अंशभागको सम्पत्ति लिए माता सेनबाई सतना फर्कनु भयो । बार, बेला, तिथि, नक्षत्र इत्यादिको शुभ साइत हेराइ माता सेनबाईले उक्त कुटी नजिक पक्की मन्दिर भवनको शिलान्यास गराउनुभयो । छोटो समयमा २०-२२ हात लामो, १५-१६ हात फराकिलो र ४०-४५ हात अग्लो मन्दिरको निर्माण पूरा गर्नुभयो जुन अद्यापि छँदैछ।

मन्दिर भवन तयार भएपछि उहाँले शुभ साइत हेराइ स्वरूप साहेबको पूजा प्रतिष्ठापन गर्नु भयो । केही समय भित्रै वागा वस्त्र, मुक्ट, श्रृगारद्वारा मन्दिर सुशोभित गराउनुभयो । यो वि.सं. १९३९ तिरको कुरा हो । त्यसपछि लगभग २० वर्ष उहाँ त्यसै मन्दिरको निर्माण र विकासमा लाग्नुभयो । धार्मिक जागरणको काममा निरन्तरता दिनुभयो । आफ्ना युवाकालमा परमहंस दयालदास महाराज र श्री ५ नवतनपुरी धामका आचार्य श्री १०० धनीदास महाराजले यस मन्दिरमा रहेर सेवा गर्नुभएको थियो ।

श्रीकृष्ण प्रणमी मन्दिर, सतना(म.प्र.)को स्थापना कालदेखि हालसम्म मन्दिर संचालन गर्दै आउनुभएका सन्तहरूको सूची यस प्रकारको छ –
यसरी सतनामा श्री कृष्ण प्रणामी मन्दिरको स्थापना, सञ्चालन र संरक्षण गरी धार्मिक माता श्री सेनवाईको समाधी जागरण अभियानमा लागिरहनु श्रीकृष्ण प्रणामी मन्दिर सतना भएको माता सेनबाईले वि.सं. १९५९ फाल्गुन कृष्ण चतुर्थीका रात देह त्याग गर्नुभयो । उहाँको स्मृतिमा प्रमुख शिष्या मालबाईले मन्दिर परिसरमा एउय देहुरी (देवल) निर्माण गर्नु भएको छ, जसमा 1100 लेखिएको कुरा आज पनि हामी पढ्न सक्तछौं–

वि.सं. १९५९ चन्द्र दिवसे तुला राशि चित्रा नक्षत्रे मूल जोगे फाल्गुण कृष्ण ४ अर्धरात्री श्री प्रितम सर्वश्रेष्ठ श्री सेनमाता परम धामको पधारी । जन्म नेहपाल आयु ८५ वर्ष थी । अन्त समय बधेल खण्ड सतना ग्राममे थी । गुरुकी छत्री मालवाई ने बनवाया ।”
(पूर्णब्रह्म शास्त्रीकृत श्री कृष्ण प्रणामीय मन्दिर नामक ग्रन्थको आधारमा)
Enable Notifications    Subscribe No thanks