August 8, 2021, Sun, 28:08:42
By कृष्णमणि बजगाँई, (SND)
श्रीकृष्ण प्रणामी मन्दिर होक्से र यसका संस्थापक ब्रहमलीन बाल्ला श्री प्रमदास महाराजको एक छेटो चिनारी
श्रीकृष्ण प्रणामी मन्दिर होक्से र यसका संस्थापक ब्रहमलीन बाल्ला श्री प्रमदास महाराजको एक छेटो चिनारी
By कृष्णमणि बजगाँई, (SND)
2021-08-07
श्रीकृष्ण प्रणामी मन्दिर होक्से र यसका संस्थापक ब्रहमलीन बाल्ला श्री प्रमदास महाराजको एक छेटो चिनारी

Shree Navatan Dham (SND)

श्री प्रमदास महाराजको जन्म भ्रेपलाञ्चोक जिल्लामा भएको थियो ।
नेपाल राज्यको राजधानी काठमाडौँबाट पूर्वमा स्थित बाग्मती अञ्चल काभ्रेपलाञ्चोक जिल्लाको मध्य भागमा होक्से ग्राम पर्दछ । पाँचखाल उपत्यकाको उत्तरपूर्व पट्टि रहेको पलाञ्चोक भगवती मन्दिर जाने बायेमा यो गाउँ पर्दछ । यहाँबाट उत्तरतिर विश्वकै अग्ला सेता चाँदी जस्तो उज्याला हिमाच्छादित पर्वत श्रृंखला, सगरमाथाको आसपासदेखि लगभग रसुवा जिल्ला तक देख्न सकिन्छ। दक्षिणमा महाभारत श्रृखलाको विशाल हरियो जंगल देख्न पाइने यो मनोरम गाउँमा आजभन्दा करिब १५६ वर्ष पहिले श्रीराजजीको कृपाले ब्रह्वामुनिको अवतरण भयो जसको नाम थियो प्रेमदास बजगाँई । सो बालकको जन्मताका नेपालमा आधुनिक शिक्षाको प्रचार भएको थिएन । त्यसैले उहाँले औपचारिक शिक्षा पाउनु भएन ।

प्रेमदास बाबा जब बालिग हुनुभयो तब रोजगारको शिलशिलामा नेपाल आर्मी (पल्टन)मा भर्ना हुनुभयो । शरीर नेपाल आर्मीलाई सुम्पे पनि आत्मा भने परमात्माको खोजतर्फ लागिरहन्थ्यो । म को हुँ ? मेरो आत्माको अन्तिम ठेगान कहाँ हो र मेरो आत्माको मालिक को हो ? यस्तै प्रश्न उहाँको मनमा उब्जिने गर्थे । यस्तो प्रकारको चिन्तन रात दिन मनमा उद्वेलित भएपछि उहाँले गर्नुभएको कामको राम्ररी जिम्मेवारी बहन गर्न असमर्थ हुनुभयो । पल्टनिया भएर बस्न उहाँको आत्माले स्वीकार गरेन ।

अन्ततः उहाँ जागिर छोडेर परमात्माको खोज गर्न निस्किनुभयो । त्यसबेला बनारस, पद्यावतीपुरी धाम, पन्ना हुँदै ब्रह्मातत्वको खोजमा नवतनपुरी पुगेर करीब २० वर्षसम्म अध्ययन गरि सकेपछि उहाँ संसारको माया मोहबाट निवृत्त भइ ब्रह्यचारी हुनुभयो । आफ्नो अध्ययन सके पश्चात्‌ आफ्ना पूजनीय गुरुमहाराजहरूको आज्ञा लिएर धर्म जागनी गर्ने मनसायले उहाँ आफ्नो मातृभूमि होक्सेमा फर्किनु भयो ।

उहाँ सम्भवतः वि.सं. १९४४ मा आफ्नो गाउँ आइपुग्नु भयो । त्यसपछिका ४ वर्षसम्म उहाँले आफ्नो बलबुत्ताले भ्याएसम्म धर्मको जागनी गर्दै रहनु भयो । तत्‌पश्चात्‌ १९४८ साल जेष्ठमा उहाँले आफ्नो छरछिमेकको जग्गामा हालको मन्दिर निर्माण गर्न सर सल्लाह गर्नुभयो । सो पर्ती जग्गामा मन्दिर स्थापनागर्न सबैबाट मञ्जुरी लिनुभएपछि मन्दिर निर्माण गरियो । औपचारिक रूपले उहाँको नेपाल आगमनको ४ वर्षपछि मात्र विधिवत्‌ रूपले मन्दिर स्थापना भइ पूजा भएको मानिदा अहिले मिति २०७० सालमा आइपुग्दा श्रीकृष्ण प्रणामी मन्दिर होक्से १२२ वर्ष पूरा गर्दै १२३ वर्षमा प्रवेश गरेको पुरानो मन्दिर भनेर मान्न सकिन्छ। हाल सो मन्दिरको भौतिक सम्पत्तिको रूपमा त्यसको नव निर्मित पक्कि मन्दिर भवन, एउय भान्सा र करिव २४ रोपनी खेत तथा ४० रोपनी क्षेत्रफल भएको पाखो बारी छ।

यो क्षेत्र सर्व सुविधा सम्पन्न ठाउँमा पर्दछ । यसका बत्ती, पानी, कच्ची तथा पक्को सडकले छोएका जग्गाहरू छन्‌ । स्थानीय नेपालीको प्रेम र सद्भावले गर्दा महाराजजीले राख्नु भएको जगमा इँट थप्दै तला थप्ने काम हुँदै आएको छ । यस मन्दिरको सर्वाङ्गिण विकासको निमित्त तन, मन, धनले सहयोग पुन्याउनु हुने सम्पूर्ण सुन्दरसाथहरूमा श्रीकृष्ण प्रणामी मन्दिर होक्सेका सुन्दरसाथहरू कृतज्ञता ज्ञापन गर्दछन्‌ । यस मन्दिरको सेवा पूजा तर्फ पनि विशेष ध्यान पुन्याएको छ। बाबाजीको पालामा वि.सं. १९४०८-१९९४ मार्ग कृष्ण द्वादशीसम्म उहाँकै नीति, निर्देशन र नेतृत्वमा काम भयो । उहाँको धामगमन पछि स्थानीय देवदत्त भनिने व्यक्तिले यस मन्दिरको कार्यभारको जिम्मा लिनुभयो । वि.सं. २०१५ मा उहाँको धामगमन भएपछि जोस र जाँगर भएका शिक्षित, हक्की, निडर, निस्वार्थ सेवक नवतनपुरीबाट प्रणामी मन्दिर होक्सेले पायो । उहाँ हुनुहुन्थ्यो पं. श्रीकृष्ण प्रसाद सापकोटाज्यू जसलाई जुरेली पण्डित भन्ने उपनामले चिनिन्थ्यो । उहाँ नेपालभरका लब्ध प्रतिष्ठित विद्वान्‌ मध्येका एक हुनुहुन्थ्यो । उहाँ २०१५ देखि अनवरत रूपमा २०४५ साल मार्गसम्म यस मन्दिरमा रहनुभयो ।

उहाँकै पालामा नेपालमा प्रणामी धर्मले केही मात्रमा भएपनि पखेटा फिजाउने अवसर पायो । उहाँले पूर्वमा इलाम, भोजपुर, धनकृय, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, पश्चिममा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ्ग, चितवन, मकवानपुर, नुवाकोट, गोर्खा भुरी गाउँ बर्दिया र सुर्खेतसम्म गएर धर्म जागनी गरेको तथ्य सबै सामु छर्लङ्ग छ। वि.सं. २०४५ साल मार्गमा गोर्खामा धर्म जागनीको काम गरी काठमाडौँ फर्किने क्रममा काठमाण्डौँ सुन्धारा आइपुग्दा उहाँको असामयिक धामगमन भयो ।

उहाँको अन्तर्ध्यानले प्रणामी जगतमा ठूलो भूकम्प ल्याइदियो किनकि उहाँ प्रणामी जगत्‌को एक उज्वल नक्षत्र र मृढुभाषी प्रखर वक्ता हुनुहुन्थ्यो । त्यसपछि यस क्षेत्रमा त्यस्ता विद्वान्‌को क्षतिपूर्ति हुन सकेको छैन। वि.सं. २०४५ पछि यस मन्दिरमा स्थानीय, एक सरल, इमान्दार र धर्मानुरागी श्री टीकाप्रसाद बजगाँईबाट नित्य रूपमा सेवा पूजा हुँदै आएको छ।
Enable Notifications    Subscribe No thanks