August 8, 2021, Sun, 15:08:15
By इ. पी.पी. अधिकारी, ललितपुर, (SND)
श्रीकृष्ण प्रणामी सेवा सर्मितिँ नेपालका संस्थापक श्री युगलदासजी महाराज
श्रीकृष्ण प्रणामी सेवा सर्मितिँ नेपालका संस्थापक श्री युगलदासजी महाराज
श्रीकृष्ण प्रणामी सेवा सर्मितिँ नेपालका संस्थापक श्री युगलदासजी महाराज
By इ. पी.पी. अधिकारी, ललितपुर, (SND)
2021-07-15
श्रीकृष्ण प्रणामी सेवा सर्मितिँ नेपालका संस्थापक श्री युगलदासजी महाराज

Shree Navatan Dham (SND)

युगलदासजी महाराजको जन्म मारवाड प्रदेशको उमरकोट गाँउमा भएको थियो ।
श्रीकृष्ण प्रणामी धर्मका आद्य संस्थापक श्रीदेवचन्द्रजी महाराज हुनुहुन्थ्यो । उहाँलाई निजानन्द स्वामी पनि भनिन्छ। उहाँकै नामबाट यो सम्प्रदायको नाम निजानन्द सम्प्रदाय भएको हो ।

श्री देवचन्द्र महाराजले बाल्यकालदेखि कैयौं वर्षको तपस्याबाट पूर्णब्रह्मा परमात्माको साक्षात्कार गरी तारतम मन्त्र प्राप्त गर्नुभएको हो । उहाँको जन्म वि.सं. १६३८ मा मारवाड प्रदेशको उमरकोट गाँउमा भएको हो । पिताको नाम मतुमहेता र माताको नाम कुँवरबाई हो।

धर्मप्रचारको क्रम र अनुयायीहरूको जमात बढ्दै गयो । यसरी बढ्ने क्रममा उहाँका एक परम शिष्य मेहेराज ठाकुर थिए, जसले श्री देवचन्द्रजीबाट सुरु भएको धर्म परम्परालाई (श्री प्राणनाथजी नामबाट) बढाएर लैजानु भयो ।

वि.सं. १७३५ मा हरिद्वारमा भएको कुम्भ मेलामा प्राणनाथलाई विभिन्न धर्म सम्प्रदायका आचार्य हि तथा विद्वान्हरूले उहाँको सारगर्भित, दिव्यज्ञानको ज्योतिमा कृतकृत्य भएर “बुद्धनिष्कलंक” अवतार स्वरूप माने । त्यस हरिद्वार मेलामा नेपालका पण्डितहरू पनि थिए । श्रीकृष्ण प्रसाद भण्डारी ती मध्ये एक हुनुहुन्थ्यो । भनिन्छ उहाँ फर्केपछि नेपालको दैलेखबाट प्रणामी धर्मको प्रचार सुरु भएको हो । श्रीकृष्ण प्रणामी धर्मको प्रचार अघि बढ्दै रह्यो । यस समाजका मूर्धन्य व्यक्ति श्री युगलदास महाराजको जीवनी र योगदान बारेमा संक्षेपमा चर्चा गरिन्छ–

महात्मा श्री युगलदास महाराज
वि.सं. १९५३ साल आश्विन शुक्ल पक्षमा पिता सेवादास तथा माता सुन्दरबाईको गर्भबाट साहिँला छोराको रूपमा जन्म भएका यिनै बालकपछि युगलदास महाराज बन्नुहुन्छ। उहाँको जन्मथलो इच्छे मन्दिर हो । सेवादासको परिवार बढ्दै गएको देखेर दयालदास महाराजले मन्दिरमा बसेर तिमीहरूको निर्वाह हुँदैन सन्तानको भविष्यको लागि पनि जग्गा जमिन र आफ्नो घर चाहिन्छ भनेर सिविकम पाकिङको मण्डललाई चिठ्ठी लेखी २०२५ एकड जग्गा मिलाइ दिनुभएछ।

युगलदास महाराजको बाल्यकाल आमा-बुबासित पाकिङमा नै बित्यो । तर ७।८ वर्षपछि पुनः इच्छे प्रणामी मन्दिरमा नै आउनु भएछ । धर्म, संस्कृति, एवं समाज कल्याण हेतु आफ्नो जीवन उत्सर्ग गर्ने युगलदास महाराज एवम्‌ उनका पुर्खाको यस धर्मप्रतिको योगदान यो सानो लेखमा समेट्न सम्भव भएन । यस बारेको छोटो विवरण यहाँ प्रस्तुत गर्दछु ।

सत्रौं शताब्दीको सुरुतिर नेपालको पश्चिम आछाम जिल्लाबाट बसाइँ सरेर तिम्सिना परिवार कास्की जिल्लाको पोखराको पूर्वमा पर्ने बलथुम गाउँमा आएका रहेछन्‌ । त्यो परिवारको एक व्यक्ति ज्योतिष विज्ञानको प्रकाण्ड विद्वान्‌ रहेछन्‌ । उनैको विद्वता चारैतिर फैलिएर राजदरबारसम्म पुगेपछि राजाले बोलाएर हेरकोर गराउँदा सबै कुरा पुगेपछि खुशी भएर ढुंखर्कको जमिन विर्ताको रूपमा बकस पाएका रहेछन्‌ ।

उनका ६ भाइ छोराहरू मध्ये एक भाइ ब्रह्मलाल रहेछन्‌ । तिनका ७ भाइ छोराहरू सबै पराक्रमी रहेछन्‌ । खेतीपाती गाईगोठ पालन गर्दा एक पटक साँहिला र जन्तरेको पालो परेछ । जन्तरेले त्यो जीवनशैली मन नपर्दा त्यो ठाउँ छोडी जानुपर्छ भन्ने सोच बनाएछन्‌। कान्छा बाबाको घरमा पारायण सुन्दा “पढेका मान्छे ज्ञानी हुन्छन्‌” कष्ट सहेर पनि पढ्नु पर्छ, आत्मा अविनाशी छ, संसार असत्य छ, परमधाम अखण्ड अविनाशी छ, आत्मा परमात्माको महिमा बुभनु पर्छ र जन्म मरणको चक्करमा परिरहनु पर्दैन आदि भन्ने कुरा सुनेछन्‌ ।

पण्डितजीको त्यो प्रवचन सुनेदेखि मनमा चक्कर चलेर यो ठाउँ छोडी भारततिर गएछन्‌ । बनारस हुँदै पढ्ने अवसरको खोजीमा श्रीकृष्ण प्रणामी मन्दिर पटनामा आश्रय लिन पुगेछन्‌ । मन्दिरमा सन्त महन्तहरूबाट पढ्न लेख्न सिकेर परमधाम, परमात्मा, आत्मतत्व र धार्मिक ज्ञानबारे जानकारी पाएछन्‌ । एक दुई वर्षपछि थप जानकारी तथा तालिम लिन नवतनपुरी गएछन्‌ । नवतनपुरीमा ८ -१० वर्षपछि दाजुलाई बोलाए छन्‌ । आफू भने सेवादास नाम गरी बम्बई मन्दिरमा गएछन्‌ ।

परमहंस श्री दयालदास महाराजका प्रमुख शिष्य सेवादासका पुत्र बालब्रह्यचारी युगलदास महाराजले आफ्ना गुरुको आज्ञा पाएर पदमावती पुरीबाट नेपालको काभ्रेमा आएर धेरै जना साथीहरूलाई जागृत गराएपछि त्यहीँ मन्दिर बनाइ नियमित रूपमा सेवापूजा, कथा, प्रवचन गर्ने काम सुरु गर्नु भएछ। धर्म विरोधीहरूले प्रणामी धर्मको विरोध गरी राणा शासन कालमा राजा कहाँ उजुरी गरेछन्‌ । राजाका हजुरमा उभ्याइ सोधनी गर्दा बेकारमा दुःख दिएको रहेछ भन्ने बुझेर छोडी दिएछन्‌ । तब त्यस ठाउँमा नबसी काठमाडौं तिर गएर बस्नु भनेर साथीहरूले सल्लाह दिएछन्‌ ।

धेरै ठाउँमा खोजी गर्दा डिल्लीबजारमा पसल गर्ने कालुराम मारवाडीसित भेट भएछ र त्यहीँ रामचन्द्र गुठीको खाली जग्गा छ भन्ने कुरा थाहा भएछ। उक्त गुठीका गुठियारसँग सम्पर्क गरी उक्त खाली जग्गामा मन्दिर बनाउन नक्सा पास गरी जग हालिसकेपछि स्थानीय वासिन्दाले निर्माण गर्न नदिएकोलेत्यहीँ छिमेकमा रहेको रामचन्द्र गुठीकै धनसार घर खरिद गरी त्यसैमा राजश्यामाजीको मन्दिर स्थापना गरी नियमित रूपमा सेवा पूजा गर्दै आउनुभएछ ।

पछि वि.सं. २०२३ सालमा श्रीकृष्ण प्रणामी सेवा समिति दर्ता गरी सो अन्तगर्तको मन्दिर हालसम्म सञ्चालित भइरहेको छ। केही समयपछि ल.पु. पुल्चोकको रुक्मिणी श्रेष्ठको घर मन्दिरमा डिल्लीबजारबाट सर्नु भएछ । त्यहाँ रहँदा सुन्दरसाथहरूकै सहयोगबाट ललितपुर नगर पञ्चायत कार्यालयबाट पुल्चोक थुम्कोको जमिन आश्रमको लागि प्राप्त भएछ । वि.सं. ०२९ सालमा नवतनपुरीका श्री १०८ धर्मदास महाराजजीका करकमलबाट आश्रमको शिलान्यास गराइ सबै सुन्दरसाथको सहयोगबाट आश्रम निर्माण गरी वि.सं. २०३७ सालमा उद्घाटन गराउनु भएछ ।

त्यस उद्घाटन समारोहमा श्री १०८ धर्मदासजी, श्री १०८ ठाकुर दासजी, श्री १०८५ मंगलदास गुरुजी, साधु सन्तहरू, राष्ट्रिय पञ्चायतका अध्यक्ष, जिल्ला अध्यक्ष तथा अन्य गण्यमान्य व्यक्ति उपस्थित हुनुहुन्थ्यो । सो समारोह भव्यताका साथ सम्पन्न गरियो । त्यसपछि श्री ५ नवतनपुरीधामका आचार्य नवतनपुरी महाराज तथा सबै सुन्दरसाथको आग्रह अनुसार त्यही आश्रम मै निवास गरी युगलदास महाराजले आश्रम सञ्चालन गर्दै आउनुभयो । यस्ता महान्‌ आत्माको वि.सं. २०४४ साल भाद्र ३१ गते धामगमन भयो । उहाँको पार्थिव शरीरलाई सिन्दुर यात्रा सहित उहाँकै इच्छाअनुसार पाटनकै शंखमूल क्षेत्रमा समाधिस्थ गरियो ।

यसरी धर्म संस्कृति एवं समाज कल्याण हेतु आफ्नो जीवन नै उत्सर्ग गर्ने युगलदास महाराजले इहलीला समाप्त गर्नुभयो । उहाँले रोपेको श्रीकृष्ण प्रणामी सेवा समितिको सानो विरुवाले आज झाङ्गिएर विशाल रूप धारण गरी सकेको छ। यस्ता महान्‌ दिव्य आत्मालाई कोटी कोटी प्रणाम ।
Enable Notifications    Subscribe No thanks