August 6, 2021, Fri, 26:08:57
By मदन कृष्ण शर्मा, अध्यक्ष, (SND)
श्रीकृष्ण प्रणामी सैवा समिति, नेपालको प्रारूप, गठन, विस्तार र्‌ विंकास
श्रीकृष्ण प्रणामी सैवा समिति, नेपालको प्रारूप, गठन, विस्तार र्‌ विंकास
श्रीकृष्ण प्रणामी सैवा समिति, नेपालको प्रारूप, गठन, विस्तार र्‌ विंकास
By मदन कृष्ण शर्मा, अध्यक्ष, (SND)
2021-08-06
श्रीकृष्ण प्रणामी सैवा समिति, नेपालको प्रारूप, गठन, विस्तार र्‌ विंकास

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल

यस कलियुगमा धर्म शास्त्रहरूले इङ्गित गरेको अक्षरातीत पूर्ण ब्रह्य परमात्माको पहिचान गरी सम्पूर्ण मानव कल्याणका लागि जागनी कार्यको थालनी सदगुरु श्री देवचन्द्रजी महाराजबाट सुरु भइ उहाँका परम शिष्य स्वामी श्री प्राणनाथजीबाट अठारौं शताब्दीमा व्यापकताका साथ विभिन्न देशहरूमा विस्तारित हुँदै गयो । वेद, पुराण, उपनिषद, भागवत, गीता लगायतका सम्पूर्ण धर्म शास्त्रहरूले अक्षरातीत पूर्ण ब्रह्मा परमात्मा श्रीकृष्ण हुनुहुन्छ भन्ने प्रमाणित गरेकाले यस शाश्वत ज्ञानलाई श्रीकृष्ण प्रणामी धर्मको नामबाट जानिन थाल्यो । नेपालमा श्रीकृष्ण प्रणामी धर्मको ज्ञान वि.सं. १७३५ मा भित्रिएको पाइएता पनि राणा शासन कालमा विभिन्न धड्पकड सहितका बाधा अङ्चनले यसको प्रचार प्रसार खुम्चिन गयो । वि.सं. २००७ सालको परिवर्तन पछि धार्मिक सामाजिक अधिकारमा खुकुलोपन आइ विभिन्न संघ संस्थाहरू संगठित हुने र आधिकारिक रूपमा संस्थाहरू स्थापना हुने क्रम सुरु भयो । श्रीकृष्ण प्रणामी धर्मावलम्वीहरू (सुन्दरसाथ) देशका विभिन्न भागमा रहेको र राजधानी काठमाडौंमा रहेका सन्तहरू एवं अगुवा सुन्दरसाथहरूको बीचमा सम्बन्ध राख्ने श्रीकृष्ण प्रणामी समाजको विकास गर्नका लागि संगठनको आवश्यकता महसुस हुन थाल्यो । वि.सं. २०१२ सालमा काठमाडौंको नरदेवीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्री युगलदासजी महाराज, श्री पूर्णब्रह्य शास्त्री एवं अगुवा सुन्दरसाथहरू उपस्थित भई श्रीकृष्ण प्रणामी समाजको रूपमा संगठन खोल्ने निधो गरियो । त्यस संगठनको पदाधिकारीहरूलाई समाज सेवक भनियो । श्रीकृष्ण प्रणामी समाजको संस्थागत विकासको सुरुवातको प्रारूप नै उक्त संगठन हुन गयो । परिशिष्ट-१

२०१२ सालमा गठित श्रीकृष्ण प्रणामी समाजले पुस्तकालय, विद्यालय, औषधालय, गौशाला, दस्तकारी घरेलु कृषि विज्ञानको स्थापना र संचालन गर्ने निर्णय गरेको थियो । तर यो प्रयास बीचैमा रहृयो । उक्त संस्था क्रियाशील हुन सकेन । तत्पश्चात त्यस तर्फ केही वर्ष ठोस प्रगति हुन सकेन । पुरानो बैठकको निर्णय हेर्दा २०२१ साल आश्विन ११ गते श्री सोमनाथ घिमिरेको अध्यक्षतामा बसेको तदर्थ समितिले श्रीकृष्ण प्रणामी सेवा समिति दर्ताको आवेदनहरू तयार गर्ने निर्णय गरिएको पाइन्छ। तत्पश्चात विभिन्न प्रयासहरू सहित श्री युगलदासजी महाराजको सक्रिय अगुवाइमा २०२३ सालमा समिति विधिवत दर्ता भयो ।

सेवा समितिको स्थापना २०२३ साल पौष ९ गते तत्कालीन अञ्चलाधीशको कार्यालयमा दर्ता भइ सुरु भएको यात्राका विभिन्न कालखण्डमा भएका प्रगतिको छोटकरी विवरण तल दिइएको छ।

वि. २०२३-२०२९
समिति स्थापनाको पहिलो पाँच वर्ष संस्थागत परिपाटी स्थापना तथा संचालनमा केन्द्रित रही निम्न कार्यहरू भएको थियो ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको प्रथम साधारण सभा वि.सं. २०२४ साल जेष्ठ २४ गते लायक मञ्च वनेपामा भएको थियो । साधारण सभाको उद्घाटन तत्कालीन राज्य मन्त्री नेत्र विक्रम थापाबाट भएको थियो । त्यस.समारोहमा भेला भएका सुन्दरसाथहरूको आतिथ्य वनेपाका श्री गोपालदास बादे श्रेष्ठले गर्नु भएको थियो । साधारण सभा पश्चात समितिको (परिशिष्ट १ ग र घ) कार्य विधिवत अगाडि बढ्यो ।

समितिलाई सबल बनाउन श्री युगलदास महाराजबाट श्रीकृष्ण प्रणामी मन्दिर डिल्लीबजारमा रहेका सम्पूर्ण जिन्सी सामानहरू तथा विभिन्न व्यक्तिहरूबाट प्राप्त हुनु पर्ने रकमको तमसुक सेवा समितिमा हस्तान्तरण गर्नुभयो ।

२०२५ सालमा श्रीकृष्ण प्रणामी सेवा समितिको मूख्य केन्द्र डिल्लीबजारमा रहने र देशका विभिन्न स्थानमा चलि आएका तथा स्थापना हुने शाखा मन्दिरलाई केन्द्रीय निर्देशन अनुरूप देशभर संचालनको निर्णय गरिएको थियो। यस निर्णय अनुरूप होक्से, पूर्व २ नं., भक्तपुर, ललितपुर लगायत देशका विभिन्न भागमा संस्था स्थापना गर्न येली खयइएको थियो। यो नै देश व्यापी रूपमा संस्थागत विस्तारको प्रयासको थालनी थियो।

२०२७ कार्तिक २२ गते सेवा समिति र मोतिदर इमाडोल मन्दिरका प्रतिनिधिहरूको संयुक्त हो । बैठकबाट दुवै समिति एक भइ मोतिवर मन्दिरको सम्पूर्ण सम्पति सेवा समितिमा समर्पण भएबाट सेवा समितिको क्षेत्र विस्तार तथा केन्द्रीय तथा शाखा मन्दिरको संस्थागत व्यवस्था सुरु हुन गयो ।

इमाडोल मन्दिरको निर्माण कार्य पं. कमलकृष्ण शर्मा र नानीकाजी बस्नेतको अगुवाईमा पूराहुने अवस्था रहेको र उक्त मन्दिरको समुद्घाटन आद्य धर्मपीठ श्री ५ नवतनपुरी धामका आचार्य श्री १०८ धर्मदासजी महाराजको करकमलबाट गराउने चाहना निर्माण कर्ताहरूको रहेकोले आधिकारिक रूपमा सेवा समितिबाट निमन्त्रणा गरिएको थियो। २०२७ कार्तिक २२ गतेको निर्णयबाट यस अवसरमा आचार्य महाराजश्रीको नेपाल सवारी गराउनु आवश्यक भएको ठानियो विभिन्न घटनाक्रम पश्चात २०२८ साल फागुन २८ गतेको निर्णयबाट आचार्य महाराजश्रीको पदार्पण गराउन पं. श्री कमलकृष्ण शर्मालाई पठाउने निर्णय भए बमोजिम पं. श्री कमलकृष्ण शर्मा श्री ५ नवतनपुरी धाम जानुभइ आचार्य महाराजश्रीको नेपालमा पहिलो भ्रमण निश्चित गरिएको थियो । २०२९ वैशाख ५ गते आचार्य महाराजश्रीको नेपालमा पदार्पण भएको थियो।

मिति २०२९ वैशाख ८ गते इमाडोल मन्दिरको समुद्घाटन पश्चात २०२९ बैशाख ११ गते तथा १४ गते आचार्य महाराजश्रीको अध्यक्षतामा बैठकहरू भएका थिए। बैशाख ११ गतेको बैठकमा कालिम्पोङबाट आउनुभएका गुरुजी श्री मंगलदासजी महाराज, सेवा समितिका सभापति श्री युगलदासजी महाराज, हिमकर शास्त्रीजी महाराज, पं. कमलकृष्ण शर्मा, बलीदास बस्नेत, लेफ्टिनेन्ट गणेशबहादुर, भरतमान थापा, पूर्णप्रसाद अधिकारी, हरिप्रसाद गुरुङ्क, गजेन्द्रबहादुर अमात्य लगायत सेवा समितिका कार्यकारिणी पदाधिकारी एवं विभिन्न सुन्दरसाथहरूको उपस्थिति थियो । सेवा समितिको इतिहासमा पहिलो पटक भएको सर्वोच्च तहको बैठकले केन्द्रीय समिति एवं शाखा समितिहरूको संरक्षण र सम्वर्धनका लागि एक संरक्षण समिति गठन गर्ने, श्रीकृष्ण प्रणामी मन्दिर इमाडोललाई मूल मन्दिर घोषित गर्ने तथा बैशाख १४ गते आचार्य श्री १०८ धर्मदासजी महाराजद्वारा चादर प्रदान गरी श्री युगलदासजी महाराजलाई श्रीकृष्ण प्रणामी मन्दिर इमाडोलमा बसोबास गर्नेगरी गुरु पदको आसन ग्रहण गराउने निर्णय भएको थियो । त्यस सर्वोच्च तहको निर्णयबाट नेपालमा सांगठनिक एवं धार्मिक रूपमा संस्थागत परिपाटीको थालनी भएको थियो ।

वि.सं. २०३० देखि २०४४
२०३१ साल वैशाख १९ गते आचार्य श्री १०८ धर्मदासजी महाराजको अध्यक्षतामा बसेको साधारण सभाले केन्द्रीय समिति पुनर्गठन गन्यो । उक्त पुनर्गठित समितिमा अध्यक्ष श्री युगलदासजी महाराज कायम रहनु भयो । उपाध्यक्षमा श्री पीताम्बरध्वज खाती, सचिवमा प्रो. छविलाल गजुरेल, सहसचिवमा श्री पूर्णप्रसाद अधिकारी तथा कोषाध्यक्षमा श्री गोपालदास वादे श्रेष्ठ रहनु भयो। सदस्यहरूमा भुवनमान प्रधान, नन्दकिशोर तिमल्सिना, पं. मुरली गजुरेल, श्रीमती चैतन्यराज्य लक्ष्मी सिंह, लक्ष्मण सत्याल, शिवनाथ पौडेल, देवीप्रसाद उप्रेती, सिद्धिलाल श्रेष्ठ हुनुभयो। यस समितिले पहिलो पटक आ नो पद तथा गोपनीयताको शपथ २०३१/०२/०५ मा लिएको थियो । यो नै विधिवत रूपमा संस्थाका पदाधिकारीहरूले पहिलो पटक अभिलेख राखेर शपथ लिएको देखिन्छ ।

सोही दिन आचार्यश्रीको अध्यक्षतामा अर्को बैठक वसी श्री निजानन्द आश्रम पुल्चोकको निर्माण कार्य शुरु गर्ने हेतुले आचार्य महाराजश्री अध्यक्ष, श्री युगलदासजी महाराज उपाध्यक्ष, पूर्णप्रसाद अधिकारी सचिव, देवकृष्ण शर्मा उपसचिव, भुवनमान प्रधान कोषाध्यक्ष तथा अन्य सात जना सेवाभावी सुन्दरसाथहरू रहनु भएको निर्माण समिति समेत गठन भएको थियो । यसरी नेपालमा श्रीकृष्ण प्रणामी धर्मको संस्थागत विकासमा श्रीकृष्ण प्रणामी धर्माचार्य श्री ५ नवतनपुरी धामको प्रत्यक्ष संलग्नताबाट ठोसकार्यहरू शुरु भएको थियो।

मिति २०२९/०१/११ गते आचार्य श्री १०० धर्मदासजी महाराजको अध्यक्षतामा स्थापित संरक्षकमण्डलमा गुरुजी श्री मंगलदासजी महाराज र श्री लक्ष्मीदास बाबाजी महाराजलाई मिति २०३४/०४/०५ कोनिर्णयबाट मनोनित गरिएको । सोही मितिको निर्णयबाट समाजमा प्रतिष्ठित विद्वान एवं समाज सेवीहरूमध्येबाट ७ जनालाई सल्लाहकार समितिमा मनोनयन गरियो । यस पहिलो सल्लाहकार समितिमा पं.श्रीगंगाप्रसाद अधिकारी, पं.श्री कमलदास, पं.श्री कमलकृष्ण शर्मा, श्री एकनाथ गजुरेल, श्रीमती शिवकुमारीखाती र श्री कैलाश मिश्र रहनु भयो । संस्थाको सांगठनिक ढाँचामा संरक्षक मण्डल तथा सल्लाहकारसमितिको व्यवस्थालाई व्यावहारिक रूपमा यस निर्णयबाट लागु गरियो ।

मन्दिर एवं संस्थागत काम कारवाही सुव्यवस्थित गर्ने प्रयास स्वरूप २०३१ साल माघ ५ गतेकोबैठकले प्रथम पटक बैठकमा प्रस्ताव ल्याउने, छलफल गर्ने, डिल्लीबजार मन्दिरमा आगन्तुकहरू बस्ने,उपसमितिहरूले पालना गर्नु पर्ने प्रक्रिया जस्ता कुराहरूको बारेमा निर्णय गरी नियमावलीको रूप दिइएकोथियो । त्यस्तै डिल्लीबजार मन्दिर सानो भएकोले ठूलो जग्गा खोज्ने सम्बन्धी निर्णय २०३२ साल भाद्र५ गते गरिएको थियो । संस्थाको आर्थिक स्रोत जुटाई संस्था तथा मन्दिर संचालन तथा विकास निर्माणअघि बढाउने हेतुले २०३३ साल श्रावण २७ गते एक निर्णय गरेको थियो । जस अनुसार प्रत्येक प्रणामीसुन्दरसाथको घरघरमा भएका पाठ पारायण कथा कोर्तनबाट यस सेवा समितिको डिल्लीबजार स्थितश्रीकृष्ण प्रणामी मन्दिरलाई पारायण कर्ता र पारायण वाचकले ४/४ माना चामल र २/२ रूपैया नगदभेटीको रूपमा बुझाइ रसिद लिनु पर्ने व्यवस्था गरिएको थियो।

२०३० वैशाख १९ गते गठित समिति पुरानो भएको कारण कार्य समिति पुनर्गठन गर्न प्रा.डा.छविलाल गजुरेललाई २०३५ आषाढ २४ गते संयोजक नियुक्त गरी २०३५ साल श्रावण ७ गते श्री मोहनमुकुन्द महाराजको अध्यक्षतामा समितिको पुनर्गठन भयो । श्री युगलदास महाराजले निरन्तर रूपमासमितिको अध्यक्ष रही मार्ग निर्देशन गर्नु भएकोमा यस पुनर्गठन पछि समितिको नेतृत्वमा परिवर्तनभयो । तर श्री मोहन मुकुन्द महाराजको व्यस्तताका कारण समितिमा समय दिन असमर्थ भएकोले२०३७/०६/१८५ मा राजीनामा दिनु भयो र उपाध्यक्ष श्री लक्ष्मण सत्यालज्यूलाई कार्यवाहक अध्यक्षकोरूपमा काम सुम्पियो ।

२०३० देखि २०३५ सालसम्म विशेष गरी पुल्चोक आश्रम निर्माण, डिल्लीबजार तथा इमाडोलमन्दिर संचालन तथा त्रिवेणी मन्दिरको व्यवस्था सम्बन्धी कार्यक्रम भएका थिए । सन्त मोहन मुकुन्दमहाराजको अगुवाइमा रहेका समितिले त्रिवेणीमा बाबा प्रेमदासको प्रयासमा प्राप्त जग्गा तथा सो माधार्मिक कार्यक्रम तथा निर्माणमा जोड दिइएको थियो।
२०३५/४/७/७ मा संरक्षक समितिमा निम्नानुसार हुने निर्णय गरियो ।
१) महात्मा श्री युगलदासजी
२) माननीय श्री पीताम्बरध्वज खातीज्यू
३) श्रीमती चैतन्य राज्यलक्ष्मी सिंहज्यू

२०३७/६/१५ मा मोहन मुकुन्द महाराजले राजीनामा दिनु भएपछि उपाध्यक्ष श्री लक्ष्मण सत्यालजीले अध्यक्षको रूपमा कार्यभार लिनुभयो र यस मितिदेखि सेवा समितिको अध्यक्षपद सन्तबाट गहस्थमा सरेको थियो ।

सेवा समितिमा देश व्यापी सहभागिता गराउने प्रयास स्वरूप श्री निजानन्द आश्रम पुल्चोकको समुद्घाटन सम्बन्धी आवश्यक सरसल्लाह गर्ने र आवश्यक ठहरिएमा समितिको चुनाव समेत गर्ने, प्रत्येक अञ्चलबाट प्रतिनिधि बोलाई काठमाडौंमा निम्त्याइ सम्मेलन गर्ने निर्णय २०३७/६/१० को बैठकले गरेको थियो । सोही अनुसार १० अञ्चलका प्रतिनिधिहरूको उपस्थितिमा २०३८/४/३१ मा श्री पीताम्बरध्वज खातीको अध्यक्षतामा समिति गठन भयो।

२०३७ चैत्र ३० गते देखि २०३० वैशाख ४ गतेसम्म परवानीपुरमा आयोजित विश्व हिन्दू सम्मेलनमा आचार्य श्री १०८ धर्मदासजी महाराज लगायत प्रणामी धर्मका साधु सन्तहरूलाई आधिकारिक रूपमा सहभागी गराइ नेपालका तत्कालीन राजा श्री ५ वीरेन्द्र तथा उपस्थित विभिन्न धर्मका प्रतिनिधिहरूमा श्री कृष्ण प्रणामी धर्मको परिचय गराउने कार्य भएको थियो ।

कार्यवाहकको अध्यक्षतामा रहेको समितिको पुनर्गठन श्री पीताम्बरध्वज खातीको अध्यक्षतामा २०३० श्रावण ३१ गतेको साधारणसभाबाट भयो । साथै त्यस साधारण सभाले सागंठनिक विकासका लागि १० वय अञ्चलमा अञ्चल स्तरीय प्रतिनिधिहरूको चयन तथा सल्लाहकार समितिको पुनर्गठन समेत गरेको थियो ।

२०३०/१/१३ मा श्री निजानन्द महिला संगठन पुल्चोकले आफ्नो स्रोतबाट खरिद गरेको थाल, कचौरा लगायतका सामानहरू समितिमा समर्पण गरेकोबाट यो देखिन्छ कि महिला संगठन २०३८ साल पहिला देखि नै स्थापित भएको थियो ।

डिल्लीबजार मन्दिर शुरुदेखि नै केन्द्रीय समिति मातहत संचालन गरिएकोमा २०४०/६/१ को निर्णयबाट उपसमिति मार्फत संचालन हुन थाल्यो । २०४०/१/२ मा समिति अन्तर्गतका विभिन्न उपसमिति र शाखाहरूले आजसम्म कुनै आय व्ययको हिसाब विवरण पेश नगरेकोले आ-आफ्नो आय व्ययको विवरण सहित उपस्थित भइ बैठक बोलाउने निर्णय भएको थियो । २०४४/२/३० गतेको बैठकमा समेत यस्तो कुनै विवरण नआएकोले ताकिता गर्ने कुरा उल्लेख छ।
२०४१/८/१६ मा श्रीकृष्ण प्रणामी धर्मानुयायी एवं प्रचारक श्री ज्ञानदास श्रेष्ठबाट धर्म सिद्धान्त विपरीतका विचार व्यक्त गर्नु भएकोमा उहाँलाई बोलाइ महात्मा युगलदासजी महाराजको अध्यक्षतामा बसेको साधारण सभामा विभिन्न प्रश्न तथा स्पष्टीकरण माग्दा सन्तोष जनक जवाफ नआएकोले उहाँलाई ं धार्मिक रूपमा जे गर्नु पर्ने हो उचित कारवाही गर्न पत्र लेखि पठाउने निर्णय गरेको थियो । त्यसपछि २०४१/१०/२७ मा समेत निर्णय गरी निज ज्ञानदासजीलाई श्रीकृष्ण प्रणामी समाजदेखि बाहिर गर्ने र सोको जानकारी समस्त श्रीकृष्ण प्रणामी समाजलाई गराउने निर्णय गरेको थियो ।

नेपालका सुन्दरसाथहरूको जनगणना लिने कार्य शुरु गर्ने निर्णय २०४४/२/३० गतेको बैठकले गरेर सुन्दरसाथहरूको संख्या गणना गर्ने प्रयास गरेको थियो ।

२०४४ साल चैत्र महिनामा आयोजना भएको विश्व हिन्दू सम्मेलनमा भागलिन श्री मन्ननिजानन्दाचार्य ं जगद्गुरु श्री १०८ धर्मदासजी महाराजलाई २०४४ चैत्र १० गते काठमाडौं सवारी गराइ भव्यताका साथ स्वागत गरिएको थियो ।

वि.सं. २०४५ देखि २०५९
श्री युगलदास महाराजको धामगमन पश्चात्‌ समितिमा शिथिलता देखिएकोले सुन्दरसाथहरूमा समितिको नेतृत्व परिवर्तन गरी गतिशीलता ल्याइ समाजको विकास तीव्र रूपले अघि बढाउने इच्छा भए अनुरूप २०४५ वैशाख १ गते समितिको पुनर्गठन श्री तिलकबहादुर खत्रीको अध्यक्षतामा भयो । (परिशिष्ट १मा) समितिले वि.सं. २०२३/०९/०५ मा बागमती अञ्चलाधीशको कार्यालयबाट स्वीकृत भएको विधानको पहिलो संशोधन २०४७ सालमा गरी समितिको दायरा वैधानिक रूपमा बढाउने प्रयास गच्यो । यसै समितिले २०४७ आषाढ ९ गते श्रीकृष्ण प्रणामी युवा परिषद्‌ नेपालको विधान अनुमोदन गरी युवा परिषद्‌ गठन गर्ने निर्णय गच्यो । यसै स्वीकृति बमोजिम वि.सं. २०४७ साल माघ १८ गते सेवा समितिको भातृ संगठनको रूपमा युवा परिषद्को गठन भयो । त्यो परिषद्को संस्थापक अध्यक्षमा कल्याणकुमार कारको रहनु भयो । युवा पीढीलाई धार्मिक सामाजिक क्षेत्रमा अभिमुख बनाइ समाज विकासको कार्यलाई तीव्रता दिन युवा परिषद्को गठन गरिएको थियो । यसरी समितिको जग मजबुत पार्ने काम यस समितिको कार्यकालमा भयो । व्यवस्थापन पक्ष सुदृढ हुँदै गयो । समितिमा जागरुक नयाँ पुस्ताको प्रवेश हुन थाल्यो ।

२०४५ सालमा गठित समितिको २०४०/०६/१५ का दिन बसेको विशेष साधारण सभाबाट पुनर्गठन ॥ भयो । पुनर्गठित समितिका अध्यक्षमा तिलकबहादुर खत्री कायम रहनु भयो तर अन्य पदाधिकारीहरू त नयाँ चयन हुनु भयो । (परिशिष्ट १झ) यस समितिले काठमाडौं उपत्यकामा जमिन लिने कुरालाई प्रभावकारी रूपमा अगाडि बढायो । यसको प्रयासलाई श्री ५ नवतनपुरी धामबाट पत्र मार्फत आशीर्वाद समेत प्राप्त भयो। फलस्वरूप जग्गा खोज्ने काम अगाडि बढाउने क्रममा दहचोकमा जग्गा उपलब्ध हुनसक्ने सम्भाव्यता देखाउँदै समितिका सदस्य समेत रहनु भएका रामकाजी गिरी समेतका सुन्दरसाथहरूले दहचोकमा जग्गा खरिद गर्न निवेदन गर्नु भएको थियो तर स्थलगत निरीक्षण तथा अन्य सम्भाव्य जमिनको अध्ययन पश्चात्‌ त्यो स्थानको सट्टा हालको नवतनधामको स्थान निर्क्यौल भयो ।

२०५० चैत्र ३१ गतेको साधारण सभाले श्री कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गन्यो । (परिशिष्ट १ज) २०५१ वैशाख १४ गते श्री ५ नवतनपुरी धामका आचार्य श्री १०८ कृष्णमणिजी महाराजको काठमाडौं आगमन भएबाट समिति एवं सुन्दरसाथहरूमा काठमाडौंमा धाम निर्माण गर्ने जमिन प्राप्त गर्ने हौसला अझै बढ्दै गयो र विभिन्न स्थानको खोजी एवं स्थलगत निरीक्षण पश्चात २०५१ साल चैत्र महिनामा आचार्य श्री १०८ कृष्णमणिजी महाराज, श्री तारतम ज्योतिजी महाराज र श्री टहलकिशोरजी महाराजबाट ती स्थानको निरीक्षण गर्दा गोठायर गा.वि.स. वडा नं. २ को उच्च भागमा रहेको कृुथुरे डाडों नाम रहेको जमिन उपयुक्त ठहरिन गइ सोही जमिनको खरिद प्रक्रिया अगाडि बढाउने निर्देशन आचार्यश्रीबाट भए पश्चात २०५१ चैत्र २० गते आचार्य महाराजश्री, तारतम ज्योतिजी महाराज एवं टहलकिशोरजी महाराजको समुपस्थितिमा सुन्दरसाथहरूको भेला सहितको केन्द्रीय समितिको बैठकले उक्त स्थानलाई नवतनधाम नामाकरण गर्ने निर्णय गच्यो । नेपाल सरकारबाट प्राप्त 5 रोपनी १३ आना जग्गा समेत २०५४ साल सम्ममा २४ रोपनी जमिन नवतनधामका लागि प्राप्त गर्ने कार्यै भयो । यस अवधिमा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला समितिको गठन लगायत विभिन्न स्थानमा इकाई समितिहरू गठन भइ सांगठनिक विकास तर्फ ठोस कार्यहरू भए । त्यस्तै यसै समयमा पहिलादेखि संचालन हुँदै आएको महिला समितिलाई केन्द्रीय रूप दिइ केन्द्रीय महिला समिति गठन गर्ने निर्णय भयो । जुन पछि गएर अहिलेको श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको नामले कार्यरत छ।
२०५३ साल चैत्र ७ गतेको साधारण सभाले केही पदाधिकारी तथा सदस्यहरूको फेरबदल गरी कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गच्यो । उक्त समितिलाई नेपाल भ्रमणमा रहनु भएका आचार्य श्री १०८ कृष्णमणिजी महाराजबाट आशीर्वाद प्रदान भयो। यस समितिले विज्ञहरूको सहयोग लिइ समितिको विधानलाई स्थानीय इकाई, जिल्ला तथा केन्द्रीय तहको निकायहरूको स्पष्ट व्यवस्था गरी २०५४ सालमा संशोधन गस्यो ।
यस समितिले २०५५ साल फागुन २२ देखि २८ गतेसम्म नवतनधाम, काठमाडौंमा १०८ तारतम सागर पारायण सहित अन्तराष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म महोत्सवको आयोजना भव्यताका साथ सम्पन्न गस्यो । उक्त पारायण कार्यक्रम आचार्य श्री १०८ कृष्णमणिजी महाराजको प्रमुख आतिथ्यमा भएको थियो र विभिन्न स्थानबाट सन्त महन्तहरूको उपस्थिति थियो । उक्त कार्यक्रमको समुद्घाटन समारोह तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको थियो । त्यस महोत्सवमा नवतनधाम निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता सहित रकम संकलनको काम शुरु भयो । छनक डुब्न कछ ककड सन्त दर्शन टम्म कलन्र्डडव्न्न्कक €०९२८८ च्््छ्ब्क्ङ निर्माण कार्य अघि बढाउन आचार्य महाराजश्रीको आशिर्वाद सहित मदनकृष्ण शर्माको अध्यक्षतामा निर्माण विकास समिति गठन भइ कार्य शुरु भयो । (परिशिष्ट १ट) ।

प्रकाशनको क्षेत्रमा “नवतन प्रकाश” नामक त्रैमासिक पत्रिका प्रकाशन गर्ने जमर्को समेत यस समितिले गस्यो। तर त्यसले निरन्तरता पाउन सकेन र २०५९ भाद्र ५ गतेको निर्णयबाट प्रकाशन समिति विघटन गरियो । श्रीकृष्ण प्रणामी धर्म अन्तर्गत नेपाल अधिराज्यमा रहेका संघ संस्था समितिहरूमा एकता र समन्वय स्थापित गर्ने सम्बन्धमा सेवा समितिको पहलमा २०५६/११/२५ गते श्रीकृष्ण प्रणामी मन्दिर, सलकपुरमा भएको १०० पारायण महोत्सव २०५६ को चौंथो दिनको समारोहमा श्री मन्निजानन्द धर्माचार्य जगद्गुरु आचार्य श्री १०५ कृ्‌ष्णमणिजी महाराज, श्री मोहन प्रियाचार्यजी महाराज, श्री हिमकर न शास्त्रीजी महाराज, श्री कृष्णदासजी महाराज सहित पण्डित, प्रचारक एवं सुन्दरसाथहरूको बैठक सम्पन्न भएको थियो । तत्पश्चात २०५० भाद्र २ गते समितिको पहलमा श्रीकृष्ण प्रणामी मन्दिर, सिलगुडीमा आचार्य महाराजश्री एवं सन्त महाराजहरूको बैठकले श्रीकृष्ण प्रणामी समाजका नेपालका सबै संस्थाहरू श्रीकृष्ण प्रणामी सेवा समितिमा एकीकरण गर्ने निर्णय गरेको थियो । यी पहल नेपालमा श्रीकृष्ण प्रणामी समाजलाई एकबद्ध गर्ने कोसे ढुंगाका रूपमा रहेका थिए ।
२०५६ पौष ५ गते श्री कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा समिति तेस्रो पटक पुनर्गठन भइ पदाधिकारी तथा सदस्यहरूमा फेरबदल भएको थियो ।

वि.सं. २०६० देखि यता
२०४५ सालदेखि नै समितिको विभिन्न पदमा रही तथा २०१९ फागुन ९ गतेको साधारण सभाले नवतनधाम निर्माण समितिमा अध्यक्षको रूपमा सेवा गर्नु भएका श्री पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरे पश्चात समितिको संस्थागत नेतृत्व परिवर्तन भइ नवतनधाम निर्माण र. समितिको अध्यक्षमा श्री मदनकृष्ण शर्मालाई जिम्मेवारी सुम्पियो । समितिको संस्थागत विकासका साथै नवतनधामको निर्माण कार्यलाई गति दिने कार्य शुरु भयो। श्रीकृष्ण प्रणामी सेवा समितिको दायरालाई फराकिलो पार्ने क्रममा केन्द्रीय कार्य समितिको बैठक पहिलोपल्टकाठमाडौं बाहिर श्री मुक्तिधाम, इटहरीमा २०६० साल जेष्ठ १७ गते सम्पन्न भयो । तत्पश्चात २०६० सालमा नै बुवाकोट तथा मकवानपुरमा केन्द्रीय कार्य समितिका बैठकहरू बसेका थिए । २०६० साल मंसिर २० देखि २२ गतेसम्म अखण्ड पारायणका साथ मंसिर २२ गते नवतनधाम मन्दिरको शिलान्यास आचार्य श्री 108 कृ्‌ष्णमणिजी महाराजबाट भयो। निर्माण कार्य अघि बढाउने क्रममा २०६१ साल वैशाख ६ गते आचार्य श्री 108 कृष्णमणिजी महाराज, श्री 108 जगतराजजी महाराज र श्री 108 मोहन प्रियाचार्यजी महाराजबाट बाईजुराज भवनको शिलान्यास भयो । संस्थागत विकासको सन्दर्भमा २०६१ साल श्रावण १३ गते समितिले आन्तरिक राजस्व विभागमा दर्ता भइ स्थायी लेखा नम्बर प्राप्त गरी विधिवत रूपमा कर छुट पाउने संस्थाको रूपमा मान्यता प्राप्त गर्यो। नवतनधाममा श्री प्राणनाथ भवनको निर्माण सम्पन्न भइसकेकोले २०२३ सालदेखि डिल्लीबजार मन्दिरमा रही आएको केन्द्रीय कार्यालय नवतनधाममा सार्ने निर्णय २०६२ साल श्रावण ११ गते भएको थियो। यस समितिको कार्यकाल २०६२/१२/११ सम्म रह्यो ।

इन्जिनियर श्री पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा रहेको समितिको कार्यकाल पूरा भएपछि २०६२/१२/११ को साधारण सभाबाट अधिवक्ता श्री हरिकेशव फुँयालको अध्यक्षतामा केन्द्रीय समितिको पुनर्गठन भयो । उहाँ यस अघिदेखि नै समितिको विभिन्न पदमा रही सेवा गरी सक्नु भएका तथा विभिन्न मन्दिर, आश्रमहरूको जग्गा सम्बन्धी परिआएका कानूनी कुराको समाधान निकाल्न पहिलेदेखि नै सक्रिय हुनुहुन्थ्यो । यस समयमा नै श्री मदनकृष्ण शर्माको अध्यक्षतामा रहेको नवतनधाम निर्माण समिति बाट नवतनधामको मूल मन्दिर निर्माण सम्पन्न भइ १२०० पारायणका साथ नवतनधामको उद्घाटन सम्पन्न भयो । श्री ५ नवतनपुरी धामका आचार्य श्री १०८ कृष्णमणिजी महाराजको विशेष प्रेरणा तथा बाबा दयारामधाम करनालका श्री १०८५ जगतराजजी महाराज, श्री मंगलधाम कालिम्पोँंगका श्री १०८ मोहन प्रियाचार्यजी महाराज, श्री भद्रावतीपुरी धामका श्री १०८ टहलकिशोरजी महाराज, श्री नवतनधामका श्री १०८ अमृतराजजी महाराज एवं श्री १०० तारतमज्योतिजी महाराजको सक्रिय सहयोगको कारणले नवतनधाम निर्माण कार्य एवं १२०० पारायणको कार्य सुसम्पन्न हुन गयो । नेपालभरका श्रीकृष्ण प्रणामी समाजमा रहेका संघ संस्थाहरूलाई एकताबद्ध गर्ने कार्यमा यो समिति सक्रिय रहृयो । यस सन्दर्भमा २०६३ साल भाद्र १५ गते श्रीकृष्ण प्रणामी मन्दिर टिकोलीमा, १६ गते निजगढ र नजरपुर मन्दिरमा एवं १७ गते श्री मुक्तिधाम इटहरीमा एकबद्धताको कार्य पत्र सहित गोष्ठीहरू सम्पन्न भए । यी विभिन्न प्रयासका फलस्वरूप २०६७ सालमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधानमा पाँचौं संशोधन गरी नेपालभरका श्रीकृष्ण प्रणामी संघ संस्थाहरू समेतको छाता संगठनको रूपमा श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल सर्वमान्य भयो ।
वि.सं. २०६८ चैत्र १५ गते भएको निर्वाचनमा श्री मदनकृष्ण शर्मा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय अध्यक्ष पदमा चुनिनु भयो । (परिशिष्ट १ ढ) । पेसाले चार्टर्ड एकाउन्टेन्ट (0/) हुनु भएका मदनकृष्ण शर्मा समितिका विभिन्न पदमा रही सक्रिय सेवा सहयोग गर्दै आइरहनु भएको र नवतनधामको निर्माण समितिको अध्यक्ष भई निर्माण सम्पन्न गरि श्रीकृष्ण प्रणामी समाजको अनुभव भएका व्यक्ति हुनाले उहाँलाई समितिको अझै कसरी विकास गर्ने भन्ने कुरामा पूर्ण जानकारी रहेको छ। उहाँले कार्यभार सम्हालेपछि श्रीकृष्ण प्रणामी धर्म सिद्धान्तलाई कसरी नयाँ पुस्तामा लैजाने भन्ने कुरालाई प्राथमिकतामा राख्नु भएको छ। धार्मिक साहित्य प्रकाशन, धार्मिक पुस्तकालयको स्थापना, तालिमका लागि पाठयक्रम र पाठ्य सामग्रीको तर्जुमा आदि पनि वर्तमान समितिका कार्यक्रममा रहेका छन्‌ ।

वर्तमान समितिले निम्न कार्यलाई प्राथमिकतामा राखेको छ ।
१) श्रीकृष्ण प्रणामी सेवा समिति अन्तर्गतका सबै जिल्ला शाखा, मन्दिर, सत्संग इकाईको संगठनात्मक अभिलेख तयार गर्ने, २) प्रत्येक श्रीकृष्ण प्रणामी मन्दिरमा मन्दिर संचालन नियमावली तथा बैठक संचालन नियमावली लागू गर्ने, ३) प्रचारकहरूका लागि धार्मिक शिविर संचालन गर्ने, ४) आधारभूत प्रशिक्षण पाठ्यक्रम र पाठ्य सामग्री तयार गरी लागु गर्ने, «) वैदेशिक रोजगारमा रही विदेशमा बसोबास गर्नेको सम्पर्क सञ्जाल तयार गर्ने, ६) नवतनधाममा जग्गा विस्तार तथा निर्माण कार्य जारी राख्ने, ७) धार्मिक साहित्यको प्रकाशन गर्ने, ८) सम्पर्क सूत्र सञ्जाल तयार गर्ने, ९) श्रीकृष्ण प्रणामी सन्तहरूको जीवनी र योगदानको खोजी गरी प्रकाशन गर्ने, १०) आर्थिक तथा प्रशासनिक प्रशिक्षण शिविर ँ संचालन गर्ने, ११) प्रचार प्रसारलाई निरन्तरता दिने र अन्यलाई यथा सम्भव चाँडो शुरु गर्ने । समितिलाई समाज सेवा तर्फ उन्मुख गराउने र श्रीकृष्ण प्रणामी धर्मको छविलाई कसरी परिष्कृत रूपमा विद्वान विदुषी समक्ष पेस गर्ने भन्ने कुरामा वर्तमान समिति क्रियाशील छ । आगामी दिनमा समितिले उठाउने कदमले श्रीकृष्ण प्रणामी समाज लगायत सर्वसाधारण पनि लाभान्वित हुनेछन्‌ भन्ने आशा गर्न सकिन्छ।

श्री कृष्णप्रसाद खतिवडाको कार्यकालदेखि श्री मदनकृष्ण शर्मासम्म आइपुग्दा गोठायरको कुथुरे डाँडामा मन्दिरको क्षेत्रफल बढाउने काम निरन्तर रूपमा भएको छ। हाल नवतनधाम, गोठायरको कुल जग्गा ३७.५ रोपनीको हुन आएको छ। साथै त्यहाँ सडक, बत्ति, पानी, ढल आदिको पूर्वाधारको पनि विकास भइसकेको छ। क विभिन्न समयमा समितिको विधान पनि देश, काल, परिस्थिति अनुसार संशोधित हुँदै आएको छ। वि.सं. २०२३ सालमा समिति दर्ता भएर आउँदा समितिमा बसेर काम गर्ने व्यक्तिहरूको अभाव थियो । अहिले वि.सं. २०७० को दशकमा आइपुग्दा समितिमा रहेर काम गर्नेहरूमा उत्साह बढ्न थालेको छ। विशेष गरेर युवा युवतीले श्रीकृष्ण प्रणामी धर्मको विकासमा ठूलो चाख लिएका छन्‌ । यस दृष्टिबाट हेर्दा नेपालमा श्रीकृष्ण प्रणामी सेवा समितिको उत्तरोत्तर विकास हुने देखिन्छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद्‌ नेपाल
श्रीकृष्ण प्रणामी सेवा समितिको भातृ संस्थाको रूपमा वि.सं. २०४७ सालदेखि गठन भएको श्रीकृष्ण प्रणामी युवा परिषद्ले आध्यात्मिक एवं सामाजिक सेवाको कार्यमा आफुलाई सरिक गराएको छ। यो संस्था रक्तदान कार्यक्रम, भक्ति संगीत प्रतियोगिताको कार्यक्रम, साहित्य प्रकाशन, पशु वलीको विरोध, दुर्गम गाउँहरूमा स्ट्रेचरको वितरण, स्वयंसेवकको परिचालन, ।11४५105 बिरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम, विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थासँग समन्वय र साझा कार्यक्रमको म संचालन, युवा विकास अक्षयकोषको स्थापना, परिषद्को केन्द्रीय सचिवालयको निर्माण, तालिम, प्रशिक्षण र जनचेतना अभिवृद्धि आदि कार्यक्रमको संचालन गरेर लोकप्रिय संस्थाको रूपमा विकसित हुँदै आएको छ । यसबाट श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई ठूलो टेवा मिलेको छ।

श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल
श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको गठन वि.सं. २०५३ सालदेखि भएको हो । यसले पनि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको भगिनी संस्थाको रूपमा रही आध्यात्मिक एवं सामाजिक कार्यक्रममा आफुलाई सरिक गराएको छ । श्री युगलदास महाराज पुल्चोकमा रहँदा नै श्री राधा श्रेष्ठको अध्यक्षतामा प्रणामी महिलाहरूको संगठन अनौपचारिक रूपमा स्थापना गरिएको थियो । त्यो संगठनले पनि आध्यात्मिक र सामाजिक सेवामा समर्पित रहेर कार्य गर्ने अठोट गरेको थियो । तर सो संगठन त्यति विधि क्रियाशील हुन सकेन । वि.सं. २०५३ सालमा गठन भएको बाईजुराज महिला समिति भने अत्यन्त जागरुक र क्रियाशील संस्थाको रूपमा विकसित हुँदै आएको छ । संस्थाले सामाजिक संस्थाको कार्यक्रमको अलावा धार्मिक साहित्य प्रकाशन र भवन निर्माणमा पनि योगदान दिँदै आएको छ। यस संस्थाको गठनबाट श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको कार्यक्रममा ठूलो सहयोग मिलेको छ।
Enable Notifications    Subscribe No thanks