July 27, 2021, Tue, 07:07:35
By Shree Navatan Dham (SND), (SND)
श्रीमदूतारतम सागर परिचय
श्रीमदूतारतम सागर परिचय
श्रीमदूतारतम सागर परिचय
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
श्रीमदूतारतम सागर परिचय

Shree Navatan Dham (SND)

महामति श्री प्राणनाथजीको मुखार्विन्दद्वारा निसृत श्वीमृख
वाणीको संग्रहलाई नै श्वीमद्तारतम सागर अर्थात कुलजम स्वरूप
भनिन्छ । यसमा पूर्णब्रह्म परमात्मा श्रीकृष्णको स्वरूप दर्शन
गराईएको छ। यसैलाई सम्पूर्ण प्रणामी मन्दिरमा पूर्णब्रह
परमात्मा श्रीकृष्णको वाङ्गमय स्वरूपको रूपमा सिंहासनमा
विराजमान गराई विधिपूर्वक अष्ट प्रहर दैनिक सेवा-पूजा एव
पाठपारायण गरिन्छ । यस दिब्य ग्रन्थमा कुल ५२४ प्रकरणलाई
१८,७५५ चौपाईमा प्रस्तुत गरी १४ अध्याय-कितावमा समावेश
गरिएको छ। यस महान ग्रन्थ समन्वयात्मक ढङ्गबाट बिभिन्न
भाषा (हिन्दुस्तानी, गुजराती, सिन्धी, आदि) मा लेखिएको छ।

उक्त १४ अध्याय-किताबको संक्षिप्त परिचय यस प्रकार रहेको
छ।

१. रास :-

यस प्रथम भागमा ४७ प्रकरणलाई गुजराती भाषामा
९०७ चौपाई द्वारा यस भवसागर मोह-मायाको खेल, श्रीकृष्ण र

गोपीहरूको महारास लीला एवं आत्मा र परमात्माको सम्बन्धमा
वर्णन गरिएको पाइन्छ ।

२. प्रकाश :-

यस दोश्रो भागमा ३७ प्रकरणलाई १,०६२ चौपाई गुजराती
भाषामा र ३७ प्रकरण १,१८५ चौपाई हिन्दुस्तानी भाषामा जागृत

आत्मा र परमात्माको प्रेम प्राप्ति अनि आफ्ना सदगुरू प्रतिको
वियोग सम्बन्धमा वर्णन गरिएको पाइन्छ ।

३. षटक्रतु :-

यस तेश्रो भागमा १५ प्रकरण छन्‌ । त्यसलाई २३०

चौपाईद्वारा ६ क्रतुहरूमा एक वियोगिन आत्माले विरह भावमा
परमात्मा तथा आफ्ना सद्गुरुको वियोगमा पुकार गर्दै परमात्मा

प्राप्ति सम्बन्धमा वर्णन गरिएको छ ।

४. कलश :-

यस चौथो भागमा १२ प्रकरणलाई ५०६ चौपाई गुजराती
भाषामा र २८ प्रकरणलाई ७७१ चौपाई हिन्दुस्तानी भाषामा
आत्मा जागरणको बाटो, ब्रह्म सृष्टिद्वारा पूर्णत्रहमको खोज, श्री
तारतम महामन्त्रको प्राप्ति सम्बन्धमा वर्णन गरिएको पाइन्छ ।

५. सनन्ध :-

यस पाँचौ भागमा ४२ प्रकरण . छन्‌ त्यसलाई १,६९१
चौपाईद्वारा इस्लाम धर्म ग्रन्थ कुरानको स्पष्ट व्याख्या गरेर सो मा
देखिएका कुरीति एवं अन्ध विश्वासलाई खण्डन गर्दै वेद र
कतेवको समन्वयात्मक तत्व ज्ञान दर्शन सम्बन्धमा वर्णन गरिएको

छ।

श्रीमदूतारतम सागर परिचय

Shree Navatan Dham (SND)

६, किरन्तन :-

यस छैठौं भागमा १३३ प्रकरणलाई २,१०२ चौपाई हिन्दी,
सिन्धी र उर्दू भाषामा बिभिन्न रागमा आवद्ध गर्दै प्रचलित सम्पूर्ण
धर्म शास्त्रहरूको तुलनात्मक ब्याख्या गरेर पूर्णब्रह्म परमात्मा
श्रीकृष्ण प्राप्ति गर्न प्रेम लक्षणा भक्ति मार्गको सम्बन्धमा वर्णन
गरिएको छ । साथै आत्मा, परमात्माको पहिचान गराई मानव
कल्याणको लागि उपदेशात्मक ज्ञानले यो ग्रन्थ भरिएको छ।

७. खुलासा :-

यस सातौं भागमा १८

वेद, प्राण र कुरानलाई तुलनात्मक दृष्टिकोणले गले यौ चौपाईमा
श्रम र खुदा एकै भएको स्पष्टिकरण दिएर बिष गेरी
एकिकरणको वर्णन गरिएको छ। रव धम
८. खिलवत :-

यस आठौं भागमा १६ प्रकरणलाई १,०७४ चौपाईमा
आबद्ध गरी अहंकार दमन गर्दै आत्मा संयम द्वारा परमात्मा
सम्बन्धमा वर्णन गरिएको छ, साथै त्यो दिव्य बा

– छु शाश्वत परमधाममा
पूशव्रह्म परमात्मा र उहाँका अभिन्न शक्ति-आत्माहरुको दिब्य
संवादको उल्लेख भएको पाइन्छ । ८

९. परिक्रमा :-
यस नवौं भागमा ४३ प्रकरणलाई २,४८१ चौपाईमा
पच्चीस पक्ष परमधामको प्रत्यक्ष वर्णन छ

कगत सना |
सात परिक्रमाले बेष्टित गरेको वर्णन राम्ररी ०५
पाइन्छ ।

श्रीमदूतारतम सागर परिचय

Shree Navatan Dham (SND)

१०. सागर :-

यस दशौं भागमा १५ प्रकरणलाई १,१२८
गरी हिन्दी भाषाद्वारा आठ सागरको प्रत्यक्ष वर्णन
जस मध्ये एक देखि सातौं सागर सम्म मुख्यतः

राजजी-श्यामाजी एवं सुन्दरसाथको श्रुंगार,
परमात्माको प्रेम सम्बन्ध

चौपाईमा
न गरिएको छु।
मूल-मिलाव, श्री

अनि आत्म-
म्बन्ध आदिको वर्णन गरिएको छ भने आग्रैं
सर्व रस अर्थात्‌ मेहेर सागरमा परब्रहम परमात्माको मेहेर अर्थात
कृपाको वर्णन गरिएको छ । ति आठ सागरको नाम यस प्रकारको
छ, चूर, नीर, क्षीर, दधि, घत, मधु, रस र सर्व रस हन्‌।

११. सिनगार :-

यस एघारौं भागमा ३९ प्रकरणलाई २,२११ चौपाईमा
पर्णव्रहम परमात्मा श्री राजजी (श्वीकृष्ण) र श्यामाजीको चिन्मय
स्वरूप तथा दिव्य श्रृंगारको प्रत्यक्ष वर्णन गरिएको छ ।

१२. सिन्धी :-

यस बाह्रौं भागमा १६ प्रकरण छन्‌, त्यसमा ६००
चौपाईद्वारा सिन्धी भाषामा आत्मालाई आफ्नो पूर्व स्मृति गराई
परमात्माको प्रेम प्रसँगले सताएको भावनात्मक अटूट सम्बन्धको
वर्णन गरिएको पाइन्छ ।

१३. मारफत सागर :-

यस तेह्र भागमा १४ प्रकरणलाई १,०३४ चौपाईद्वारा वेद
र कतेव बीच समन्वय स्थापित गरी कतेव कुरानको आध्यात्मिक
रहस्य स्पष्ट गर्दै आत्मा र परमात्माको स्पष्ट पहिचान सम्बन्धमा
वर्णन गरिएको छ।

१४. क्यामतनामा :-

यस चौधौं भागलाई छोटा र वडा गरी दुई भागमा
विभाजन गरिएको छ । छोटा क्यामतनामामा २ प्रकरण तथा २१७
चौपाई र वडा क्यामतनामामा २४ प्रकरण तथा ५३१ चौपाईहरू
द्वारा क्रमश आत्मा जागृती सम्बन्धमा र इस्लाम धर्म ग्रन्थ
कुरानमा उल्लेखित क्यामतको ७ (सात) निसानाहरू सम्बन्धमा
उपदेशात्मक ढङ्गबाट सत्य धर्ममा जागृत हुनुपर्ने वास्तविकता
दर्शाइएको छ।

Enable Notifications    Subscribe No thanks