August 29, 2021, Sun, 55:08:57
By कृष्ण प्रसाद बजगाँई, (SND)
श्री अमर ब्रह्यवर्ती महाराज
श्री अमर ब्रह्यवर्ती महाराज
श्री अमर ब्रह्यवर्ती महाराज
By कृष्ण प्रसाद बजगाँई, (SND)
2021-08-28
श्री अमर ब्रह्यवर्ती महाराज

Shree Navatan Dham (SND)

श्री अमर ब्रह्यवर्ती महाराजको जन्म काभ्रे जिल्लामा भएको थियो ।
धार्मिक साहित्य प्रकाशनमा अग्रसरता देखाउने सन्तमा अमर बह्मवर्ती महाराजको नाम अग्र पङ्‌क्तिमा आउँछ । वि.सं. १९८० मै सेवापूजा छपाए वापत उहाँले केही समय भूमिगत हुनु प्त्यो । तिनताका श्रीकृष्ण प्रणामी धर्मका वाणी, बीतक आदि सबैको लेखौटमै अध्ययन अध्यापन हुन्थ्यो । ब्रह्मवर्ती महाराजले ठूलो साहस गरेर सेवा पूजा छपाउँदा घोर विरोध भयो । श्रीकृष्ण प्रणामी समाजमा अनुदार व्यक्तिहरूको बोलवाला हुँदा यस्तो निराशापूर्ण वातावरण महामति प्राणनाथको समयपछि सृजना हुँदै आयो ।

अमर ब्रह्यवर्तीको जन्म काभ्रे पलाञ्चोक जिल्लाको लाप्चे गाउँमा वि.सं. १९५१ मा भएको थियो । उहाँको पिताको नाम जगन्नाथ घिमिरे र आमाको नाम खेमुदेवी थियो । अन्य सन्त जस्तै उहाँले पनि घर छोडेर भारतको श्री ५ नवतनपुरी, श्री ५ महामंगलपुरी सूरत र पन्नाको पद्मावतीपुरी धाममा पुगी वाणी, बीतक, विराट र चर्चनीको तालिम लिनुभयो । उहाँ उदार हृदयका सन्त हुनुहुन्थ्यो । उहाँ सदैव महामति प्राणनाथको सन्देश जनजनमा पुगोस्‌ भन्ने इच्छा गर्नुहुन्थ्यो । वि.सं. २०१३ सालमा पूर्णब्रह्व शास्त्री र कृष्णमणि मिलेर वाणीका चौपाई उद्धत गरी सर्वप्रथम ‘प्रेम पाठ’ नामको ग्रन्थ छपाउनु भयो। त्यो प्रकाशनमा अमर ब्रह्यवर्ती महाराजको सहयोग रह्यो । त्यस्तै पूर्णब्रह्लले पछि छपाउनु भएको “पूजापाठ’ मा पनि उहाँले सहयोग गर्नुभयो । ती ग्रन्थका प्रकाशकलाई देश निकाला गर्ने, मुद्दा लगाउने आदि धम्की पनि आए वि.सं. २०२० सालमा पं. कृष्णदत्त शास्त्रीले तारतम सागरका सात ग्रन्थ छाप्नुभयो । त्यसलाई आधा स्वरूप भनेर प्रणामी समाजले स्वीकार गरेन । कृष्णदत्तको त्यो प्रयासलाई पनि अमर ब्रह्यवर्ती महाराजले समर्थन गर्नुभयो । वि.सं. २०२२ मा सन्त मोहन मुकुन्द र छविलदास मिलेर सिङ्गो स्वरूप साहेब छपाउनु भयो । छाप्न नहुने ग्रन्थ छाप्यो भनेर प्रणामी समाजले त्यसको पनि विरोध गच्यो। यी सबै प्रकाशनमा अमर ब्रह्मावर्ती महाराजको समर्थन र सहयोग रह्यो ।

यसरी अमर ब्रह्यवर्ती महाराजले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले धार्मिक साहित्यको प्रकाशनमा टेवा पुन्याउनु भयो । उहाँले जीवनभर नै आफ्नो प्रयास जारी राख्नुभयो । यस्ता महामना सन्त अमर ब्रह्यवर्ती महाराजले आफ्नो इहलौकिक लीला वि.सं. २०३० सालमा भारतको पटना सहरमापूरा गरी धाम तर्फ प्रयाण गर्नुभयो ।
Enable Notifications    Subscribe No thanks