July 31, 2021, Sat, 27:07:55
By अमतराज महाराज, (SND)
श्री कृष्ण प्रणामी वेवाश्रमः शामलाजी
श्री कृष्ण प्रणामी वेवाश्रमः शामलाजी
श्री कृष्ण प्रणामी वेवाश्रमः शामलाजी
By अमतराज महाराज, (SND)
2020-06-26
श्री कृष्ण प्रणामी वेवाश्रमः शामलाजी

Shree Navatan Dham (SND)

श्री कृष्ण प्रणामी धर्मको अन्तर्राष्ट्रिय ब्यातता
- स्वामी श्री 108 एरुषोत्तम महाराणजणी

श्री निजानन्द सम्प्रदाय, श्री कृष्ण प्रणामी धर्ममा, अखण्ड मोक्षदाता
अक्षरातीत श्री कृ्‌ष्णजी (जस्को दर्शनमात्रले संसारका सबै पाप सर्वथा नष्ट तथा
आत्माहरूलाई शान्तिको अनुभव हुने गर्दछ) लाई आफूनो आराध्यदेव मानी नित्य
अष्ट प्रहरको सेवाप्जा गर्ने गरिन्छ र यसै धर्मको माध्यमद्वारामात्र सम्पूर्ण

चराचरको अखण्ड मोक्ष मिल्ने कुरामा विश्वास राख्दछ ।

“जेणे दर्शने नेत्र ठरे, अने वचन कहे ठरे अंग ।”

(तारतम सागर)

उनै सर्वान्तरयामी, सर्वेश्वर परमात्माको दर्शन गर्दा जन्म जन्मान्तरको पाप
नष्ट हुन्छ । निजानन्दाचार्य धनी श्री देवचन्द्रजी (सत्गरु) महाराजको अनन्य
भक्तिको कारण बशीभूत भएर सन १६७८ मा साक्षात परब्रह्ृम परमात्मा श्री
श्रीकृष्ण राजजीले दर्शन दिनु भयो । उनै सत्‌गरुले श्री कृष्ण प्रणामी धर्मको
बीजारोपण गरेर सबै आत्माहरूको मल्ला वतन “गन्तब्य स्थान) “परमधाम» हो
भन्ने ज्ञान प्रदान गर्न भयो । अखिल बाण्डका नायक श्री राजजी महाराजको
दर्शनबाट सतूगुरु महाराजले सम्पूर्ण रहस्य थाहा पाउनु भएर परमात्माको दिब्य
ज्ञानद्धारा सबै आत्माहरूको जागनी कार्य गर्दै स्वामी श्री प्राणणाथजी महाराजलाई
धर्म बिस्तारको अभिभारा सुम्पीदिन्‌ भयो । सतूगरुको आशीर्वादले महामति
प्राणणाथजी महाराजले आफूनो समग्र जीवन आत्माहरूको जागनी कार्यमा लगाउन
भयो । महामति प्राणनाथजी महाराजले श्री कृष्ण प्रणामी धर्मलाई जन-जनमा प-
याएर परमात्माको स्वरुप, लीला तथा धामको वर्णन गर्दै आत्मा जागृतिको कार्य
गर्नुभयो । परमधामदेखि यस धरामा आउनको कारण, ब्रज, रास लीलाको बर्णन,
जागनी लीलाको सुख, परमधामको आनन्दको अनुभव गराउँदै आत्म जागृतिको कार्य
समग्र संसारमा फैलाउनु भयो । यसै क्रममा महामति प्राणनाथजीले सन १७०३ मा
अरब यात्रा गरेर श्री कृष्ण प्रणामी धर्मको अन्तर्राष्ट्रिय करण गर्न सुभारम्भ गर्न
भयो र यो क्रमलाई निरन्तरता दिँदै सन १७२४ देखि १७२८ सम्म भारत,
पाकिस्तान, मस्कट, ओमान, अरब, आदि देश भ्रमण गरेर अखण्ड परमधामको
दिब्यातिदिब्य अलौकिक आनन्दमा डुबाउँदै बिश्वमा श्री कृष्ण प्रणामी धर्म फैलाउने
कार्य गर्नु भयो ।

“अन जाग देखो सुख जागनी, ऐ सुख सुहागीन जोग ।

तिन लिला चौथी घर की, इन चारो को यामे भोग ।”

(तारतम सागर)

ब्रहुमसृष्टिले यस जगतमा तीन अवस्थामा लीला गरेका छन्‌ । प्रथम अवस्था
निन्द्रावस्था मोहनिन्द्रामा सूपप्त भएका कारण गोकलमा श्री कृष्ण सच्चिदानन्द
परबहृम अक्षरातीत प्रुषोत्तम परमात्मा साक्षात बिराजमान भएपनि मोहनिन्द्राले गर्दा
परमात्मालाई आत्माहरूले चिन्न सकेनन्‌ परन्त श्री कष्णजीको प्रेममा भने मग्न
रहे ।

दोश्रो अवस्था अर्ध जागृत अवस्थामा रासमा अर्ध जागृति अनि अर्धनिन्द्रा
अवस्था भएकोले उनीहरूले दिब्य परमधाममा बिराजित श्री कृष्ण आत्माका मालिक
हुन भन्ने कुरा थाहा पाए पनि तारतम ज्ञानको अभावले पूर्ण जागृति भने हुन
सकेनन्‌ । त्यसकारण यस तेश्रो ब्रह्माण्डको रचना भयो र आत्माहरूको अवतरण
भयो । तारतम ज्ञानको प्रभावले मोहनिन्द्रा उडाएर जागृत अवस्थामा आत्माहरूले
परमात्माको चिन्तन गर्न थाले ।

महामति प्राणनाथजी महाराजले अखण्ड परमधामको दिब्य ज्ञान सत्गरुको
कपाले प्राप्त गरी यस तेश्रो ब्रह्माण्डमा अजागृत आत्माहरूलाई जागृत गराउँदै
धर्मको प्रचार प्रसार तथा समग्र जन समाजमा ससंस्कृतिको बीजारोपण गर्दै सदुढ
समाजको निर्माण गर्न भयो । म को हुं, परमात्मा को हुन?, उहांको धाम कहां
छ? मेरो गन्तव्य कहां हो, भन्ने कुराहरू छलंग पारेर आनन्द प्रदान गर्न भयो
। श्री कृष्ण भक्तिमा सबै आत्माहरूलाई डुबाएर भवसागरबाट पार लगाउने कार्य
हेत श्रीजीले पैदल यात्राद्धारा समग्र भूमण्डलको भ्रमण गर्नु भयो ।

“क्षराक्षराक्षरातीता परुषा स्व शक्ति: सह ।

कार्य कारण हेत्वार्थ भवेउ ब्रज मंडले ।”

(माहेश्वर तन्त्र)

तीन परुष क्षर, अक्षर र अक्षरातीतको ज्ञान दिंदै ब्रज मण्डलमा प्रकट हुनु
भएका श्री कृष्ण साक्षात्‌ अक्षरातीत हुन भन्ने ज्ञान समग्र विश्वमा श्री कृष्ण
प्रणामी धर्मले दिदैछ । यसै ज्ञानलाई समग्र समाजमा प॒प्याउन विद्धान, साध्, संत,
आचार्यजन श्री कृष्ण प्रणामी धर्मको प्रचारमा लाग्न भएको छ, जसको फलस्वरुप,
विश्वका विभिन्न देशहरूमा धर्मको झण्डा फहराउँदै परमधामको दिव्य ज्ञान ब्याप्त

हुदैछ । नेपाल, भारत, अमेरिका, क्यानडा, अष्देलिया, बेलायत, दुवइ, कतार

इजरायल, मलेसिया, जापान लगायत अन्य कैयौ देशहरूमा श्री कृष्ण प्रणामी धर्मको

झण्डा फहराउदै हाम्रा आचार्यजनहरूले श्री कृष्ण प्रणामी धर्मको विश्व व्याप्तताको

क्रमलाई निरन्तरता दिदै हुनुहुन्छ । महामति प्राणनाथजी महाराजको वाणी “सुख

शीतल करु संसार” को नारा लिएर यो ज्ञानलाई “पसरसी चौदे भवन” समग्र

ससारमा पुग्याउने सुन्दर कार्य हुदैछ । परात्पर ब्रह्म श्री कृ्‌ष्णजीको भक्ति समग्र

पाप नप्ट गर्ने भक्ति हो, श्री कृष्ण समग्र आत्माहरूका मालिक हुन भन्ने ज्ञान

शास्त्रोक्त प्रमाणको साथमा यस धर्मले जन जनमा प-याउदै आएको छ । गीता

श्रीमद्भागवत, बेद, उपनिषद, कुरान, प्राण, बाइवल तथा अन्य सन्त वाणीमा श्री

कृ्‌ष्ण ने पूर्णब्वह्म परमात्मा हुन, अन्य जतिपनि शक्तिहरू छन ती सबै श्री कृष्ण
कै शक्ति हुन भनिएको छ ।

“ममैवांशो जीवलोके जीवभूत: सनातन: ।

(गीता)

सबै मेरा अंश हुन, समग्र शक्तिहरूको श्रोत मै हु, यावत चरचरात्मक

जीव मेरा रचना हुन । श्रीमद्भागवत महापुराणमा स्वयम्‌ ब्रह्माजी भन्न हुन्छ:

“अहो भाग्यमहो भाग्यं नंदगोपव्रजौकसाम्‌ । यन्मित्रै परमानन्द पूर्ण ब्रह्म सनातनम्‌

।” धन्य छन्‌ गोप गोपी जसले साक्षात पूर्णब्रह्म परमात्मालाई सखाको रुपमा

प्राप्त गरे । उनै परमात्मा अक्षरातीत श्री कृष्णको उपासना गर्दै आज श्री कृष्ण

प्रणामी समाज सुदृढ समाजको कर्तब्य के हो, समाजको सर्वांगीण विकास कसरी

गर्न सकिन्छ भन्ने उद्घोष लिएर अगाडि बढ्दै छ । संसारको कुना कुनामा

महामति प्राणनाथजीको वाणी प॒-याएर आत्माहरूको जागनी गराउने कार्य तीव्र

गतिले हुंदैछ ।

“ए वानी गरजत मांझ संसार, खोजी खोज मिटावे अंधार ।

मूढमति न जाने विचार, महामत कहे प॒कार प॒कार ।”

(तारतम सागर)

अखण्ड मोक्ष प्रदान गर्ने वाणी तारतम सागरद्धारा आज सबै प्रकारका

जीवलाई जगाउँदै अखण्ड परमधामको ज्ञान बाँड्दै जनजनमा जागृतिको घंट

बजाउँदै शंखनाद गर्दै हामी सबै सुन्दरसाथ यस पवित्र कार्यलाई अगाडि बढाँउदै

म अध्यात्मको दीपक लिएर परमधामको बाटो तिर लम्कने प्रयास गरौ ।

Enable Notifications    Subscribe No thanks