August 6, 2021, Fri, 46:08:04
By मदन कृष्ण शर्मा, काठमाडौं, (SND)
श्री नवतनधाम निर्माण-सङ्क्षिप्त जानकारी
श्री नवतनधाम निर्माण-सङ्क्षिप्त जानकारी
श्री नवतनधाम निर्माण-सङ्क्षिप्त जानकारी
By मदन कृष्ण शर्मा, काठमाडौं, (SND)
2021-08-06
श्री नवतनधाम निर्माण-सङ्क्षिप्त जानकारी

Shree Navatan Dham (SND)

नेपालमा श्रीकृष्ण प्रणामी धर्म सिद्धान्तको प्रचार प्रसारको क्रममा देशका विभिन्न स्थानमा मन्दिर र आश्रमहरूको निर्माण भइ संचालनमा रहेता पनि राष्ट्रिय स्तरको श्रीकृष्ण प्रणामी मन्दिर सहितको समाज सेवाका विविध संरचनाको अभाव नेपाली सुन्दरसाथले महशुस गरेको हो । श्रीकृष्ण प्रणामी समाजको पहिचानलाई उजागर गर्दै जागनी कार्यमा महत्वपूर्ण योगदान गर्न सक्ने संरचना निर्माण गर्ने कुराको अठोट सम्पूर्ण नेपाली सुन्दरसाथको मनमा दृढ हुँदै गयो । यसै क्रममा श्रीकृष्ण प्रणामी धर्मका आचार्य जगद्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजको नेपालको प्रथम पटकको भ्रमणको समयमानै यस प्रकारको राष्ट्रिय एवं केन्द्रीय तीर्थस्थलको स्थापना हुनुपर्ने सोचलाई उहाँले अघि बढाउन प्रेरणा प्रदान गर्नुभयो । सुन्दरसाथहरूको चाहना र आचार्य महाराजश्रीको प्रेरणाबाट श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले यस कार्यलाई अघि बढाउन आवश्यक जमिन खोज्ने कार्य शुरु गच्यो । देवस्थलहरूको । नगरी काठमाडौं उपत्यकाको विभिन्न स्थानमा संभाव्य जमिनको अवलोकन स्वयं जगद्गुरु आचार्य श्री 108 कृ्‌ष्णमणिजी महाराज, श्री तारतम ज्योतिजी महाराज, श्री टहलकिशोरजी महाराजबाट भए पश्चात्‌ काठमाडौँको गोठाटार गा.वि.स. वडा नं. २ मा अवस्थित उच्च स्थानको जमिन यस्तो धामको लागि उपयुक्त ठहरियो । वि.सं. २०५१ सालदेखि जग्गा प्राप्त गर्न शुरु गरी पहिलो चरणको जग्गा प्राप्ति कार्य पूरा भए पश्चात्‌ २०५५ साल चैत्रमा सोही स्थलमा 108 तारतमसागरको साप्ताहिक पारायण सहित अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म महोत्सवको आयोजना गरियो | त्यस महोत्सवले नवतनधाम निर्माण प्रति उत्साह थप्दै सुन्दरसाथहरूबाट यसको विकास निर्माणको लागि आर्थिक सहयोगको प्रतिबद्धता जाहेर भयो । जगद्गुरु आचार्य महाराजश्रीको प्रेरणा तथा सुन्दरसाथहरूको हौसला पूर्ण प्रतिबद्धतालाई अगाडि बढाउन पारायण समापन पश्चात्‌ मिति २०५५ चैत्र २० गते श्री नवतनधाम विकास निर्माणका लागि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका प्रमुख संरक्षक जगद्गुरु आचार्य श्री १०८ कृ्‌ष्णमणिजी महाराज अन्तर्गत रहने गरी निम्नानुसारका दुई वटा समिति गठन गरिए । (परिशिष्ट-१ ट)
१, नवतनधाम सेवा केन्द्र विकास निर्माण सल्लाहकार समिति
२, नवतनधाम सेवा केन्द्र विकास निर्माण समिति

विकास निर्माण सल्लाहकार समितिको सल्लाह र सुझाव अनुसार विकास निर्माण सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार र दायित्व नवतनधाम विकास निर्माण समितिमा निहित गरियो । नवतनधाम विकास निर्माण समितिको अध्यक्षता २०५९ चैत्र २१ गतेसम्म श्री पूर्णप्रसाद अधिकारीले गर्नुभयो र उहाँले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय अध्यक्षको पदभार सम्हाल्नु भएपछि २०५९ चैत्र २२ गते जगद्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजको समुपस्थितिमा बसेको बैठकबाट श्री मदनकृष्ण शर्माको अध्यक्षतामा नवतनधाम विकास निर्माण समितिको पुनर्गठन भयो । तत्पश्चात मिति २०६० मंसिर २२ गते जगद्गुरु अचार्य श्री १०८ कृष्णमणिजी महाराजको करकमलबाट मन्दिरको शिलान्यासका साथ निर्माण कार्य पनि शुरु भयो । मन्दिरको नक्सा डिजाइन तैयार गर्ने कार्य महाराजश्रीको आज्ञानुसार वलसाड, गुजरातका सेवाभावी सुन्दरसाथ आक्िरेक्ट श्री प्रशान्त चोखावालाले गर्नुभयो । शिखर तथा गुमट निर्माणका लागि अनुभवी कालीगढ समेत श्री चोखावालाले नै गुजरातबाट पठाउने व्यवस्था गर्नुभयो । श्री चोखावाला स्वयं उपस्थित भइ निर्माणको शुरुको अवस्थाको निरीक्षण समेत गर्नु भयो । निर्माण कार्य सम्पन्न गर्दा महाराजश्रीको प्रेरणा अटुट रूपमा रह्यो तथा श्री टहलकिशोरजी महाराज, श्री तारतमज्योतिजी महाराज, श्री मोहनप्रियाचार्यजी महाराज, श्री सदानन्दजी महाराजहरूबाट समय समयमा निरीक्षण भ्रमण भइ सहयोग एवं हौसला प्रदान गरियो । श्री अमृतराजजी महाराजले निर्माण अवधिमा निर्माण स्थलमा नै बसेर रेखदेख गर्नु भयो । श्री राजजीको अनुकम्पा, गुरुजनहरूको प्रेरणा हौसला एवं सहयोग र सेवाभावी सुन्दरसाथहरूको हार्दिक सदिच्छा, सहयोग र सद्भावबाट नवतनधाम मुख्य मन्दिरको निर्माण कार्य वि.सं. २०६६ चैत्र महिनामा सम्पन्न गर्न नवतनधाम निर्माण समिति सफल भयो । मन्दिर परिसरमा अत्यावश्यक पर्ने आश्रम भवनको निर्माण भइ नै सकेको थियो भने पाकशाला एवं भान्सा घर सहितका थप आश्रम कोठाहरू भएको भवन, बाइजुराज महिला समितिको सक्रयतामा सम्पन्न भयो । साथै भान्सा घर तथा आश्रमको माथिल्लो भागमा थप निर्माण गरि भव्य प्रवचन हलको निर्माण समेत गरियो । यी निर्माण सहित श्री नवतनधामको समुदघाटनका लागि वि.सं. २०६६ साल चैत्र १६ गते देखि २२ गते सम्म १२०० तारतमसागरको पारायण (ज्ञानयञ्च) सहितको श्रीकृष्ण प्रणामी धर्म महोत्सवको आयोजना गरियो । उक्त ऐतिहासिक महोत्सवको पहिलो दिन श्रीकृष्ण प्रणामी मन्दिर नवतनधाममा श्री राजश्यामाजीको प्रतिष्ठापन जगद्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजको करकमलबाट सम्पन्न भयो र भवनको उद्घाटन महाराजश्रीको समुपस्थितिमा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवज्यूले गर्नु भयो । नवतनधामको समुदघाटन पश्चात मिति २०६७ साल ज्येष्ठ १५ गते निर्माण समितिको प्रमुख कार्य सम्पन्न भएकोले नवतनधाम निर्माण समितिका अध्यक्ष श्री मदनकृष्ण शर्माको उपस्थितिमा भएको बैठकले मौजुदा निर्माण समितिलाई भंग गरी अर्को व्यवस्था गर्न श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय समितिलाई अनुरोध गच्यो।

यसरी नेपालका श्रीकृष्ण प्रणामी समाजको केन्द्रीय धाम तथा राष्ट्रकै पर्यटकीय महत्वको धार्मिक स्थल एवं संसार भरीका श्रीकृष्ण प्रणामी समाजमा महत्व राख्ने तीर्थ स्थलको रूपमा श्री नवतनधाम खडा भएको छ। शुरुकै अवस्थादेखि आवश्यक ठानिएको मन्दिरसँग जोडिएको पश्चिम पट्टीको महत्वपूर्ण जग्गा प्राप्ति गर्ने कार्य वि.सं. २०७० जेठमा सम्पन्न भयो । नवतनधाममा गुरुयोजना अनुरूपका थप संरचनाहरूको निर्माणकार्य अविछिन्न रहने छ भन्ने आशा गर्नु अत्युक्ति नहोला । अक्षरातीत परब्रह्य परमात्मा श्रीकृष्णको दशधा प्रेम लक्षणा भक्ति सहित पूजा, पाठ र आराधना हुने यस धामले परब्रद् परमात्माका शाश्वत संदेशद्वारा मानवजातिलाई सद्मार्ग देखाइ अध्यात्मिक प्रगतिको बाटोमा अग्रसर हुन | प्रेरणा दिइरहने छ भन्ने अपेक्षा गरिएको छ।
Enable Notifications    Subscribe No thanks