July 27, 2021, Tue, 42:07:15
By Shree Navatan Dham (SND), (SND)
सद्गुरु श्री देवचन्द्रजी
सद्गुरु श्री देवचन्द्रजी
सद्गुरु श्री देवचन्द्रजी
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
सद्गुरु श्री देवचन्द्रजी

Shree Navatan Dham (SND)

बन्दो सतगुरु चरणको कर प्रेम प्रणाम ।

अशुभ हरण मङ्गल करन श्री देव्चन्त्रजी वाम ॥

महापुरुषहरूका जीवनीको बिषयमा लेख्नु यति सजिलो
छैन । तैपनि घेरै ब्यक्तिहरू लेख्छन्‌ । जब सम्म उनै
सहापुरुषहरूका चरणमा पूर्ण रुपमा श्रद्धा र विश्वासले
आत्मासमर्पण गरिदैन र उनकै जीवन रुपी तालमा डुबकी
मारिदैन, तबसम्म उहाँहरूको तारतम्यलाई जान्न र बुभ्न
सकिदैन । जब सम्म उक्त तारतम्य जान्न-बुभन सकिदैन तब
सम्म उक्त विषयमा बोल्त-लेख्न पनि कठिन छ।

निजानन्द स्वामी श्री देवचन्द्रजीको बारेमा पनि लेख्न
सजिलो छैन । तथापी नलेख्दा पनि त्यस्तो महानात्मालाई तपाईं
हामीले कसरी जान्न-बुभझन पाइन्छ ? यसकारण “चुप लागेर बस्तु
भन्दा केही भन्नु वेश” भने झैँ …… । यस संसारमा त्यस्ता धेरै
महापुरुषहरू छन्‌, जसले आफ्नो जीवनलाई नै उपदेशमय बनाएर
हामीलाई छोडिदिनु भएको छ । त्यस्ता धेरै महापुरुषहरू मध्ये श्री
निजानन्द स्वामी सदगुरु श्री देवचन्द्रजी महाराज अग्रगण्य
स्थानमा हुनुहुन्छ ।

वि.सं. १६३८ आश्विन चतुर्दशीको रात्री ब्राह्मी वेलामा
उहाँ यस भूमण्डलमा प्रकट हुनु भएको थियो । भारतवर्षको पवित्र
देश मारवाडको उमरकोट गाउँमा एक धर्मनिष्ठ पिता-माता
श्री मतुमेहता र कुँवरवाईबाट उहाँको प्रादुर्भाव भएको थियो ।
श्री देवचन्द्रजी दिन प्रतिदिन शुक्ल पक्षको चन्द्रमा झैं बढ्न लाग्नु

भयौ । जब उहाँको उमेर ५ वर्षको भयो, तब उहाँको मनमा क
को हुँ ? यो संसार के हो ? कहाँ वार, कहाँ पार ? जस्ता अनेकौ
अनौठो विचार धारा उठने गर्दथ्यो । एउटा ५ बर्षको बालकको
मनमा यस्तो भावनात्मक लहर उठ्नु कुनै साधारण कुरा होइन ।
हाम्रो उमेर कसैको २४-३५ वर्ष, कसैको ४०-५० वर्ष, कसैको
६०-७० बर्ष भएतापनि हाम्रो मनमा त कहिले पनि त्यस्तो बिचार
आएन । त्यस्तै श्री शंकराचार्यजीका मनमा पनि ५ बर्षकै उमेरमा
त्यस्तै भावनाका लहर उठने गर्दथ्यो । त्यसैले भन्नु हुन्थ्यो –
कोह कस्यात्ति बंगाट” यसै गरी उहाँले ७ बर्ष उमेरमा नै बेद
भाष्य गर्न शुरू गर्नु भएको थियो । त्यस्तै मिरावाईले ५ बर्षकै
उमेर देखि आफ्नो प्रेमको श्रृंखला श्री गिरधर गोपालसँग जोड्नु
भएको थियो । भगवान श्री रामचन्द्रजीको इतिहासले पनि यस्तै
बताएको छ । यस्तो विचारधारा, यस्तो भावनाहरू उसैको हृदयमा
प्रकट हुन्छ । जसका पूर्व स्मृति रहन्छ ।

सद्गुरु श्री देवचन्द्रजीको बारेमा के लेख्नु, उहाँ त स्वयं
प्रेमको प्रतिमूर्ति र परमानन्द स्वरुप हुनुहुन्थ्यो । प्रेमको बिषयमा
के लेख्नु ? प्रेम त अवर्णनीय छ, परम आनन्दमय छ ।
उदाहरणार्थ, यदि मलाई कुनै वस्तु प्राप्त गरेर आनन्द आउँछ भने,
त्यो आनन्दमय अनुभवलाई यथार्थमा वर्णन गर्न सकिदैन । त्यस्तै
सद्गुरु निजानन्द स्वामी स्वयं आनन्दमय स्वरुप हुनुभएकोले
उहाँको वर्णन शब्दमा बाँध्न सकिदैन । यस चराचर जगतमा, हाँस त धेरै हुन्छन्‌, तर
मानसरोवरबाट मोती चुनेर निकाल्ने त राजहाँस नै हुन्छ । उसैले
मिश्चित दूध र पानीलाई छुट्याउन सक्छन्‌ । त्यसैगरी, सद्गुरुको
प्रेम सरोवरबाट मोती उसैले चुन्न सक्छ, जसले उहाँ जस्तै

पूर्णब्रह्म परमात्मा श्रीकृष्णको अनन्य भक्त भै उहाँको दिब्य
श्रीचरणमा श्रद्धा एवं भक्तिको पुष्पाञ्जली समर्पित गर्छन्‌ ।

श्री देवचन्द्रजी शैशवावस्थामानै परमतत्व परमात्माको
खोज गर्न घरबाट निस्कनु भयो । मारवाड जस्तो देश, जहाँ
पानीको अभाव रेतीली भूमि, उजाड रेगिस्थान, जुन बाटोमा एक्लै
हिड्न सकिंदैन । रातीको समय, निर्जन स्थान, चारै तर्फ सघन
वन-जङ्गल, निशाचारी पशु-पंक्षी, जङ्गली जनावरहरुको गर्जना ।
कहीँ हाथीको चित्कार त कहीं शेरको गर्जना । चारैतर्फ
अन्धकार । यस्तो भयंकर डरलाग्दो परिस्थिति, त्यसमा पनि
तीब्रवेगको हुरीवतास । यस्तो प्रतिकुल परिस्थितिमा बालक
श्री देवचन्द्रजी अगाडि बढ्ने कोशिष गर्दै हुनुहुन्थ्यो । एक त
बालुवाको बाटो भएकोले गोडा पछि-पछि सर्थ्यो भने दोश्चो मनमा
डर हुँदा कहीं बाटो पत्तालाग्दैनथ्यो । एक्लो बालक, निर्जनवन,
निसपट्ट अंध्यारो, तैपनि उहाँलाई त्यति डर लागेको थिएन । तर
उक्त भंयकर परिस्थितिको वर्णन सुन्दा हामीलाई डर लाग्दछ ।
यस्तो भयंकर परिस्थितिमा पनि उहाँको मन परम तत्व श्रीकृष्ण
मुरली मनोहरको खोजीमा मग्न थियो । त्यसको प्रतिफल यो भयो
कि – उहाँलाई श्रीकृष्ण परमात्माले सिपाहीको भेषमा प्रत्यक्ष
दर्शन दिनु भएर त्यस्तो अप्ठ्यारो बाटो पार गराई दिनु भयो ।
श्रीकृष्ण परमात्माले सिपाहीको भैष यस कारण लिनु पस्यो कि –
त्यस समयमा सिपाहीले नै मानिसलाई सुरक्षाको भावना उत्पन्न
गराउन सक्दथ्यो ।

सद्गुरु श्री देवचन्द्रजी

Shree Navatan Dham (SND)

भक्तको लागि भगवानले हरेक रुप धारण गनुपर्ने हुन्छ,
गर्नु भएको पनि छ र गर्नु पनि हुनेछ । कसैको उद्धार गर्नको
लागि वराहावतार धारण गर्नु परेको थियो, भने कसैको रक्षा

गर्नका लागि नृसिंहावतार । भक्तको रक्षाको लागि भगवान जस्मौ
पनि रुप धारण गर्ने गर्नु हुन्छ । किनभने भक्त र भगवान एक
हुन्‌ । यस प्रकार दुनिया भगवानको पछि लाग्छन्‌ भने, भगवान
भक्तको पछि-पछि लाग्नु हुन्छ ।

श्री देवचन्द्रजी उमरकोटबाट यस्तै मरुभूमिको पैदल यात्रा
गर्दै-गर्दै उहाँ कच्छ-भूज पुग्नु भयो । त्यहाँ उहाँले बिभिन्न
सम्प्रदाय, मत मतान्तर, पन्थ-पैडे, सम्प्रदायवादीमा
अनुसन्धान गर्नु भयो । उहाँलाई कहीं पनि संतोष लागेन । त्यस
पछि उहाँ स्वामी हरिदासजी कहाँ पुग्नुभयो । त्यहाँ पुगेपछि
उहाँलाई संतोष एवं आनन्दको आभास मिल्यो । ५-६ बर्षको लामो
खोज पछि उहाँ जामनगर पुग्नु भयो । त्यहाँ आफ्नो माता-पितासँग
बसेर श्यामजीको मन्दिरमा कान्हजी भट्टबाट श्रीमद्भागवत कथा

सुन्न लाग्नु भयो । भट्टजी बर्षौ पहिले देखि ज्ञान जिज्ञासुहरूलाई
श्वीकृष्णलीलाको रसपान गराउँदै आउनु हुन्थ्यो ।

हीरा-मोती जाँच्नको लागि जौहरीको आवश्यकता पर्दछ ।
अरु कसैले जाँच्न सक्दैन । कुनै एक ब्यक्तिको हातमा काँच र
हीराको टुक्रा राखि दियो भने, त्यो विचराले हीरा र काँच कसरी
छुट्याउन सक्ला ? हेर्दा दुबै उस्तै चम्किन्छ ।

सद्गुरु श्री देवचन्द्रजी जौहरी हुनुहुन्थ्यो । उहाँ जान्नु
हुन्थ्यो कि हीरा कस्तो हुन्छ; काँच कस्तो हुन्छ । उहाँले
श्रीमद्भागवत कथा निष्ठाबद्धसँग १४ बर्ष सम्म श्रवण गर्नु भयो ।
आज हामीलाई १-२ घण्टा सम्म कथा-प्रवचन सुन्नु पस्यो भने,
भन्न सकिन्न शरीरको कति ठाउँमा दुख्ने, चिलाउने हो । मन
कहाँ-कहाँ दौडन थाल्दछ, तर श्री देवचन्द्रजीले १-२ घण्टा होइन,
२-४ दिन होइन, महिना-बर्ष पनि होइन, १४-१४ बर्ष सम्म एउटै

आसनमा बसेर निष्ठावद्ध भएर कथा-प्रवचन सुन्नु भयो । आज
हाम्रो लागि यस प्रकारसँग कथा-प्रवचन श्रवण गर्न असम्भव नै
छ। तर उहाँको लागि त्यही कुरा सरल र सहज भयो । किनकि
उहाँ उक्त दिब्यानन्द भूमिमा विहार गर्ने वाला आनन्दको अवतार
तथा प्रेमका स्वरुप हुनुहुन्थ्यो ।

चौध बर्ष सम्म पूर्ण भक्तिभावले उहाँले श्रीकृष्ण लीला
रसामृतको पान गर्नु भयो । कडा कसौटीको पश्चात्‌ अनादि
पूर्णब्रह्म परमात्मा श्रीकृष्णले वि. सं. १६७८ आश्विन कृष्ण पक्ष
चतुर्दशी आइतबारको दिन साक्षात दर्शन दिनुभयो । चौध बर्ष देखि
उस भागवत रुपी खानीबाट श्री देवचन्द्रजीले हीरा-मोतीको
अनुसन्धान गर्दा-गर्दै श्रीकृष्ण रुपी हीरा प्राप्त गर्नुभयो । त्यस
स्थानमा अरु पनि धेरै ब्यक्तिहरू कथा-प्रवचन श्रवण गर्ने गर्दथे,
तर हीरा-मोती चुन्नेमा श्री देवचन्द्रजी सिवाय अरु कोही पनि
भएनन्‌ । उहाँ राजहंस जस्तै हुनुहुन्थ्यो, जो मान सरोवरबाट मोती
चुनेर निकाल्न सक्छन्‌ । त्यस्तै उहाँले श्रीमद्भागवत ज्ञान
सरोवरबाट मोती रुपी श्रीकृष्णलाई खोजेर सात्क्षातकार गर्नु भयो ।

यसरी श्रीकृष्णले प्रत्यक्ष दर्शन दिएर सोध्नु भयो कि –
देवचन्द्र ! तिमी को हौ ? कहाँबाट आयौ ? यो दृष्यमान संसार
सत्य हो कि, असत्य हो ? तिमीले मलाई चिन्यौ कि चिनेनौ ? म
को हुँ ? उक्त ५ प्रश्नहरूको जवाफ दिदैं श्रीदेवचन्द्रजीले भन्नु
भयो कि – प्रभु । मलाई केही थाहा छैन । यति मात्र जान्दछु कि –
हजुर मेरो धनी हुनुहुन्छ । मेरो सहारा हुनुहुन्छ । फेरी श्रीकृष्णले
सौध्नु भयो, बस तिमी यतिमात्र जान्दछौ ? म बताउँछु सुन !
तिमी आनन्द स्वरुपा, प्रेमको मूर्ति, उही चैतन्य दिब्य परमधाममा
रहनेवाली सुन्दरवाई की पवित्र आत्मा हौ ।

सद्गुरु श्री देवचन्द्रजी

Shree Navatan Dham (SND)

परमधाम अखण्ड चैतन्य भूमि हो । यसकारण तिमीलाई
असत जड दु:खबाट बनेको यो संसार हेर्ने ईच्छा भएकोले यस
दुःखद र भ्रामिक संसारमा देवचन्द्रजीको नाम लिएर तिमी आएको
हौ । अरु पनि ब्रह्मात्माहरू दिब्य परमधांमबाट यस संसारमा
अवतरण भएका छन्‌ । तिनीहरू सबैलाई लिएर तिमीले फेरी उही
परमधाममा जानु पर्छ र सचराचर प्राणीहरूलाई मुक्ति दिलाउने
जिम्मा तिमीलाई नै सुम्पन्छु । लौ ! यो वीज रुपी तारतम’ मन्त्र
म तिमीलाई दिन्छु । यसको जाग्रत ज्ञानबाट सबै भूली-भटकी
ब्रह्मात्माहरूलाई जगाएर परमधाममा लिएर आउनु ।

“यदगत्वा व विवतन्ति तद्वम पर्य बम”

जहाँ पुगे पछि फेरी यस नश्वर जगतमा फर्केर आउनु
पर्दैन । अर्थात: जन्म-मरणको चक्रब्युहमा पर्नु पर्दैन । त्यही नै
परमधाम हो । यस बाहेक अरु केही बुभनु पर्ने भए सोध । अब देखि
यस प्रकार तिमीले दर्शन पाउने छैनौ । यो मैले तेश्रो पटक दर्शन
दिइरहेको छु । श्वीदेवचन्द्रजीले सोध्नुभयो, धनी ! अब हजुर कहाँ जानु
हुन्छ ? श्रीकृष्णले भन्नुभयो तिम्रो भित्री हृदयमा आएर बस्दछु। श्री
देवचन्द्रजीले सहर्ष भन्नु भयो, स्वयं हजुर मेरो हृदयको मानस
मन्दिरमा आएर विराजमान हुनुभए मलाई अरु के चाहियो र –

“तुम आए यब आइया, ढुख गया यब ढुूर ।”

दु प्लकन तरण यो, थाठुमा तम्यू प्रत्यय लगाजँश तारतम” शब्द बन्दछ । तृ ठृ प्नवत तरण यो: , धातुमा तमयू प्रत्यय लगाउँदा ‘तारतम” शब्द बन्द्छ। त्‌
ध्वाठुको अर्थ ‘तरण” अर्थात आफै तर्ढु । प्लवन” का अर्थ शुद्ध हुनु” अर्थात ज्ञान
रुपी जलमा स्वान गरेर पवित्र हुठु हो । यसको तात्पर्य यो हो कि – तारतम
बाणी रुपी ज्ञान गंगामा स्नान गरी विशुद्ध भएर पार तर्दु अर्थात जनै
परमात्माको दिव्य परमब्चाम तिर प्रस्थान गर्टु हो । अर्को शब्दमा जसले यय
संसार-महासागरबाट शीघ्र ता, त्यही तै तारतय हो ।

उस दिनबाट उहाँको हृदयपट खुल्दै गयो । खुल्न पनि
किन नखुल्नु, जसको हृदयमा स्वयं पूर्णब्रह्म अक्षरातीत श्रीकृष्ण
विराजमान हुनुहुन्छ । उहाँको दिब्य दृष्टि खुल्यो । उहाँ साक्षात
परमधासको दर्शन गर्दै वहीं घुम फिर गर्न लाग्नु भयो । उहाँ
रात-दिन धनीकै चिन्तन-स्मरण गर्दै उस अद्दैत-अनादि
परमधाममा आफ्नो चित्त वृत्तिलाई केन्द्रित गर्न लाग्नु भयो ।
क्रमश: ब्रह्मात्माहरूलाई जागनीको संदेश दिएर आत्मा जागृत
गर्न लाग्नु भयो । सर्व प्रथम, उहाँको जागृत ज्ञानतर्फ जामनगरको
नगर सेठ श्री गांगजीभाई आकर्षित हुनुभयो र उहाँको शिष्यत्व
ग्रहण गर्नुभयो । तत्पश्चात विस्तारै अरु व्यक्तिहरू पनि जागृति
हुँदै गए र त्यहाँ एक शिष्य मंडलको मंडली बन्यो ।

उहाँले वि.सं. १६०७ कार्त्तिक शुक्ल चतुर्दशीमा धर्मपीठको
स्थापना गर्नको लागि एक मन्दिरको स्थापना गर्नु भयो । उस
मन्दिरमा नै उहाँको करकमलद्वारा सिंचित खीजडा (शमी) को वृक्ष
४०० बर्ष पछि पनि आज हराभरा मौजुद छ । यही खीजडा (शमी)
को रुख भएको नाताले आजपनि उस मन्दिरलाई श्रीकृष्ण प्रणामी
खीजडा मन्दिरको नामले पुकारने गरिन्छ । यही स्थानलाई आद्य
धर्मपीठ श्री ५ नवतनपुरी धाम भनेर महामति श्रीप्राणनाथ र
उनका अनुयायी सुन्दरसाथ अर्थात श्रीकृष्ण प्रणामी धर्मावलम्वीहरू
मान्दछन्‌ । उक्त नवतनपुरी धामको महिमा अपार छ । जहाँ
ब्रजरासको लीला हुने गर्दथ्यो । यसकारणले महामति श्री
प्राणनाथले आफ्नो मुक्तकण्ठले यसरी वर्णन गर्नु हुन्छ :-

पह्किले बीज उदय हुआ पुदी नहाँ बौतन ।

सब पुरियोझें उत्तम हुयी जो धन न्‌ ॥

सद्गुरु निजानन्द स्वामी श्री देवचन्द्रजी महाराजमा
श्रीराजजी महाराजको आनन्द स्वरुपा श्यामा महारानीकी अङ्ग
स्वरुपा सुन्दरवाईको अवतरण भएकोले उहाँको अनुयायी बा
धर्मावलम्बीलाई “सुन्दरसाथ” नामले नामाकरण गरिएको हो ।
सुन्दरवाईको साथी “सुन्दरसाथ” कति सुन्दर र प्यारो नाम ।

उहाँलाई अनादि अक्षरातीत श्रीकृष्णको स्वरुपले साक्षात
दर्शन दिएर “तारतम मन्त्र’ प्रदान गर्नु भएको थियो । यसकारण
उहाँको इष्ट वा उपास्य देव अनादि अक्षरातीत श्रीकृष्ण हुनुहुन्छ ।
जसले श्रीकृष्णको प्रेमपूर्वक आफ्नो इृष्टदेव मानेर अनन्य भावपूर्ण
श्रद्वा-भक्तिको साथ बारम्बार नमन या प्रणाम गर्छ, वही श्रीकृष्ण
प्रणामी हो । यसकारण उहाँ सद्गुरु निजानन्द स्वामीले, जुन
सम्प्रदायको स्थापना गर्नु भयो अथवा जुन धर्मलाई चलाउनु भयो,
त्यसैलाई “निजानन्द सम्प्रदाय” अथवा “श्रीकृष्ण प्रणामी धर्म” को
नामले विश्वमा पुकारने गरिन्छ ।

Enable Notifications    Subscribe No thanks