August 8, 2021, Sun, 06:08:29
By लक्ष्मीप्रसाद मैनाली र नरेन्द्रप्रसाद मैनाली, (SND)
सन्त श्यामदास मैनाली
सन्त श्यामदास मैनाली
सन्त श्यामदास मैनाली
By लक्ष्मीप्रसाद मैनाली र नरेन्द्रप्रसाद मैनाली, (SND)
2021-07-15
सन्त श्यामदास मैनाली

Shree Navatan Dham (SND)

सन्त श्यामदास मैनालीको जन्म कोशी अञ्चलमा भएको थियो ।
वि.सं. १९४० मा कोशी अञ्चल तेह्रथुम जिल्ला ईवा गा.वि.स. वडा नं. २ सिम्ले गाउँमा डिल्लीराम मैनालीका जेष्ठ पुत्रको रूपमा जन्मिनु भयो । उहाँ सानै उमेरमा श्री कृष्ण प्रणामी धर्ममा गुरुआमा लीलाबाई (देवीप्रसाद उप्रेतीकी आमा) बाट दीक्षित हुनुभयो । उहाँले गृहस्थ जीवन बिताउनु भयो । उहाँ ज्ञानका खानी हुनुहुन्थ्यो । सन्त श्यामदासले धनकुटाका सज्जन (परेवा दिन) धरानका आचार्य परिवार र अन्य समेत गरी करिब १५० जनालाई जागृत गराउनु भयो । उहाँ चिना लेख्नुहुन्थ्यो । उहाँमा ज्योतिष विद्या र केही आयुर्वेदिक जडीबुटी समेतको ज्ञान थियो । उहाँले तारतम सागर, बीतक, चर्चनीको तालिम लिनु भएको थियो साथै मैनालीजीले अन्य धर्म शास्त्रको अध्ययन पनि गर्नुभएको थियो । उहाँले मैनाली परिवारलाई पनि दीक्षित गराउनु भयो । यसरी श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा जीवन समर्पण गरी धरानका आचार्यको घरमा वि.सं. २०३० साल असोजमा (तृतिया तिथि) ८१ वर्षको उमेर धामगमन हुनु भयो-

हस्त लिखित तारतम सागरको अगाडि पट्टि लेखिएको विवरण
जिल्ला ताप्लेजुङ श्री १०८ महन्त महाराज श्री १०८ लक्ष्मीदासजी श्री कृष्ण मन्दिर स्थापना १5०० आठराई फुँगुवा सिम्ले, भनी लेखिएको छ । स्वरूप सागरको पछिल्लो भागमा डिल्लुदास महाराज श्री श्यामदास मैनाली आठराई फगुवा सिम्ले मन्दिर संचालक भनी लेखिएको छ।

उक्त हस्तलिखित तारतमसागर झापा सुरुङ्गा गा.वि.स. वडा. नं. ९ बस्ने गोपाल प्रकाश मैनालीसँग सुरक्षित रहेको छ।
सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन

लालदास श्रेष्ठ जन्म बनेपामा भएको थियो ।

धर्म

Shree Navatan Dham (SND)

Enable Notifications    Subscribe No thanks