August 29, 2021, Sun, 37:08:36
By सुश्री मालती ओझा, काठमाडौँ, (SND)
सन्त श्रीराजदास लम्साल
सन्त श्रीराजदास लम्साल
सन्त श्रीराजदास लम्साल
By सुश्री मालती ओझा, काठमाडौँ, (SND)
2021-08-28
सन्त श्रीराजदास लम्साल

Shree Navatan Dham (SND)

सन्त श्रीराजदास लम्सालको जन्म काभ्रे जिल्लामा भएको थियो ।
वि.सं. १९९१ साल आश्विन १५ गते काभ्रे जिल्लाको न्युरेखोला बिहावर गाउँमा सन्त श्रीराजदास लम्सालको जन्म भएको थियो। उहाँ पिता श्रीधर्मलाल लम्सालको माइला छोरा हुनुहुन्थ्यो । राजदासजीले बाल्यकालमा नै धर्मग्रहण गरी श्री ५ नवतनपुरी धाम गइ तत्कालीन आचार्य श्री धर्मदासजी महाराजसँग वाणीको अध्ययन गर्नुभएको थियो । साथै उक्त धाममा भण्डारको सेवा सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । अध्ययन पश्चात्‌ राजदासजी नेपाल फर्केर युगलदासजी महाराजको साथमा काठमाडौंको डिल्लीबजारमा रही सेवा समितिको सदस्य बनी कार्यभार सम्हाल्नुभएको थियो ।

राजदासजीले काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासका जिल्लाहरूमा धर्मप्रचार गरी धेरै ं सुन्दरसाथहरूको जागनी गराउनुभएको थियो । सुन्दरसाथहरूले दिएको दानदक्षिणा संकलन गरी उहाँले भक्तपुर जिल्लाको ठिमीमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गर्नुभएको थियो । केही वर्षसम्म राजदासजीले उक्त मन्दिर सञ्चालन गर्दै आउनुभयो । त्यस मन्दिरलाई श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई जिम्मा लगाउने उहाँको इच्छा भने अधुरो नै रह्यो । वि.सं. २०६८ साल पौष महिनामा आफ्नै मन्दिर ठिमीमा उहाँको धामगमन भयो ।

वि.सं. २०६५ सालको श्रावण महिनामा सञ्चालित बीतक कार्यक्रममा एक महिनासम्म मलाई राजदासजीसँग भेट हुने अवसर मिलेको थियो । ठिमीदेखि हिँडेर उहाँ प्रत्येक दिन श्रीकृष्ण प्रणामी मन्दिर, भैमालसम्म पुग्नुहुन्थ्यो । आफ्नो अतिवृद्ध तथा अशक्त अवस्था भएकोले उहाँ कथा, प्रवचन गर्न सक्नु _ हुँदैनथ्यो तर बीतक र वाणीका गुह्य सूत्रहरू र तीर्थका स्मरणीय पक्षको बारेमा ज्ञान दिनुहुन्थ्यो । त्यस समयको मेरो बसाइनै उहाँसँगको अन्तिम क्षण रहेछ। आज पनि मलाई राजदासजी भनेपछि त्यो समयको सम्झना आउँछ ।
Enable Notifications    Subscribe No thanks