August 29, 2021, Sun, 18:08:14
By पं. हेमप्रसाद दाहाल, (SND)
सन्त श्री दयालदास महाराज (दैलेख)
सन्त श्री दयालदास महाराज (दैलेख)
सन्त श्री दयालदास महाराज (दैलेख)
By पं. हेमप्रसाद दाहाल, (SND)
2021-08-28
सन्त श्री दयालदास महाराज (दैलेख)

Shree Navatan Dham (SND)

प्रणामी समाजमा दयालदास सुप्रशिद्ध र आदरणीय नाम हो । दयालदास नामका प्रत्येक सन्तले प्रणामी धर्म क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको भेटिन्छ । महात्मा युगलदासका साहिँला पिताको नाम पनि दयालदास थियो । उहाँले कालिम्पोङको इच्छे बस्तीमा श्रीकृष्ण प्रणामी मन्दिर बनाउनुभयो । अर्का दयालदास पोखरा बैदामका हुनुहुन्थ्यो जसले वि.सं. १९४५ देखि १९८५ सम्म श्रीकृष्ण प्रणामी धर्मको रक्षार्थ राणा सरकारसँग लड्नुभयो । अन्त्यमा विजय हात लाग्यो । अब तेश्रा दयालदासको हामी प्रसङ्ग उठाउँदै छौं जो वि.सं. १९८६ मा जन्मेर २०५३ सम्म यस संसारमा रही प्रणामी धर्मको उत्थान र विकासमा ठूलो योगदान गर्न सफल हुनुभयो ।

यी तेश्रा दयालदास महाराजको जन्म दैलेखको जरेबाज नामक गाउँमा भएको थियो। उहाँको पिताको नाम पठेराम बूढा र माताको नाम पद्मावती थियो । उहाँले पद्यावतीपुरीमा महात्मा कन्हैयालालबाट दीक्षा मन्त्र प्राप्त गर्नुभयो । उहाँले त्यस पीठमा बसेर बाणी, बीतक, विराट र चर्चनीको तालिम लिनुभयो । पछि उहाँ पद्मावतीपुरी धामस्थित नेपाली मन्दिरको पुजारी हुनुभयो । त्यहाँ पन्ना धाममा रहँदा दयालदासजीले चाँदीको सिंहासन बनाएर बंगलाजीमा चढाउनु भयो । दयालदास महाराजले सबै जिज्ञासु सुन्दरसाथको हीतार्थ २५ पक्ष परमधामको खडा नमुना तयार पार्नु भयो । परमधामको खडा नक्शाबाट त्रिआयामिक धामका प्रत्येक स्थानको ज्ञान प्राप्त गर्न अत्यन्त सजिलो भयो । भनिन्छ उहाँले काठका टुक्राहरू जोडेर त्यस्तो खडा नक्शा बनाउनुभएको थियो । यसबाट उहाँमा भएको धामको गंभीर ज्ञान र कार्य कुशलताको परिचय पाइन्छ । दयालदास महाराजले प्रदर्शन गर्नुभएको त्यो सिल्प विज्ञानबाट कति सुन्दरसाथको कल्याण भयो सो अनुमान गर्न गाउहो छ।

आफ्नो जीवनको अन्त्यतिर उहाँले ‘धाम रहस्य चितवन’ नामक ग्रन्थको प्रकाशन गर्नुभयो । त्यो ग्रन्थले परमधामको रहस्यलाई उजागर गरी दिएको छ । यस्ता परमहंस दयालदास महाराजले आफ्नो संसारी लीला वि.सं. २०५३ मा पन्ना धाममै संवरण गर्नुभयो ।
Enable Notifications    Subscribe No thanks