July 31, 2021, Sat, 21:07:31
By नमराज ढकाल, अध्यक्ष, (SND)
सामाजिक तथा आध्यात्मिक विकासमा श्रीकृष्ण प्रणामी युवा परिषद्को भूमिका
सामाजिक तथा आध्यात्मिक विकासमा श्रीकृष्ण प्रणामी युवा परिषद्को भूमिका
सामाजिक तथा आध्यात्मिक विकासमा श्रीकृष्ण प्रणामी युवा परिषद्को भूमिका
By नमराज ढकाल, अध्यक्ष, (SND)
2021-07-31
सामाजिक तथा आध्यात्मिक विकासमा श्रीकृष्ण प्रणामी युवा परिषद्को भूमिका

Shree Navatan Dham (SND)

श्री कृष्ण प्रणामी युवा परिषद्‌ नेपाल

मिति: २०७७ माघ १८

विषय पेश

युवाहरूको सर्वोपरी विकास गर्दै उनीहरूलाई सामाजिक सेवा र आध्यात्मिक उन्नयनमा अभिप्रेरित गर्ने उद्देश्यले
२०४७ साल माघ १८ गते गैर सरकारी संस्थाको रूपमा स्थापना भएको यस श्री कृष्ण प्रणामी युवा परिषद्‌ नेपाल
३० वर्ष पूरा गरी ३१ वर्षमा प्रवेश गरेको छ । दुर्व्यसन त्यागौं, सेवामुखी बनौं, निरामिष भोजन सेवन गरौ
वातावरण संरक्षण गरौं र आत्मा तथा परमात्माको अन्तरसम्बन्धलाई आत्मसाथ गरौं भन्ने मुख्य पाँच आधारशीला
भएको यो संस्था स्वयम्‌ सेवी संस्थाको रूपमा परिचित छ । मन्दिर, आश्रम तथा सत्सँग भवन जस्ता धार्मिक
सामाजिक सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा धार्मिक सामाजिक कार्यमा स्वयम सेवक परिचालन गर्ने
मूल अभिप्रायले स्थापना भएको यस संस्थाले आफनो उद्देश्य तथा कार्यहरूलाई थप परिस्कृत र विस्तार गर्दै
युवाको सर्वोपरी विकास, शिक्षा, स्वास्थ्य, वातावरण, धर्म संस्कृति लगायत सामाजिक सेवाका कार्यहरू सञ्चालन
गर्दै आएको छ ।
यस संस्थाको संगठन संरचना अन्तर्गत ५ वय प्रदेश समन्वय समिति, ४६ वटा जिल्लाहरूमा शाखा समिति र’
विदेशमा १० वय समेत स्थानीय तहमा १८८ वद प्रारम्भिक समितिमा करिब १० हजार युवाहरू संगठित छन्‌ ।
यस संस्थाले स्वास्थ्य क्लिनक तथा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन, शैक्षिक छात्रवृत्ति तथा शैक्षिक सामाग्री
सहयोग, न्यानो कपडा वितरण, भोजन सेवा, रक्तदान, विपतमा राहत तथा पुर्ननिर्माण, क्षमता विकास प्रशिक्षण,
स्वयम्‌ सेवा, वातावरण संरक्षण, धुम्रपान, मद्यपान तथा लागू औषध विरुद्धको अभियान जस्ता सामाजिक सेवाका
कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी यस संस्थाले सार्वजनिक स्थल र मन्दिरमा हुने पशु वली प्रथा
विरुद्ध सचेतना अभियान एवं शाकाहारी बनौं अभियान, दुर्गम स्थानमा स्ट्रेचर वितरण , पोलियो अपरेशन, दृष्टि
विहीनहरू लाई सेतो छडी तथा ब्रेललीपि वितरण जस्ता कार्यक्रमलाई समेत अझ प्रभावकारी ढंगले निरन्तरता
दिदै आएको छ ।
यस संस्थाको आर्थिक सक्षमताको लागि २०६९ साल वैशाखमा सम्पन्न संस्थाको १० औं राष्ट्रिय महाधिवेशनबाट
युवा विकास अक्षय कोष स्थापना भई सो कोष अभिवृद्धि गर्ने र यसबाट प्राप्त व्याज रकमबाट युवाको क्षमता
विकास, सामाजिक सेवा र मिडियामा धार्मिक एवं सामाजिक कार्यक्रम एवं संस्थागत गतिविधिका कार्यक्रमहरू
सञ्चालन गर्ने कार्ययोजना रहेका छ । यसैगरी दाताहरूको सहयोगमा विभिन्न उद्देश्यले स्थापना भएका छुट्टा छुट्दै
कोषहरूबाट विभिन्न विधाका स्रष्य, सर्जक तथा प्रतिभाहरूको पहिचान, छनौट, सम्मान एवं विपन्न वर्ग तथा
विद्यार्थीहरूको लागि सहयोग तथा सम्मान कार्यक्रमहरू सञ्चालन भइरहेका छन्‌ ।

क्षमता विकास कार्यक्रम

युवा नै समाज विकासका आधारशीला भएकोले उनीहरूको क्षामता विकासलाई प्राथमिकता दिनु पर्दछ भन्ने
उद्देश्यले उनीहरूको व्यक्तित्व, नेतृत्व, उद्यमशिलता, शिप विकास र आध्यात्मिक जागरण जस्ता समग्र क्षमता
विकास सम्बन्धी प्रशिक्षण, तालिम, गोष्ठी र परामर्श जस्ता कार्यक्रमहरू संस्थाले केन्द्र, प्रदेश, जिल्ला र
प्रारम्भिक समिति तहमा प्राथमिकताकासाथ सञ्चालन गर्दै आएको छ । यसका लागि प्रशिक्षण विभाग गठन
गरी यसको संयोजकमा निवर्तमान अध्यक्ष श्री मातृका प्याकुरेल र सह संयोजकमा उपाध्यक्ष श्री जगदीशचन्द्र
शर्मा तोकिनु भएको छ । प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउन युवा सन्त श्री सुरेन्द्र शास्त्री र प्राचार्य
भ्री विनोद शर्माज्यूलाई प्रमुख प्रशिक्षण्कको रूपमा मनोनयन गरी यस संस्थाको वर्तमान समितिको कार्यकालमा
कोभिड महामारी अगावै विभिन्न १५ जिल्लामा १८ वय प्रशिक्षण कार्यक्रमहरू केन्द्रको नेतृत्वमा प्रदेशको समन्वय
र जिल्ला एवं प्रा.स.को आयोजनामा सम्पन्न भएका छन्‌ । प्रशिक्षण कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष,
उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत श्रीकृष्ण प्रणामी समाजका सन्त, गुरुजन, पंडित, प्रचारक, विद्वान
विदुषी लगायत विभिनन क्षेत्रका विज्ञ व्यक्तिहरू श्रोत व्यक्तिको रूपमा रहने व्यवस्था छ । प्रशिक्षण कार्यक्रममा
दश कक्षा, बाह्र कक्षा र स्नातक तह पूरा गरेका विद्यार्थीहरू, समितिका पदाधिकारीहरू र साधारण सदस्यहरू गरी
मुलत ३ समूहलाई लक्षित गरी तालिम विषयवस्तुको रूपरेखा तयार गर्ने सो अनुसारको उपयुक्त श्रोत व्यक्तिहरू
चयन गर्ने व्यवस्था छ ।

तिप्तमा राहत तथा असाहय सहयोग

२०७२ सालको भूकम्प, विभिन्न समयमा विपतको रूपमा आउने गरेको बाढी तथा आगलागी पीडित, द्वन्द्व
पीडित, सडक फुटपाथ, सार्वजनिक स्थल, मन्दिर आदि सार्वजनिक स्थानमा बस्दै आएका असहाय व्यक्ति तथा
कोभिड १९ को नियन्त्रणको लागि घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) को अवधिमा दैनिक ज्यालादारीमा
काम गर्ने बेरोजागार कामदार, व्यक्ति तथा अन्य वृद्ध-वृद्धा र असहाय व्यक्तिलाई लक्षित गरी संस्थाले राहत,
सहयोग र पुननिर्माणका कार्यहरू गर्दै आएको छ । २०७२ सालको भूकम्प पीडितलाई श्रीकृष्ण प्रणामी सामाजको
विभिन्न संस्था-समितिहरू एवं वाह्य सहयोग समेत गरी करिब रु. ४० लाख बराबरको राहत र पुनर्निमाणका
कार्यक्रमहरू सम्पन्न गरिएका थिए । यसैगरी तराईमा हुने शीतलहर पीडितलाई लक्षित गरी प्रत्येक वर्ष अर्थात
२०७५, २०७६ र २०७७ मा वर्षेनी करिब ५०० को संख्यामा विभिन्न जिल्लाहरूमा कम्बल सिरक, म्याट, न्यानो
कपडा वितरण गरिएका छन्‌ । यस कार्यमा वित्तीय श्रोतको व्यवस्थापन समाजका अग्रणी व्यक्तित्व, दाताहरू,
संस्थागत तथा व्यक्तिगत सहयोग र यस संस्थाको आन्तरिक श्रोतबाट हुने गरेको छ । यस कार्यलाई संस्थागत ढंगले
नियमित रूपमा र विपदको समयमा जुनसुकै वेला पनि कार्य सञ्चालन गर्न यस संस्थाका केन्द्रीय सल्लाहकार
भ्री रोमप्रसाद खनालज्यूको संयोजकत्वमा विपद व्यवस्थापन विभाग नै गठन गरिएको छ । यसै अन्तर्गत सडक
फुटपाथ, आश्रम तथा मन्दिरमा रहने असहाय व्यक्तिहरूलाई निःशुल्क शाकाहारी भोजन सेवा कार्यक्रम निरन्तर
रूपमा सञ्चालन भइरहको छ ।
परिषदको ३० औं स्थापना दिवस कार्यक्रम
परिषद्को ३० औं स्थापना दिवसको अवसरमा संस्थाले ३ दिवसीय कार्यक्रम माघ १६, १७ र १८ गते विभिन्न
कार्यक्रम भर्खरै सम्पन्न गर्‌यो । यस कार्यक्रम अर्न्तगत माघ १६ गते मन्दिर तथा सार्वजनिक स्थल सरसफाइ
कार्यक्रम, माघ १७ गते केन्द्रमा धामवासी अक्षयकोष दाताहरूको स्मृतिमा पाठ पारायण कार्यक्रम र जिल्लाहरूमा

रक्तदान कार्यक्रम र संस्था स्थापना दिवस माघ १८ गते मन्दिर, आश्रम र अस्पतालमा आश्रित र विरामीहरूलाई
फलफूल तथा मिठाई वितरण गरियो । संस्थाले केन्द्रीयस्तरमा काठमाडौं स्थित बीर अस्पतालमा रहको २००
जना विरामीलाई फलफूल तथा विस्कुट वितरण गर्‌यो भने काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा संस्थाको
केन्द्रको सहयोगमा र अन्य जिल्लाहरूमा जिल्लाको नेतृत्वमा प्रदेश र प्रारम्भिक समितिको समन्वय र सहायोगमा
संस्थाको वार्षिक दिवसको अवसरमा तोकिएको कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
श्रीकृष्ण प्राकट्य दिवसको अवसरमा त कहिले स्थापना दिवसको अवसरमा संस्थाले प्रत्येक वर्ष सञ्चालन गर्दै
आएको श्री कृ्‌ष्णमणि दीपा प्याकुरेल राष्ट्रिय भक्ति संगीत प्रतियोगिता यस वर्ष कोडिड १९ को कारण सम्पन्न
हुन सकेन । आगामी वर्ष श्रीकृष्ण प्राकट्य दिवसको अवसरमा यो कार्यक्रम सञ्चालन गर्ने गरी यो वर्षलाई भने
स्थगित गरिएको हो । यसैगरी प्रत्येक वर्ष एस. ई. ई. परीक्षामा सर्वउत्कृष्ट स्थान हासिल गर्ने छात्र १ र छात्रा १
लाई प्रदान गरिदै आएको कमलकृष्ण-मणिकुमारी स्मृति पुरस्कार यस वर्ष कोभिड १९ को संक्रमणको कारणले
सम्पन्न हुन सकेन र आगामी वर्ष श्रीकृष्ण प्राकट्य दिवसको अवसर पारेर २०७६ र २०७७को एसईईमा
सर्वउत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्रालाई सम्मान गर्ने गरी यो वर्ष यो कार्यक्रमलाई स्थगित गरिएको छ |
पशुबली विरूढुको सचेतना तथा शाकाहार अभियान
संस्थाले प्रत्येक वर्ष हिन्दुको महान पर्व वडा दशै अगावै मुलुकभरी नै जिल्ला जिल्लामा पशुवली विरुद्धको
सचेतना अभियान कार्यक्रम विभिन्न संघ संस्थाहरूको सहयोग र सहकार्यमा सञ्चालन गर्दै छ। यो कार्यक्रमलाई
थप प्रभावकारी बनाउन विगत केही वर्षदेखि प्रत्येक जिल्ला र प्रारम्भिक समिति समेतले मासिक एवं साप्ताहिक
रूपमा यो कार्यक्रम देशैभरी सञ्चालन गर्दै आएका छन्‌ । गढीमाई जस्तो प्रत्येक ५ वर्षमा लाखौंका संख्यामा
पशुवली दिने स्थानमा वली रोक्ने सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सम्बद्ध संस्था तथा सरकारी निकायको
समेत सहयोग, समन्वय र सहकार्यमा सञ्चालन गरिंदै आएको छ । यो अभियानलाई सार्थक बनाउने विभिन्न
कार्यहरू मध्ये पशुवली विरुद्ध तथा पशु हक अधिकार सम्बन्धी कानूनी व्यवस्था समेटिएको हाते पुस्तिका तयारीको
क्रममा रहेको छ । यसै गरी शाकाहारी जीवनको महत्व वारे विभिन्न गोष्ठी तथा विचार मन्थन एवं विचार प्रवाह
सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी अहिंसा र शान्ति कायम गर्न विभिन्न स्तरमा कार्यक्रमहरू सञ्चालन गरिदै
आएको छ । यसबाट मन्दिरमा पशु वली हटदै गएको, घटदै गएको र जनसाधारणमा समेत सात्विक पूजा गर्ने र
शाकाहार जीवन पद्धतिलाई वढवा दिदै गएको देखिन्छ । यस वर्ष विगत २०७६ चैत्र महिनादेखि कोभिड १९ को
कारण यो कार्यक्रम सञ्चालन गर्न रोक लगाइएकोले हाल स्थागित रहेको भएतापनि अव छिट्टै यस कार्यक्रमलाई
निरन्तरता दिनु पर्ने आवश्यकता देखिएको छ ।

संस्थाको नीति तथा कार्यक्रम

यस संस्थाको उद्देश्य तथा लक्ष्य हासिल गर्न योजना, क्षेत्रगत गुरुयोजना तथा नीति र वार्षिक नीति तथा
कार्यक्रमहरू तर्जुमा गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्नु पर्दछ । संस्थाको आर्थिक वर्ष २०७७/७८ को लागि
तय गरिएको नीति तथा कार्यक्रम देहायबमोजिम रहेको छ:-

१. युवाको सरवाँगीण विकासको लागि युवा उत्प्रेरणा, जागरण, नेतृत्व विकास, क्षमता तथा शीप
विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

२. वातावरण संरक्षण र प्रवद्धनका लागि मन्दिर तथा सार्वजनिक स्थलको सरसफाइ र हरियाली प्रवर्द्धन
कार्यक्रम सञ्चालन गरिनेछ ।

३. विपत तथा जोखिममा परेका व्यक्तिलाई लक्षित गरी राहत, उद्धार, सहयोग एवं सेवाका कार्यहरू
गरिनेछ ।

४. असहाय र आर्थिक तथा सामाजिक रूपले विपन्न वर्गलाई लक्षित गरी भोजन सेवा तथा खाद्य
सामाग्री उपलब्ध गराईनेछ ।

५. प्राथमिक स्वास्थ्य सम्बन्धी सचेतना तथा स्वास्थ्य शिवीर, रक्तदान, अंगदान जस्ता कार्यक्रम सञ्चालन
गरिनेछ ।

६. प्रमुख धाम तथा मन्दिरहरूमा स्वास्थ्य केन्द्र तथा नियमित रूपमा स्वास्थ्य शिवीरहरू सञ्चालन
गरिनेछ ।

७. रक्तदान कार्यक्रमलाई सबै जिल्ला र प्रारम्भिक समितिबाट सञ्चालन गर्ने र विरामीलाई सहज रूपमा
रगतको व्यवस्था गर्न रक्तदाताको विवरण अद्यावधिक गर्ने र यस कार्यका लागि फोकल पर्सनको
व्यवस्था गरिनेछ ।

८. दुर्व्यसनमुक्त समाजको निर्माणको लागि दुर्व्यसन तथा लागू पदार्थ विरुद्ध सचेतना, पुर्नस्थापना र
सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।

९. धुम्रपान तथा लागु पदार्थ विरुद्ध सचेतनामूलक एवं दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

१०. सभ्य, शान्त र समृद्ध समाज निर्माण गर्न नैतिक शिक्षाको अपरिहार्यता मनन गर्दै स्थानीय मन्दिर
तथा सत्सँग भवनमा वालवालिकालाई अनिवार्य रूपमा नैतिक शिक्षा प्रदान गर्ने प्रणालीको विकास
गरिनेछ ।

११, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वालवालिकाको शिक्षामा पहुँच पुर्‌याउन कक्षा ५ देखि
१२ सम्म पढ्ने वालवालिकालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।

१२. सम्बद्ध संस्थाहरूको सहकार्यमा जेष्ठ नागरिक तथा असहायहरूलाई लक्षित गरी गुणस्तरीय
आश्रयस्थलहरू सञ्चालन गरिनेछ ।

१३. विपद्‌ तथा सामाजिक सेवाका कार्यमा स्वयमसेवकहरू परिचालन गरिनेछ । यसका लागि स्वयम
सेवकको तालिम तथा श्रोत साधनको उचित व्यवस्था गरिनेछ ।

१४. अहिंसा, शान्ति र शाकाहार जीवन पद्धतिको महत्ववारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
वलि प्रथा तथा सार्वजनिक स्थलमा पशु पन्छी हत्या विरुद्धको अभियान एवं पशु अधिकारसम्बन्धी
सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१५. परिषद्को कार्यक्रम सञ्चालनको लागि स्थापना गरिएको युवा विकास अक्षय कोष अभिवृद्धिलाई
निरन्तरता दिईनेछ । कोषमा भएको योगदान, स्थानीय श्रोत साधनको उपलब्धता र विगतमा कोषबाट
भएको खर्चको कार्यप्रगति समेतका आधारमा कोषको आयबाट जिल्लाहरूको लागि बजेट विनियोजन
गरिनेछ ।

१६, समाजका प्रतिष्ठित व्यक्ति तथा पेशाविद एवं व्यवसायीहरूको सूचि तयार गरी उनीहरूको अनुभव,
शिप तथा सहयोग युवाको उत्प्रेरण र क्षमता विकासमा उपयोग गरिनेछ ।

१७. युवा तथा विद्यार्थीलाई लक्षित गरी वृत्ति विकास एवं शैक्षिक कार्यक्रम सम्बन्धी विचार गोष्ठी,
प्रवचन, मार्गदशर्न तथा मनोपरामर्श कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१८. संस्थागत सुशासन र संगठन परिचालन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

१९. परिषद्को गतिविधि संस्थागत एवं सार्वजनिक गर्न वेभ साईट, सामाजिक सञ्जाल ‘ ब्रुसर, डायरी,
स्मारिका, बुलेटिन, भित्तेपात्रो आदिको व्यवस्था गरिनेछ । मिडियासँगको पहुँच र प्रयोगमा अभिवृद्धि
गर्ने संस्थागत सहकार्य गरिनेछ ।

२०. यस नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन कार्यतालिका तर्जुमा गरी
कार्यान्वयनमा ल्याइनेछ । कार्यक्रम सञ्चालन गर्दा सम्बद्ध व्यक्ति संघ, संस्था, सरकारी तथा गैर
सरकारी निकाय; निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।

उपसंहार

समाज र राष्ट्रको विकासको लागि भौतिक विकास
सँगै अध्यात्मिक ज्ञान र दर्शनको आवश्यकता चलनको)
हुन्छ । भनिन्छ विज्ञान विनाको अध्यात्म लंगडो
हुन्छ भने अध्यात्म विनाको विज्ञान अन्धो हुन्छ ।
कुनै प्राणीभित्र रहेको चेतन शक्तिको विषयमा
चिन्तन गर्नु नै अध्यात्म हो ।चेतन शक्तिलाई
नै आत्माको रूपमा शास्त्रहरूले व्याख्या गरेको
पाइन्छ । म को हुँ ? भन्ने प्रश्नको जवाफ खोज्नु
चेतनशील प्राणीको कर्तव्य हो । अपरिवर्तनीय
तत्व “म” लाई जान्नु नै अध्यात्म हो । भौतिक
विकासमा फड्को पारेको पश्चिम जगत आध्यात्म ज्ञानको कमीले अशान्त र रित्तोपनाले सताइएको छ । अध्यात्म
र अमूल्य संस्कृतिले भरपूर पूर्वीय धरती भाग्यवादी दृष्टिकोणबाट निर्धन भई भौतिक साधनको अभावमा बाँच्न
बाध्य छन्‌ ।अध्यात्ममा आत्मा र परमात्माका गुण र तिनको पारस्परिक सम्बन्धका विषयमा गरिने चिन्तन, निरूपण
र विवेचना हुनुपर्दछ । धर्म व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल/वृत्ति/प्रकृति/स्वभाव हो । ज्ञान मन वा
आत्मलाई हुने कुनै किसिमको बोध, लौकिक वा परलौकिक जानकारी, ज्ञानेन्द्रिबाट प्राप्त अनुभव, बोध हो, आत्म
साक्षात्कार हो । अतः आध्यात्मिक ज्ञानको अपरिहार्यता बारे युवाहरूलाई आत्मानुभूति गराउँदै युवाको सर्वोपरी
क्षमता विकासमा गर्दै उनीहरूलाई सामाजिक विकास र संस्कृतिको प्रवर्द्धनमा संस्थागत ढंगले परिचालन गर्नु
आजको टड्कारो आवश्यकता देखिन्छ । यसले नै शान्त र सम्वृद्ध परिवार, समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण
हट कलकाणकनना पुलमा “गरका ॥ योगदान पुग्ने देखिन्छ । यस संस्थाले आगामी
दिनमा यसैलाई सर्वोपरी उद्देश्य र लक्ष किदन
महको गाए गरी आफना कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

नता आध्यात्मिक तथा सामाजिक विकासको लागि
संस्थाले तय गरेको मार्गचित्र, योजना नीति तथा
कार्यक्रमको सफल कार्यान्वयनको लागि सम्बद्ध
पदाबाट विगतमा जस्तै रचनात्मक सहयोग,
सुझाव र सहकार्यको परिषद्ले सदैव अपेक्षा
गर्दछ ।

Enable Notifications    Subscribe No thanks