August 29, 2021, Sun, 39:08:52
By लालप्रसाद सापकोटा, (SND)
स्मृतिमा पं. श्री हिमकर शास्त्री
स्मृतिमा पं. श्री हिमकर शास्त्री
स्मृतिमा पं. श्री हिमकर शास्त्री
By लालप्रसाद सापकोटा, (SND)
2021-08-28
स्मृतिमा पं. श्री हिमकर शास्त्री

Shree Navatan Dham (SND)

श्री हिमकरजी माता कौशिला र पिता चन्द्रलाल सापकोयको कान्छो सन्तानको रूपमा वि.सं. १९०१ वैशाख १ मा ठेकाबुङ्ग सिक्किममा जन्मिनु भयो । उहाँको जन्म हुँदा तीनजना दिदीहरू ५|६ वर्ष अगावै विवाह भइ गइसक्नु भएको र दुई दाजुहरू पनि छुट्टिएर गइसक्नु भएको थियो । तसर्थ उहाँको लालनपालन आमा बुवाबाट मात्र हुँदै आएको थियो । विधिको विधानले ८ वर्षको उमेरमा उहाँले मात्रृ वियोग खप्नु पन्यो। बुबा अन्य व्यवहारिक कार्यमा व्यस्त रहनु पर्ने बाध्यता भएकाले घरमा उहाँको उचित रेखदेख हुन सकेन । बुबाले सामान्य अक्षरारम्भ घरमै गराउनु भएको थियो । अन्ततः बुबाले उहाँको संरक्षण र शिक्षाको जिम्मा ११ वर्षको उमेरदेखि आफ्नो पुख्यौंली थलो इलाम जिल्लाको हुतुलुङ (हाल सुलुवुङ्ग गा.वि.स.)का उहाँका मामा टीकाराम पौडेललाई सुम्पिनु भयो । शिक्षा आर्जन गर्ने उमेरमा त्यस ठाउँको चलन अनुसार गोरुवाला भञ्ज्याङ्ग भन्ने ठाउँमा मामाको छोरा घनश्याम पौडेलको साथमा गोठमा बस्न बाध्य हुनुभयो ।

गाई भैंसीको गोठालो भइरहँदा पनि उहाँको पढ्ने इच्छा मरेको थिएन । बुबा कर्मकाण्डका ज्ञाता भएका कारण साधारण लेखपढ गर्न घरमै सिकाउनु भएको थियो । छोराको पढ्ने अभिलाषा पूरा गर्नका लागि केही खर्च जुटाएर बुबा भेट्न आउनुभयो र इलाम बजार नजिकैको श्री चन्द्रधर काफ्ले शास्त्री (काफ्ले गुरु)सँग संस्कृत भाषाको अध्ययन गर्न सुरु गराउनुभयो । हिमकरले गुरुलाई प्रसन्न पार्न सफल हुनुभयो र त्यहाँ हुने पढाइ पूरा गर्नुभयो । त्यसपछि गुरुकै सल्लाह र सु’फाव अनुसार धनकुय विद्यालयमा केही समय अध्ययन गरेपछि दिङ्ला पाठशालामा अध्ययन गर्न सुरु गर्नुभयो । त्यस बेलासम्ममा गाउँ घरबाट दान दातब्य स्वरूप केही रकम आर्जन गर्नुभयो । साथै बुबाले पनि केही रकम, लुगाफाटा र किताबको व्यवस्था मिलाइ दिएपछि उहाँ बनारस तर्फ लाग्नुभयो । बनारसमा उहाँले भागवत र व्याकरणको राम्रो अध्ययन गर्नुभयो । त्यस बेला गुरुजीलाई बाँकुडा जानु परेको हुँदा उहाँ पनि गुरुसँगै बाँकुडा गइ आफ्नो अध्ययन पूरा गर्नुभयो र बुबालाई भेट्न घर फर्कनुभयो । घर त आउनुभयो तर बुबा घरमा हुनुहुन्नथ्यो । त्यसपछि उहाँ बुबाको खोजीमा लाग्नुभयो । खोजीकै शिलशिलामा उहाँका बुबा कालेबुङ्गका एकजनासन्तको सानिध्यमा रही कण्ठी धारण गरिबस्नुभएको खबर प्राप्त भयो । त्यो खबर सुनेर उहाँ तत्कालै कालेबुङ्ग तर्फ लाग्नुभयो । मन्दिर पुग्दा गुरुजी र पिताजी कुरा गरी राख्नुभएको ठाउँमा गएर केही नबोली पिताजीको तिलक पुछ्न जानुभयो । त्यसबेला गुरुजीले हस्तक्षेप गर्नुभएछ र सम्झाइबुझाइ “ब्रह्म विज्ञान भाष्कर”नामको पुस्तक दिइ सो पुस्तक पढेपछि मात्र तिलक र कण्ठीको विषयमा आफ्नो धारणा प्रस्तुत गर्नू भन्नु भएछ । त्यस पुस्तकको अध्ययन र बुबाको सल्लाह अनुसार गुरुजीसँग गइ दीक्षा लिने निर्णय लिनुभएछ । गुरुजीले पनि पढे लेखेको युवक देखेर तारतम मन्त्र दिइ श्रीकृष्ण प्रणामी धर्मका आधारभूत नियम, महाप्रसादको बट्टा सहित त्यसको महिमा र अन्य केही पुस्तक समेत अध्ययनका लागि दिएर विदा गर्नुभएछ ।

छोराले आध्यात्मिक बाटो लिईसकेपछि छोराकै स्वीकृती अनुसार पिताजीले पश्चिम सिविकमको टिम्बुरबुङ्ग बस्तीका भानुमाया र पद्यलाल चालिसेको साहिँली सुपुत्री जतनकुमारीसँग वि.सं. १९९९ फाल्गुन ७ गतेका दिन वैदिक विधि पूर्वक विवाह सम्पन्न गरिदिनुभयो ।

उपरोक्त कार्य सम्पन्न गरि पुनः गुरुवर श्री मंगलदासजीसँग भेट गर्न कालिम्पोङ्ग जानुभयो । भेटघाटका क्रममा गुरुजीसँग धर्मको महत्वबारे उपदेश लिइ घर फर्किनुभयो । घर फर्कने क्रममा बाटोमा उहाँलाई अचानक पेटमा दर्द उत्पन्न भयो । उहाँ लगभग अचेत जस्तो भएका बखत महाप्रसादले आपत्‌बाट रक्षा गर्छ भन्ने गुरुजीको भनाइको स्मरण भयो र गोजीबाट महाप्रसादको बट्टा झिको लगभग आधा मात्र मुखमा हाली घस्रिदै छेवैको खोल्साबाट पानी पिउनु भइ एकछिन सुस्ताउँदा पीडा हराएर गयो । त्यसै बेलादेखि हिमकरलाई धर्म र गुरूप्रति विश्वास बढेर गयो । गुरुजीले पनि वि.सं. २००९ देखि उहाँलाई जागनी गर्ने गुरुझोली प्रदान गर्नुभयो । त्यस बेलासम्ममा उहाँका दुई सन्तानको जन्म भइसकेको थियो ।

हिमकरजी सन्‌ १९५० देखि तत्कालीन सिविकमको राजनीतिमा संलग्न भइ एल.डी काजीसँग रही सिक्किमको स्वतन्त्रताको लागि जनआन्दोलनमा सक्रीय सहभागी हुनुभयो । त्यही समयमा उहाँ सिक्किम स्टेट काँग्रेसका प्रमुख सदस्य पनि हुनुभयो ।

वैवाहिक जीवनमा रहेता पनि उहाँलाई अध्ययनको लागि कुनै अवरोध भएन र वाणीको तालिम श्रीकृष्ण प्रणामी धर्मको आद्यपीठ श्री ५ नवतनपुरी धाममा धमाचार्य महाराज श्री १०८५ धनीदासजीकै पालादेखि सुरु गर्नुभयो । धमाचार्य महाराज श्री १०८ धर्मदासजीसँग पनि पटक-पटक वाणीको तालिम लिँदै आफ्नो क्षेत्रमा आएर धर्म अभिवृद्धिका लागि निरन्तर प्रचार गर्नु भयो । पछि पद्मावतीपुरीमा पनि केही समय बसेर अध्ययन गर्नु भयो । गुरुजी मंगलदासजीबाट निरन्तर शिक्षा आर्जन गरि नै रहनुभयो । भ्रमणको क्रममा उत्तर भारतका सबैजसो प्रान्त लगायत नेपालका विभिन्न भागको भ्रमण गर्नुभयो । उहाँ “मंगल सम्मान एवं शास्त्रार्थ महारथी पदबाट सम्मानित हुनुभयो ।

श्रीकृष्ण प्रणामी धर्म प्रचारका लागि दीक्षित भएपछि उहाँले सिक्किमबाट आफ्नो अभियान सञ्चालन गर्नुभएको थियो । गुरुझोली प्राप्त गरेपछि उहाँले एकै पटक अनेकौं व्यक्तिलाई तारतम मन्त्र प्रदान गर्नुभएको थियो । धर्म प्रचारलाई नै आफ्नो मूल कर्तव्यका रूपमा लिएर गाउँ-गाउँ जागनी गर्दै हिँड्नु र दीक्षित भएका सुन्दरसाथमा धर्मको तात्पर्य बोध गराउनु नै उहाँको प्रमुख कार्य बनेको थियो । उहाँको कार्य क्षेत्रमा चलिआएका पुरातनवादीसँग परेका तर्क वितर्कको टुङ्गो लगाइ भ्रम निराकरण गर्नआयोजित सभाहरूमा शास्त्रार्थ गरि विपक्षीहरूलाई पराजित गर्नुभएका कुरा प्रणामी जगतमा अध्यावधिजीवन्त छन्‌ । कुनै पनि ठाउँमा श्रीकृष्ण प्रणामी धर्मप्रति अन्य धर्मावलम्बीको शंका समाधान गर्न प्रणामीसमाजले उहाँकै अग्रता चाहिने गरेको अनेकौँ उदाहरण यस समाजमा विद्यमान छन्‌ । आसाम बेराजन,मणिपुर र नेपालको धरानमा भएका शास्त्रार्थ यस कुराका उदाहरण हुन्‌ ।

वि.सं. २००९ सालदेखि औपचारिक रूपमा जागनी अभियान चलाउनु भएका उहाँका हजारैंकासंख्यामा शिष्य शिष्या हुनुहुन्छ । प्रवचन दिएर, सम्झाएर अनेकौं धार्मिक समस्या समाधान गर्ने कामको अलावा लिखित रूपमा उहाँले केही भजन र “एकता विज्ञान वाटिका” नामक पुस्तकको प्रकाशन गराउनु भएको पाइन्छ। झापामा रहेका बाहुनडाँगी, मेचोडाँगी, बैगुन्धुरा र सिक्किमका ठेकाबुङ, बरमेक येकल आदि स्थानमा रहेका मन्दिरको निर्माणमा उहाँले प्रमुख भूमिका खेल्नुभयो ।

आफ्नो जीवनकालमा अनेकौँ मन्दिरको निर्माणमा सघाउ पुन्याउँदै पश्चिम सिविकमको थर्पमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना र नेपालको इन्द्रपुर, मोरङ्गमा श्रीकृष्ण प्रणामी मन्दिर तथा अनाथ ं बालबालिकाका लागि आश्रमको स्थापना वि.सं. २०२५ सालमा गर्नुभयो । धर्मप्रचारमा संलग्न रहेकै अवस्थामा मोरङ्गको अनाथ बालबालिका आश्रममा वि.सं. २०५९ साल फाल्गुन १ गते उहाँ परमधाम तर्फ प्रस्थान गर्नुभयो । उहाँको यथार्थ परिचय पाउन हरेक सुन्दरसाथको हृदयलाई निहार्नु पर्न हुन्छ। सांसारिक सम्बन्धले छोरो भएता पनि म उहाँसँग अत्यन्तै कम दर्शन-भेट पाएको मानिस हुँ किनकि उहाँको भेघाट कार्यक्रम वर्षको ३६५ दिनमा ३५० दिन सुन्दरसाथका घरमा र १५ दिन घरमा हुन्थ्यो ।
Enable Notifications    Subscribe No thanks