July 31, 2021, Sat, 11:07:54
By श्री हेमप्रासद दाहाल, (SND)
१०८ पक्ष
१०८ पक्ष
१०८ पक्ष
By श्री हेमप्रासद दाहाल, (SND)
2021-07-31
१०८ पक्ष

Shree Navatan Dham (SND)

पूर्णब्रहम परमात्मा तथा परमधाम प्राप्तिको साधन भक्तिलाई सोपनावत्‌ रूपमा वर्णन ही)
गर्दा १०८ पक्ष सम्मको विश्लेषण गरिएको छ ।आत्मा जागृतिको यो क्रमलाई तत्वदर्शी
सन्तहरूले नवधा भक्तिको माध्यम हुदै दशधा प्रेम लक्षणा भक्तिसम्म पुग्याउनु भएको
छ । यस सन्दर्भमा श्रीमद्‌ तारतम सागर ब्रम्हवाणीमा महाप्रभु श्री प्राणणाथजीले १०८
पक्षको विवेचना गर्दै चौपाइमा भन्नुभएको छ कि, पं.

हवे वली कहुँ ते सुणो,अठोतर सो पख जे तणो ।

ए विचार जो जो प्रामाण,एहनो सार काढु निरमाण

१०८ पक्षाको प्रमाणित सार तत्वमा स्वामीजीले नवधाभक्ति:-

भ्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, बन्दन, दास्य, सख्य र आत्मा निवेदनको अर्थपूर्ण विश्लेषण गर्दै यी
भक्तिमा पुनः तीन गुणको महत्व रहेको स्पष्ट पार्नुभएको छ । नवधा भक्तिमा सत,रज,तम तीन गुणले गर्दा २७
पक्ष हुन आउँछ । यी भक्तिका सिंढी, २७ पक्षमा पुनः पुष्ट मर्यादा र परवाह तीन गुणा गर्दा ८१ पक्ष हुन्छ ।

वली कीधां वीस ने सात, चढतो जाए लिए एणी भांत ।

एकासी पख कहेवाहे, ते वैकुंठमां पोहोतो थाय ।

यसरी जब एकासी औं पक्षमा पुग्दछ,अव उसमा परमात्मासंग विछोडको विरहमा तीब्रता आउँछ र संसारी राग
द्वैषवाट अलग वैराग्यको भावना विकास हुन्छ ।८१ पक्षसम्मको साधनामा साधकले निष्काम भक्तको माध्यमबाट
वैकुण्ठसम्मको लक्ष्य प्राप्त गर्दछ ।त्यस पछि पुनः भक्ति बढाउदै जाँदा निष्काम भक्तिको प्रतापले ८२औँ पक्ष प्राप्त
गर्दछन्‌,जस अन्तर्गत बल्भाचार्यहरू पर्दछन्‌ । उनीहरू वेहदको लक्ष्य राख्दछन्‌ । यसपछिको सोपानमा वेहदको
उपासना गर्ने अक्षरका पंचवासनाहरू ८३औं पक्षमा पुगी वेहदमा ध्यान पुन्याउन सफल हुन्छन्‌ ।अब वेहदभन्दा
पर अक्षरातीतमा पूर्णब्रम्ह परमात्माको धाम प्राप्त गर्न पुनः २५पक्ष परम धामको ज्ञान हुनु पर्छ ।

पख पचवीस ए उपर जेह,तारतमनां वचन छे तेह
यसरी ८३औं पक्षमा परमधामका २५पक्ष
“धाम तलाव कुञ्ज वन सोहे, माणिक नेहेरै वनकी जोय
पश्चिम चौगान वडावन कहिए,पुखराजी जमुनाजी लहिए
आठौं सागर आठ जिमिके, ए पच्चीस पक्ष धामधनीके ।” मिलाउँदा १०८ पूर्ण हुन्छ ।

शास्त्रीय मान्यता अनुसार पनि १०८ लाई अत्यन्त महत्वपूर्ण अंकको रूपमा लिइन्छ । ‘कृ्‌ष्ण’ शब्द, “ब्रहम” शब्दको
अक्षर गणनामा पनि १०८ अंक नै आउँछ । त्यसैले पूर्णब्रहम श्रीकृष्णलाई जान्नका लागि १०८ पक्षको ज्ञान हुनुपर्छ ।
भक्ति साधनामा माला फिराउँदा १०८ दानाको मालालाई पूर्ण मानिन्छ । यसर्थ १०८ पाठपारायण,१०८जप,१०८मेहेर
सागर पाठ गर्ने प्रचलन अत्यन्त अर्थपूर्ण छ ।
यसरी १०८ पक्षको सम्पूर्ण विवेचना,अध्ययन गरी परमधामसम्मको लक्ष्य लिएर आत्मिक दर्जामा पूर्णब्रहममा
एकाकार भई पूर्णब्रहम परमात्मा र परमधामको चितवनी गर्नुपदछ ।

रामायण

Shree Navatan Dham (SND)

सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन

लालदास श्रेष्ठ जन्म बनेपामा भएको थियो ।

Enable Notifications    Subscribe No thanks