August 29, 2021, Sun, 01:08:27
By इ. पी.पी. अधिकारी, काठमाडौं, (SND)
गुरुजी श्री मंगलदासजी महाराज
गुरुजी श्री मंगलदासजी महाराज
गुरुजी श्री मंगलदासजी महाराज
By इ. पी.पी. अधिकारी, काठमाडौं, (SND)
2021-08-28
Shree Navatan Dham (SND)
गुरुजी श्री मंगलदासजीको महाराज जन्म इलाम जिल्ला भएको थियो ।
गुरुजी श्री मंगलदासजीको जन्म वि.सं. १९५३ मा पिता श्री कल्याणदास र माता श्री नर्वदा
सापकोटाको कोखबाट भएको हो । उहाँको जन्म नेपाल अधिराज्यको प्राकृतिक सुन्दरताले शोभायमान,
सूर्यको पहिलो किरणले प्रकाशित गर्ने धेरै सन्त महन्तहरूको जन्म स्थल पूर्व इलाम जिल्लाको मेहेलबोटे
गाउँमा भएको हो । शीर्षस्थ विद्वान् पीताम्बरदासजी महामति प्राणनाथको सिद्धान्त शिरोधार्य गरी यत्रतत्र
ज्ञानोपदेश दिदै भ्रमण गर्ने महान् व्यक्ति हुनुहुन्थ्यो । उहाँबाटै सपरिवार दीक्षा मन्त्र गुरुजीले प्राप्त गर्नुभयो ।
पाँच वर्षको उमेरमा उहाँका पिताको धामगमन हुनगयो ।
त्यसपछि माताजीले आफ्ना नाबालकहरूको लागि दुःख पूर्ण समय बिताउनु भएछ । परमात्माप्रति उहाँ पूर्ण विश्वास राख्नु हुन्थ्यो । एकदिन राति आमा रोएको आवाजले मंगलदासको निद्रा भंग भइ आँखा खुलेछ। आमाको दुःखको कारण थाहा पाएर त्यो ठाउँ छोडी अर्कै ठाउँ जानुपर्छ भन्नुभएछ । मातामा ६ वर्षे बालकको सारगर्भित कुरा सुनेर आश्चर्य चकित हुनाको साथै मनमा भरोसा पनि जागेछ। सज्जनको सहायताले बसेको ठाउँबाट केही दिनमा तेजपुर आसाम पुग्दा रंगीदास महाराजजीसित भेट भएछ । त्यहीँ महाराज पीताम्बरदासजीसित पनि भेट भएछ र श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभएछ ।
चार वर्षको उमेरमा पिताको स्नेह गुमाउनु भएका मंगलदासले १२ वर्षको उमेरमा वैराग्य भेश लिनुभएर विभिन्न मन्दिर तथा साधु सन्त महात्माहरूको सत्संग गर्दै चारधाम (बद्री, केदार, द्वारका, जगन्नाथ र रामेश्वर)को ४ वर्षे पैदल यात्रा गर्नुभएछ ।
सद्गुरु देवचन्द्रजी तथा महामति प्राणनाथज्यूबाट निःसृत श्रीकृष्ण प्रणामी धर्म अहिंसावादी, लागू दुर्व्यसनबाट टाढा रहने, आत्मकल्याणका निमित्त पूर्ण ब्रह्म परमात्मा श्रीकृष्णमा अनन्य भक्ति गर्ने, सेवा भावी र सर्वधर्म समभावी सम्प्रदाय हो, यस धर्ममा जातजाति र ठूलो सानोको भेदभाव रहँदैन भन्ने कुराको बोध मंगलदासजीलाई भएछ।
पछि फेरि माता नर्वदाले भेटेर पद्मावती पुरीधाममा जानुभएछ । ४० वर्षको उमेरमा फेरि आफ्नो जन्मस्थल आउनु भएछ । नेपालमा राणाकालमा श्रीकृष्ण प्रणामी धर्मको पालनामा प्रतिबन्ध थियो र नमानेमा ६ वर्षसम्म कैद गरिने कानून थियो । त्यसैले उहाँले कालिम्पोङलाई आफ्नो कर्मक्षेत्र बनाउनुभयो र नेपाल, भारत, सिक्किम, भूयानमा आध्यात्मिक जागनी एवं समाज सेवाको काम प्रारम्भ गर्नु भयो ।
धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा, जातपातका आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरीतिहरू तथा कर्मकाण्ड मात्रलाई धर्म मान्ने चलन रहेको क्षेत्रमा विभेद हटाउन गुरुजी लागि पर्नुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता धेरै कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । उहाँका सेवा मुलक कार्यहरू निम्न प्रकारका थिए–
१) मन्दिर, सत्संग भवन, प्रार्थना भवनको निर्माण र सञ्चालनद्वारा आध्यत्मिकताको विकास गर्नु।२) विद्यालयको स्थापना गरेर शिक्षाको प्रचार गर्नु, विशेष रूपमा नारी शिक्षाको महत्व कायम गर्नु । ३) बृद्ध आश्रमको स्थापना गरेर वृद्धहरूको सम्मान र सेवा गर्नु । ४) संस्कृत विद्यालयको स्थापना गरेर हिन्दू धर्म संस्कृति र संस्कृतको सम्बर्द्धन गर्नु । ५) अस्पतालको स्थापना र संचालनद्वारा जनस्वास्थ्यको रक्षा गर्नु। ६) धार्मिक साहित्यको लेखन र प्रकाशनद्वारा धार्मिक जनचेतना जागृत गर्नु । ७) धार्मिक प्रचारकहरू तयार गरेर भावी पिंढीलाई धर्मको विकासमा अघि बढाउनु । ८) बाइजुराज संघ । युवा संघ गठत गरेर महिला र युवालाई संगठित रूपमा धार्मिक सेवामा लगाउनु । ९) भागवत र गीताका माध्यमबाट धर्म संस्कृतिको रक्षा गर्नु । १०) तारतमवाणीको तालिम र गायनको परिपाटी कायम गरी महामति प्राणनाथको सन्देश व्यापक बनाउनु । ११) महिला र युवा प्रचारकलाई व्यासासनमा बसाएर नारी र युवालाई समान अधिकारको बोध गराउनु । १२) अनाथहरूको संरक्षण गरी मातापिताको स्नेह दिनु र शिक्षित बनाउनु । १२) समय र श्रमलाई सधैं महत्त्व दिनु । १४) सादगी र सरल जीवनयापन गर्नु गराउनु । १५) जटिलशास्त्रीय गाँठोलाई सरल भाषामा फुकाइदिनु ।
उहाँले आत्म सोपान, प्रार्थना पुष्पाञ्जली, अन्तर्दूष्टि, मंगलसुक्ति र अन्य धार्मिक कृतिहरूकोरचना गर्नुभएको छ। ८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर निर्माण भएका छन् । गुरुजी मंगलदास, क्रषि, मुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ। उहाँको यश युग युगसम्म फैलिरहनेछ ।