August 29, 2021, Sun, 29:08:02
By हर्ष थापा, ललितपुर, (SND)
गुरूजी नानीकाजी बस्नेतको
गुरूजी नानीकाजी बस्नेतको
गुरूजी नानीकाजी बस्नेतको
By हर्ष थापा, ललितपुर, (SND)
2021-08-28
गुरूजी नानीकाजी बस्नेतको

Shree Navatan Dham (SND)

वि.सं. १९९० साल असोजमा ललितपुरको फिडोल, | त र सि रद क जि फिक्‌चा हाल इमाडोल २ नं. वडामा जन्मनुभएका नानीकाजी 0110 बस्नेतको बाल्यकाल दुःखपूर्ण थियो । उहाँ डेढ वर्षको हुँदा बुबा 0000? रुद्रमान सिंह बस्नेतको असामयिक निधन भएको र आमाले 00 002. बाल्यकालमा नै छाड्नुभएको कारण उहाँको सम्पूर्ण स्याहार 0. सुसार र रेखदेख काका नरमान सिंह बस्नेतले गर्नुभएको थियो । हि ‘ दुःखपूर्ण जीवन जीउन बाध्य भएका कारण कलिलो उमेरदेखि विकी. ने जीवनदेखि नैराश्यको भावना जागृत भयो । यसबाट धर्मप्रति झुकाव हुन गयो। उहाँका समकालीन भारतमान थापा, केशरबहादुर थापा आदि साथीहरूमध्ये उहाँ सीधा सन्त स्वभावका हुनुहुन्थ्यो । युवा उमेरको सुरुवातमा नै अर्थात्‌ वि.सं. २००४ सालतिर गुरुजी पदमबहादुर खड्काको सत्संगका कारण जमुनाबाईबाट तारतम मन्त्र प्राप्त गरी उहाँ श्री निजानन्द सम्प्रदायमा आबद्ध हुनुभयो ।

वि.सं. २००७ सालमा गुरुजीको मिठठु बस्नेतसँगको वैवाहिक सम्बन्ध पछि पनि धार्मिक कार्यमा अभिरुचि बढ्दै गयो । धर्म र व्यवहार एक अर्काका परिपूरक हुन्‌ भन्ने मान्यता भएका कारण धार्मिक जागरणको अभियानमा लाग्ने थप बल प्राप्त भयो । उहाँले धार्मिक शिक्षा, अध्ययन, चिन्तन, मनन र अनुशीलन गर्दै सन्त युगलदास महाराजको सामीप्यमा बसी श्री मत्तारतम सागर तथा बीतकको अध्ययन गर्नुभयो । समय समयमा गुरुजन एवं साधुसन्तहरू उपस्थित गराइ सत्संग, सेवा, मेला, आरती आदि गर्दै | इमाडोल क्षेत्रमा वर्षको १२ मेला गर्ने कामको शुभारम्भ वि.सं. २०१६ सालदेखि गराउनुमा उहाँको प्रमुख हात रहेको छ। वि.सं. २०१६ सालदेखि नै बस्नेतज्यूमा मुटुरोगको समस्या देखापन्यो । आफ्नो स्वास्थ्य कमजोर भइराखेको अवस्थामा पनि उहाँभित्रको धार्मिक बल कमजोर थिएन । उहाँले त्यतिखेरदेखि नै एउय भव्य कार्यक्रमको आयोजना गर्ने र जागनी अभियान चलाउने उद्देश्य लिनुभयो । वि.सं. २०१८ सालको माघ महिनामा संसारभर नै दैवी विपत्ति पर्छ ग्रहहरू एकै रेखामा पर्दछन्‌ अनिष्ठको समय परेको छ भन्ने ज्योतिषीको भविष्यवाणीले समाजमा अन्योल छाइरहेको अवस्थामा धार्मिक क्षेत्र पनि अछुतो रहन सकेन । भारतमान लगायतका फिडोल क्षेत्रका सुन्दरसाथहरूले त्यस क्षेत्रमा डेढ महिने पारायणकोआयोजना गर्ने सल्लाह गरे । इमाडोलको तल्लो भेग अर्थात्‌ हालको २ नं. वडामा पारायण लगाइँदैछ भन्ने हल्ला इमाडोल क्षेत्रभित्र फैलियो । त्यतिखेर इमाडोलको माथिल्लो क्षेत्र जहाँ हाल कृष्ण प्रणामी मन्दिर विद्यमान छ त्यस क्षेत्रका सुन्दरसाथहरू मध्ये वीरबहादुर खत्री लगायतले माथिल्लो क्षेत्र सबैलाई पायक पर्ने स्थान भएकाले माथि नै पारायण लगाइदिनुपर्दछ भन्ने प्रस्ताव राखे । नानीकाजी बस्नेतकै नेतृत्वमा समिति बनाइ वीरबहादुर खत्रीको जग्गामा ४५ दिनसम्म लगाइएको पारायण पं. कमलकृष्ण शर्माज्यूबाट सम्पन्न भयो ।

पारायणको अवधिमा इमाडोल क्षेत्रमा एउटा श्री कृष्ण प्रणामी मन्दिरको स्थापना गर्ने भन्ने सोचको विकास भयो । त्यसका लागि जग्गा उपलब्ध गराउने वचन बद्धता हुन गयो । परमधामवासी वीरबहादुर खत्री र उहाँकी धर्मपत्नी माइँली मैयाँ के.सी. बाट१४ आना जग्गा प्राप्त भयो, जुन जमिनमा हालको श्रीकृष्ण प्रणामी मूल मन्दिर विद्यमान छ । यसरी जग्गा दिने क्रममा सबैले मन्दिरका लागि २ आना , ३ आना जग्गा दान दिने कबोल गर्दा इमाडोल क्षेत्रमा २७ रोपनी जग्गा दानका लागि बोलकबोल हुन गयो । यस कुराको उल्लेख नवतनपुरी धामबाट प्रकाशित भएको श्रीकृष्ण प्रणामी मन्दिर इमाडोलको विधान भन्ने पुस्तिकामा पं. कमलकृष्ण शर्माज्यूले उल्लेख गर्नुभएको छ। मन्दिर बनाउनुपर्ने अवधारणा राख्ने व्यक्तिमध्ये प्रमुख व्यक्ति हुनुहुन्थ्यो नानीकाजी बस्नेत । उहाँ वि.सं. २०१० सालदेखि नै मन्दिर निर्माणको लागि डिजाईनिङ्ग, आर्थिक सङ्कलन रेखदेख लगायत प्रत्येक कार्यमा अग्रसर रहनुभयो । बस्नेतजी यतिखेरसम्ममा श्रीकृष्ण प्रणामी धर्मको प्रचारकका रूपमा परिचित भइसक्नुभएको थियो । उहाँले नैकाप, दहचोक, चुनिखेल, भक्तपुर, फर्पिङ्ग, चाल्नाखेल , चोभार लगायत क्षेत्रमा गइ धर्म प्रचार तथा जागनी गरी ६०० भन्दा बढी चेला चेलीहरू बनाउनु भयो । ती मध्ये यो लेखक पनि उहाँबाट नै दीक्षित भएको हो ।

बस्नेतजी मुटुरोगका कारण शारीरिक रूपमा अस्वस्थ रहेता पनि धार्मिक कार्यमा दत्तचित्त भई सेवामा लगनशील रहनुहुन्थ्यो । वि.सं. २०२१ सालमा बेलायतबाट मुटुरोग विशेषज्ञहरूको टोली शान्तभवन अस्पतालमा मुटुरोगीको उपचारका लागि नेपाल आएको थियो । त्यतिखेर उक्त टेलीले गरेको गुरुजी नानीकाजी बस्नेतको मुटुको ओपन हार्ट सर्जरी नेपालमा पहिलो सफल सर्जरी थियो । त्यो शल्यक्रियाको समाचार प्रमुख समाचारका रूपमा संचारका माध्यमबाट प्रशारण भएको थियो । त्यो शल्यक्रिया निःशुल्क रूपमा गरी शान्त भवन अस्पतालले जीवनभर नै उहाँको निःशुल्क उपचार र औषधी खर्च समेत व्यहोरेको थियो । उहाँ अस्पतालबाट निको भइ आएपछि घरमा जानु भएन । मैले श्रीराजजीको कृपाबाट पुनः जीवन प्राप्त गरेँ म श्री राजजीकै सेवामा समर्पित हुन्छु भन्ने भावले सेवामा तल्लीन भइ मन्दिरमै बस्नु भयो । उहाँले मन्दिर सञ्चालक समितिको अध्यक्ष पद सम्हाल्नुभयो । उहाँकै अध्यक्षताकालमा मन्दिरको गजुरको अनावरण नवतनपुरीधाम जामनगरका तत्कालीन आद्यधर्मपीठाधीश जगद्गुरु श्री १०८ धर्मदासजी महाराजका करकमलबाट वि.सं. २०२९ साल बैशाख ८ गते सम्पन्न भयो। वि.सं. २०३२ देखि २०३४ सम्म मूल मन्दिरको जिम्मेवारीबाट अलग बसेता पनि पुनः २०३४ देखि २०४३ सम्म अनवरत रूपमा मन्दिर संचालक समितिको अध्यक्ष पद सम्हाल्नु भयो ।

मन्दिरको उन्नति प्रगतिका लागि हर्दम प्रयासरत रहँदै बस्नेतजीले दोस्रो चरणमा मन्दिरको ८ आना जग्गा थप गराउन विशेष योगदान गर्नुभयो । कालान्तरसम्म मन्दिर संचालन गर्न कुनै बाधा अङ्चन नपरोस्‌ भन्ने उद्देश्यले उहाँले मन्दिर संरक्षण कोष स्थापनाको अवधारणा ल्याउनु भयो । प्रत्येक सदस्यबाट रु. १००१ ।- सदस्यता शुल्क लिइ संरक्षक सदस्य बनाउने योजना ल्याउनु भयो । त्यस्ता संरक्षक सदस्य धामगमन भए पश्चात्‌ तिनको पुण्य तिथिमा तिनले जम्मा गरेको रकमको ब्याजको १० प्रतिशत खर्च गरी आरती गर्ने र साधुसन्तलाई दक्षिणा दिने प्रथाको विकास गर्नुभयो । अहिले पनि उक्त संरक्षक कोषमा ४०० जनाभन्दा बढी आजीवन सदस्य रहेका छन्‌ । यसरी मन्दिरको निर्माण गराइ सेवा गर्नुभएका कारण २०४२ सालमा उहाँलाई श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलको ‘आजीवन अध्यक्ष’ घोषणा गरियो । आजीवन अध्यक्ष पाउने उहाँ इमाडोल मन्दिरको प्रथम व्यक्ति हुनुभएको छ। यसरी आफूलाई गृहस्थी साधुको रूपमा परिचित गराइ सदैव मूल मन्दिरको विकासको चिन्तनमा रही अन्तिम समयसम्म मन्दिरमा नै रही वि.सं. २०४३ साल पुष ३ गते विहिवारका दिन संसारबाट विदा भइ श्रीराजजीको प्यारो बन्नुभयो । गुरुजी नानीकाजीको अवसान पछि उहाँको पदचिन्ह पछ्याउँदै उहाँको धर्मपत्नी मिठ्ठु बस्नेत अधिकांश समय धर्म चिन्तन र मन्दिरको विकास कार्यमा व्यस्त रहनुभएको छ । हाल मन्दिर संरक्षण समितिको अध्यक्षता गरिरहनु भएकी मिठ्ठु बस्नेतले मन्दिरको व्यवस्थापन चुस्त रहनुपर्ने र मन्दिरका आश्रित बृद्धबृद्धाहरूको समुचित व्यवस्थाका लागि संचालक समितिलाई समय समयमा झक्झकाउने कार्य गरिरहनुभएको छ।
Enable Notifications    Subscribe No thanks